Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : के दिएकी थियौ तिमीले ?

~प्रनिता शर्मा~ “खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मन उपवन

~पद्मावती सिंह~ आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । मैले यौवनावस्थाकी चन्दालाई झलक्क सम्झेँ । जीवनका कति कुराहरू भन्न चाहेर पनि भन्न सकिरहेका हुँदैनन् तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौभाग्यवती

~विक्रम सुब्बा~ फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो – – ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कैदी नं चार सय एक्काईस

~जीतबहादुर कटुवाल~ जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ । मलाई देखेर ऊ फिस्स हाँस्यो । मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातभरि हुरी चल्यो

~इन्द्रबहादुर राई~ छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुख्याचाको प्रेम

~भूवन तामाङ~ सरोजले निकैबेर आँखा बिछ्यायो सुमतीको दर्शन पाउन । सुमती घरको अगाडिभन्दा पछाडि धेरै निस्कने गर्छे । घर अगाडि त ट्याक्टर धुलो उडाउँदै कर्कस आवाजमा दौडन्छ । त्यसैले ऊ घरपछाडिको एकान्त मन पराउँछे । घरपछाडि भाँडावर्तन माभ्mन, लुगाफाटो धुन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : उखेल्नुपर्ने उखानहरु

~नगेन्द्र शर्मा~ नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला आएको छ । राष्ट्रिय र जातीय एकीकरण प्रत्येक समाजको उद्देश्य हुनुपर्छ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : आकाशमा फाइट

~ब्रजेश~ सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको काँधमा स्कुलको झोला थियो । उनीहरूले आआफ्नो रुमाल मुखमा मास्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बदलिएको मन

~राजकुमार श्रेष्ठ~ पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर स्वभावको देखिने हुनाले उनको नाम बाजेले सानै देखि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उपासना

~डा. विदुर चालिसे~ –“अाेई ! किन ढलेकाे त्यसै, खाना खाइनस् कि केहाे ?” जिन्दगीकाे व्यथामा तिल्मिलाइरहेकाे अाशाराम निकै उपासना गर्थ्याे। विहान, वेलुका, हिजाे, अाज,अस्ति, अस्तिअस्ति, रातदिन उसकाे काम उपासना नहाे गरिरहन्थ्याे । वर्षाैँ बित्याे उसका उपासनामा कसैले टेडाे अाँखाले पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भोक

~भुवन ढुङ्गाना~ उनीहरु धेरै बेरसम्म गुन्गुनाइरहे । कोठामा बत्ती निभेको थियो, तर झ्यालबाट आइरहेको जूनको उज्यालोमा उनीहरु एक–अर्काका जीउ र अनुहार राम्रैसँग देख्न सक्थे । वातावरणले लाग्थ्यो, उनीहरुको कुरामा केही नराम्रो परिरहेछ । ‘मलाई भोक लागिरहेछ ।’ एकछिनपछि केटीको रुञ्चे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तर्वार्ता

~हरिकृष्ण डंगोल~ उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

जातक कथा : चराहरुको सल्लाह बाँदरहरुलाई

एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएका थिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेका … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

~कृष्ण उफान~ “जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बाध्यतावाद

~विक्रम सुब्बा~ मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अमेरिकी स्वास्नी

~डा. एकप्रसाद दुवाडी~ मानवले सुनेको थियो नेपाल जति सुन्दर देश संसारमा कुनै छैन तैपनि नेपाल सुनको कुर्सीमा बसेर सुनको कचौरामा मागिरहेछ। अनि नेपाली जति असल मानिस अरु कहिँ पनि हुँदैनन्। उसो भए दैनिक हजारौ नेपाली किन विदेश भासिन्थे त? उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~महेश पौड्याल~ नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~ ‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

थारु लोककथा : बेङ्टुर्या रानी

~सङ्कलन : प्रणव आकाश~ एकादेशमा एउटी राजकुमारी थिइन्।  निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी। दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : ब्रम्हादेवलाई लखेट्ने कुर्सी

~यकिना अगाध~ नेपाल देशमा राजनीतिक परिवर्तनसँगै राजनैतिक शक्तिको आडमा संस्थागत रुपमा भ्रष्टाचार मौलायो । जनताहरु वेचैन हुन थाल्यो । चुनावैविच्छे सत्ताधारीहरु परिवर्तन भए, तर सबैको व्यवहार एउटै रह्यो । आफू वरिपरिकोलाई पोस, आफू मोटाउ, विपक्षीको जरा उखेल, बस्, अरु त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~ शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भियतकङको खोजी

~राम बिनय~ पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित जापानी लोककथा : बूढी आमा

~मात्सुओ बाशो~ अनुवाद : अनुप जोशी धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : हत्यारा सपनाको राजकुमार

~सविना सिन्धु~ बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। “ओई अनुपमा…….पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~ कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~ नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अभिनय

~जीतबहादुर कटुवाल~ संसारका अनेकन मानिसका भीडमा मधुरा नक्षत्रजस्तै पिलिक्क पिल्पिलाउने राजदेवको पहिचान कलासँग गाँसिएको छ । उनी कलालाई पूजा गर्छन् । अभिनयलाई प्रेम गर्छ । नाटक उसको रुचि क्षेत्र हो । राजदेव उत्साहका साथमा नाटकमा अभिनयका लागि गइरहेका छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमीलाई धेरै झपार्नु छ

~राजेन्द्र चोथाले~ तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अत्याधुनिक घैँटो महात्म्य

~नरनाथ लुइटेल~    म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : उज्यालोको तृष्णा

~जीवनाथ धमला~ आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै अटुट मातृत्वको पोषण प्राप्त गर्ने क्रमसँगै आफूमा चैतन्यको वीजारोपण पनि गर्दै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सपना !

~आचार्य निश्चल~ ‘म साँच्चिकै भाग्यमानी छु प्रमोद, तिमी जस्तो यती धेरै ख्याल गर्ने समझदार प्रेमी पाउनु मेरो अहोभाग्य हो ।’ शहिदशुक्र मा.वि.निर पुगेपछि सपनाले मेरो कान मै आएर भनि ‘यसको लागि म भगवानसँग कृतज्ञ छु ।’ नजिकै एउटा मन्दिरमा ढुगांरुपी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिलाषा

~माया ठकुरी~ आमा नहुँदा त घर नै शून्य भएको छ । घरका केटाकेटी, छरछिमेक सबैले आमा कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छन् । हिजो बिहान साढे ८ बजे म अफिसतिर हिँड्न लाग्दा विराटनगरबाट मेरी ८२ वर्षीया आमाले मलाई फोनमा भन्नुभएको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment