Author Archives: Editor

कविता : रातो बाकस

~इन्द्रेणी शर्मा ‘जलद’~ नेपालीको जीवनको रङ्ग देख्छु रातो पिडा र कष्टले भरिएकोले पहेलो खोज्दै जान्छु रहश्य यथार्थहरु सार्है मुस्किल हुन्छ समाधान गर्न म कथा सुरु गर्दैछु लाहुरेको प्रसङ्ग हुनेहार युवाहरुको विदेश पलायन सत्ताभोगिको चरम विलाशी आवाज

Posted in कविता | Tagged | Leave a comment

कथा : बेलमति र सुम्निीमाको दसैँ कथा

~पवन न्यौपाने~ घुमीफेरी फेरि दशैं आएको छ नयाँ गाऊँमा….आज दशैंको सप्तमी….बेलमतिलाई भने सास फेर्ने फुर्षद पनि छैन् । झिसमिसेदेखी नै कामको चटारो छ….घरआँगन लिपपोत गर..पुजापाठको सामग्री तैयार पार….पानी ओसार्न एक घंटा लगाएर पधेँरामा जाऊ…. दशैं भन्यो दशा नै हुन्छ वेलमतीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भर नपर

~आचार्य प्रभा~ जे भन्यौ ठिकै भन्यौ मनकै ब्यथा पोख्यौ , अस्पट भावनाहरु ओकलेर मन शान्त गरायौ … हो —सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा ।

Posted in कविता | Tagged | Leave a comment

कथा : गौरीप्रेम

~लेख कार्की~ हेल्लो नमस्ते ! अर्को दिन मात्र रिप्लाई आयो नमस्ते । – आराम हुनुहुन्छ ? – बिरामी भए त हस्पिटल गैन्थ्यो नि ! लोल – अचेल त सामाजिक संजालमा पनि डाक्टर थुप्रै भेटिन्छन् नि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आस्था खोजिरहेछु

~दिलिप योन्जन~ त्यसै त म पागल भएँ यातना दिई नसताउ भुकम्प म भित्र पड्किएको छ म छताछुल्लछरिएको छु म धुजा धुजा भैइ फुटेर लडेको छु बाँच्ने आशा र बिस्वास छैन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भाषा, साहित्य र विकृति

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ । आफ्नैआफ्नै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक तिमी

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘हुन्न’ भन्नु तिमीले केवल आफूलाई नचिन्नु हो आफूलाई नगन्नु हो ! स्रष्टाका ए प्रतीक अदर्पण परिस्थितिको स्रष्टालाई, धुस्नाहरुमा चट्ट सुताई, कैद गरीकन थुन्नु हो ! ख. किन हुन्न ? किन हुन्न ? यस माटोमा अङ्गुर स्याउ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : परिवार

~अभिमन्यु निरवी~ डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मुटु हुन्छ अर्को

~कस्तुप गैरे~ शायद मुटु भित्र पनि मुटु हुन्छ अर्को । यता माया गर्दै उता जाल बुन्छ अर्को । संसारका सारा खुशी तिमीलाई दिन्छु भन्दै सपना बाँड्छ एकातिर ओठ चुम्छ अर्को ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : खाली क्यानभास

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ रङ्ग छ ब्रश छ र क्यानभास पनि छ । जीवन भोगाइका क्यानभासमा मुर्त/अमूर्त रेखाङ्कित तस्विर सजाउने रहर पनि छ । पहाडको अटल बिश्वास जतै अडिन चाहन्थे लेकको रक्ताम्य गुराँसको मुस्कान भर्न चाहन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : म साहिली दमिनी

~अनुप मगर~ म साहिली दमिनी ठूला बा’को दलान बाहिरै थिएँ, नचोखिने गरी जुठो माझेकै थिएँ, कलम भिरेका’ सुकिला मेरो घरमा एक हुल मान्छे आए ठूला बा’को घर न जान अ-हाए बाबै मलाई त मटराँ हालेर शाहराँ पु-याए !! तिम्लाई था’छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश छटपटाइरहेछ

~डम्बर पौडेल~ भ्रष्टाचार व्याप्त छ देशमा कसले बोल्ने ? जाल ,झेल र कमिसनतन्त्र छ देशमा कसले रोक्ने ? कालो बजारी र तस्करी बढ्यो देशमा कसले हेर्ने ? जो देश चलाउने ठाउमा छन् उनीहरु त्यसैको आडमा छन् जो कानुन बनाउछन देशमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सोझो मान्छेको चेप्टो कुरा

~अतित मुखिया~ धेरै देखे मैले सभ्यताको पोखरीमा पौडिरहेका असभ्य अनुहारहरु । शिष्टाचारको पासो थापेर दुरव्यवहारका लोप्पा खुवाउने, अशिष्ट भलाज्मीहरु । यसैले आजकल मनोकांक्षाका झिरहरुमा भावनाका शील उन्दै मनको भुङगरोमा सेकुवा सेक्ने गर्छु

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक आँखीझ्याल सूर्य सुवेदीका कथाहरू

~आनन्द राई~ तेह्रथुमका रुपलाल रिजाल त्यसै ‘सोह्रमाने साहू’ कहलिएका थिएनन्, अरूले रुपियाँको २२ माना चामल बेच्दा उनी १६ माना दिन्थे । तर, समयकालमा छोरो नालायक निस्क्यो । दुष्ट भतिजाहरूले घरबार, २६ खला खेतबारी, सयौं तोला सुनचाँदी, २० धार्नी काँसका भाँडाकुँडा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

निबन्ध : सिलर क्याफेका चोटपटक

~थानेश्वर सापकोटा~ सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : दुर्घटित मन

~हिरण्यकुमारी पाठक~ आज मन कता हरायो कता भित्रभित्रै रित्तिउझैं थाहा छैन अथाह समुद्र भित्रभित्रै डुब्न गएछ कि मन, कसरी समाउ यो मनलाई कता खोजु कता यो मनलाई मन नभएको मुटु कस्तो होला,

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्ने छ सुन्दर शान्त र सम्वृद्द नेपाल

~बाबुराम पन्थी ‘गुल्मेली’~ साथीहरू भन्छन् हाम्रो देश बिग्रीयो हाम्रो देशमा मानवता हरायो ! जनता राजनितिको शिकार हुन बाध्य छौ । म सोंच मग्न हुन्छु मन मनै आफै भित्र प्रश्न उठ्छ । एउटा विरामीको पिडा कम गराउने डाक्टरमा के मानवता छैन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : के संविधान आउला ?

~पूर्ण ओली~ खेलेनौ अगुवा निस्वार्थ भुमिका, नेपालको खातिर संविधान नआउने लक्षण यो, देखिन्छ चारैतिर जानेभो अब फुत्किई पकडको सम्भावना सुन्दर !… तिम्रो मात्र दलीय आग्रह छ रे ! हाम्रो यहाँ के छ र ? हाम्रो देश इतिहासकै कठिनतम् यो मोडमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

नियात्रा : सिकागोसँगका अनुभूतिहरू

~राजेन्द्रप्रसाद अर्याल~ सन् २०११ को जुलाई २, ३ र ४ तारिख । अमेरिकीहरूका लागि बिदा र बेग्लै महत्त्वका दिनहरू । यी दिनहरूलाई अमेरिका निवासीहरूले निकै रमाइलो र उमङ्गका साथ मनाएको देखियो । जुलाई ४ तारिख अमेरिकी स्वतन्त्रता दिवसको दिन भएकाले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : म रुन्छु कर्णाली

~महेश रिजाल~ आफ्नै छाया बाट छोडिएको सिलौटोमा चंदन जसरी घोटिएको चुसिएर, लुटिएर फालिएको तर पनी आफ्नै भनिएको देश को एस्तो शासन प्रणाली

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : म माफ माग्छु

~महेश भट्टराई~ हाम्रो जीवनका हरेक दिन कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । यस्ता घटना कुनै रमाइला र कुनै नरमाइला हुन्छन् । घटना रमाइलो वा नरमाइलो जस्तो सुकै भए पनि हामीले चाहेमा त्यसबाट कुनै न कुनै शिक्षा लिन सकिने रहेछ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : यात्रा स्थगित भइदेओस्

~उदय निरौला~ कहिलेकाहीँ त लाग्छ यात्रा अविरल नबगेर कहीँ कतै टुङ्गियोस् साक्षी बनेको छु यद्यपि यात्रामा पात झर्छ यात्रामा पात मर्छ र पुनः पुनः पलाउँछ पुनः झर्छ मर्छ र पुनः पलाउँछ । लाग्छ ! घाम उदाएपछि पुनः नअस्ताओस्

Posted in कविता | Tagged | Leave a comment

कथा : हाकिम

~सविन सिंह ‘एकतारे’~ बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~ चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो पहिलो प्रेम

~डा. गोबिन्दसिंह रावत~ पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएता पनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सम्झनाले के दिन्छ र !

~विक्रम तिमिल्सिना~ बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र ! टुट्छ अटुट नाता भने बाँकी नै पो के हुन्छ र ! तिमीलाई गर्मी हुँदा चलाएका बतासहरु, तिर्खाएकी बेला मैले मेटाएका ती प्यासहरु, बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र !

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बधाई प्रचन्ड

~लोप्चन लामा~ बधाई छ प्रचन्ड स-परिवार बिदेश भ्रमण तिमीलाई बधाई छ बाबुराम सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई धेरै आस्था अनी विश्वाश थियो बाह्र बर्ष रगतको होली खेलेर सत्तामा पुग्दा नेपाल आमाले लामो चैनको सुस्केर हालेथ्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : डोलीमा गयौ

~दिनेश श्रेष्ठ~ तिमी हाँसेर गयौ तिमी डोलीमा गयौ सोह्र श्रृङ्गार गरी रातो चोलीमा गयौ वाचा तिमीले खाथ्यौ देउरालीमा सयौँ आज दिएर धोका एकै बोलीमा गयौ

Posted in गजल | Tagged | Leave a comment

कविता : नाईं गर्दिन के!

~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाकि छ

~तिलक खत्री~ जिन्दगीको हिसाब किताब केर्न बाकि छ च्यातिएका कथाहरु फेर्न बाकी छ !! भेटे देखि छुटे सम्म छुटे देखि यता कस्ले जित्यो कस्ले हार्यो हेर्न बाकी छ !!

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’

~रामकुमार पण्डित क्षेत्री~ ‘रमेश विकल’का जेष्ठ सुपुत्र विजय चालिसे (वि.सं. २००८)लाई उनको समकालीन साहित्यकारको दाँजोमा अब्बल दर्जाको मानिन्छ । उनले दुईवटा उपन्यास, यो समेत गरी पाँचवटा कथासङ्ग्रह (खोसएको सपना छैठौँ कथासङ्ग्रह पाठकमाझ आइसकेको), चारवटा निबन्धसङ्ग्रह, छवटा पत्रकारितासँग सम्बन्धित पुस्तकहरू, दुई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बिचरो हंस ब्युँझियो

~वामदेव पण्डित~ गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु राजाले पद छोडेर, कसरी कन भन्दछु गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।। उमेर नपुगेसम्म प्रतिनिधि बनाउने हिमानी एक आमा र जनता तीन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment