Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : रातो कोट

~हरिमाया भेटवाल~ आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इन्डक्सनमा नि भात पाकेन मोतीलालको भान्सामा

~मिलन तिमिल्सिना~ पहिले घरमा माटोको चुल्हो थियो, आफैंले बनाएको । माटोको चुल्होमा पनि मज्जैले भाततिउन पाक्थ्यो । एकदिन पल्लो गाउँ जाँदा जहानले आरनबाट ओदान ल्याइन् । ‘माटोकै चुल्हो थियो नि, किन पैसा खर्च गर्नुपर्यो’ मोतीलाललाई ओदान ल्याएको मन परेन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्यकथा : सपनाको नम्बर

~जीवन लामा~ बेलुकीको ७ बजेको थियो होला । म खाना खाएर ओछ्यानमा सिरोक ओढेर पढ्न लागेको थिएँ । मोवाईल सिरानी नजिकै थियो । घण्टी बज्यो । नयाँ नम्बर थियो । लोकल नम्बर जस्तो पनि लाग्यो । केही समयपछि मात्र फोन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता व्यहोर्दा

~कल्पना खरेल~ मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ । हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तरिम सपनाहरूको उडान

~अनुपम रोशी~ एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्। म आँखा चिम्लेर सहरका गल्ली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्णिमाले मन पराएको पेन्टिङ

~बिक्रम गिरी “अपरिचित”~ एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाबी हराएको रात

~राजन काफ्ले~ अनिमेष मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बकबक

~नयनराज पाण्डे~ कति बोल्छ यो मान्छे? कसरी यसलाई चूप लगाउने होला? कतिपटक सम्झायौं पनि उसलाई– “ए भैया, यसरी बकबक नगर। हाम्रो दिमाग खराब हुन्छ।” ऊ हाम्रो कुरो सुनेर ङिच्च हाँसिदिन्थ्यो। कति सेतो थियो उसको दाँत। हामीभन्दा अलिक कालो रोगनको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफन्तको खोजी

~एल एन सुवेदी ‘हस्ती’~ निरासाले भरिएको लामो सास तान्दै जमिनबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आंखाबाट आंसुका धारा बगाउंदै तिम्रो आत्माले परमेश्वरको बास पाओस् जीवित हुंदा केही गर्न सकिन भन्दै निकैबेर दलविरले घुक्का छोड्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश र घर

~बिन्दु सुबेदी~ “सुँक्क……..सुँक्क…….” को आवाज सुनेर शर्मिलाका भर्‍याङ उक्लदै गरेका गोडाहरू एकाएक रोकिए। उसले उक्लिसकेका खुटकिला फेरि बिरालोको चाल जस्तै गरी ओर्लिएर मटानको दाहिनेतिरको ढोकाको खापामा कान लगाई। निकैबेरसम्म पनि कुनै शब्दहरू नसुनेपछि उसले ढोकाको साँचो लगाउने प्वालमा आँखा टसाएर भित्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बजिबाङ्गे बा

~अभिमन्यु निरवी~ सानो, हरियो चौरको एकातिर म बसेको थिएँ । अर्कोतिर बजिबाङ्गबाट आएका बीरबहादुर बा र पौडेल्नी दिदी । ती दुबैसँग मेरो चिनजान थिएन तर भर्खरैबाट हामीले एकअर्कालाई चिनेका थियौं । पौडेल्नी दिदीको घर माथिको यो चौरबाट रोल्पाको लिवाङ बजार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुनले समेत मुख छोपेको रातमा

~महेश श्रेष्ठ ‘भाजु’~ सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~एकराज प्रधान~ परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फरक

~राजेश विद्रोही ~ एउटाको नाम केशव । हो केशव नै हो उसको नाम । नाममा कुनै विशेषता छैन । आम नेपालीको नामभन्दा भिन्न छैन उसको नाम । नाममा कुनै भिन्नता नभए पनि आम नेपालीभन्दा ऊ ज्यादै फरक छ । फरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओ पत्रकारज्यू !

~कृष्णराज सर्वहारी~ सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) । ओ पत्रकारज्यू पत्रकारज्यू । घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्लो घरकी मेरिना

~भरत बागलुङे~ थाहै नपाई प्रेम गर्नु र थाहै नपाई उपद्रोह गरी पलायन हुने प्रवृत्तीले निलिरहेको छ मान्छेको अस्तित्वलाई मान्छेहरू या युवा–युवतीहरू प्रेमको आडमा अप्रेमी बन्दैछन् हिजो आज शार्दुलले जिज्ञासु आ“खाले मेरो चेहेरामा ताकेर सवाल गर्न पुग्छ । “म प्रेम विशेषज्ञ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झनामा मेरी आशा

~डेभिड ढकाल “भुइँमान्छे”~ साँझपखको धुम्म आकाश, वर्षनै लागेको पानी, बाहिर आफूलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्किसँगै बाहिर नियाली रहेछु प्रकृतिलाई ? हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्न लत परेको मान्छे म । साँच्चै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रासदीपूर्ण रात

~परशु प्रधान~ मोबाइलमा आइरहेको चर्को घण्टीले म अचानक तर्सिएर ब्यूँझे । आँखा खोलें– गेष्ट हाउसको यो कोठा अन्धकार छ । बाहिर सडकमा कुकुरहरु कराईरहेछन् । भित्र सामसुम छ – निर्जीव अन्धकार । बल्लतल्ल हात पु¥याएर विजुली बालेर हेरें –ठ्याक्कै बाह्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैंको भात

~आनन्द राई~ कालधन दौड्दै आएर खौलीमाथिको ढुङ्गामा बस्यो । एकक्षण के गरांै कसो गरौंको अलमलमा परेपछि एउटा ढुङ्गा टिपेर डिलमाथिको हात्तिबारतिर हान्यो । छेवैको अङ्गेरीको पोथ्राबाट एउटा चरा भुर्र उडेर गयो । “थुक्क किरिया, त्यही र छ नि ” ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढाक्रेदाइ

~महेश बर्तमान रानामगर~ कति मुस्किल हुन्छ यो संसारमा जीवन बिताउन । बाँच्न चाहनेलाई बाँच्न दिदैन र मर्न चाहनेलाई पनि मर्न दिंदैन, सधैं झिनो घिटघिटीमा नै अल्झाइराख्छ । यहाँ सुखी भएर बाँच्ने चहाना कसलाई हँदंन र ? तर हेर, विचरा ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्विच अफ

~ध्रुव सापकोटा~ महिला कुरा बढी गर्थी । काम कम । पुरुष काम बढी गथ्र्यो । कुरा कम । ‘मिठो बात गर न ।’ महिला भन्थी । ‘मलाई मिठो बात गर्न आउँदैन ।’ पुरुष भन्थ्यो । ‘मिठो बात गर्न नजान्ने पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा बा र पचास रुप्पे

~दिपक घिमिरे~ आज बा अलि हँसिलो अनुहारमा मैले देखें । जहिले हो बाको अनुहार रिसाहाजस्तो ठान्ने मैले आफ्नो माग राख्ने उचित समय यतिबेला नै ठानें । हुन त म मात्र हैन बासँग बोल्न हाम्रा गाउँघरका सबै डराउँछन् । आमा, दिदी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~सुमन पछाई~ चकमन्न रात, सबैतिर निस्पट्ट अध्यारोको मात्र बाहुल्यता । त्यसमाथि चिसो हावा चलिरहेको । सुनसान रातमा छाएको चकमन्नतालाई छिचोल्ने जाँगर छैन । आप्mनै सुरमा लुखुरलुखर हिँडिरहेको छु । पछाडि फर्केर हेर्ने मन पनि छैन, त्यस्तो अन्धकारमा पछाडि फर्केर हेर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूलो कान्छी

~उपेन्द्र सुब्बा~ ठूलो कान्छी बिजुवानी उत्रिने भयो। माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए। आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो। भित्तापट्टि बिजुवा, भद्रभलाद्मी र मान्यजनहरूलाई तोङ्बाको स्वागतसहित बस्ने डेरा तयार थियो। मुख्य बिजुवाले थानमा उभिने अनुमति मागेपछि पञ्च भलाद्मीहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रीको नम्बर

~आन्विका गिरी~ “यो सब तेरै कारणले हो”, जगन्नाथले सकुन्जेल भकुरे। हरिमायाले चूँसम्म गरिनन्, मात्र आँशु झारेर बसिन्। एकैछिन अघि जगन्नाथले मुस्कुराउँदै हरिमायाको हातबाट चिया लिएका थिए। बिहानको नित्यकर्म सकेर पात्रो पल्टाउँदै गरेका उनलाई हरिमायाले सधैं झ्ैं कोठामै चिया पुर्‍याइदिएकी थिइन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्मिता

~बादल सुरेश~ देख्न त उसलाई सानैदेखि देखेको हो तर पनि मलाई उप्रति आकर्षण दश कक्षा पुगेपछि मात्र बढ्न थाल्यो। ऊ नौ कक्षामा पढ्थि। स्कुल जाने बेलामा एउटा दोबाटोमा हाम्रो भेट हुन्थ्यो। म हरेक दिन ऊ भेट हुने समयको अन्दाज गरेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पण्डितजी खोइ मेरो जात !

~प्रदीप नेपाल~ यस्तो दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। मेरै मूर्खता होला यो। कुनै दिन यस्तो अप्ठ्यारो आउँछ भनेर हिजै कल्पना गर्न नसकेको पनि होला। यतिबेला म कसैलाई गाली गर्न सक्ने अवस्थामा पनि छैन। जानेर होस् या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिजुली

~महेशविक्रम शाह~ बिजुलीदेवी घरबाट निस्किन् । घरको पछाडि रहेको पम्प चलाएर लोटामा पानी भरिन् । दाहिने हातले लोटा र बायाँ हातले घुम्टीको फेर समातेर सडकको किनारै किनारा उत्तरतिर लागिन् । झमक्क साँझ परिसकेकाले बाटोमा त्यति चहलपहल थिएन । यस भेकका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन को पिडा

~मधुवन पौडेल~ इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी लुखुरी

~मुन पौडेल~ तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साईनो

~ओममणी शर्मा~ भर्खरै हुलाकीले बुझाएर गएको पोको खोलौँ या नखोलौँ भन्ने दुविधामा ऊ धेरैबेरसम्म रुमल्लिइरही । पोको हातमा लिएर वर्काई-फर्काई हेरी र तौली । पोको सानो र हलुको लाग्यो । एकापट्टि लोग्नेको नाउँ र ठेगाना प्रस्टसँग लेखिएको थियो ।अर्कापट्टि पठाउनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मालाप : ऐँठन

~लेनिन बन्जाडे~ एक साँझपछिको रात। चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई सायद हाम्रो बिछोड असह्य थियो। बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा सायद हाम्रै पो कापन्तुरामा अडेस लागेर मधेस र्झन खोज्दै थिए। अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment