Author Archives: Editor

कविता : म तिमी नै हो

~अनन्त निरौला~ अलिकती तिमीसित वायु लिएको छु अलिकती तिमीसित पानी लिएको छु अलिकती तिमीसित भोजन लिएको छु अलिकती तिमीसित

Posted in कविता | Tagged | Leave a comment

गजल : आउँछ कि ? सरकार

~अनुपम ‘नवोदित’~ बालुवा पेलेर तेल, आउँछ कि ? सरकार वाक्पटुताले त रेल, आउँछ कि ? सरकार भेदभाव छुवाछूत, सबै ज्यूं का त्यूं छन् यो नफाली अब मेल, आउँछ कि ? सरकार

Posted in गजल | Tagged | Leave a comment

गजल : साँझमा आज

~अमृत सिङ थिङ~ गर सानू बन्द बस्त आउदैछु साँझमा आज तिर्खा र पानी मात्र , हुनुपर्छ साथमा आज हजारौं रातहरु बिताएँ सम्झनमा पौडेर निदाउनु छ मस्तले तिम्रो न्यानो काखमा आज

Posted in गजल | Tagged | Leave a comment

गजल : खप्परमा बोकेर हिँडिरहेछ

~प्रोल्लास सिन्धुलीय~ बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछ छोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ बाटो त्यही हो, पुस्ता हिँडे अनि ऊ हिँड्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन कला

~रमेश पौडेल~ एकसरो जिन्दगी बाँचेर बन्धकी खुशी हाँसेर किस्ताबन्दीमा तिर्दैछु मोनालिसा मुस्कानहरू बाँच्नु यौटा जिजीबिषा हाँस्नु अर्को अभिष्ट उभिएर यसैको दोसाँधमा फुकिरहेछु ट्राफिक सिट्टी अलकत्रले छोडेको सडकजस्तै

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रवासको ‘रेडियो जिन्दगी’

~क.दी.~ अनेक प्रकारले ‘इन्टरेष्टिङ’ छ यो किताप। एक जना खाँटी राष्ट्रवादी नेपालीले छिमेकी देशमा चार दशक सरकारी सेवामा बिताएको कथा हो यो। खान लाउन दुःख नभए पनि उनले त्यहाँ काटेको कहरको कथा हो ‘रेडियो जिन्दगी’। सप्तरीको राजविराजमा जन्मेको मध्यवित्त ब्राह्मण … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सजल महेश आचार्यका तीन मुक्तकहरु

~सजल महेश आचार्य~ (१) एकैछिन तिमी विना रहुँला ममा धीर छैन तिमी नै छौ सम्झनामा अरु केही पीर छैन हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥ (२)

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : संयमका प्रतीक गोविन्द गोठाले

~इन्द्र माली~ गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन । यो एक किसिमको पुर्ख्यौली … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘स्मृति’ भित्रको प्रेम बहस : एक समीक्षा

~प्रकाश थापा मगर~ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए : “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँव्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : आइ वान अ डेट विद यू

~सविता सापकोटा~ साझ ढल्किँदै थियो । गन्तव्यलाई पन्छाउँदै बाटोमा मानिसहरु हिँडिरहेका थिए । कोही आफ्नो बासतिर, कोही भट्टी पसलतिर, कोही काममा । सडकको पेटीमा बसेर व्यापार गर्नेहरु आफ्नो सामान उठाउँदै थिए । ट्राफिक दाइहरुलाई गाडीको चाप नियन्त्रण गर्न भ्याई नभ्याई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अनौठा दिनका सम्झना” : एक समीक्षा

~इन्द्रकान्त शर्मा~ आदरणीय मित्रल कृष्ण थापाले यो पुस्तक पढेर टिप्पणी लेखिदिनु होला भनेर आफूले लेखेको “अनौठा सम्झनाका दिन” भन्ने पुस्तक दिएको धेरै लामो समय भयो । पुस्तक पढेर सामान्य समीक्षा लेखिदिने मलाई समय नै मिलेन । बल्ततल्ल धेरै समयपछि यो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : उठौँ जुर्मुराई सबै स्वाभिमानी

~निर्मोही व्यास~ अहा ! देश हाम्रो थियो स्वर्गतुल्य कठै ! आज भो रौरवै नर्कतुल्य हराए हिजोका सदाचार निष्ठा यहाँ छैन बाँकी कसैको प्रतिष्ठा ० मिलेरै बसेका सयाँै जात–जाति बने आज यी आपसैमा नजाती

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”

~गिरिप्रसाद बुढा~ प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” । साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मन हरेर लेख्यौ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ, दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ । धन्य छ तिम्रो मन, मुटु अनि धमनी, साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : “पूजा” नाटकमा शहीद गाथा

~रामप्रकाश पुरी~ १. शहीदको शान “शहीद” भनेको देश र लोकको हितका लागि आफ्नो प्राणको आहुति गर्ने मानिस हो । यो मानिसको शक्ति, तागत र विवेक सामान्य मानिसको धरातलबाट उठेर भिन्न ढङ्गको उचाइमा कायम भएको हुन्छ । सामान्य मानिसले नै सङ्घर्षको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : अतिरिक्त नासो

~कात्यायन~ – ऊ सान्ता-बारबराको सामुद्रिक पार्श्वमा सारा संसार भुलेर एंग्लो-मेक्सिकन सुन्दरीको कम्मरमा दुवै हातले बेर्दै माइकल ज्याक्सनको तालमा नृत्य गर्दै थियो | मोबाईलको चर्को रिंग-टोनले उसको एकाग्रतालाई भंग गर्छ | औपचारिक वार्तालाप पछि कोही उसको आफन्तले फेरि पनि उसलाई अप्रिय … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बस्तीको व्यथा

~प्रकाश सुनुवार ‘निराकार’~ थिलोथिलो पारिएका वस्तीहरु स्वतन्त्रताको नामसंगै अनुहार कोपरिनु परेका छन् बलात्कृत हुनु परेका छन् रस चुसेर खोस्टा पारिएका छन् बिनासिएका छन् आँसु चुहाउनुको विकल्प छैन सवै रोएका छन् म अपबाद होइन म पनि बेस्कन रोएको छु । मैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुवायो गजलमा !

~शेखर ‘अस्तित्व’~ हँसायो गजलमा रुवायो गजलमा ! यो शेखरले पागल बनायो गजलमा ! सुन्दासुन्दै सबैमा भन्थें रे श्रोताहरूले ! सुन्यो जस्ले त्यो नै हरायो गजलमा !

Posted in गजल | Tagged | Leave a comment

Poem : Night, Morning and Around

~Eagam Khaling~ Mind connects mind, Lips connect lips Together with the rhythm of breathings, Secreting a pink-pain between In the swing of desires Erupting the hot white lava From the top of a mountain Above black forests of two hemispheres— … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : महानगरभित्र

~मातृका पोखरेल~ बिहानको करिब दस बज्दै थियो । म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किंदै पछिल्तिर फर्किएँ । ‘हजुर, नमस्कार !’ एउटा युवक मुसुक्क मुस्कुराइरहेको थियो । परिचित जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पूराको उपन्यास सानो तर पूरा

~शारदाप्रसाद शर्मा~ शारीरिक तन्दुरुस्तीका दृष्टिले सबल नदेखिए पनि इच्छाशक्तिका दृष्टिले अब्बल समिता श्रेष्ठ ‘पूरा’ को सानो साहित्यिक सौगात ‘नयाँ सोच’ नामक जुन लघु–उपन्यास शब्दयात्रा प्रकाशनले आयोजना गरेको साहित्यिक सभामा सार्वजनिक भयो, त्यो सानो भएर पनि वजनदार छ । नौ कक्षाबाट … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सन्तरे

~पुष्कर रिजाल ‘पुष्प’~ कठै ! विचरा । सन्तरेलाई देख्ने बित्तिकै जो कसैको जिब्राले यही फट्कार्थ्यो । ऊ किन सबैको विचरा बन्यो त । को हो सन्तरे ? करिब १० वर्ष पहिले मेरा मनमा यस्तै प्रश्नले डस्थे । नेपालको उच्च पहाडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै उस्तै लाग्छ

~रेखा पन्त~ बर्षौ देखी मान्छे बस्न छोडेको रित्तो घर चियाईरहन्छ आफन्त बस्न छोडेको रित्तो मनले । त्यो घर एक्लो अनि एक्लो म । लिपपोत विना फुस्रो र धुलोमैलो घर

Posted in कविता | Tagged | Leave a comment

कविता : डेनभरको प्रभात

~निर्मला अर्याल~ आज बिहान मैले देखें कस्तो राम्रो डेनभर हेर्दा हेर्दै म त भएँ अति नै गदगद

Posted in कविता | Tagged | Leave a comment

कथा : फेरि नफर्कने गरी

~उषा अधिकारी (घिमिरे)~ नेपाली समय अनुसार साँझको ठीक ६ बजे अबुधाबी विमान स्थलबाट काठमाडौँका लागि विमानले भुइँ छोड््यो । अब हामी चार घण्टामा काठमाडौँ उत्रने छौँ । सम्भावित प्रश्नहरू जस्तै— अब कहिले फर्कने र नफर्कने किन ? आदिको उत्तर के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : चौँरीखर्कमा ऊँट

~विनय कसजू~ “दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है,” विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, “पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।” बाको कुरा विकासले के मान्थ्यो? … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

गजल : उदास भएकी छु

~तारा पराजुली~ केही खुशी केही उदास भएकी छु अचेल तिम्रै प्रेमकी दास भएकी छु। तिमीले उपहारमा शिशिर पठायौ र त म आफैं मधुमास भएकी छु।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहुआयामिक सामाजिक उपन्यास ‘वादी’

~ऋषिराम पाेख्रेल~ काल्पनिक घटनालाइ पनि वास्तविक जीवनमा घटित घटनाको अनुभूति दिलाउन सक्ने सिद्धहस्त साहित्यकार एवं प्रत्येक न्यायका उपभोक्तालाइ न्यायको मर्म बुझेको अनुभूति दिलाउन सक्ने दक्ष विद्वान न्यायकर्मिद्वारा लिखत एउटा सशक्त बहुआयामिक सामाजिक उपन्यास पढ्ने अवसर मिल्यो । झण्डै आधा दशकको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मानवअधिकारवादी

~फडिन्द्र अकिञ्चन~ गायत्री मन्त्र, राष्ट्रगान, एफएम रेडियो र टेलिभिजनका लामा स्टेशन आइडी टोनले शहरलाई ब्युझाउने क्रम शुरू भएको थियो । पूर्वमा स्पष्ट हुँदै थियो माघको दिन प्रारम्भ हुने संकेत। बाक्लो तुवालोले पुरै बस्ती ढाकेको थियो । डाँडातिर हिउँ परेकोले चिसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाली को सान

~सुभाष भण्डारी~ हिमाल पहाड तराइका ति पाखा पखेरामा खोला झर्ना बस्ती अनी नेपाली आकाश मा मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ डाफे मुनाल शान्तिको

Posted in कविता | Tagged | Leave a comment

युद्ध कथा : फेरिएको सम्बन्ध

~सरल सहयात्री पौडेल~ प्लाष्टीकले वेरेकै भएतापनि ढाडमा गह्रौं गरि वोकेको झोला भिषण वर्षातको कारण भिजी सकेको थियो, चेर्दुङ लेकको चाम्रो माटो चिप्लो न चिप्लो भएको थियो । लेकमा हुने भिरालो वारिको वीचमा वनाइएको गोरेटोमा पानी परेपछि दश मिटर माथी उग्लीने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~ नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ । जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने … Continue reading →

Posted in लेख, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment