Category Archives: निबन्ध

निबन्ध / Essay

व्यङ्ग्य : आलुचना जस्तै स्वादिलो आलोचना

~केपी शर्मा~ अनामनगरका होटेलहरुमा खाजामा धेरैको आलुचना लोकप्रिय छ । त्यसमा पनि यहाँ इलामेली वहिनीले पकाएको आलुचनाको स्वाद नै भिन्नै । त्यसमा लसुन, जिरा फुराएको र कागतीको ताजा रस हालिएको हुन्छ । त्यहाँ खाने सबैको जिब्रोमा स्वाद झुण्डिएको हुनुपर्छ । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तरेहरुको अनौठो अभियान

~पिँडालु पण्डित~ ‘इन्क्लाब जिन्दाबाद ।’ ‘जिन्दाबाद । जिन्दाबाद ।’ ‘जन्मने अधिकार सुरक्षित होस् ।’ ‘सुरक्षित होस् । सुरक्षित होस् ।’ ‘हाम्रो हकहितका लागि संवैधानिक व्यवस्था होस् ।’ ‘व्यवस्था होस् । व्यवस्था होस् ।’

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बोर्खेसको जीवनमा कविताको असर

~प्रकाश सायमी~ यदि म जीवन फेरि बाँच्न पाउँछु भने अर्को क्रममा- म कोशिश गर्नेछु -म अझै धेरै गल्ति गर्नेछु म मरेपनि सोह्रै आना सही रहने कोशिश गर्दिनँ म अझै धेरै आराम गर्नेछु म अझै भरिपूर्ण हुनेछु- अहिले भन्दा धेरै । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मोफसलको कथा

~सङ्गीत आयाम~ भन्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आजमात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रह्यो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : एउटा खसीको आत्मकथा

~हरिवंश अाचार्य~ म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : परदेशमा

~श्रीओम श्रेष्ठ रोदन~ भीडमा एक्लो हुँदा कस्तो हुन्छ ? अनुभव नगर्ने धेरै कम होलान् । एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन ।यी दुईमध्ये कुनले बढी सताउँदो होला ? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्ने भनेर बुझ्नुपर्ला कि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : भ्यागुतो ! भ्यागुतो माछा !

~रामकुमार पाँडे~ हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अमरावती कान्तिपुरी नगरी

~भैरव अर्याल~ ‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : चरी भरर…..

~डा तारानाथ शर्मा~ आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको “प्राधानिकं रहस्यम्”मा अङ्कितै छ: “सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी” अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, २, पालनपोषण र रक्षा, ३, शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~ …मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते

~यम घिमिरे~ मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : गुजाराको कथा

~खगेन्द्र संग्रौला~ लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु। मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मुस्ताङ एडभेन्ट

~गनेस पौडेल~ दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, ‘बेनीदेखि १० किलोमिटरमाथि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नेपाली संगीत हिँडेको बाटो

~राप्रउ पोखरेल~ १) नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : चौकीमा रक्सी

~गुरुङ सुशान्त~ अन्ततः चौकीमा रक्सी पिउने भइयो । औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मन्त्रिनीलाई मन्त्रीको मन्त्र

~रामकुमार पाँडे~ मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : एक मामुली नाट्यकर्मीको नोट्स

~अविनाश श्रेष्ठ~ १. नाटकसितको पहिलो साक्षात्कार नाटकसित आफूलाई अन्तरंग किसिमले जोड्ने कुराहरू आफ्नै स्मृतिभित्र खोतलखातल गर्ने क्रममा बाल्यकालका आल्हादकारी थुप्रै दृश्यबिम्बहरूसित मेरो साक्षात्कार हुन्छ । अबोधतामा हलुका सह-अस्तित्वबोधको चेतनाले पखेटा फडफडाउन खोज्दै गरेको चार साढे चार वर्षको उमेरको आफूलाई देखिरहेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : …त्यसपछि दसैंबाट दसैं हरायो

~नीलम कार्की निहारिका~ २०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बज्जि गणराज्यको अभिनन्दन

~शीतल गिरी~ यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो । बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : एउटा युग, एउटा इतिहास

~अशेष मल्ल~ अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : देश हराउँदाको पीडा

~नन्दलाल आचार्य~ प्रिय देश, आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतान्त्रिक पदावलीको प्रयोग !

~बासु शर्मा~ लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मुसोको टुसो

~रामकुमार पाँडे~ श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न … Continue reading →

Posted in निबन्ध | Tagged , | Leave a comment

निबन्ध : भर्खर हाईस्कुल सके पछीको बास्तबिकता

~रुमन न्यौपाने ‘अमन्त’~ मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : ठगठाग युगाय नमः

~नन्दलाल आचार्य~ सखडेश्वरी भगवती माता ! म भगवती पुत्रीको भक्तिभाव स्विकार गर ! ० निवेदन गर्छु सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु । देवीका चरणमा सविनय नम्र निवेदन यो छ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : याे सहर माकुराकाे जालाे

~गाेकर्ण भट्ट~ ‘ल हेर्नु त मानिसहरु’ उनी भन्दै थिए, ‘तछाडमछाड छ, भागेका छन, दौडेका छन, कोहि सङ्ग फुर्सद छैन । कुरा गर्दा सबै बेरोजगार छन ।’ ‘यो शहर हो नि दाइ । शहर मा नभागेर कहा दौडिएलान र मान्छेहरु’ मैले … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसबुक पुराण

~बिम्मी शर्मा~ मार्क जकरबर्गले जबदेखि फेसबुक दुनियाँसामु पस्के, तबदेखि परिवार र समाजमा एउटा जबर्जस्त क्रान्ति नै आएको छ । फेसबुक अर्थात् सबैका लागि आफ्नो र आफ्नो कामको प्रचारप्रसारका लागि निःशुल्क उपलब्ध गराइएको प्लेटफर्म । आफ्ना सबै भावना र सम्भावनालाई फेसबुकमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अब बिदेश जाँदैजान्न

~बिश्व बिनोद~ के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फेसबुके फेस

~प्रमोद अमात्य ~ बाङ्गा छन्, सोझा पनि यहाँ गतिछाडा छन्, गतिमान पनि यहाँ पदवाला छन्, पादवाला पनि यहाँ मनचोर छन्, घरफोर पनि यहाँ जति छन् सब छन् फेसबुक भरी फेसबुक बिना चल्छ जीवन कसरी ।। बच्चादेखि बुढाले चलाउने यो फेसबुक … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~ हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मुण्डन

~भैरव अर्याल~ एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्म उनको टाउकामा लामा–लामा मुन्द्रे कपाल थियो तर राति अचानक उनको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment