Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : विज्ञापन

~त्रिभुवनचन्द्र वाग्ले~ रुँदारुँदै उसको आँशु सकियो । जलिरहेको आमाको चिता हेर्दै ऊ त्यहाँबाट उठेर हिड्यो । कहाँ गयो ? कसैलाई चासो भएन । आमाको तेह्रौ नसकिदै ऊ बेपत्ता भयो तर उसले गाउँ र गाउँलेलाई नजिकबाट हेरिरह्यो । आमाको वार्षिकीमा ऊ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रहरी पुरस्कार समारोह

~मुकुन्द आचार्य~ भव्य समारोहको आयोजना थियो । राम्रो व्यवस्था–राम्रो जनसहभागिता । थुप्रै प्रहरीहरू पुरस्कृत र सम्मानित भए । सर्वत्र खुशी, उम·, उत्साह छरिएको थियो । अनेकौं चम्चाहरू सहयोगमा सक्रिय थिए । दर्शकदीर्घामा बसेको दश वर्षीय बालकले सोध्यो–“डैड १ यी प्रहरीहरूलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आंसु र पानी

~कात्यायन~ – ऊ आंसु झार्ने कलामा निपूण थियो | – उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे | – उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : झोला हरायो

~अरुणबहादुर खत्री “नदी”~ काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कमलरी

~रामचन्द्र खतिवडा~ अन्जु चौधरी मुक्त कमैया हुन् । जमिनदारको थिचोमिचोबाट मुक्त हुँदा उनी धेरै खुसी थिइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । गाउँमा बाँच्नका लागि कुनै काम नपाएपछि उनी सहर आइन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तबेला

~कात्यायन~ – मृत घोडाको तबेलाको अवलोकन गर्नेहरूको भीड विहानैदेखि शुरु हुने गर्थ्यो | उत्साहपूर्ण अनुहारहरू फर्किएपछि नैराश्यतामा परिणत भएका हुन्थे | – “के रहेछ त तबेलामा ?” – कसैले उत्सुकता प्रकट गर्यो | – “के हुनु र ! उही लादी, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : यो शताब्दीमा बाँचिरहेको क्रूर

~राजव~ आज ई.सं.२००२ डिसेम्बर १ का दिन ने.फ्रा. कम्प्युटर सफ्टवेयर कम्पनीको बोर्डको बैठक चलिरहेछ। बैठक कोठामा पियन प्रवेश गर्छ। अध्यक्षलाई कागजको एउटा चिट दिन्छ। अध्यक्ष उक्त कागजको चिटमा लेखिएको कुरो पढेर एकाएक आश्चर्यमा पर्छ। त्यो चिट बोर्डका आठै सदस्य पढ्छन् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मजबुरी

~दिपेन्द्र खड्का~ फोन बज्यो हत्तारमा फोन उठाएँ ,साउदी अरबबाट साथीले रहेछ । खबर सोध्न थाल्यो मैले पनि भन्दै गएँ । उसले अाफ्नो कम्पनीको बारेमा पनि सबै जानकारी दियो । ५ महिना तलब न दिएको कुरा पनि गर्यो । मैले देशमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाली नर्कालयमा यहाँलाइ स्वागत छ

~विदुर दर्नाल~ एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जापान जाने धुन

~मधुवन पौडेल~ मेरो डेरा अगाडि एउटा सानो घर थियो चिटिक्क परेको। त्यो सानो घरमा दुई जोईपोइ र उनीहरूका दुई वर्षकी छोरी बस्थे। एक्कासी लोग्नेलाई धेरै पैसा कमाउने धुन चल्यो। स्वास्नी भन्ने गर्थी, ‘धेरै पैसा भएर के गर्नु? दुई जनाको जागिरले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कालो बिरालोले बाटो काट्दा

~अरुणबहादुर खत्री “नदी”~ बिहान घरबाट खाना खाएर आफ्नो कार्यालय जान लाग्दा गोंगबु चोक पुग्नु अगाडि कालो बिरालोले बाटो काट्यो । कालो बिरालोले बाटो काट्दा राम्रो हुंदैन भन्ने सोचेर केहीबेर म उभिए । अर्को मान्छे हिँडेपछि म पनि गोंगबु चोकमा पुगेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बोल्ने भगवान !

~सजना गुरुङ~ ” छोरी ! छोरी ! ! ” आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ ! ” हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! ” सिरकले अनुहार छोप्दै जवाफ दिए ! सिरक तान्दै बोल्नु भयो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देश-द्रोहीहरू

~कात्यायन~ – ऊनीहरूलाई देश टुक्राउने भाषण गर्न आउँदैन | खोला-नाला बेच्न जान्दैनन् | आन्दोलनको नाममा हिंसा पनि गर्दैनन् | चेली-बेटी ओसार-पसार गर्न पनि आउंदैन | तस्कर गर्दैनन् | अमूल्य जडिबूटी, प्राचिन मूर्तिहरू, कलाकृतिहरू पनि बेच्दैनन् | – मित्र-राष्ट्रहरूलाई गालीगलौज पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गर्व

~रवीन्द्र समीर~ विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्। भव्य हलको एउटा कुनामा चालु मदिरा बहसः “हामी के कुरामा कमी छौं?” “तिमीहरू हाम्रा लागि मगन्ते … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हर्कत

~श्रीराम राई~ ` हैन , छाेड्नुस् मलाई । म अामाकाे लास भेट्न जाँदै छु। मलाई केही नगर्नस् ।बरु, यी सबै गहना झिकेर दिन्छु।´सुनयनाले अाग्रह बाेलिन् । सुनयना हस्याङफस्याङ गर्दै माइत जाँदै थिइन् । उनले अस्मिता रक्षार्थ अाग्रहकाे भाषा दाेहाेरयाए । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सानो प्रेम कथा

~बिक्रम ज्ञवाली~ कुनै कामले मगौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओतखोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तलओत लागेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~ रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : तरंग

~कात्यायन~ – “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए | – निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो | – शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~ ‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो । गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~ चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जागिर

~प्रेम के निडर~ ब्याचलर पास भएदेखि ऊ जागिरको खोजीमा थियो। उसले नघुमेको र नसोधेको अफिस नरहेको जस्तो भइसकेको थियो उसलाई। उसका धेरैजसो साथीहरू जागिर खाएर घरजम गरेर बसिसके। उ आफूले केही गर्न नसकेकोमा साथीहरूसामु लज्जित र दुःखी हुन्थ्यो र बेचैन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उसको बुबा

~त्रिचन्द्र ‘प्रतीक्षा’~ “के भयो राजु ! किन रुदैछौं ?” “आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।” “किन ?” “आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गल्ती

~सजना गुरुङ~ मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म | सर्प हरुमा पनि पृथक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गणतन्त्र

~रामचन्द्र खतिवडा~ बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए । बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सर्किनीको धारो

~जीवन दहाल ‘पीडित’~ टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो । चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रहस्य

~जयन्ती ‘स्पन्दन’~ टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्‍यो। “ओहो ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : किरन्टोकी

~कात्यायन~ – हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ | – मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : तथाकथित

~रन्जु ‘मार्ग’~ धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो | +’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो | उसले आँखा रसिलो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment