Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : अनधिकृत बस्ती

~रमेश विकल ~ माथि लेकमा त्यस रात एक्कासी असिन्धारे पानी परेर त्यसको काखमा बसेको गाउँ बस्ती सोलोलो तुल्याए–पैरो गएर ! गाउँका बासिन्दा पैरामा पर्ने परि गए, उम्किएकाहरू बचाउन सकिएका धनमाल र बस्तुभाउ कुम्लोकुटुरो पारेर एक रात तल तराई बेसी झरे। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इशारा

~फणिन्द्र गिरी “शान्त”~ मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर्छ । यस्तैमा एक दिन उसको बाबु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साँइली औँलाको औँठी

~सिन्धु गौतम~ सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अवसर

~जीवन दहाल~ एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्‍यो “कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?” “मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु”-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो । “हँ ! यो नाका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भगवान निदाएको ठाउँ

~प्रभास बिप्लब~ साँझको समय छ । मन्दिरको भित्तामा एउटा हातले अडेस लागेको छु । भगवानहरु सधै निदाएको ठाउँ हो, मन्दिर । जहॉ मान्छेहरु निदाएको भगवानसँग भक्तिको हल्ला गर्छन् । मैले पनि आफूलाई हिन्दुत्वको भावले अडेस लागेको ठान्दछु । तिहारको मौसम … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खोट !

~रमेशप्रसाद तिमल्सिना~ एउटा सुन्दर गाउँ थियो । उक्त गाउँमा असल नियतका मानिस धेरै बस्थे । सृष्टिको रचनामा केही नराम्रा मान्छे -स्वभाव नराम्रो) पनि बनाइएको छ । उक्त गाउँमा विवाह, ब्रतबन्ध आदिको भोजभतेरमा एउटा खलक -जिजुबाजे एउटै भएको दाजुभाइ खलक) जहिले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुद्ध

~लाल श्रेष्ठ~ काठमाण्डूको नख्खु जेलमा चेलीबेटी बेचेको अपराधमा म ६ वर्षका लागि थुनिएको थिएँ। पुषको जाडोको एक दिन एउटा कैदी मेरो कोठामा ल्याइयो। उनको अनुहार रगताम्मे र रूप ज्यादै फोहरी थियो। म उसलाई देखेर घिनाएँ तर रहँदा बस्दा मित्रता कस्सियो। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तालिम आतंक

~पदम भण्डारी~ जाजरकोट सदरमुकामको रम्भा होटल अगाडि चिया पिउन जम्मा भएका मानिसहरुमध्ये एकजनाले कुरा निकाल्यो-‘जिल्लामा जुन संघसंस्था आए पनि तालिम नै गर्छन् । नोटबुक बाँड्यो, डटपेन बाँड्यो, खाजा खुवायो, तालिम सिध्यायो । तालिम संचालन गर्नेहरु साह्रै फटाहा निस्किए । यस्ता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रेमी/प्रेमिका

~आर. आर. चौलागाईं~ प्रेमी/प्रेमिका-१ प्रेमिकाले प्रेमीलाई सोधी- “तिमी मलाई कति माया गर्छौ ?” प्रेमीले भन्यो- “म तिमीलाई यति माया गर्छु कि-तिम्रो निम्ति ऊ त्यो पहाडबाट हाम फाल्न सक्छु ।” प्रेमिका- “साँच्चै ?” प्रेमी दौडिएर गयो र पहाडको टुप्पाबाट हाम फाल्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पूजा

~हरिप्रसाद भण्डारी~ ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति गर्‍यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो। सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो। सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फरक

~डा. रविन्द्र समीर~ बाबुआमा नै बच्चालाई लिएर डाक्टरको क्लिनिकमा आएका थिए । बच्चा आमाको काखमा बसेको थियो । डाक्टरले सोधे— ‘के भयो बच्चालाई ?’ बच्चाको आमाले भनी— ‘हिजो एकैपटकमा आधा किलो कालो अङ्गुर खायो । आज झाडापखाला लाग्यो ।’ डा. … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आरोप

~आर. आर. चौलागाईं~ उसले उनलाई एक्लै भएको मौका पारेर आफ्नो आसय बतायो । उसको अनुकूलको जवाफ नआएपछि हातपात गर्न खोज्यो । सफल भएन र फर्क्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सहयोग

~भवानी मिश्र~ बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नु पर्ने जरुरी थियो-उनलाई। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आमाको माया

~पवन आचार्य~ असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नमस्कार खै !

~वैकुण्ठ ढकाल~ गोजीबाट एक सय रुपैंयाको नोट चालकको हातमा थमाउँदै भने– कार्ड छ है ? खोई देखाउनुहोस, अझै पढ्न पुगेन ? मैले पनि जवाफ दिएँ– मलाई त पुगेको थियो, तर यो कार्डलाई पुगेन ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~डा रविन्द्र समीर~ ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए । ‘प्रभु ! मेरो पाँचतले घर छ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रश्न ?

~हरिगोविन्द लुइँटेल~ शनिवारको दिन । ड्याडी–मम्मी दुवैको अफिस विदा, हामीहरुको पनि स्कूल छुट्टी । भर्खरै रिलिज भएको र निकै चर्चामा आएको हिन्दी फिल्म “पिके” हेर्ने पारिवारिक योजना थियो हाम्रो । दाइले पाँचवटा टिकट अनलाइन बुकिंग गरिसकेको थियो । साँझ छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सर्वशक्तिमान

~विक्रम अधिकारी~ नवनिर्मित यो मन्दिरको ढोकमा दिनदिनै भीड बढ्दै गइरहेको थियो। २४ सै घण्टा श्रद्धालुहरुको उपस्थितिका कारण मन्दिरको मुख्य द्वार बन्द हुनै पाउँदैन थियो। पूजा-अर्चनापछि फर्किनेहरुको अनुहारमा यति सन्तुष्टि, योभन्दा अगाडि दुनियाको कुनै पनि मन्दिर, मस्जिद, चर्च, गुम्बाबाट निस्केकाहरुको अनुहारमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विपरीत आकर्षण

~ममता अग्रवाल~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गथ्र्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नी भेटेको बेलामा दुबै एक–अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैंसे उमेरका थिए र परिपक्व … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रश्न

~जया राई~ बसमा यात्रा गर्नु छ, म जानुपर्ने ठाउँ हो, स्ट्यानमोर, यो लन्डको नव धनाढ्यहरु बस्ने सुन्दर शान्त एरिया हो । म रातो रगंको डबल डेकर बसमा चढेकी छु । मौसम अलि घुर्मौलो छ, सफा छैन, विहान हो वा दिन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भाग्यमानी मोरीहरु !

~सागर भाई~ निथ्रुकै भिजेकी उनी रन्थनिँदै घर पुगिन्। आफ्नो रुममा छिरिन्। ढोका ढ्याम्म लगाइन्। हेन्ड्ब्याग फ्यात्त भुँइमा पछारिन्। र ऐना अगाडि उभिएर सयौँ लोला बजि्रएको आफ्नो निरिह शरीर नियाल्दै फत्फताइन् ― ‘असत्तीहरुले मैलाई अचानो देखे। सुनिती, रमी, चन्द्रीलाई एउटै लोला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विसंगति

~लाल श्रेष्ठ~ बसको यात्रा आरामदायी भै’राख्या थियो। बसको ढोकामा कण्डक्टर र खलाँसी उभिरहेका थिए। अरू यात्रीहरू आ-आफ्ना सिटमा आरामले बसेका थिए। म पनि एउटा सिटमा त्यसरी नै बसेको थिएँ। दुईजना केटाहरू अमलेखगञ्जबाट गाडीमा चढे। उनीहरू गाडीभित्र के घुसेका मात्र थिए, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विभेदना

~उषा शेरचन~ उसले राष्ट्रिय रुपमैँ आफ्नो प्रतिष्ठा आर्जन गरेपछि एकदिन सञ्चार माध्यम मार्फत उसले सगर्व घोषणा गर्यो —‘बिवाह पूर्व नै कुमार चाहिँ थिइन है म । यो भरिसभामा उद्घोष गर्नकुनै संकोच छैन मलाई कि मेरो पहिलो शारिरिक सम्बन्ध कुनै एउटी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इतिहास नदोहोरियोस्

~सन्जोग नेपाली~ ‘मेरो पक्षमा शक्तिशाली छिमेकी मुलुक छ | मलाई सरकारमा त्यसैले पुर्यायो र टिकाइरहने छ |’उसलाई लागेको थियो | त्यहि भरोसामा तानासाही साशन चलाई रहेको थियो | तानासाहिको जनताले विरोध गर्दै आन्दोलन गर्न थाले | जनताको आन्दोलन पुलिसले दबाउन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अ-रोदन

~कृष्ण शाह यात्री~ ऊ जीवनमा कहिल्यै रोएको थिएन। जन्मदा समेत ऊ रोएको थिएन भनेर उसकी आमाले भनेको समेत उसले पटक–पटक सुनेको थियो। परिक्षामा पटक–पटक अनुत्तीर्ण हुँदा समेत ऊ रोएन।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : मेरो नाती

~हुकुमबहादुर सिंह~ सामाजिक सञ्जालको प्रोफाइलमा आफ्नो पारिवारको फोटा राखो । सबैबाट एउटै प्रतिक्रिया आयो–“एउटा पुर्ण परिवार” । जसलाई अंग्रेजीमा “अ कम्प्लीट फेमिली” भनिएको थियो । यी प्रतिक्रियाहरूबाट मलाई लाग्यो मेरो त्यो फोटाले सारमा उनीहरूको भनाइको पूर्णतामाथि प्रश्न उठाइरहेको थियो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : थाहा छ ?

~डा. रविन्द्र समीर~ ‘तपाईं के काम गर्नुहुन्छ ?’ सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’ डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मन

~प्रा. डा. सूर्यमणि अधिकारी~ शैक्षिक सत्रको मध्यतिर कलेजमा विद्यार्थी युनियनको चुनाव हुने भयो। बिद्यार्थीहरु प्रमुख रुपले दुई समुहमा विभक्त भएकाले प्रतिस्पर्धा कडा थियो। दुवै पछय भोट माग्ने दौडधुपमा व्यस्त थिए! कलेजमा पढाइ हुन छाडेकाले म आफ्नै डेरामा थिएँ। मध्याह्नमा एकजना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अधैर्य

~हरि पौडेल ‘आत्रेय’~ पोखरीको किनारामा चार/पाँच वर्षे बालक बाबुसँगै बसेर माछालाई चारो छर्दै गरेको बालशुलभ क्रियाकलापको दृश्यले मेरो मनलाई तानिरहेको थियो । माछाले चारो टिप्दाको मनमोहक दृश्यप्रति ऊ बडो आनन्दित देखिन्थ्यो । पोखरीमा साना, ठूला, राता, सेता, जुङ्गे, झिङ्गे आदि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : क्रान्तिकारी बाहुनहरु

~राजव~ ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो, “किन डराएको ?” ऊ झन् डरायो। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाचार

~कृष्ण बजगाईं~ प्रमुख समाचार – केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो । – शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो । – धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : सिंहदरबारको साँढे

~महेश थापा~ सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो। “ए आयो, आयो!” मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ। “त्यसका साँढे यो भूकम्प … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment