Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : नेताकुञ्ज

~कुमार सिं राई~ चौबाटोमा उभिएको सिसमहल देखाउदै बटुवाहरु प्रशंसा गर्दै थिए, नेताजीको घर त साह्रै राम्रो । कति भब्य महल । कति आकर्षक र सुन्दर कुञ्ज ।” आदि इत्यादि । म पनि ठिङ्ग उभिएर नेताजीको घर हेर्न थालें, हेर्दा हेर्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

किराँती लोककथा : साङगिते र राङगीते

~सङ्कलन : धनहांग सुब्बा~ उहिले नै थाबाःमा (तमुर) नदीको थूममा दुइ जना दाजुभाइ बस्स्थे । दाजुको नाम साङगीते थियो भने भाइको राङगीते । दाजु गीत गाउनमा पोख्त थिए भने भाइ नाच्नमा । त्यस बेला थाबाःमा थूम जंगलले ढाकिएको थियो । … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : उम्किएको माछो

~पर्शुराम पार्के नेपाल~ ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हनीमून

~रमेश दियाली~ बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोनाले खोसेको बेहुली बन्ने सपना

~जीतबहादुर कटुवाल~ वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा बसेर वरिपरि पर्यवेक्षण गरिरहेकी छु । दिनको बैँस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसम

~दिपक अभिमन्यू~ अफिसबाट घर फर्किदै गर्दा टाढैबाट आफ्नो घरतिर हेर्दै कौतुहलताको दृष्टी लगाउँदै नियाल्दै लालबाबु घरतिरको बाटोमा पाईला अघि बढाईरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै घरतिर कदम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उन्मादीत प्रकृति

~अलका मल्ल~ रातको चकमन्नतामा ताराहरु अन्धकारलाई बाजी मार्ने अभिमानले चम्कींदै फुर्कीरहेको थियो । सूर्य पनि ताराहरु भन्दा निकै तेजीलो शक्तिशाली प्रतिक सम्झेर ताराहरु बिचको राजा बन्दै गमक्क पर्दै थियो । ढल्कंदै गएको रात पछि कुखुरा बास्न थाल्यो र उषःकालको शुरुवात … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कोसँग च्याट गरेको ?

~सोम डेमनडौरा~ “कुन केटीसँग च्याट गरेको ?” उसको श्रीमतीले सोध्यो । उ एकछिन् घोरियो । बुढीले उसलाई शंका गर्छ कि जस्तो लाग्यो । केहि बेरपछि उसले अलिक संकोचपूर्ण जवाफ दियो । “होलीको शुभकामना पठाएको थियो । रिप्लाई गरेको । उनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~ तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : मोतीप्रसाद

~गोरखबहादुर सिंह~ सडकवारि मोतीप्रसाद छटपटाइरहेको थियो । सडकपारि दुईजनामा भकुराभकुर चलिरहेको थियो । त्यसलाई भकुराभकुरभन्दा पनि बलियोको कमजोरमाथिको जबरजस्तीभन्दा बढी यथार्थ हुन्थ्यो । विचरा निर्धो रक्ताम्मे भएर भाग्न खोज्दा भाग्नसम्म पनि पाइरहेको थिएन । बलियोले निर्धालाई एकतर्फी हिसाबले निर्दयतापूर्वक भकुरिरहेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अस्थायी सम्झौता

~शर्मिला खड्का दाहाल~ दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न ! “हजुरलाई खालि यस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेनेजर र म

~लक्ष्मी शर्मा~ एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्‍यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकादेशको कथा : बूढा बाबु र बिनायक राम

~कञ्चन पुडासैनी~ उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सफलता

~पद्म देवकोटा~ वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद / स्वगत : साढे सातदेखि अढैयाको शनिसम्म

~कृष्ण प्रधान~ १. वास्तवमा सन् २००५ लागेदेखि वर्षभरि नै कहिले अढैया त कहिले साढेसातले छोइ नै रह्यो । आफूलाई (मीन राशीलाई) अढैया रहेछ, मार्च महिना अर्थात् २०६१ साल चैत ८ गते रातीको १२ बजे छोरा अर्पण (जेठो छोरा) बैंगलोरमा दुःखदायी … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील

~दिल थापा~ कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : परिवर्तनको लहर र मेरो रहर

~चूडामणि खनाल~ म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन । आज … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : श्री भ्रष्टाचाराय नमः

~विनय कसजू~ देशमा घुसखोरी, कमिसनतन्त्र, भ्रष्टाचार बढेकोमा चिन्तित हुँदै बुद्धिजीवीहरुले भ्रष्टाचारको विरोधमा आन्दोलन चलाउने निधो गरे । भ्रष्टाचार विरुद्धको आन्दोलन शुभारम्भको शुभअवसरमा आन्दोलन सफलताको कामना गर्दै वुद्धिजीवीहरुले सिद्धिदाता

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बज्यै

~एमपी केयरलेस~ भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’ भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिकता

~दीपक कुमार ज्ञवाली~ हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडिएको माया

~सृजना श्रेष्ठ~ काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र रितिरिवाज पनि देख्न सकिन्छ । पुराना तथा आधुनिक घरहरुले सजिएको साथै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: प्रमिस डेमा उनीसँगको संवाद

~खडानन्द तिमलसिना~ २०२० जनवरी ११ प्रमिस डेको दिन थियो , बेलुका साँझको कुरा हो म मेरो प्रिय मान्छेसँग सामाजिक सञ्जालमा अभ्यस्त थिए हरेक साँझमा मिठा मिठा प्रेमिल कुराहरू भई रहन्थे हामी बिचमा, मलाई लाग्थ्यो यो पनि माया प्रेम नै हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नसोचेको शहर

~अस्मिता दाहाल~ मनत केबल मननै रहेछ । हासो, खुशी सब त्यागेर दुखलाइ समायोजन गर्न चाहादैन मन खुशिलाइ साथी बनाउने मनले पिडासँग घुलमिल हुन चाहादैन यदि दुबैलाइ चाह राख्थ्यो भने त्यो मान्छे साच्चै मान्छे हुन्थ्यो होला मान्छेको नामले परिचित खोल मात्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लोककथा : सुनकेशरी मैयाँ

~सङ्कलन : तुलसी दिवस~ एकादेशमा एकजना राजा थिए। तिनका तीन भाइ छोरा र एउटी छोरी थिइन्। छोरीको सबै कपाल सुनका थिए। त्यसैले उनलाई सुनकेशरी भन्दथे। उनका कति केशहरु छन्, तिनका हिसाब गरिएको थियो। एकदिन खोलामा नुहाउँदा उनको एउटा केश हरायो। … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

लघुकथा : मापदण्ड

~इन्द्रकुमार श्रेष्ठ~ गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कलियुगका जोगी

~डा. एकप्रसाद दुवाडी~ केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् । महासचिव बान कि मुनसंगको भेटमा उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~ गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~ अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्वान्टीवान

~स्नेह सायमि~ हिजो हरिले अचानक चुन्नेभैरव मार्ग अर्थात् चुन्नेपाखामा देख्यो ट्वान्टीवान । यहाँ बस्न आएको ७ बर्षपछि अचानक ट्वान्टीवानलाई देख्नासाथ हरिका बाल्यकालका घटनाहरू फिल्म झैँ आँखा अगाडि घुम्न थाले । हरिभन्दा केही महिनाले मात्र जेठो थियो ट्वान्टीवान । उनीहरू सडकमा, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~ “वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए। लामो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : श्वेत उपत्यका

~अनुपम रोशी~ तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी

~मधु श्री~ “….बिक्रम तिम्रो अफिस छुटेपछि अन्त जानु त छैन नि ?” “छैन” “उसोभए मलाई लिन आउ है । आज बैठकमा अलि ढिलो हुन सक्नेछ । धेरै एजेन्डसहरुको छिनोफानो गर्नु छ ।” “सक्दिन म । सधैँ के को मिटिङ नि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment