Author Archives: Editor

गीत : गाजलु आँखा

~केशर देवकोटा~ गाजलु आँखाले हेर्छ्यौ नि मधुर मुस्कान तिम्रो लै गाजलु आँखाले हेर्छ्यौ नि सधैँ म त्यसमा खुसी छु ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आमा

~रेखा पन्त~ सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !! हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!! घाम पानी झरी बादल् , पर्वाह नगरी जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा !

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मेरो सभ्य सभ्यता र सँस्कृती

~दीपक कुमार ज्ञवाली~ म मानव सभ्यता र सँस्कृतीको पक्षधर हूँ । सभ्यता मेरो अलङ्कार हो । सभ्यता मेरो पहिचान हो । म सभ्य समाजमा मेरो सभ्य सभ्यता र सँस्कार बोकेर रमाऊन चाहान्छु । मेरो सभ्यता सँगै म जिउन चाहन्छु । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : पसिना बगाउँ

~अमृत सिङ थिङ~ बाँजो खेतमा खसाउ तिम्रो पसिना सुनको वाला लहकिनेछ त्यहाँ भिर पाखामा पोखाउ तिम्रो पाैंरख लहरा बनि झाँगिने छ त्यहाँ जहाँ पसिनाको थोपा खस्नेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानीको मात थियो

~निर्मला अवस्थी~ बैंशालु त्यो यौवनमा जवानीको मात थियो तिमी एक्लै म नि एक्लै त्यो जुनेली रात थियो।। चकमन्न भएपछि मेरो छेउ आयौ तिमी उस्तै उस्तै दूई आत्माको मिलनको बात थियो।।

Posted in गजल | Tagged | Leave a comment

कथा : ब्लो-अप

~घिमिरे युवराज ‘कर्जुना’~ नायिका रञ्जना शिवाकोटीको फिल्मी करिअर उत्सर्गमा थियो । उनी टीभीमा नाचेको देखेर म फुर्किन्थेँ । त्यसो त उनी फिल्ममा भन्दा बढी टीभी विज्ञापनमा देखिन थालेकी थिइन् । ‘रूपमती चामल खानाले तपाईंको त्वचामा नयाँ ताजगी ल्याउँछ ।’ उनीप्रति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नाम :गंगामाया, उमेर: ५३ बर्ष

~योगेन पौडेल~ म गङ्गामाया बर्ष ५३, बेहोशीमै बर्बराउछु, आँशुले लेखेको मेरो कहानी आज तिमीलाई सुनाउछु। यो चीसो बेड भन्दा अली पर यो अस्पताल भन्दा अझै पर यी चीसा मनहरु भन्दा धेरै पर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : डेरा सर्नुपर्‍यो

~समीर पाख्रिन~ पोखरा निवासी एकजना श्रष्टा मित्र वीरगंज आउनुभएको उहाँको फेसबूक स्टेटस्बाट थाहा पाएँ । म उनीसित पहिलैदेखि नै भेट्न किनकिन लालायित थिएँ । उनको वीरगंज आगमनले मलाई उनीसित भेट्ने, साक्षात्कार गर्ने सुनौलो अवसर जुराइदियो । उहाँ दिनभरिजसो नै अनलाइनमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विश्वास

~उपेन्द्र सुब्बा~ देउरालीमा सिन्दुरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुङ्गा देउता भएर बसेको छ। देउता ढुङ्गा पनि हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर

~विधान आचार्य~ १ अक्षरहरूको जुलुस विचारको ब्यानर र नीबका प्लेकार्ड लिएर आएपछि अक्षर नरुचाउने भाषण र शब्दहरू हाहाकार गर्दै दौडिरहेको दृश्य हेर । २ देश सधैँ झूठको फसल खाँदैन देश सधैँ रगतको टीका लगाउँदैन देशमा मानिसहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कुनै नाम छान्दैन

~श्यामल~ बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी अहँ, ऊ कुनै नाम छान्दैन कुनै पनि नाम सद्दाम होस् चाहे कुवेतको अमीरको नाम होस् या अली खमेनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्वामित् यस् गिरिधारिले

~भानुभक्त आचार्य~ ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी, यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी। ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।। बीस् साल् सम्म त ज्यान त्यान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दाहिनेशक्ती

~विक्रम सुब्बा~ भ्यालेन्टाइनको रातो थुंगाका ओँठले मेरो निँधारको स्वाभिमान चुमेर तिमीले मायाको वीउ छरिदिएपछि मेरा मनका पातहरूमा टेकेर जवान मायाको भुवैभुवा फुलेकोछ ओँठका किरणहरू चुमेर तिमीले मेरो मुस्कानमा प्राण हालिदिएपछि दुई अधरका तरंगहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता अनशनमा छे

~बद्री पलिखे~ १. मेरी कविता पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै भागदौडमा पक्राउ परी । २. मेरी कविता हातमा प्लेकार्डबोकेर जुलुसमा नारा लगाउँदालगाउँदै पुलिसको लाठीचार्जमा सख्त घाइते भई।

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोह

~किरण दहाल~ बरालिँदा साँझपख यो सहरमा नदेखियोस् तिमीलाई ढल्न आँटेको कुनै राणाकालीन पुरानो घरजस्तो सम्झिराख्नु हरहमेसा– सहर आधुनिकता मन पराउँछ कुनै ब्रान्डेड स्प्रे छरेर बास्नादार फूलजस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : ढुङ्गा मैन बन्दछ

~एम सि सुमित~ साहस यो अटल बोके ढुङ्गा मैन बन्दछ पटक हारेर त के भो शत्रु आँफै ढल्दछ लडेरै लक्ष भेट्नु छ त पछी किन सरौँला र ! ? नजलाए क्रान्तिको ज्वाला कहाँँ मुक्ती मिल्छ र !? छातीमा गोली लागे … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लु त जवाफ देउ

~बी .पी. बजगाईँ~ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : काल नआर्इ मरिन्न

~दण्डपाणि जैसी~ त्यतिबेला म जनकपुरमा कार्यरत थिएँ। म र भगवान जी एउटा योजनाको नापी लिन बिहानै साइट जाने कार्यक्रम थियो त्यसैले हाम्रो ड्राइभर जनकलार्इ विहानै बोलाएका थियौं। बिहानको करीब पाँच बजे तिर चिया नास्ता तयार गर्न भनेर देवी म भन्दा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लोक दन्त्य कथा : ससुराली जाँदा चट्टु ज्वाईंको गफगाफ

~अज्ञात~ एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे । दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौं‌न ।” चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

संस्मरण : ‘झिङ्गेलाला हो झिङ्गेलाला’

~भूमि भण्डारी~ म यहां आएको भोलिपल्ट केन्याबाट आएकी सहकर्मीले सोधेकी थिइन् -‘तंलाई यहांका केटीहरु कस्तो लाग्यो’ भनेर । केटी देख्न पाएको छैन, कस्तो लाग्यो भन्दिनू । मैले त्यसै ‘राम्रा रहेछन्’ भन्दिएको थिएं । उनको अर्को प्रश्न थियो-‘नेपाल र यहांका केटीमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : दुर्घटना

~ललिता ‘दोषी’~ बच्चा जन्मेको धेरै समय बितिसक्दा पनि युवती न कुनै प्रतिक्रिया, न कुनै उत्साह नै व्यक्त गर्छे । युवतीको त्यो व्यवहार देखेर सिस्टरहरू सोझै अड्कल लगाउँछन्, “उनी कुनै गहिरो सोचमै डुबेकी छिन् ।” रमा सिस्टरले युवतीको एकाग्रता भङ्ग गर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शशि शाहका घोडाहरू

~मदन राई ‘लामाखुले’~ ऊ उड्छ आकशमा ऊमाथि घोडा चड्छ करेली खैंचेर घोडाले उस्लाई दौडाउछ् हातमा कुचिको सिर्कना लिएर शसी शाहको टाउकोमा दुख्ने गरी हिर्काउछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा

~बिमल गुरुङ~ अहा ! कति मिठो हावा चलिरहेछ बहोस् … बहिरहोस् … युगयुगसम्म जुगजुगसम्म आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रिएर रोएको छ

~कोमल भट्ट~ आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कृष्णप्यारीको तीर्थाटन

~दिपक अभिमन्यू~ आज अचानक कृष्णप्यारी काठमाण्डौं आईपुगी आफ्ना प्रियतमलाई भेट्न।जब उसले आफ्ना प्रियतमलाई भेटि उसको खुशीको सिमा थिएन।उ यसपटकको काठमाण्डौं यात्रामा आफ्ना प्रियतमसङ्ग हराउन र उसको मायामा डुब्न चाहान्थि।बर्षौपछि आफ्ना प्रियतमलाई भेट्दा उसले सारा संसार बिर्सीई।भेट्ने बित्तिक्कै कसैको पर्वाह नगरि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बलात्कार

~प्रज्वल अधिकारी~ केही जड्याहाहरू दिनदहाडै भट्टी पसेर रक्सिको इज्जत लुटेर निस्केका छन! स्खलित भएर निस्केका उनीहरुको- होस हराएको छ शरीर बेहालत हल्लिएको छ कोहि नग्न सरि छन कोहि छाद्दै छन

Posted in कविता | Tagged | Leave a comment

कथा : धरहरा चढ्नु अघि उसले गरेको अन्तिम म्यासेज

~केशव प्रसाद पाण्डे~ च्याटिङकै बिचमा उसले भनी, ‘व्यालेन्स सकिन लाग्यो आजलाई वाई है!’ यताबाट जवाफ, दिउँसो टाईममै हाल्नुपर्छ नी? भोलि त हाल्नु है। उताबाट उत्तर आयो ,कहाँबाट हाल्नु? मसँग भए पो। मेरो पालो,

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Story : Awaiting Doomsday

~Dev Kumari Thapa~ Translation : Kumar Nagarkoti “They say all nine planets are going to crash into one another and that the world is going to get submerged in water.” “Surely not the whole world. Only the places with sinners, … Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : टोपीका कुरा

~मोहन बन्जाडे~ तिनका क्राउन र सेता टोपीले कति युद्ध रचे, ग्यास च्याम्बर लादे सभ्यता सके , भाषा बिर्साए संस्कृति, संस्कार मासे सम्पदा नासे सम्पति लुटे खै अफ्रीकी र माया सभ्यता

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आलोक

~प्रह्लाद पोख्रेल~ १. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन । २. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी पीडा, … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्य भण्डारमा ‘किरात मिथक’

~प्रकाश दिप्साली राई~ नेपाली साहित्यलाई संमृद्ध बनाउनका निम्ति इतिहासका विभिन्न कालखण्ड हुँदै हालसम्म विभिन्न वाद, विचार र प्रयोगहरू हुँदै आएका छन् । बुट पोलिस, राल्फा, आयामेली लेखन, प्रगतिशील विचार हुँदै पछिल्लो पल्टको आन्दोलन वा अभियानहरू युद्ध साहित्य, भयवाद, सीर्जनशील अराजकता … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

डोटेली गीत : धुलो पिसाइ गैछ

~उत्तम भट्ट ‘विवेक’~ छुट्टै बसी खानउ भुनी धुलो पिसाइ गैछ गीतमा गाली दियो भुनी बुडिया रिसाइरैछ माल बस्सु झानौ भुन्छी चढि बरे किया झान्या बेला तै राणले इसा गीत दिया

Posted in डोट्याली गीत | Tagged | Leave a comment