Author Archives: Editor

Poem : The Gap

~Pravin Aryal~ There always is a gap along distance, there, between mutual understanding deep and wide, steep and narrow. Always, there is a gap, there is a miss understanding,

Posted in Poem | Tagged | Leave a comment

कविता : हार जित र कैद

~निरज भट्टराई ‘मनोरोगी’ ~ सिन्धुपाल्चोक जिल्ला सदरमुकाम यात्रा कटि बनदेउ नाका मेरो प्रारम्भ यात्रा । लाग्छ यस प्रकृतिय यात्रा सल्लाका सितलता ले मलाई कैदी बनाई आफ्नो कैद बाट उम्कन एउटा संघर्षशिल पडाउ पार गर्न मजबुर गर्दै छ जन्म सङ्घर्षको यात्रा मानसपटलमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इज्जत र प्रतिष्ठा

~दिलिप योन्जन~ फेवातालमा हाँस्ने माछापुच्छ्रे विश्वसामु नझुक्ने सगरमाथा राष्टियता र प्रतिष्ठाको लागि जोश, जाँगर र प्रतिभा जगाई हामी बिर गोर्खाली इज्जत र स्वाभिमान बेचेर खुशियाली कसरी मनाउँछौ मसँग।।।।

Posted in कविता | Tagged | Leave a comment

छोक : दशैं ताका

~लक्ष्मी प्रसाद देवकोटा~ त्यो बोकोले खाइरहेछ खास घाँस ! हामीहरुको आर्कै यहाँ छ अनाज, काँढा, काँढा !

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : यो नेपाली शीर उचाली

~भूपी शेरचन~ यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : मुहार किन ढाक्नु हुन्छ

~नेत्र कोइराला~ देखाई दिनुस् चन्द्र मुहार किन ढाक्नु हुन्छ सायद मलाई लोभ्याएर माया माग्नु हुन्छ हेर्दै लाजवन्ती जस्तै नसर्मराउनुस बरु हजुर छेउमै सुस्त सुस्त आउनुस

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लगाउँदिन गहना

~पलपल मोक्तान~ आउ गहना बेची तिरौँला रिण बनाउँदिन बहाना ठोटे मोटे बस्छु बरु म त लगाउँदिन गहना मातृभूमीको माया छ तिमीलाई अघातै छुट्टीएर बस्न म पनि सक्दिन सहन

Posted in गजल | Tagged | Leave a comment

कविता : बकैनाको रुख

~मनु कन्दङ्वा~ काठेचराले ठुँगेर ध्वन्द्रो बनाएको त्यो बूढो बकैनाको रुख आजकल ब्याङ्पाटेको गुँड बोकेर उभ्भेको छ तन्नेरी छउन्जेल लुछ्यो कति चिउला भन्दै राम्रो सँग

Posted in कविता | Tagged | Leave a comment

गीत : फिरफिरे

~बुद्धिसागर~ त्यो मोजाको फुटबल त्यो हरियो चउर त्यो खोलाको पौडी त्यो बालुवाको घर त्यो असारे झरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अप्रमाणित हत्यारा

~शेखरकुमार श्रेष्ठ~ आज विहान मैले चियाको मिठो स्पर्श गर्दा गर्दै साइकलको घण्टी बज्यो । मैले कौसीबाट बाहिर सडकमा चियाएँ । हकरले पत्रिका ल्याएको रहेछ- दाइ पत्रिका । यो महिनाको बिल पनि दिनु छ । पत्रिका दायाँ खोकिलामा राखेँ । म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : गल्ती

~सजना गुरुङ~ मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म | सर्प हरुमा पनि पृथक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बल्झेर याद तिम्रो

~घनेन्द्र ओझा~ दुख्दै छ आज छाती बल्झेर याद तिम्रो बग्दै छ अश्रुधारा छल्केर याद तिम्रो टाढा भएर के भो छाया मसाथ नै छ ब्यूँझै छ रातरातै झस्केर याद तिम्रो

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~ प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो। म … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गीत : चोट के हो व्यथा के हो

~सुवासचन्द्र ढुङ्गेल~ चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुसी के हो मसँग कहिले सोध्धै नसोध मलाई लाग्छ यो जीवन मेरो चोटै चोटले भरिएको छ सागरभन्दा गहिरो व्यथा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : यहाँ माटो बिरामी छ

~हुसैन खाँ~ नीलो आकाश भो रातो यहाँ माटो बिरामी छ हिमाली हिउँ भयो तातो यहाँ माटो बिरामी छ दिलैमा भा’छु बेचैनी बगेछ आँसुको धारा खुशीको भाँचियो पातो यहाँ माटो बिरामी छ

Posted in गजल | Tagged | Leave a comment

गजल : नारा जिन्दगीको

~धनराज गिरी~ स्वाभिमान जिन्दावाद, नारा जिन्दगीको यही मेरो कमाइ हो सारा जिन्दगीको गगन यही, सूर्य यही, चन्द्र पनि यही बनेको छ स्वाभिमान तारा जिन्दगीको

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ई प्रतिनिधि गजल नियाल्दा

~सदानन्द अभागी~ आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : हराएको हेल्मेट

~सन्तोषराज पोख्रेल~ साउनको महिना तर पनि पानी पर्ने कुनै छेकछन्द छैन । आकाशमा बादलको कालो छाँया नाचिरहेजस्तो लागेपनि विगत दुई दिनदेखि नभएको वर्षातका कारण काठमाडौंको आर्दता ह्वात्तै बढेको छ । घडीले साँझको ६ः३० बजाइसकेछ । केटाहरुले मन नलागेझै चुरोटको कस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हर दिन पर भागिरा’छ

~भिम बहादुर थापा~ गन्तव्य त्यो शान्त सौर्य, हर दिन पर भागिरा’छ हिक्का छाड्दै मेरो देशले, अझै गुहार मागिरा’छ ** बढ्छु भन्ने यौटा माथि, बाटै छेक्ने धुईरेपछि बहु-वर्षीय बिसंगति, बनमारा झैं जागिरा’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : घडी

~विमल निभा~ हत्याराले धेरै चीजबीजहरू छाडेर गएको थियो केही महत्वपूर्ण थिए जस्तो कि छुरा, आतङ्क र एउटा घडी

Posted in कविता | Tagged | Leave a comment

कविता : वे प्रवाह मोहब्बत

~बाबुराम पन्थी ‘गुल्मेली’~ दूर क्षितिज माथीको बादल त्यो भन्दा पनी माईलौं टाढा एक्लै बस्ने तिम्रो परदेशी साँच्चै तिमी लाई वे प्रवाह मोहब्बत गर्छ जसरी हिमाल पहाड समतल हुँदै वे प्रवाह प्यारको इजहार गर्दै समुन्द्र भेट्न आतुर नदीहरू जस्तै ! तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : तीनजुरेमा तीन पटक

~एकु घिमिरे~ वि. स. २०७१ को तिहार मावलकी हजुरआमाको निधनका कारणले मानिएन । चाड नमान्ने हुँदा साथीभाइलाई पालो दिने उदेश्यले मैले अफिस कुर्ने निर्णय गरेपछि कार्यरत चैनपुर बजारमै बस्यो हाम्रो परिवार । टीका नलगाए पनि रमझम भएपछि मन त उड्ने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बाल-यौनमनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास : सर्पदंश

~रोहित खतिवडा~ तारिणीप्रसाद कोइरालाको नाम रेडियो नेपालमा बोल्ने पहिलो व्यक्तिको रुपमा चर्चित छ। नेपाली साहित्यमा पनि उनको राम्रो स्थान छ। उनैले लेखेको उपन्यास सर्पदंश बालयौनमनोविश्लेषणमा आधारित पहिलो नेपाली उपन्यास हो तर अहिलेसम्म यहि उपन्यासन नै अन्तिम पनि छ। बालसाहित्य लेखन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पुतली

~लक्ष्मी प्रसाद देवकोटा~ म रङ्गीचङ्गी छु वसन्त छोरी । म जन्मिएँ कोकिलले कर्राई ।। झुसिल्किराको सपना सिँगारी । दिए पखेटा प्रभुले मलाई ।।१।। म हूँ पहीली बुझ पङ्खदार । वसन्तको फूल लिँदी सिँगार ।। कता कताको सुकुमार सार । फुलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले मलाई बिर्स्यौ भने

~नेत्र एटम~ काँढाहरुले घेरिएको गाढा रातो गुलाब फुल्न छोड्ने छैन हिमनदीको हिउँ पग्लन र आकाशको नीलिमा चम्कन छोड्ने छैनन् ऋतु बदलिइरहने छ तिम्रो मनजस्तै झरी परिरहने छ

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरौ सास पिरतिको

~रामचन्द्र कार्की~ आउ हामी संगै फेरौ सास पिरतिको, आउ हामी संगै खाउ गास पिरतीको । छुटिएर के बस्नु खै हामी वारी पारी, आउ हामी संगै रोपौ घास पिरतीको ।

Posted in गजल | Tagged | Leave a comment

कथा : भड्किएका आत्माहरुले खोज्ने खुसी

~नबिन पन्त~ मेरा सपनाहरु र यथार्थताको दुरी टाडा थियो । त्यो दुरी सल्किएको चुरोट जस्तो होइन कि खन्दै गरेको खाल्डो जस्तो बढ्दै थियो। तर पनि म आफ्नो लक्ष्य प्रति दृण आत्मविश्वास बोकेर जिबनको दौडमा आफैसंग दौडीरहेको थिए । यो यात्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डा. जुजु राज श्रेष्ठका १४ हाईकुहरु

~डा. जुजु राज श्रेष्ठ~ घट्ला भनेको बडिरहेछ पिडा कसो गरूँ म १ सोध्दा जवाफ हिड्ला कि त तर्केर सोध्नै डराएँ २ बनिरहें म

Posted in हाइकु | Tagged | Leave a comment

कविता : जुठी दमिनिको अभिव्यक्ति

~पारिजात~ जदौ हजूर…. मालिक अलिक टाढै बस्नुस् नाउँ लक्ष्मी, आमाको एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती । तर कर्मको खोटी अलच्छिन् मोरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि बन्न चाहन्नँ

~संगीत स्रोता~ कविता पढिरहन्छु म सधैं लेखिरहेको पनि छु कहिलेकाहीं तर पटक्कै छैन मलाई रहर कवि कहलिएर बाँच्न मलाई थाहा छ कविताको पुस्तकमा उल्लेख

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तलाको रस

~सरस्वती प्रतीक्षा~ जति निचोरे पनि मेरा कविताहरुलाई एक थोपा पनि झर्दैन सुन्तलाको रस ! के कविता हसुली वा कल्ली हो ? वा कुनै झुमरा नाच हो कविता ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ सामुहिक आत्महत्या गरौँ

~हाङ्ग्युग अज्ञात~ हिनताबोधको ठर्रा सुँघेर प्रतेक साँझ मर्नु भन्दा राष्ट्रको उन्नतिको कामना गर्दै एक्लै कुनै कुनामा होइन खुलामन्चमा एकजुट भएर सिघ्र संविधान बनोस् भन्ने परम् प्रार्थना गर्दै यो भट्टी पसल जस्तो देशमा आऊ सामुहिक आत्महत्या गरौँ !

Posted in कविता | Tagged | Leave a comment