Author Archives: Editor

गीत : एकान्तमा

~केवल गंगा गुरुङ~ ढाँटे पनि तिमीलाई आफुसँग सत्य वोले एकान्तमा मनको चाह आफैलाई खोले तर्किन मन लाग्छ किन तिमीले हात माग्दा म इन्कारको नाटक गर्छु तिमीले साथ माग्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

बहरबद्ध गजल : कहानी अनेकौं बनाएर जाऊ

~रेनुका पौडेल “आहत”~ कहानी अनेकौं बनाएर जाऊ लताको घडी नै समाएर जाऊ तिमीले मलाइ रुवाइ गएसी म भाको छु मुर्दा हसाएर जाऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सन पनि गाह्रो लाग्छ

~ज्ञानुवाकर पौडेल~ बिर्सन पनि गाह्रो लाग्छ सम्झन पनि अप्ठ्यारो लाग्छ । मन पर्दैन सत्ते फूल मलाई काँडा बरु प्यारो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : सलगमको सहर घुम्ने रहर

~गङ्गा कर्माचार्य पौडेल~ रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को दिन, बन्दा गोबी भ्यान्टा मात्र लगे । त्यो देखेर सलगमले मुलासँग भन्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : लुकुँ लुकुँ लाग्यो मलाई

~किरण खरेल~ लुकुँ लुकुँ लाग्यो मलाई, बादल जस्तो त्यो कालो केशमा नाचूँ नाचूँ लाग्यो मलाई, पिरतीको रंगीन देशमा सेतो पाना, चोखो मन, दुबैमा छ तिम्रै गीत निलो आकाश, निलो खोला, जता ततै तिम्रो प्रीत झुमुँ झुमुँ लाग्यो मलाई, सुवास जस्तो … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दारुवाज

~स्लिम जिवन~ दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाबुराम लामिछानेका पाँच मुक्तकहरु

~बाबुराम लामिछाने~ एक्लै एक्लै हिँड्दैछ आफ्नै माया लागेर अाईरा छ झुत्रो भनेको जिन्दगी पनि प्यारो लागेर अाईरा छ जिन्दगीलाई कहिल्यै धन्यवाद दिन पनि जानिएन अनायास आज मलाई किन गुनगुनाउन अैइरा छ । कोही टाढा, नजिक छैन कोही आफ्नो, पराइ छैन … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लोक कथा : बोँगेरानी

~सुन्दर मानन्धर~ स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा धेरै पहिले भूमिराज नाम गरेका राजा थिए । उनी बडा प्रतापी राजा थिए । त्यहाँको मौलाथर भन्ने ठाउँमा उनको दरबार थियो । उनी आफ्ना प्रजाका हरेक सुखदुःखमा साथ दिने गर्थे । चारैतिर उनको यश … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : रेप नम्बर ……….

~नवराज शिवाकोटी ‘अनाम’~ शरीर निक्कै थाकेको छ । श्रीमान पनि एक हप्ताकोलागि काठमाडौं छोरा बुहारीकोमा गएकोले फूर्सदिलो छु । छोरा बुहारी त काठमाडौंतिरै बस्छन् । कहिलेकाहीँ फोन गर्छन् । सायद सञ्चै होला । मानिसलाई जब जीवननैं बोझिलो लाग्छ तव कसैको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मुक्त

~नन्दलाल आचार्य~ (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

तामाङ भाषी गजल : आताबा दात्दे

~पलपल मोक्तान~ चु धर्तिला मेन्दो हिन्ना ह्याङ तामाङ लुसि आताबा दात्दे दोङराब ब्रिबा बेलारी याङतामाङ झुकाब आताबा दात्दे नत मोक्रान,पाखी्रन,स्यांतान नता योन्जन,बम्जन,लोप्चन ह्याङ जम्मन ज्यो ज्यो आले हिन्ना चुकाब आताबा दात्दे ।

Posted in तामाङ गजल | Tagged | Leave a comment

गीत : मुस्कानले जन्माएका संघर्षहरु-१

~छोगेल मोक्तान~ कालो रातमा खै के भयो आफ्नै छायाँ खोजेछु सहारा कोही नभेट्दा आखिर अन्धकारलाई रोजेछु । सत्यले साथ नदिँदा झूठको आड़ लागेछु विरक्तिएर होला मैले दैवलाई आफ्नो काल मागेछु ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लोकतन्त्रको अस्मिता

~मणिराज सिंह~ समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खँदै छु उज्यालो म

~निर्मोही व्यास~ छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ विवेकी र इमानीका निम्ति तैयार छन् चिता कर्कलोझैं गलेको छ रापिएर मनुष्यता भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली

Posted in कविता | Tagged | Leave a comment

कथा : दिलमा आएको भूकम्प

~सुर्य चन्द~ आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिफ्ट प्लिज !

~सुशील पन्त~ ‘दाइ कहाँ सम्म हो?’ असोजको अन्तिम साताको एकदिन महाराजगञ्ज चक्रपथमा साझा बस कुरेर बसिरहेको समयमा एक अपरिचित युवकले अगाडी आएर बाइक रोकेर सोधे। ‘जमल सम्म’, मैले भने। ‘ल म पुर्‍याइ दिन्छु बस्नुस।’ हेल्मेटका कारण अनुहार त चिन्न सकिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गजलकार जी.सी.को “छातीभित्र पीडा फुल्दा” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~ वि.सं. २०१७ भाद्र २७ गते काठमाडौंमा जन्मेका कवि एवं गजलकार उज्ज्वल जी.सी. को “छातीभित्र पीडा फुल्दा” नामक गजल सङ्ग्रह २०६७ मा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका ७६ वटा गजलहरु सङ्कलन गरिएका छन् भने यी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गीत : आँसु भर्ने कुवा

~त्रिभुवन वाग्ले~ आँखा पनि परेलीमा आँसु भर्ने कुवा भए आँसुसँगै जवानीका वाचा कसम खेर गए सूर्यलाई अर्घजस्तै एकातर्फी माया दिएँ रात धेरै तिम्रा लागि कचौरीमा शराब पिएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

डा. जुजु राज श्रेष्ठका सत्र हाइकुहरु

~डा. जुजु राज श्रेष्ठ~ इमान्दार त्यो केराउ छोडाउदा खान्न एउटै भारी भो छाती आफ्नै भए नि मन सुन्दैन मेरो पराई भयो आफ्नै मेरै यो मन

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिम्रो हात देउ

~आचार्य प्रभा~ अल्झिरैछु लहरामा सहारा तिम्रो हात देउ बैँशालु झैं नशा चढोस् मिठो मलाई मात देउ। सबैले सोध्छन मलाई,तिम्रो पहिचान के भनी ? परिचय नै खुल्ने गरी स्थाइ बरु जात देउ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अतितका ईन्द्रेणी पल

~राज थापा~ आज खोज्दैछु तिमीलाई अतितका यादहरू पल्टाई जतनले राखेको त्यो फोटो घरी घरी हेर्छु चस्मा लगाई

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : संरक्षक

~पूर्ण ओली~ म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : उसको बुबा

~त्रिचन्द्र ‘प्रतीक्षा’~ “के भयो राजु ! किन रुदैछौं ?” “आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।” “किन ?” “आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी

Posted in लघुकथा | Tagged | Leave a comment

समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण

~अजय रिसाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६ ) का अनेक कृतिहरुमा “पागल” शीर्षकको गद्य कविताले प्रमुख स्थान ओगटेको पाइन्छ । नाटककार समले उनको ‘पागल’ (२०१०)सँग तेश्रो जन्म भएको उल्लेख गरेका छन्, पहिलो जन्म ‘मुना—मदन’(१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) । यसैबाट ‘पागल’ र देवकोटाबीच … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल

~गोबिन्दसिंह रावत~ श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए आफूले चाहेको बेला अन गर्थें नचाहेको बेलामा अफ गर्थें मन परेको कुरा गर्दा सुनी दिन्थें डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें । आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्रष्टा परिचय : नाटकमा विविधताको खोजी

~कृष्ण शाह यात्री~ नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : पाहुनामहात्म्य

~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : ठूलो पारी छात्ती

~गोर्खे साइँलो~ सद्भावना कायम गर ठूलो पारी छात्ती जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी । धेरै मरे नेपालमा सिधा-सादा जनता अझै पनि मौका छोपी नबनिदेऊ घाती ।

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : परदेशीलाई कुर्दाकुर्दै

~सजल महेश आचार्य~ परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ? बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : उस्तै उस्तै लाग्छ

~राबत~ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ । सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : पराजित अपराजिता

~केदारप्रसाद आचार्य~ आज १६ गते । संधैभन्दा पाँच मिनटअघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रति परिवार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

टेक विवश आर सीका ३ मुक्तक

~टेक विवश आर सी~ १ त्यो दिन मेरा लागि निकै खास हुनेछ, तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ, साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु, जुन दिन चिता माथि मेरो लास हुनेछ । २ सम्झेनौ वर्षदिनको दशैं, न तिहार सम्झियौ,

Posted in मुक्तक | Tagged | Leave a comment