Author Archives: Editor

कविता : घाँसी

~लक्ष्मीप्रसाद देवकोटा~ सुन्दर युवक सुतेका रुखमनि थकित शिलाको तकियामा । यौटा घाँसी धार लगाई बसीरहेको हँसियामा ।। वनको मीठो गान घुसेको यौटाको मृदु सपनामा । यौटाको दिल स्वर्ग उडेको निर्मल जीवन बिपनामा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आशा

~चूडानाथ भट्टराई~ यो दिव्य नील, नभमा जडिए कमानी त्रैलोक्यमै छ परिपूर्ण श्रद्धा ! जवानी ! मस्ती छ जीव जतिमा जड छन् फुलेका आनन्दले मगन मस्त भइ झुलेका ।।१।। साफल्यमा कृषकको फल गाँथिदो छ उद्योगमा श्रमिकको दल गाँसिदो छ आनन्दको लहरले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गद्य-गीत

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अ- हिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : कबुल-मुन्धुम

~विक्रम सुब्बा~ आमाले रोजेको होइन, म गर्भमा आएपछि , आमाको ममताले मन्जुर भएको हुँ । रोजेको होइन आमा-बा मैले उनकै रक्त-डल्लो भै जन्मेपछि सभ्यताको एक हिस्सा बनेको हुँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिडियाखाना

~सैलेन्द्र साकार~ को हेर्न आउछ मरेका चराहरु को चिडियाखाना शरीर ? जहा मरेका झै भएर बसेका छन जीवित चराहरु झै चन्चल स्नायु चरा हरुको सिनो गन्धले

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार !!!

~अर्पण तामाङ~ खबरदार! भोका नाङ्गा जनताहो!! अझै सकिएको छैन क्रान्ति! हात बाधेर नबसहै आयो भन्दै सान्ति! त्यसैले मेरो यहा हरुलाइ एउटा खबरदारि। गिरि बिस्ट र थापा हरुको सकुनि रथ मा बुइ चढेर नारायणहिटिको बंश बिनास गरि ५८ को कालो इतिहास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बालकथा : किस्ताको कम्प्युटर

~पेशल आचार्य~ गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे । लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : अनौठो रोग

~मुकुन्द आचार्य~ अस्पतालका सबै चिकित्सकहरूको एक आकस्मिक गोप्य बैठक बस्यो । अस्पतालमा भर्ना भएका कुनै रोगीको अनौठो रोगबारेमा गहन छलफल भयो । तर रोगको सिङ–पुच्छर क्यै पनि अत्तोपत्तो लागेन । चिकित्सकहरूलाई पनि आआफ्नो निजी क्लिनिकमा जान हतार थियो । रोग … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भीडमा एक्लो मान्छे

~मधुवन पौडेल~ ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Atonement Image

~R. M. Dongol~ Translated by Yuyutsu Sharma Wind launched an assault on the green leaves of the tree and the clouds unable to bear the pangs smashed their headpieces on the dried-up riverbed of the night, vomiting blood. Vomiting blood … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : शहिद म

~किरण पौड्याल~ छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म आँखा काला, नियत खराब, हिंडे फोडी म | काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म खुँडा, भाला, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा छ हातमा

~मोहनशरण देवाचार्य~ निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन। हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।। नेपाली कन अर्काले , उपेक्षा नगरिकन । सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : युग र म

~गोविन्द विकल~ युग । तिमीले पिउन लागेको सर्बतको गिलासमा एक टुक्रा बरफ म क्रमशः बिलिँदै जानेछु। युग । तिमीले तान्दै गरेको चुरोटको एक सर्को धूवाँ म क्रमशः हावामा विलीन हुनेछु। युग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विप्ल्याँटो

~गोपालप्रसाद पौडेल~ जुन रोहेको ताराहरु हाँसेका तैपनि फेरि उज्यालो लिएर जुन चियाउँछे घाम रिसाउँछ झोक्केर तताउँदै डाँडापारि गएर निदाउँछ बाँसको झ्यांगमा

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : यात्रा–साहित्य : चिनारी र परिचर्चा

~दिलिप राई “सगर”~ पृष्ठभूमि मिर्मिरेमा घाम झुल्किन्छ, रोशनी छाउँछ उज्यालो । चिर्विराउँछन् चराचुरुङ्गी । उठ्दछन् पशुप्राणी । सनै सनै मेलो लाग्दछन् आ–आफ्नो दिनचर्यामा । चल्दछ हावा हल्लिन्छन् रूखपात । फुल्दछ फूल छर्दछ वासना । झुम्मिन्छन् मौरी पुतली । उड्दछ बादल … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : गलाउनु पर्छ है ठूले

~रुमानी राई~ पसिनाले धरती गलाउनु पर्छ है ठूले मानो रोपेर मुरी फलाउनु पर्छ है ठूले । बलवैंश भईञ्जेल आफ्नै देशको माटोमा परिश्रमी पाखुरी चलाउनु पर्छ है ठूले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हातमा कालोफूल लिएर उभिएकी नायिकालाई

~अविनाश श्रेष्ठ~ ।। एक ।। उन्मादको अर्को नाम नै तिमी थियौ नायिका । उपकूल–उपकूल, बगर–बगर नदीमय सम्भावना तिम्रा उन्मत्त आँखामा लोलाउँथे— रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा । तिमी हुनु नै समुद्र हुनु थियो/तिमीभरि उर्लन्थे मेरो पौरुषका अदम्य लहरहरू/ज्वारभाटाहरू । नीलो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुधीर ख्वबिका सात बाल हाइकुहरु

~सुधीर ख्वबि~ १. भएर ज्ञानी पढेर बस्छ सधै बालक गुणी . २. असल बन सहयोगी भएर धूर्त नबन

Posted in बाल हाइकु | Tagged , | Leave a comment

बाल कथा : फुच्चे घर छाड्दैन

~माधव ‘सयपत्री’~ व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो । व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : वर्णहरूको झगडा

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : बधाई छ दीपमाला !

~माधव ‘सयपत्री’~ किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर । दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तरुण पौडेलका छ मुक्तकहरु

~तरुण पौडेल~ खोई त मेरो समाजवादी फल अभिवादन सूर्य र ताँदो सगरमाथा काँध घाँटीको हड्डी

Posted in हाइकु | Tagged | Leave a comment

लोक कथा : झ्याल्ला भूमे

~दण्डपाणि अर्ज्याल~ गोरखाको कुसुण्डे र झ्यावा गाउँको बीचमा गडीडाँडा पहरेभीरबाट आएको झ्याल्ला खोलो छ । झ्यावा गाउँको पुछार भ्याल्ला फाँटमा झ्याल्ला खोलाको पूर्वपट्टि रहेको सिजुङ पंचायतमा भ्याल्लाभूमे भन्ने भूमि-देवता प्रख्यात छन् । यिनको उत्पत्ति सम्वन्धमा पूर्वकालमा खेत जोत्दा हलाले एक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : खरानी भो जीवन भुईँ टेक्न नपाउँदै

~लता शर्मा~ युएस विमान आयो, दुई फन्को लगाउँदै । खरानी भो जीवन भुईँ टेक्न नपाउँदै । ढाकाबाट उडेको थ्यो, युएस बङ्गाल विमान । दुईहजार चहत्तर साल, फागुन बाह्रका दिन । कोहीका थिए छोरा छोरी, कोहीका प्यारा प्यारी । आउँछन् भन्दै … Continue reading →

Posted in नेपाली गीत | Tagged | 2 Comments

Micro Story : Sita-

~Eagam Khaling~ A young man walked slowly from the first letter ‘S’ to ‘i’ and pronounced the syllable ‘Si’ then from the third letter ‘t’ to ‘a’ and

Posted in Micro Story | Tagged , | Leave a comment

सङ्गम घर्तीका छ मुक्तकहरु

~सङ्गम घर्ती~ १ घडीको सुई हिन्छ हिन्दैन समयले साथ दिन्छ दिँदैन सोध्नु मन छ मनुह तिमीलाई यमराजले मृत्यु किन्छ किन्दैन ? २ तिम्रै हातले जहर पिलाई दिए हुन्छ यमपुरिको टिकट पनि दिलाई दिए हुन्छ शिरा, धमनी, अनि मुटु चिराफार गरी … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बिहे

~दिल थापा~ मेरी आमाले भन्नु भयो, ए छोरा बिहे गर नारिकोमलताको बसाल घर एक्लोपनाताको देखेर बर् मैले भने,

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : टिम्बुरबोटेको बाटोमा

~भेषराज रिजाल~ सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान । अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा स्वादिलो सम्झना । भीर मह चाख्ने इच्छासँगै सुनिँदैथिए अनेक रोमाञ्चक … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : उपशंका

~प्रतिमान सिवा~ हे मदन ! थोरै आशा र धेरै अभिलाषाहरु बोकेर जिबिकोपार्जनको बैशाखी टेक्दै टेक्दै ज्यानै कक्र्याउने त्यो ह्लासाको चिसो डाँडामा थुर थुर काँप्दै गर्दा र हैजाले लम्पसार घना जङ्गलमा लडि रहँदा

Posted in कविता | Tagged | Leave a comment

गीत : स्वागतम स्वागतम

~केशर देवकोटा~ स्वागतम स्वागतम स्वागतम छ तिमीलाई मेरो हृदयमा बसी दिनलाई । शुभकामनाहरु टक्र्याउँछु तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटै भेटमा पनि यस्तो

~राकेश कार्की~ एउटै भेटमा पनि यस्तो आफ्नो जस्तो लाग्न थाल्यो पहिलो मंजिलको पालुवाले सम्बन्धको जरा हाल्यो समुन्द्र भित्र आफ्नै

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विदाई पत्र

~ऋतिक यादव~ तिम्रा प्रयासका हरेक पाईलाले सफलता चुमोस्। पक्कै राष्ट्रलाई तिमीजस्ता खम्बाको जरुरत हुनेछ। तिम्रा परिश्रमको कदर यो समुच्च संसारले गरोस्। तिम्रा प्रशंसा गर्नेको अन्नत विकराल भिड हुनेछ। आकाशमा तारा हेर्नेमा भीडमा मेरो नयन तर्सोस।

Posted in कविता | Tagged | Leave a comment