Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : बिलेकिया

~श्याम साह~ भन्सारमा पोस्टिङ भएको दोस्रो दिन नै सशस्त्र प्रहरीको हवल्दारले उसको सामान र साइकल दुबै खोसेर मेरो अगाडि ल्याएको थियो । तलबाट माथिसम्म नियालेँ । गहुँगोरो वर्णको भए पनि घामले डढेर निकै कालो देखिन्थ्यो । दुब्लो यति थियो कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाग्यमानी जनावरहरु

~विनय कसजू~ चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि थिए । जैविविक विविधता जोगाउने, खास गरी वन्यजन्तुको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पथ ग्रहण

~डा. विदुर चालिसे~ बल्लबल्ल चिठ्ठा परेकाहरूका अनुहारमा हेरिरहन्थेँ । चिठ्ठा बेचिरहेका तालुकदारहरूसँग दयाकाे भाव पनि देख्दिनथेँ । अाैसत सामर्थ्यका मानिसहरूलाई फुर्सद थिएन । जाेडजम्मा भएका भीडमा उभिएकाे मरन्च्यासे करायाे । –“गुटबन्दी मुर्दावाद !” चर्काे प्रचारवाजीमा नारा चलिरहेकाे क्षण सबै अल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रामप्रसादको जुक्ति

~गोरखबहादुर सिंह~ “ल, तेरो निर्णय !” हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

मनोन्यास : राजनीति र आत्माको मुल्य

~हस्त गौतम मृदुल~ म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : दृश्यान्तर

~महेश पौड्याल~ उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरै पल्ट देखिसकेको थिए । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर अर्निको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बशिर

~दिलिप पौड्याल~ कालो बर्ण, भेडाको ऊन जस्तै घुम्रियको कपाल, अग्लो कद, पातलो सरिर, मौरिले टोकेर सुन्यको जस्तो ओठ। चिसो र स्थिर आँखा। अनुहार सधै निराश कालो बादलले छोपेजस्तो। उसलाइ देखेपछि मन कस्तो कस्तो भयो। अलिकति डर। अलिकति निरासा। “ हेलो! … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : प्रमिश

~शिशिर पराजुली~ बर्सौ पुरानो देखिको मेरो माया अनि केहि समयको हाम्रो माया, ति दिन याद आउँदै थिए । जीवनमा पहिलो पटक कसैको मायामा परेको थिए म अनि त्यो माया सबै भन्दा प्रिय थियो । समय यस्तो थियो कि मेरा अरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रद्धाञ्जली

~जीतबहादुर कटुवाल~ सिमलको रुखमा चराको कल्याङमल्याङसँगै वसन्तीको निद्रा खुल्यो । सँगै सुतेकी छोरी मस्तसँग निदाइरहेकी थिई । ठ्याक्कै बाबुकै अनुहार लिएर जन्मेकी छे । अब त छोरी पनि ठूली भई । लोग्नेको घर जाने दिन पनि धेरै छैन । उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~प्रभा पोखरेल ‘स्वेशा’~ उ होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बहिरका बेमौसमी फुलहरु, हल्का चिसो-चिसोले आनन्दको अनुभुति दिइरहेछ, उ आफैंलाइ अङ्गालो मार्छे अनि आखा चिम्म गर्दै एकहुल मानिशहरु बसिरहेको चियापसललाइ हेर्छे। आ..मान्छेका मगजै तातनेगरी चर्केको घाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राक्षस

~अल्पविराम~ हिजो आज मेरो पांच वर्षको नाती मसंग सुत्न मन पराउन थालेको छ / नाती मसंग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु / मेरो श्रीमानको देहावसान पछि छोरा बुहारी र नाती भए पनि मलाई एकाकिपनको अनुभूति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्याय

~अर्जुन थापा~ राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ । “दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्‍यो ।” दुई हात जोड्दै भन्छ ऊ । “ल्याईस् त नागरिकता अनि मिलाईदिनु मैले तँलाई राहत ?” … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : घोडा

~विमला तुम्खेवा~ “घरमा लोग्नेमान्छे छ भन्नु मात्रै आडभरोसा केही छैन, आएदेखि बजारको बजार”, रिकुटेनीको चर्को स्वर घर बाहिरै निस्कियो । भगवतीप्रसाद टुप्लुक्क देखा परे, “हि र केजक र वा अयक्मै ? रिकुटे हो र पेगा ?” ‘दाजु सेवारो, जैले–तैले गाउँघर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकादेशकी सुजिमा

~दिल थापा~ उसको स्वर चिन्न सकिन । धेरै वर्षपछि सुनेर होला । एकदम नौलो मान्छेको जस्तो लाग्यो । एकछिन त हेलो मात्र भनेर फोनलाई कानमा टाँसि रहे। उसले पनि हेलो भन्दा अर्का बोली निकाल्न सकिन्न । मलाई आजकाल धेरै बोल्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मखुन्डी

~प्रयास लामा~ “ओई त्यो केटीले त हामीलाई हेरिरहेको जस्तो छ हेर त।” कुईनोले मलाई कोट्टाउँदै टासीँले भन्यो। “आ छोडन भाई, स्वाट्ट पारी हालन् घर जानु ढिलो भैसक्यो।” सम्झाउने सुरमा त्यसलाई भन्दै थिए तर मेरो आखाँ भने त्यसले देखाए तिर नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : बाल्यकालको सम्झना

~बिपना ढुङ्गाना~ सपना पुरा गर्न घर छोडेर हिडेकि म,मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर। जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए,मेरा आँखा त मलाई पत्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बर्मेली दम्पती

~घनश्याम ढकाल~ “बाबु, एक पाथी चामल देऊ न ।” बुढी आमैले पसलेसँग अनुनयको स्वरमा भनिन् । उनले विकासे मलको बोराबाट बनाइएको मैलो झोला बोकेकी थिइन् । “पैसो छ कि छैन ?” बसेको ठाउँबाट नउठी पसलेले सोध्यो । “छैन बाबु ।” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ मोड

~अश्रु सिन्धुलीय~ १. प्लेनमा चिकेन सुप आयो। तातोतातो सुपमा बाफ पनि आइरहेको थियो। उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन्। स्वादिलो थियो। सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन्। सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित गरिन्। सोचिन्- किन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिया प्रेम

~नवराज जोशी~ ……….र मेरो चिया पिउने र चियासँगको यादगार प्रेम प्रत्येक बिहान एक स्टिलको गिलास चिया पिउन सबेरै उठेर रु.३ (तिन) पर्ने एक पाउ(२५०मिलिलिटर) दुध नजिकैको होटेलबाट ल्याइ दिनमा एक पटक फेरी चिया पिउन पुग्ने गरी उमालेर राखी बिहानी चिया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार गर्ल

~सूरज श्रीवास्तव~ ए हरि के छ तेरो हालचाल हँ ? आज फुसर्दमा छस् भने जाऊँ पिंक महल । फुर्सद त छ, तर जान मिल्दैन । अबेर भयो भने घरमा अप्ठ्यारो हुन्छ । झन् रेस्टुरेन्ट गएको थाहा भयो भने त बवालै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमाकान्त सर

~दिलिप पौड्याल~ होचो होचो कद। सधै जसो सेतो सर्ट पाईन्ट र कालो ईस्टकोट अनि त्यसमाथि ढाका टोपी। यस्तै साठी बर्ष जतिको रसिलो र कसिलो छाला।चिल्लोसंग दाडि काटेर त्यसमाथि चिटिक्क मिलेको जुँगा।आफु हिड्ने बाटो भन्दा बढी दाँया र बाँया पट्टि लहरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुर्लभ समय

~लक्ष्मी गाइजू~ एउटा निजी कम्पनीका एक सामान्य कर्मचारी राकेश, स्थानीय विद्यालयमा आयाको रूपमा काम गर्ने राकेशकी श्रीमती सुमित्रा, नियमित विद्यालय जाने बहिनी रोजी, छोरा रोहण, छोरी रोहिणी र सधैं घरधन्दा र व्यवहार व्यस्त रहने आमा मनकुमारी, सबैको आ– आफ्नै छुट्टाछुट्टै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आदेश भित्रको पीडा

~देविका तिमिल्सिना~ सधैँको साँझझैं आज पनि म आफ्नो तिक्ततालाई मेट्न बाहिर निस्कन्छु । घामको मन्द तेज र डाँडामुनि छिप्न खोजेको सूर्यले मेरो मानसिक धरातलमा कताकता प्रभाव पार्दछ । म टोलाएर गणेश र जुगल हिमालका थुम्काहरूमा आँखा दौडाउँछु । त्यहाँ भिन्नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अबशेष

~तोषल दाहाल‘अल्पभाषी’~ एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश दिन्छन् । पानीलाई बाध बाधेर थुनिन्छ ओरालो बग्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बैचारिक कथा : जोडिएका ओठहरु एकआपसमा छुट्टीनै मान्दैनन्……….।

~तोषल दाहाल‘अल्पभाषी’~ फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वार्थ

~दिपक अभिमन्यू~ बिहानै मर्निङ्गवाकमा हिडेका राम बिक्रमलाई तेजरफतारमा आएको गाडीले ठक्कर दियो। उनी गम्भीर घाइते भए । उनको दुरघटनाको खबर हावासरी फैलियो । सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै अनेकौं शुभेच्छ्याहरु पोष्ट गरिए भए । उनी खतरामुक्त थिएनन्।उपचारत अस्पतालमा उनलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~ धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : माले

~रुजन न्यौपाने~ खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ । मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : यो एउटा रङ

~किशोर नेपाल~ आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानीको सम्झनामा

~आनन्द पोखरेल~ साँच्चै कुनै दिन थियो, जब मलाई उसको स्वर एकछिन नसुन्दा पनि छटपटि हुने । तर जब उसले अन्तरघात गरि अनि बानि पार्नु पर्यो उसको अभावमा जीवन जीउनको लागि । उसको स्वर सुन्न नपाउँदा म मात्र कहाँ अतालिएको हुन्थेँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~ युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : दर्शन

~डा. विदुर चालिसे~ ‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा खास भेद नै दर्शनकाे मूल मर्ममा ठाेकिएकाे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment