Author Archives: Editor

कविता : फूल नफुलेपछि

~नवीन प्यासी~ तिमी निष्ठुरी बनेपछि समय पनि निष्ठुर बनेको छ अचेल । भन त लालीगुराँस ! यसपालीको चैतमा किन नफुलेको तिमी ? तिमी नफुलेपछि पुतलीले जुनी फेर्न छोडेको छ डालीले सुकेनासको सिकार हुनु परेको छ र भमराले च्यात्नु परेको छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बेला, बाटो अनि हामी

~लेखनाथ छेत्री~ वास्तवमा हामीले हिँडिरहेको यो बाटो, यो बेलादेखि साँझसम्मको दुरत्वभन्दा धेरै छोटो छ । यो बाटो अन्ततिर हामीलाई छेकेर बसेको हुनेछ एउटा कोलाहल, जसले घिसारेर अलग भीडतिर लानेछ हामीलाई, अलग गल्लीको वासिन्दा हुनेछौं त्यसपछि हामी ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मोनोटोनस दैनिकी

~मधुवन पौडेल~ एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ । गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो । कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँगन गुमाउनेहरूलाई

~त्रिभुवनचन्द्र वाग्ले~ आँखामा धुलो पर्नसक्छ भो बन्द गरे पनि हुने सडकमा ब्याडमिन्टन खेल सडक हो कसले भन्छ दुर्घटना हुँदैन दुर्घटना हो कसले भन्छ यो विनाश होइन आँखामा धुलो पर्नसक्छ म्याराथन गन्तब्य रोकिए पनि सडकमा खेल्ने ए नानीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : अब सगर जोतिन्छ !

~पूर्ण ओली~ कत्ति छेकिनू त्यो सगरबाट हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा फगत थुतुनो बालुवाभित्र धसेर ! ओ, मेरी जोरी ! आँशु, अल्छ्याइँ, अन्धभक्तिलाई रछ्यानमा मिल्काएर जर्‍याकजुरुक्क उठ, च्याप कोदाली चपक्क

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : कल्पनाको अर्को बिहे

~बसन्त नेपाल~ रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

Translated Poem : Mad, Lover and Poet

~Ram Prasad Prasain~ Translated by : Welkin Seskin Spilling surfeiting syrup on the wings of (dragon) fly, Do not scale my heart this time still. I will not drown, and never ever again. Thinking as beloved the Moon shinning on … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : पिपल बोटको चटपटे

~अंकुर अधिकारी~ मेरो छहारीको सित्तल सित्तैमा ग्रहण गर्दै हज्जारौ जिब्राहरुलाई उन्माद को दिशा तर्फ धकेल्ने, नुन तेल भुजाको सुनौलो टुक्राहरुका साथ समाजका रसिला पिंढीहरुलाई स्वादको ईमान्दारीतामा समेट्ने पिपल बोटको चटपटे ।

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~ विषय प्रवेश समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : सरे जस्तो छ

~वियोगी बुढाथोकी~ भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ फुल्न नपाई मनको फूल झरे जस्तो छ वालुवाझैं सुख्खा थियो मनको मझेरी कालो मैलो वादल वर्षा टरे जस्तो छ

Posted in गजल | Tagged | Leave a comment

कथा : गिदी कीरा

~मोहनराज शर्मा~ बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : थामेर किन छोड्यौ हातहरू

~सुरेन्द्र राना~ थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू दुई किनाराहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी। टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।। तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण। टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म। तिम्रो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

चलचित्र गीत : कसरी सम्झाई बुझाऊँ

~कुसुम गजमेर~ यो मुटुलाई कसरी सम्झाई बुझाऊँ पीर यो जिन्दगानीको साहरा एउटै भयो बिरानो यो रात सम्झना भई जाने हो दुई मुट्ठी सास कहिले छोडी जाने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : कथा, हाङखिम र सुनपसिना

~निरज थापा~ नेपाली कथाको इतिहासमा परिचित नाम हुन् प्रकाश हाङखिम । सुनचरी प्रकाशनकालदेखि नै लघुकथा लेखेर नेपाली कथाका प्रशंसकहरूप्रति आफ्नो स्थान बनाइसकेका छन् ।‘निर्वासित जिन्दगीहरू ‘ (2002 ) कथासङ्ग्रह अगावै हामीले पाएका छौं । ‘लता तिमी कस्ती छ्यौ ?’  कथाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : हाइकू हाइ-जीन र पूर्वााचल

~दिपक सुवेदी~ १. परिचय  : जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : साझा फूल बनेको छ “माला”

~त्रिलोचन कोइराला~ पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment

नेवारी लोक कथा : नेवारी गुभाजुको जादुको कथा

~अज्ञात~ नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~ सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~ कथा कसैका लागि ? साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~ कसरी चिन्ने कोही छैन शहरमा नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई पुलको मुनि बस्दछु म त्यही मेरो बास हो

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : भत्किएको पंखा: भत्किएको सौन्दर्य

~बिमल गुरुङ~ असंख्य मान्छेका असंख्य कुर्सीहरुमा म पनि बांच्दै लंगडो एउटा पँखा करैकरमा नृत्य प्रदर्सन गरिरहेछ भत्किएको सौन्दर्यमा विहुल बाँधेर धरहराबाट हामफाल्न आँटेकी कुनै शोकाकुलग्रस्त कुनै स्वस्नीमान्छे झैं आँखामा ‘बैकाल’ सजाएर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आमाको उत्तर छोरालाई

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) चिट्ठी पाएँ प्यारो छोराको मेरो उर्जा दासी गोराको आशा बोकी दास्ती तुर्दै छु आँखा तानी बाटो कुर्दै छु (२) गैरीबारी बाँझै टारी छन् दायाँबायाँ सिस्नो घारी छन् कल्ले खन्ने छोरा १ यो माटो उम्य्रो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

संस्मरण : ३५ वर्षपछि भैरव सम्झँदा

~हरि अधिकारी~ श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

Story : Four Folds

~Bikrant Koirala~ First Fold: Bicycle The wooden desks, two in each, black cemented board with white letters on it. The fifth graders were obviously tired from the day long learning and wished to leave the musty room and embrace their … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कथा : तन्नेरी प्रेम

~केदारनाथ नेपाल ‘निश्चल’~ गाउघर तिर सरकारी विद्यालयमा पढेर ‘सेकेण्ड डिभीजन’मा पास हुनुलाई राम्रै मानिन्छ । एस. एल. सी. परीक्षामा म ‘सेकेण्ड डिभीजन’मा पास भएँ । यो कुरा घरपरिवार र साथीभाईले थाहा पाईसकेका रहेछन् । फोनबाट लगातार बधाईका आवाजहरु आउन थाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~ ‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो । गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो

~तुलसीहरि कोइराला~ नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~ घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी । बैगुनको रङ हुन्छ सबैभन्दा पैले नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले नीलो आकाश जस्तै रङ तेस्रो खापमा

Posted in बाल गीत | Tagged | Leave a comment