Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : फेरीरहने अनुभुति, फेरीरहेका लेखाईहरु

~गिरिराज बाँस्कोटा~ छेउमा केटि साथि परेको परिक्षाको दिन मैले राम्रो लेख्न सकिन ।गाला रातै भएका थिए सायद ।त्यो वर्ष कक्षा छ मा पढ्दाको हो ।पहिल्लो पल्ट ति केटि साथि परिक्षामा सँगै परेकी थिईन ।साथिहरुले के भने भन्ने कुरा दोश्रो वनाईयो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘बा’लाई उत्तर

~डा. टीकाराम पोखरेल~ गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कविताको कमाल

~रामकुमार पाँडे~ हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल । कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मृत्यु एक कला हो ।

~सीमा आभास~ सिल्भिया ! बौद्धिकता अस्तित्वबोध युगबोध काब्यिक चिन्तन दर्शन र एक घनघोर बिद्रोह हो तिम्रो मृत्यु । मृत्यु मित्रु हो । अवसरसँगै अस्वीकृत सत्य जिवन अनि गहिरो निद्रा त्यसपछि एक सपना हो मृत्यु । ओ आत्मदाहकी देवी ! तिम्रा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : जीवन एक क्याक्टस

~गरिमा लुईँटेल~ भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्‍याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : टुक्रा टुक्रा काठमाण्डु –  घण्टाघर देखि धरहरासम्म  

~सुमन लम्साल~ नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महाकल्याण

~विवश पोखरेल~ रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रालाई विशेष, तम्रालाई निषेध

~महेश थापा~ मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नुपर्‍यो। छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बसेका वृद्धले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डाक्ट बन्ने रहर !

~बिजय चालिसे~ सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : अलमलको छाहारीमा हाम्रो सम्बन्ध

~गिरिराज बाँस्कोटा~ प्रेम भएको हो ÷होईन ? त्यो पनि थाहा छैन ।उनको र मेरो सम्बन्ध अलमलको बिचवाट बगिरहेछ ,बगिरहेछ । प्रत्येक साझ विहान भेट हुन्छ ,हरेक बिषयहरु,हरेक सन्दर्भहरु ,हरेक भोगाईहरु सहजै साटासाट हन्छन् ।सँगै वस्न ,छुन ,एउटै खान केहिले छेकेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : अव्यक्त प्रेमको क्षितिजवाट

~गिरिराज बाँस्कोटा~ रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्ध रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्धको लक्ष्य ,मन भरि तन भरि सजाएर । विहानिको तन्द्रामा बेसरी नायिका उभ्याएर ।कल्पनाको रगमञ्च प्रेमिलताको धरातल चुम्ने रहर बेसरी मगमगाउछ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~ हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ । तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भरप्रसाद र आसमाया

~जोतारे धाइबा~ घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुत्ता

~डा. सुमन राज ताम्राकार~ जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्‍या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : पंचायतको छोरो

~गोविन्दप्रसाद आचार्य~ मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नारी

~योगेन्द्र उपाध्याय “पुष्प”~ नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पाड महात्म्य

~डा. सुमन राज ताम्राकार~ कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : प्रेम,प्यास ,सम्बन्ध र सौन्दर्यता

~गिरिराज बाँस्कोटा~ शब्द ,बिम्व र अर्थमा खेल्नु पर्ने । प्यासमा लोलाएर टल्पलाएका सपना बिच तीम्रो नामको हार्दिकता ।भावनको चञ्चल गहिराईको उत्कट अभिलासा ।प्रिय जिन्दगी तिम्रो नाममा ..उपहार अलिकति मायाको लयभित्र ,रङ्गभित्र ।त्यसैले म । प्रिय सानु

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बुर्का

~योगेन्द्र उपाध्याय “पुष्प”~ फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म:म: पुराण

~डा. सुमन राज ताम्राकार~ ‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : बाँदरीय सिद्धान्तको सफल प्रयोग

~संप्रस पौडेल ‘दिवस’~ गहिरो अँध्यारो गुफामा बस्ने माछा आँखाको उपयोग नहुने कारणले अन्धो हुन्छ । जुन अङ्गलाई व्यवहारमा ल्याइँदैन, त्यो अंग विस्तारै हराउँदै जान्छ । त्यसैले बाँदरले पुच्छरको प्रयोग गर्न नजान्दा नजान्दै बाँदरहरु पुच्छर नभएको मान्छे बनेछन् । बाँदरलाई मानिसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : न्वारान

~संप्रस पौडेल ‘दिवस’~ तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ–आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : छाता र युवती

~जोतारे धाइबा~ करङ भाँच्चिन लागेका, समाउने हृयान्डल जसोतसो थामिएका अनि ओढिने छानो चाल्नोसमान पारदर्शी भएका । यस्ता धेरैथरी छाता बजारमा पाइन्छन् । आकारको त कुरै नगरौँ, चाहे भने मुसोले ओढ्न सुहाउने ‘मिनी अम्ब्रेला’देखि संयुक्त परिवारै अटाउने जम्बो छाता पनि किन्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : साहित्यकार कसरी बन्ने ?

~मनोज गजुरेल~ आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : एमआरपी महात्म्य

~अजय दीक्षित~ ६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~ नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य : विज्ञापन – महात्म्य

~धीरकुमार श्रेष्ठ~ वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन, ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर विज्ञापनको बजार नै सिर्जना भएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : बाजेको सेकुवा

~पिँडालु पण्डित~ मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, ‘फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

निबन्ध : हराएका खोजीहरू

~वसन्तप्रकाश~ बढुवाको सूचना निस्कियो। सूचना के निस्किएको थियो, एकैसाथ धेरै कुरा खोज्नुपर्ने भयो। हराएका चीजहरू खोज्नुभन्दा गाह्रो भयो मलाई, आफैँले कहीँ कतै सुरक्षित ठानेर राखेका चीजहरू खोज्नु। फोटो खोज्दै थिएँ, तीन थान पासपोर्ट साइजका। पासपोर्ट साइजका तीन थान फोटोको सट्टा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बहुकल्पिकृत भाषी मानुष्यहरूका बीच ध्वनिको समानता

~हरि मानन्धर ‘विवश’~ प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

~हरि मानन्धर “विवश”~ म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : प्वाल

~केशव राज आमोदी~ यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment