Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : चिना

~कालूसिंह रनपहेंली~ रामेेको छोरो जन्मियो। घरमा खुशीको माहौल छायो। पुत्र प्राप्तिको खुशीमा रामेे र उसकी पत्नी सीताको भुइँमा खुट्टै छैन। न्वारानमा गाउँ-घरकालाई बोलाइयो। खोरको खसी ढालियो। सबसित खुशी बाँड़ियो। सबैले रामे र सीतालाई बधाई दिए। कतिले नानीको निम्ति थाङना, ब्ल्याङकेट, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाल सुन्दर शान्त विशाल

~श्रीधर खनाल~ विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथर, पहाडी भेकका उपत्याका, तरेली परेका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : गणेश टिओ

~छविलाल खड्का~ विभूति निजामती कर्मचारी सर्कलको आशा लाग्दो नाम हो । ऊबाट राज्यले धेरै आशा अनि भरोसा गरेको छ । कार्यालयको ईनर्जेटिक मेनपावरमा पर्छ ऊ । सूचना प्रविधिसंग पनि त्यतिकै अभ्यस्त छ । इमान्दार, अनुशासित, लगनशिल कर्मचारीको क्याटागोरीमा दर्ज भएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक उदाहरण

~नुर पाण्डे~ कोही सन्तानविहिन भएर समाजमा अपहेलित भएर बाँच्नुपर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई संसार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सँग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनि उक्त सन्तानलाई मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलाको स्वाद

~यकिना अगाध~ ‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर हैरान पारेको छोराको गालामा एक चड्कन लगाइन् र बरबराईन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’ छोराको गालामा हानेको तिनको हात भुँइमा बेस्सरी बज्रिदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिईन् । हिजो बेलुकी छोरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाते

~प्रभा पोखरेल ‘स्वेशा’~ उफ्!! यो बादल नि कस्तो अगति पाराले लागेको हो। न झमझम बर्सन्छ, न घामले दर्शन दिन्छ। कस्तो बिचैमा अड्किएजस्तो मौसम! पानी परेपनि आज मज्जाले भिज्नेथिइ। दर्केर पानी परोस्, उ आँखा चिम्लेर भिजिरहोस्। आँखा, नाक, ओठ, सारा अङ्ग-अङ्ग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डर

~प्रकाश लामिछाने~ ‘फेरी गाउँ डुल्चस यस्तैगरी?’ ‘नाँइ आमा….जान्न….’ ‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’ नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिकासो केटी

~पञ्चम अधिकारी~ त्यो दिन पनि सोनियाको हातमा एउटा म्यागजिन थियो र एकाग्र पढीरहेकी थिई । प्रबलले पानाको हाइलाइट झट्ट पढ्यो र सोच्यो- यो केटी जहिले पनि यस्तैयस्तै पढिरहेकी हुन्छे । प्रबलकी नयाँ साथी सत्यकथाकी अम्मली थिई । ती सत्यकथाहरू ज्यादाजसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सहिदभूमि

~विनय कसजू~ काठमाडौँ पहिलो पल्ट घुम्न गएको गाउँले केटोले सहिद गेट देखेपछि टँुडिखेल वरिपरिका घोडा चढेका फर्ूर्तिला मर्ूर्तिहरुतिर देखाउँदै सोध्यो, “ती पनि सहिदहरु हुन् कि -“ सात सालको क्रान्तिपछि नेपालमा चार जना सहिद घोषित भए । सहिद गेटमा राजाको सालिकमुन्तिर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अपरिचित मान्छे

~राजु स्याङ्गतान~ उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लछ्मी जी को नर्क यात्रा

~बिक्रमादित्य~ लामो मार्लोब्रो चुरोटको धुवाको मुस्लो हावामा पोको पर्दै पानिमा उठेका भुल्काहरुजस्तै गरी डल्लो परी बिलाउदैछन्। यता मोटा मोटा चोर औँला र माझ औँलामा च्यापीएको मार्लोब्रो चुरोट सल्कदै आफ्नो जीन्दगी खत्तम बनाईरहेछ र उता राता ओठमाथि बाक्ला,काला र तीखा जुगाँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्पेस निडलको सुई ठमेलतिर घुम्दा

~अश्रु सिन्धुलीय~ १.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्‍यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : धर्तिमाताको काख

~दीपक कुमार ज्ञवाली~ अरुको नकारात्मक कामले जब अन्तर्आत्मामा चसक्क घोच्छ अनि मलाईलाग्छ मेरो मातृभूमिलाई कहिं न कहीं पिडा (बोध) भएको छ । सुरम्य मातृभूमिको काख , भावना स्व– ब्यक्त गर्ने सामथ्र्यहीनतामा हामी कति निष्ठुरी, मातृभूमिको सुरम्य काखमा लडिबडि गर्दा पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे । एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो । त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : भुडी परीक्षण अभियान

~कृष्ण उफान~ तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : ‘गाँस’ र ‘ग्याँस’

~होमर श्रेष्ठ~ भातको सट्टा चिउरा खाएको तीन दिन भैसकेको थियो… आमाले रिसाउदै भन्नुभयो,

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सौतेनी आमा

~हरि थापा ‘दोलखे’~ आमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको मौनतापछि ऊ होसमा आई । उसले अनुरोध गरी ‘आमाबुबा’सँग विन्ति बिसाई । आमा बाबुले पनि छोरीको इच्छालाई मध्यनजर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशी मित्र

~आन्विका गिरी~ “तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन। हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे। “तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~ कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : ताताे भाेड्का

~डा. विदुर चालिसे~ –“तँ ख्रुस्चेवकाे चेला हाेस् !” –“आफू नि अाफू ! तैँ हाेइनस् स्टालिनकाे छाउराे ?” निकै चर्काचर्की गरिरहेकाे कार्यकर्ताहरू

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जुत्ता

~प्रमोद अमात्य~ “सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।” “एक्लैएक्लै जाने केको पार्टी हो नि ?” श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकको डन

~भरत खत्री~ “रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा” म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आफन्तजन

~यकिना अगाध~ उ बिमारी पर्यो । छोराछोरी बाहिर थियो । मुस्किलले कसैले अस्पताल पुर्याईयो । अस्पतालमा कुरुवा कोही भएन । चिनेजाने सबैजसोले यो खबर थाहा पाए तर कोही कुरुवा बसिदिन आएन ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नुमा

~प्रयास लामा~ सिलगुडीको कोर्ट मोड़ साधारण मान्छेहरूमा कोर्ट को लागी नभएर बस सट्याण्डको रुप मा प्रचलित ठाउँ हो। यहाँ बाट बिशेष भारतकै दुईवटा अन्तर्राष्ट्रीय सिमावती क्षेत्रको निम्ती बस सेवा चल्ने गरेको छ। पुर्वमा बङ्लादेश अनि पच्छिममा नेपाल रहेको सिलीगुडीले भारतलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा

~सदानन्द अभागी~ अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त … Continue reading →

Posted in पौराणिक कथा | Tagged | Leave a comment

कथा : परिबेश

~प्रभा पोखरेल ‘स्वेशा’~ लगातार परेको यो दिक्दारलाग्दो झरिले निथ्रुक्कै भिजायो उफ्! लुगा खोलेर झुन्ड्याउँदै म आफैं भुतभुताँउछु, “कति बर्षिन सकेको हो, बेला न कुबेला बर्षेको छ, बर्षेको छ, यसको के नै जान्छ र!!” म ओछ्यानमा चढेर सिरक भित्रै पसिदिन्छु। इमेल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुवाको फुल

~प्रभा पोखरेल ‘स्वेशा’~ हो, यो चुवाको फुलको बोट पनि मलाइ नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाइ सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ। तिन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फुलले सुटुक्क चियाइरहन्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : साम दाम दन्ड भेद

~विक्रम सुब्बा~ आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो? अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का अनुसार कुटनीतिका ४ सिद्धान्त १। साम, २। दाम, ३। दण्ड … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : आँककुमारीको विवाह

~सदानन्द अभागी~ आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चामे र गौंथली

~कालूसिंह रनपहेंली~ आँगनमा एउटा मुढा राखेर चामे हुक्का गुडगुडाइरहेछ। साँझ खस्नै लागेको छ। स्वास्नी माइत गएकी छ, कचिङ्गल पारेर। चामेले हेऱ्यो -पारि क्षितिजमा एउटा रेखा कोरिएको छ। छैन र पनि छ भन्ने भ्रम। उसैको झझल्कोजस्तो। घरि – घरि भित्र स्वास्नीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जाडोमा घुर

~उमाशङ्कर द्विवेदी~ अन्य संसाधनको अभाव भएपनि हाम्रो देशको गाउँठाउँका जनमानसले भने प्रकृतिको असीम मायाका साथ पाउने वर्षको छवटै ऋतुको उपभोग गर्न पाउँछन् । ग्रीष्मको भयड्ढर थप्पड होस् वा कठयाङ्ग्रिदो जाडोको कर्कश आवेश, मुसलधारे वर्षातको ताण्डव होस् वा गुलाफी बास्नादार बसन्तको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर फर्केको ज्यानमारा

~मधुवन पौडेल~ आज पनि मालिकले नलीले हिर्काएको नीलडाम लिएर देवदास घर फर्किरहेको छ । ऊ मनमनै सोचिरहेको छ, घर पुग्नासाथ आफ्नी स्वास्नी गोमतीलाई तातो पानीले सधैँ झैँ सेकाउन लगाउनेछ । जमिन्दारको घरमा उसका बाबु–बाजेले पुस्तौँदेखि चाकरी गरिआएका हुन् । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment