Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : क्याबिनको काम

~अमृता बुढाथोकी~ चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोर माथिको पनि चण्डाल

~कृष्ण उफान~ “जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अपरिचित टेलिफोन नम्बर

~डा. संगीता स्वेच्छा~ रातको एघार बजे प्रतिघण्टा पचास माइलको गतिमा आइरहेको हुरीले रूखहरू ढाल्नेछन्, फूलहरू सबै मार्नेछन् भन्ने महसुस भइरहेको थियो । लिली घर पछाडि गराजतिरबाट लुकेर विस्तारै ढोका उघार्दै घरमा पस्छिन् । उनकी आमा सजना पनि विस्तारै भर्‍याङ ओर्लेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पसले साहुनी

~नवराज शमीर~ चन्द्रमानको अफिसको छेउमा एउटा खाजा पसल थियो । त्यो पसललाई मानिसहरु अरु पसललाइ भन्दा फरक नजरले हेर्थे । पसले सहुनीलाई सबैले रमलादेबीको नाउले चिन्थे। उनकी एक्ली छोरी सबिना हदै सुन्दरी थिई । चन्द्रमानले सविनालाई हदै मन पराउथ्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : त्याे बा

~डा. विदुर चालिसे~ निंद्रा लागिरहेकाे थिएन् । एउटाले थ्यास्स फ्रेण्ड रिक्वेष्ट पठायाे । लाग्न लाग्न लागेकाे निंद्रा कता भाग्याे भाग्याे थाहै भएन । मैसेन्जरमा म्यासेज अायाे । –“डल्ली ! कति बज्याे र अहिलेसम्म नसुतेकाे, छिटाे ?” म त झसङ्ग भएँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नैतिक कथा : दुःखको स्वाद

~सङ्कलन : अज्ञात~ एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : कथाका गाउँहरु

~प्रवीण राई जुमेली~ नेपथ्य खण्ड नेपथ्य “हन यो कस्तो पर्दा लाग्यो हाम्रो सामुन्ने?” बुडोले अचम्भ मान्दै सोध्यो। “अब बिस्तारै हामी नेपथ्यका पात्रहरुमा परिणत हुँदै जाँदैछौं बुडा!” अर्कोले भन्यो र फेरि थप्यो, “मञ्चमा हाम्रो खेलको समय सकियो। अब यहाँ खेल्नेहरु नयाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातातीर्थ औंशी

~जीतबहादुर कटुवाल~ आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको धन्दा सकेर समिरा बरण्डामा बसेर सुस्ताउँदै थिइन् । बिहानै उठेर घर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कहिले आक्रोस कहिले प्रेम

~कृष्ण राजभण्डारी ~ केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । “आज किन ढिला नि ?” श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, “तपाईको आज भोलि मति विग्रिएको जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फसादमा फुलेको फूल

~डा.मधु माधुर्य~ यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर पूर्वनिर्धारित योजनाअनुसार नेपालबाट हतार—हतार दुबई उड्नु प¥यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~चन्द्र रानाहँछा~ ‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’ टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे । ‘एहै ! भीरखर्के काका र डम्बरी फूपूको बारेमा सुन्यौ ? हैन ती फूपूलाई के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोन्यास : झ्याल खोल्दा

~अनिल किराती~ केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो । झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

निबन्ध : कोरोनाको पिडा परदेशमा

~दिलिप पौड्याल~ सबैलाई लाग्छ होला बिकशित देशहरुमा खाना र बस्नको लागि खासै समस्या हुदैन होला। यस्तो महामारीको बेला राज्यले सबै व्यवस्था गर्छ होला। दुख पाउने भनेको गरिब मुलुकमा बस्ने जनताहरुले मात्र हो। धनि मुलुकहरुमा तरकारी किन्न जान पर्दैन। दुध किन्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : धुवाँको फोका

~कणाद महर्षि~ म मान्छे ! मलाई मान्छेको गन्ध मन पर्छ मान्छे बलेको पनि मन पर्छ, चितामा । हुन पनि हो, मान्छे जल्दाको गन्ध बेग्लै हुन्छ, त्यो गन्धको तुलना, मेरो सोचाइमा अरू कुनै पनि जीवको मासु पोल्दा पनि हुन सक्दैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भूतसभाको सन्त्रास

~कृष्ण उफान~ बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ऊ पर्खिरही

~लोकेन्द्रबहादुर चन्द~ “तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बिकास

~बालकृष्ण गजुरेल~ साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् । … उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो जून अनि त्यो घाम

~पूर्ण राई~ किशोरी वसन्तको आगमनको मृदुल आभास दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर, काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता, उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि – … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोन्यास : जलेको हृदयमा फूलेको प्रेम

~हस्त गौतम “मृदुल”~ आदरणीय मित्र गीताजी, मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ ’cause मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। … Continue reading →

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , , | Leave a comment

कथा : लर्के र निरुको

~आनन्द पौड्याल~ नेपाल राज्यको कुनै प्रदेशको कुनै एउटा गाउँमा पाँचजनाको परिवार छ । त्यो परिवारका सदस्यहरुमा बाबु लर्के, आमा निरु, जेठो छोरा सुरे, कान्छो छोरा सम्फे र एक छोरी चमेली वस्दछन् । पाँच जनाको सो परिवार आर्थिकरुपले निम्न वर्गीय परिवार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्क्रमित मन

~लक्ष्मी गाइजू~ चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरूबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्कारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरू पनि मेरै खोजीमा थिए । “म कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लकडाउनमा न्याय !

~दिपक अभिमन्यू~ जय बिक्रमको मुद्धामा सर्बोच्चले अन्तिम फेसला सुनायो । शुरु अदालतले गरेको ५ बर्ष कैद बिगो बराबरको जरीवाना र दाबी बमोजिमको बिगो भराउने गरि गरेको शुरु  फैसलामा आँशिक उल्टी गरेर एक बर्ष मात्र कैद र रु ५०००००। अक्षेरुपी पाँच … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोना त्रासद

~जीतबहादुर कटुवाल~ आज लक डाउन भएको तेह्रौ दिन । घरमै क्वारेन्टाइन सरहको बसाइ छ । बिहान र बेलुका समान्य घरायसी काम गरेर समय बित्दैछ । दिउँसो र राती टिभी र रेडियोमा समाचार हे¥यो ,सुन्यो । अनलाइन समाचार पढ्यो ,पुस्तक पढ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम मौका

~यकिना अगाध~ सर्पले भ्यागुतोको आधी जीउ निलिसकेको थियो । अब कसैगरी आफू बाँच्न सकिन्न भन्ने भ्यागुतोलाई थाहा थियो । यसकारण सबैसँग विदाई माग्दै ऊ कारुणिक स्वर निकाले क्याँक क्याँक रोईरहेको थियो । त्यो दर्दनाक समयमा एउटा फटिङग्रो उच्छिटिएर भ्यागुतोको मुख … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आत्मिय साथिको अनुत्तरित प्रश्न

~आदर्श प्रधान~ कहाँबाट शुरु गरु अनि सम्बोधन नै के गरु अह मलाई थाहा छैन उसको बारेमा भन्नको लागी सायद यहाँ कोरीएका शब्दले मेरो मनको शब्दसग भिडन्त गर्न सक्दैन भनौ हार खानु पर्छ वा यस्ता शव्दहरुमा मात्र सिमीत छैन । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~लक्ष्मण ओझा~ रामे एउटा गरीब केटो हो ता पनि उसको पढ्ने चाहनालाई वुवा आमाले नकार्न सक्दैनन् । वुवा आमाले उसलाई ऋण गरेर अनेक दःुख कष्ट परि समस्या खपेर अनि उसलाई काठमाण्डांै वातावरणसंग उ त्यति परिचित हुदैन । उसको संगत विस्तारै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Essay : A letter to Homo sapiens

~Saguna Shah~ Yours is the weaker sex, please realize: It is the beard, in which all power lies, And though there are two portions of mankind, Those portions are not equal, you will find: One half commands, the other must … Continue reading →

Posted in Essay, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : रशिदा

~दिलिप पौड्याल~ रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस। हाँस्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लड रिपोर्ट

~डिल्लीराम दुलाल~ सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~नारायण ढकाल~ १ यसअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन । तर, यहाँ म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : समाजको ऎना

~भरत खत्री~ तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : भक्ति

~रुद्रप्रसाद दनै~ ईहलोकबाट आउने एउटा ठुलो बाटो । यो बाटो सारै ठुलो छ सायद मानिस ज्यादै भिड लाग्ने भएकोले होला । इहलोकबाट निकैपर पुगेपछि यो मुलबाटो एउटा सुन्दर समथर स्थानबाट फाटिएर एउटा घमाईलो बाटो पुर्बोत्तर उकालो लाग्छ र अर्को निराकार … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment