Tag Archives: sangrahalaya

कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~ ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~ मलाई फाइट सिकाइदेउन, मलाई डान्स सिकाइदेउन एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग मेरो बिहे गराइदेउन भर्जिनसँग

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सरुभक्तका ३० मुक्तकहरू

~सरुभक्त~ एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू मानवताको लागि भनी अमृत केही साँचिरहू समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू । ००० प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख प्रेमभन्दा मूल्यवान केही अरू … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नारी

~प्रतिभा पौडेल ‘एकता’~ त्यागिदिइन् घरपरिवार, जन्मभूमि छोडिदिइन् विवश भई सम्बन्धलाई, अरुसँगै जोडिदिइन्। झारी गइन् अश्रुधारा दुख मान्दै रोई अब उन्लाई मनाउने आयो अरु कोही। राखी गइन् मातापिता,

Posted in कविता | Tagged | 1 Comment

गजल : यही जिन्दगीको

~आवाज शर्मा~ • यही जिन्दगीको खजाना रहेछ नयन आँशुको कारखाना रहेछ • म उस्तै छु उस्तै छ आकाश मेरो फगत बदलिएको जमाना रहेछ

Posted in गजल | Tagged | Leave a comment

कथा : म आज निस्किदै छु, बन्धन चुडाल्नका लागि

~प्रकाश भण्डारी~ जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~ एक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

Posted in कविता | Tagged | Leave a comment

कथा : खल्लो दशैं

~विद्या सापकोटा~ खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~ बूढी आमाको गन्गन् झन् बढेर गएको छ बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ घरका डाँडाभाटाहरु मक्केर गलेका छन् खरको चुहुने छानो झन् तारामण्डल भएको छ साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन् निरुपाय भाइ सधैँ मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ गजल : इमोला

~विमला केयरलेस~ आङा आछु हिङेनाओ छाप्दिइ इमोला झारा खुइन्यो खुइसेको साप्दिइ इमोला मोछामामो उम्भुसी थुतुरी ङासैना काँ मेन्सा सुम्निमाओ पारुहाङ हाप्दिइ इमोला

Posted in चाम्लिङ गजल | Tagged | Leave a comment

गजल : एक्लै बोल्ने बानी हो की

~राकेश कार्की~ एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन् फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन् पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

Posted in गजल | Tagged | Leave a comment

बाल गजल : छुनुमुनु गर्दै

~नन्दलाल आचार्य~ छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू बुबुमाम खाइवरी फेरि जाऊ बाबू । मिलीजुली खेल्ने गर साथीभाइसँग उनीहरूसँगै मिली गीत गाऊ बाबू।

Posted in बाल गजल | Tagged | Leave a comment

कथा : लास नम्बर ४६

~नवराज राउत~ ‘हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ  रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।’ हल्का जुँघा आएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन आमा

~पवन बराल ‘आवारा अनुरागी’~ झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा पत्तै नपाई म पनि समयसगै परिवर्तन भइसकेछु घर पिछाडी हिड्ने त्यो कछुवाको तालमा छैन आमा झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~ हे आमा! कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा छोड आसुँ काड्नलाई, नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई भाड्न देउ घर भाड्नेलाई! खोल्न देउ बारुद गोली र धारका मिल बग्न देउ रगतका खोलाहरु, निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली च्यात्न देउ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सिकें मैले

~कृष्ण प्र. पाण्डे~ गुरु अर्ति वर्षौं अथक सिकें मैले बदमाशी एकै पटक सिकें मैले बल्ल बल्ल लाग्या’ बादल फाट्यो फेरि त्यो हरायो कतै चटक सिकें मैले

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ

~सङ्गीतस्रोता~ जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~ फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।” “कैले भेट्छौ त ?” “नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिम्नदी

~आभास~ जब घामको किरणले मलाई स्पर्श गर्छ जब न्यानोपन भर्छ ममाथि म पग्लन्छु मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन् बतासले हल्लिएका पात झैं मेरा जमेका दिन र रात चलमलाउँछन् म बग्न थाल्छु अविरल बग्छु चोइटिएका चट्टानहरु सुमसुम्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कथा : सोनेलालको सैलुन

~श्याम साह~ तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन

~आर. आर. चौलागाईं~ कलम झिक्यो कागज निकाल्यो देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो त्यसको पनि अलिकति तल कविको नाम लेख्यो एकछिन यसो दिमाग खेलायो जेजे आउँछ सरसरती लेख्यो बरू कपाल कन्याउन गाह्रो हुन्छ कविता लेख्न … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उक्लेर दु:खको पहाड ओर्लेर

~साम्ब ढकाल~ दु:खको पहाडमाथि पहाड ढसमस्स उभिईरहेको छ अतिसय जब्बर भएर कताकता झन दुरुह भएर । गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पाँस्सा

~वरुण पोख्रेल~ पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा’ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : बेराग पात्रहरु

~रमेश सायन~ यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ । जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : संझनामा टोलाइरहे

~भूमिराज इच्छुक~ बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : खबरहरूको एकदिन

~रमेश श्रेष्ठ~ खबरहरुको एक दिन खबरै खबर थियो धेरै अघिदेखि सिएर राखिएको घडीको ओठ पग्लिरहेको थियो बाटाहरू टेकिएका फूलहरु सपना र आँसुमा खुट्टाका दु:खहरु गाउँदै थिए असङ्ख्य आँसुहरुका चमकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःस्वप्नहरुको निर्मम आत्महत्या

~रुपिन्द्र प्रभावी ‘कटु’~ धमिलिएको आँखाले ऊ जलतरङ्ग चल्मलाउँदा ज्वारभाटा छचल्किँदा पानी धमिलिएको दृष्य आँखाभरि सजाउँदै माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ । सङ्लो पानी त देख्नै सक्दैन ऊ कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ कुदृष्टिको भ्यागुता हाम्फालेर स्वयम् धमिल्याउँछ निर्मल जलाशय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : युरोपदेखि बाटैबाटो नेपाल

~अर्पण शर्मा~ युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्‍याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रिया, नजाउ छोडि

~रेवती राज खड्का~ कोही त भनिदेउ यो सपना हो भनेर कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा बरु यो ठीक छ । बरु भन, म ठट्टा गरिरहेछु । के भयो ? भन मलाई त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु त्यो जुन भोली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आइरहे पो दुःख-सुख

~सर्गमञ्जरी~ आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मलामीहरु

~विशद~ मलामीहरु उकालो चढ्छन् ओरालो झर्छन् तर कहिल्यै थाक्दैनन् । गोडाहरु थाक्थे पहिला जीवनभरका बोझहरु थाम्दा तर कठिन गोरेटोमा पनि आज थाकेनन् गल्थे शरीरका त्यान्द्राहरु अरुको लागी पसिना झार्दा

Posted in कविता | Tagged | Leave a comment

Poem : Don’t Know the Meaning of the Word

~Raksha Gautam~ You said you would pray with me but when the struggles appeared, you strayed away from me Care? Don’t Know the Meaning of the Word Harsh maybe, but your tears are undefined Especially to entertain another one’s goodness … Continue reading

Posted in Poem | Tagged | Leave a comment