Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : सेवा

~श्रीओम श्रेष्ठ ‘रोदन’~ रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए । गाँउमा जसको घरमा जे समस्या परे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फाइलको अक्ष

~डा. कपिलदेव लामिछाने~ रुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ । भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा । भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन । विज्ञान पढेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टिप्स

~के.पी. छुस्याकी~ लालसिं तामाङको अनुहार आज खुसीले चम्किएको छ। त्यति चमक त उसले कोलिनले सफा गरिएको टेबुलमा पनि थिएन। सावधानीपूर्वक सफाचट गरी गोलमेच संरचनामा मिलाएको छ। ऊ सुन्दर भाकामा गुनगुनाउँदै कम्मर मर्काई नाचिरहेको भान हुन्छ। ऊ सफा गरिएको मेचमा थचक्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इज्जत

~प्रेम के ‘निडर’~ रामदाई पुलिसले समातिएकोे हल्ला गाउँभरि फैलियो। किन समातिएको कसैलाई थाहा भएन। हल्लाले मानिसमा खुल्दुली मच्चियो, किन समातियो। कुनै नराम्रो काम नभएको भए समातिने छैन भन्ने तर्क बलियो हुँदै गयो। राम दाइका सुभेच्छकहरू साथै उनका विरोधीहरू पनि जिज्ञासु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फेसबुकमा लाइकको ब्यापार

~बिजु सुवेदी “विजय”~ “हे भाइ ! कति फेसबुक खेलिराको ? ओहो तिमीले त लाइक कति ठोकिराको ? कि सबका सबलाई लाइक ठोक्छौ ?” “हैन ?” भन्ने छोटो उत्तर दियो उसले । (ऊ फेसबुकमै व्यस्त थियो कुरा गर्ने फुर्सद थिएन उसलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जवान मन, अधबैँसे उमेर

~प्रकाश गिरी~ सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिँए, एउटा फ्रेन्ड रिक्योष्ट आयो – ‘स्वेता सिम्खडा’। मैले रिक्योष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाँए – “ओई! के छ खबर? सञ्चै छ्यौँ?” “अँ यार! तिमिले त माया नै मार्यौ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्मृतिमा टेक बहादुर

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँउ बाट अली टाढा गहते चौरको पुर्व पट्टीको काँडा घारी सरकारी जग्गा लाई टेक बहादुरका भाई मन बहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाड् अनी केही राजु र म्यालका रूखहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बफादार कुकुरहरू

~रमेश प्रजापति~ मलाई कुकुरहरू मन पर्दैनथ्यो। तर समाज चोरी, डकैती, लुट, काटमारबाट आक्रान्त रहेको हुँदा एकदिन मन नपराई नपराई भए नि कुकुर पाल्न बाध्य भएँ। कमसेकम एउटा कुकुर भएपछि चोरी, डकैतीबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो। सौभाग्य भनौं वा दुर्भाग्यको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महात्मा जी

~मनोज कफ्ले ‘मनसुन’~ जवानीको बेलामा म पहाड पारीको शान्त वनमा एक सन्तलाई भेट्न गएको थिएँ । हामी सदगुणहरुको स्वरूपको विषयमा कुराकानी गरिरहेका थियौँ । यत्तिकैमा एक जना डांकू लड़खड़ाउँदै त्यहाँ आइपुग्यो । कुटीमा पुग्ने बित्तिकै उसले घुँडा टेकेर भन्यो, महाराज, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देउता

~नन्दलाल आचार्य~ म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : माला

~डा. टीकाराम पोखरेल~ पार्टीले उम्मेदवारको नामावली घोषणा गरयो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दंग परयो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ऊ र म

~दिवाकर स्वप्नील~ उसको र मेरो सधैँ झगडा परिरहन्थ्यो । लाग्थ्यो हामी आजीवन शत्रु हौँ । तर पनि फेरी दुइ शत्रुको अस्तित्व जीवितै थियो । ऊ मलाइ सधैँ ब्यङ्ग्य गर्थ्यो र अगाडी नै बसेर पैसाको धाक लगाउँथ्यो।कहिलेकाँही त एकै लातमा खुत्रुकै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुनर्निर्माणको पुन्तुरो

~रसिक रमण~ हर्के आज बिहानैदेखि फुरुङ्ग छ । दारी काटेर पुरानै भए पनि धोएर सफा पारिएको कमेज सुरुवाल लगाउदै हातमा नागरिकता बोकेर बजार प्रस्थानको निम्ति डेग सार्दै छ । पुलकित मुहारमा आभा भर्दै आज बजार जानुको प्रयोजन सम्झन्छ । गाविस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गधाको आँसु

~प्रेम श्रेष्ठ~ भारी बोकेर आएको एक गधा भीरबाट चिप्लेर खस्यो। खोचमा गएर चित्कार छोड्दै अन्तिम सास लियो। त्यस कारुणिक दृश्य देख्ने सँगै हिंडेका गधाहरू हेरेको हेर्‍यै भयो। सहकर्मीको चित्कार सुनेर त्यसले दुई थोपा आँसु चुहाउनुबाहेक केही गर्न सकेन। भारी बोकेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाहेरी

~राजन सिलवाल~ पूरै दुइ दिनको बाटो हिँडेर थिन्ले सदरमुकाम आइपुग्यो । सुत्केरी छोरीलाई ज्वाईंले कुटेर मारेको थियो । अर्सइको नेतृत्वमा एक टोली घटनास्थलतर्फलाग्यो । थिन्ले अघिअघि लाग्यो । बाटो ढुग्ंयानी थियो, उकालोको कुनै दुःख थिएन । धरती डढाउँछु जसरी भाद्रको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेराइ र बुझाइ

~एन.आर. शाक्य~ एकजना पहलमानलाई आफ्नो बलका बारेमा ठूलो घमण्ड थियो। उनको रिस पनि कडा थियो। तैपनि परेका बखत सबैलाई मद्दत गर्ने बानीका कारण उनी गाउँलेहरूबीच लोकप्रिय थिए। पहलमानलाई एकदिन लाग्यो ‘यो संसारमा मैले पाउने र भोग्ने जति भोगिसकें, अब मैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लेखस्व

~रुमन न्यौपाने ‘अमन्त’~ ‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस’ । उनले मलाई च्याप्प समातिन र जथाभाबी प्रेम बर्षाउन थालिन । कुरा के भयो भने, केहि घन्टा अघि उनलाई भैंसेपाटिको एक खरिबोट मुनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विचरो गौंथली

~विजय गिरी~ भक्तपुर कमलविनायक नजिकै एउटा पुरानो घरमा गौंथलीको गुँड बनाउन थालेको हुन्छ। परालका त्यान्द्रा र नल टिपेर मेहेनत गरेर त्यस सुधो चरोले केही समयमा गुँड पनि तयार गर्छ। समय बग्दै जान्छ नदीजस्तै, गौथलीको गुँडमा पहिले अण्डा र पछि स–साना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ऊ घर फर्किएन

~एल एन सुवेदी “हस्ती”~ प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विदेशबाट कुरा गर्दा

~प्रेम सुब्बा मेन्यङ्बो~ विदेशमा काम गरेको पनि धेरै समय भएछ । ड्युटी जाने फर्किने पकाउने खाने र साथीभाइसंग तिता मिठा कुराहरु गर्दैजाने क्रममा एक जना साथीले एस्तो भन्यो, “स्काईपबाट एकअर्कालाई हेर्दै बोल्न सकिन्छ।” मलाई अचम्म लाग्यो र मैले बिश्वास पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बसको यात्रा

~गीता थापा ‘दोषी’~ “हन केसारो ढेस्सीएर बस्नु भएको ? उता त्यत्रो खाली ठाउँ छ ।”महिला पुरुषको कुममा अल्झिएको पछ्यौरीको फेर तान्दै आक्रोषमिश्रित स्वरमा फतफताउँछे। मैले यसो नियालें । एउटा भुसतिघ्रे काले मस्त निदाएको बहानामा महिलाको कुममा टाउको अड्याउन पुगेछ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सेतो कोट

~सिन्धु गौतम~ बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आ-आफ्नै वेदनाको चिच्याई छ । म त्यहीँ एउटा बेडको छेउमा मेरी आमालाई सुम्सुम्याउँदै थिएँ । आमाको दुःखाइ, पीडा भोग्दै थिएँ म मानसिकरूपमा । त्यहाँको भद्रगोल व्यवस्था, वास्ता नगर्ने प्रवृत्तिले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धूप धुवाँर

~दीपक जडित~ कुनताको बराला, बाबुको शेखापछि झनसाह्रो बराला भएको थियो भूपाल । आमाले घरको जेठोबाठो होस्, अब तैंले नै थाम्नुपर्छ घर व्यावहार, यसरी बरालिएर हुँदैन भनेर सम्झाउँथिन् । तर उसलाई बरालिएर हिंड्न पाए पुगिहाल्थ्यो । आमाको कुरा उ एक कानले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म भित्रको म !

~दिवाकर स्वप्नील~ दशै नजिकिदै थियो । जति दशैँ नजिक हुन्थ्यो गाउको रौनक नै भिन्नै ! परदेशिएका हरु गाउ भर्दै थिए । प्रत्येकका घरमा दशैँको लागी खसीको जोहो लगभग भइसकेको थियो । फूलपातीको अघिल्लो दिन , मैले आफ्ना टाढा टाढा भएका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : क्षतिपूर्ति

~निर्मला खड्का~ दुइ दिन देखि को लगातार बर्षात पछी आकाश खुलेको थियो…..पुष महिनाको पारिलो घाम..मन लोभियो र घाम ताप्न भनि आँगनमा फुलबारी नजिकै कुर्सि तानेर बसें म पनि…केहि बेर अघि मात्र यसो खसार खुसुर पारेर गोडगाड पारेको फुलबारीबाट माटोको मिठो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपरिपक्वता

~दिवाकर स्वप्नील~ “ए , सन्तबहादुर !” “हजुर सर” “गाडीमा तेल छ ?” “छ सर” “ए , ल तयार होउ,आज बाहिर जानुपर्छ”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आत्मविश्वास

~महेश पन्त~ दुई साथी कुद्दै–उफ्रदै खेल्दै थिए । अचानक एउटा साथी ईनारमा खस्न पुग्यो । उसले सहयोगको लागि यताउता फर्किएर चिच्याउँदै हार गुहार माग्यो तर गाउँबाट अल्लि टाढा कोल्टो पर्ने भएको हुँदा उसको आवाजलाई कोही कसैले सुनेनन् । ऊ के … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वर्ग बाट म

~अर्जुन खनाल~ उफ मृत्यु भएको पनि आज २ दिन भएछ ।आफु भने बल्ल स्वर्ग मा आइपुग्यो । यहाँ त फेसबुक पनि चल्दो रैछ त्यो पनि फुल् स्पिडमा । सायद चलाउने मान्छे कम भएर होला । सोच्थे स्वर्गमा गएसी फेसबुक चलाउन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फेसबूक भित्ता

~रामकुमार पण्डित क्षेत्री~ “फेसबूक भित्तामा साह्रै राम्रो स्ट्याटस आ’को छ रे । यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे । त्यसलाई मन पराउनेहरू लाख पुगिसके रे । प्रतिकृया लेख्ने चाहिँ आधालाख पुगे रे । हजुरले चाहिँ लाइक गर्नु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आमाको पिरलो

~डा. कपिलदेव लामिछाने~ “आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो । “बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् । नितेशले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ईश्वर

~सुरेन्द्र महर्जन ‘अमर’~ साउन महिना मान्छेहरू पूजाकोलागी मन्दिरमा भीड अनि व्रत बस्नेहरू कति कति देखें । हुन त साउन नै किन र ? आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिवार, शुक्रबार र शनिबार हरेक बार हरेक महिना पूजा गर्ने भक्तहरू मैले नदेखेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एक्लो यात्री

~अभागी मिनम घायल असफल~ लक्ष्य पहिल्याँदै हिंडेको एउटा यात्री धेरै पर पुगिसकेको हुन्छ । तर गन्तब्यमा कहिल्यै पुग्न सकेको हुँदैन ! सुनसान गोरेटो उराठ लाग्दो हावाको आवाजहरु मात्र सुन्छ । चारै तिर सुन्यता नै सुन्यता ! अन्तत: उ अलमल्लमा पर्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment