Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : साँइला मामा

~बाबुराम पन्थी ‘गुल्मेली’~ एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भाग लाई बाँस चिरेर बनाएको भाटा ठोकी बारीएको र त्यै माथी गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जिवनका सुनौला सपना बुन्ने महल । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दमिनी कान्छी

~रामचन्द्र खतिवडा~ गाउँमा थुप्रै जातिका मान्छे थिए । खास गरी ब्राहृमण–क्षेत्रीको बाहुल्य रहेको त्यस गाउँका बीचमा एउटा दमाईको घर थियो । दमाई बूढालाई गाउँलेहरू खूब हेप्थे । उनकी एक छोरी थिइन् जसलाई दमिनी कान्छी भन्थे गाउँलेहरू । तिनीहरू विष्टहरूका लुगा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अज्ञात रोग

~दिवाकर स्वप्नील~ “ओइ डोमा,हेर्ना केटी सारले पनि कति काइदा बोलेको!” “चुप ना पेमा,अझै के भन्छा सुनम्!” “…तपाइहरुको सहयोग बिना हामी यो सबै काम गर्न सक्दैनथ्यौँ।यस्तो जाडो ठाउँमा आवास प्रदानगर्नु हाम्रो लागी महत्वपूर्ण कुरा हो …हामीले यहाँ स्वास्थ्य समस्या देख्यौँ र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनुमान

~डा. रविन्द्र समीर~ आजकाल डा.शर्माको लोकप्रियता बढिरहेको छ । अस्पतालमा डा.शर्मासँग जांच गराउने बिरामीको घुइंचो नै हुन्छ । त्यसैले डा.शर्माले तौल, तापक्रम, नाडीको गति तथा रक्तचाप जांच गर्न आफ्नो कक्षमा सहायकलाई राखेका छन । डा.शर्माको बारम्बार फोन आइरहन्छ । उनी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सीमा

~खगेन्द्र पराजुली ‘शून्य’~ शून्य आकाशमा ताराहरु अनवरत चम्किरहेका छन् । मध्येरातमा धर्ती चकमन्न निदाएको छ, कीराहरुको किरीरी पनि कम हु”दै गएको अनुभूति हुन्छ । तर उफ् ! उसलाई पटक्कै निन्द्रा लाग्दैन । भाडाको सानो कोठा, शीशाको झ्यालबाट माथि आकाशका ताराहरुतिर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीव

~सुषमा मानन्धर~ चिडियाखानामा नयाँ जीव ल्याइएको थियो । त्यसैले होला, हेर्नेहरुको निकै भीड थियो । कोलाहलपूर्ण वातावरणभित्र उपस्थित सबैमा कौतूहल चुलिइसकेको थियो तर पिँजडामा पर्दा लगाइएकोले कस्तो जीव ल्याइएको भन्ने बारे भने सबै अनभिज्ञ नै थिए । पिँजडा अगाडिको भीड … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भविष्यवाणी

~गङ्गा कर्माचार्य पौडेल~ छोराको उदण्ड स्वभाव देखेर सुन्तलिले सम्झाउँदै भनिन् “हेर बले तँ खराव मान्छेको सङ्गत गरेर अरुलाई किन दुःख दिन्छस् ? सात पल्ट जाँच दिएर भएपनि एस.एल.सी पास गरेकै छस् बरु कलेज भर्ना भएर खुरखुरु पढ । भविष्यमा ठूलो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शृङ्गार

~प्रभा बराल~ काम गर्दा गीताको निधारको रातो टीका कतै खसेछ, सासुले देखिहालिन । ‘गीता निधार किन खाली राखेकी …..जाऊ, टीका लगाइहाल ।’ ‘हवस आमा,’ गीता गरिरहेको काम छोडेर आफ्नो कोठामा गइन । एक दिन लुगा धँुदै गर्दा गीताको हातको चुरा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फूलमतीको रातो सारी

~गोविन्द गिरी प्रेरणा~ फूलमतीको लोग्नेको मृत्युको खबरले उसका साथीसँगतीहरू दुःखी भए। उनीहरू फूलमतीलाई समवेदना दिन घर पुगे। तर आश्चर्य ! फूलमती रातो सारी, रातो चोलो, गलाभरि गहना, हातभरि चुरा र सिउँदोभरि सिँदुरसहित पत्रकारहरूसँग कुराकानीमा व्यस्त थिई। एउटा पत्रकारले सोध्यो- विधवा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाग मिथिला जाग

~जीवन दहाल~ “४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

लघुकथा : शहीद परिवार

~आभा~ यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ‘‘भ्रष्टाचार– निवारण’’ दिवस

~डा. कपिलदेव लामिछाने~ मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~दिवाकर स्वप्नील~ “अरे?हजुर अफिस गइसेको होइन?” “अँ।तर जानै सकिनँ।” “किन?” “बाटो भरिका जुलुसले गाडी अगाडी बढाउन सकिएन।” मैले श्रीमतिको प्रश्नको जवाफ मात्र दिएँ।मन त्यसै भारी भएको थियो।त्यस्तो नीच कुकृत्य कसले गर्यो?त्यो भीडभित्र अपराधको दण्ड तोकिएका मान्छेहरुको अनुहार जो अपराध बिरुद्ध … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रक्सीको मात

~कालिकाप्रसाद उपाध्याय~ माघीको बेला थियो । ठाकुरद्वारामा मेला थियो । दुर्इ दैांतरी थिएः पुरन र रमेश । पुरन थारू समुदायको ठिटो र रमेशचाहिं पहाडी । पुरन पहाडी (नेपाली) भाषा राम्ररी बोल्नसक्ने, रमेश पनि थारू भाषामा पोख्त । ठाकुरद्वाराको मेलामा दुबै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : ठिटो गयो विदेश

~नबराज खड्का~ गयो एउटा ठिटो विदेश कमायन धन के गरोस त विचारा ! हुन त विदेश जान थिएन उसलाई मन आफ्नै देशमा बसी उ बनन चाहान्थ्यो ईन्टरनेशनल डन, के गरोस त विचारा ! डन बन्नलाई चाहिन्छ गन, गन किन्नलाई चाहिन्छ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : सौन्दर्य

~सुमन सौरभ~ भर्खर बनाइसकेको चित्र भित्तामा ठड्याएर दुवैजना मुग्ध हुँदै हेरिरहेका थिए। घण्टौंको शारीरिक थकान र मानसिक भोक बल्ल मेटिएको थियो। “तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।” “तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।” निकैबेर पछि मोनालिसाले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मायावी देवता

~तुलसीहरि कोइराला~ विश्वभरका देवी–देवताका मूर्तिहरू आन्दोलनका नाममा फुटालिएका समाचार सुनिसकेपछि युद्धवीर धर्मशास्त्र अध्ययनमा लाग्यो। सालिक र मूर्तिहरूमाथि पनि किन यत्रो आक्रोश पोखिएको होला त? मनको कौतूहल मेट्न थुप्रै ग्रन्थ छिचोलेर निचोड निकाल्यो उसले– आखिर शक्ति भनेकै दुई खेमाको रहेछ– देवता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फुइँ

~दिवाकर स्वप्नील~ शम्भुनाथले कलिलै उमेरमा भाषा साहित्यमा पी.एच.डी. गरेर एक विश्वबिद्यालयमा भाषा साहित्य बिभाग सम्हालेको कुरा सबै अखवारका मुखपृष्ठमा छापिए।कहिले उनको ब्यक्तित्व त कहिले उनको कृतित्वबारे स्तम्भहरु हप्तौँ छापिए। उता भाषा साहित्य बिभाग पनि चुस्त बन्दैगयो।अनावश्यक तडकभडक र चाप्लुसी गर्ने … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

लघुकथा : रणबहादुरले गिज्याइरहेछ

~जे. एन. दाहाल~ रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए। आज ऊ उमेरमा यही दुई बिस पुगेको होला । अहिले ऊ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जननेताको पराजय

~डा. कपिलदेव लामिछाने~ चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रश्नहरूको पहाडमुनि

~निरा शर्मा ~ घरदेशको मेरो मान्छेसँग म बेखबर भएको पनि धेरै दिन भइसकेको थियो । आज फेसबुक च्याट खोलेको केही बेरमै ऊ टुप्लुक्क आयो । उसको आगमन धेरै दिनको झरी पछि लागेको न्यानो घाम जस्तो आभास भयो मलाई । आतुर थिएँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तर

~डा. कपिलदेव लामिछाने~ २०४८-२०४९ तिर “हजुर मलाई जसरी पनि जागिर चाहियो ।” “पैसा लाग्छ ।” “कति ?” “देऊ दुई लाख ।” “दुई लाख ?” “के त ? एक महिनाको कमाइ त हो नि !” “कोई बात छैन ।” २०६०-२०६१ तिर

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्लाईन प्रेम

~मदन मुस्कान~ तीस मिनेट म्यासेन्जर मा बिनय गरेर आस्थाले नम्र स्वरमा ‘अब फोन राखौं है म सुत्छु…. ‘ बिनय आश्चर्य मान्दै सोध्छ- किन यति चाडै आस्था… ? आस्था – आज मलाई सन्चो छैन के टाउको दुखेर खप्पी नसक्नु भको छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : माया !

~देवेन्द्र अर्याल ‘आँसु’~ आफ्नो बच्चा मरेकोले त्यसको पीरमा कुकुर्नी रातभरि त्यसकै वरपर घुम्दै घुकिरही । त्यसको घुकाइका कारण टोलभरिका धेरैको निद्रा बिगि्रएको थियो, सुत्न पाएका थिएनन् अनि मैले पनि । भोलिपल्ट बिहान नगरपालिकाका कर्मचारी फोहोर उठाउन आए । उनीहरूले त्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तर चाहना

~श्याम दाहाल~ मेरो चेतनाले जान अराउँथ्यो र म प्रायः गइरहने गर्थेँ, उहाँ । परिवारका सबै जना आ-आˆना सुरमा छरिँदै जाँदा संयोगले एक दिन त भार्गवीसँग पो भेट हुन पुग्यो । घाम तापेर चकमन्न आˆनै मनभित्र अल्मलिएर डुबेकी रहिछन् उनी । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : क्षणिक चरा

~नारायणी पौडेल खनाल~ निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल पालेको कपाल काट्दा लामो भएको टुपी, निधारमा बुबाले पूजा सकेपछि धर्का काटेको चन्दन, देख्दा साना पण्डित पिताम्बरलाई सबैले जिस्काउँथे । छोरालाई लिएर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मैनबत्ती र खुकुरी

~विपुल सिजापती~ ‘अझै यो डाँडा छिचोल्नु पर्छ ।’ ‘यसपछि पनि दुईवटा डाँडा नाघेपछि बल्ल … ।’ ‘बाटो लामो भएन र ?’ ‘यस्तै हो बाटो, अलि उबडखाबड नै छ ।’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परदेशीको श्रीमती !!

~दिपेन्द्र खड्का~ दशैँ नजिकिदै थियो । असोजको पहिलो हप्ता भएको कारण गाउँ गाउँमा रमाईलो महुस भएको थियो । सीमाले लोग्नेलाई बिदेशमा फोन गरेर यसपाली दशैं खर्च पठाई मागी । लोग्नेले दशैँ खर्च तलब नआएको कारण थोरै पठाउने प्रयास गरेको थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मनोज खनाल~ यो एउटा घटना पौराणिक कालको हो, जतिबेला यो संसारमा जनावरहरु पनि मान्छेजस्तै दोहोरो कुरा गर्न सक्थे । यसै क्रममा तँ ठूलो हो कि म ठूलो हुँ भन्ने विषयमा एउटा विषालु सर्प र मानिसको विवाद भइरहेको थियो । त्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दोषी चश्मा

~आभा~ ‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लगन

~दिवाकर स्वप्नील~ बिहे गर्ने उमेर कटेर गइसक्न आँट्यो।कहिले बालबच्चा हुने कहिले हुर्किने ?बुढाबुढी भएपछी हुर्काउन गाह्रो! असक्त हुँदा एउटा हनबेर्नो भए काम अह्राउन हुन्छ , सहारा चाहिन्छ र आस हुन्छ बुढो उमेरमा दुइ घुट्की पानी मुखमा हालिदिने हातको । फेरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अतृप्त रात

~रामबिक्रम थापा~ तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ । बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन ग-यो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment