Tag Archives: sangrahalaya

मैथिली गजल : एखन बाँकी अछि

~रामभरोस कापडि ‘भ्रमर’~ करिछौंह मेघके फाटब, एखन बाँकी अछि चम्कैत बिजलैँकाके सैंतब, एखन बाँकी अछि उठैत अछि बुलबुल्ला फूटि जाइछ व्यथा बनि पानिके अड़ाबे से सागर, एखन बाँकी अछि

Posted in मैथिली गजल | Tagged | Leave a comment

गजल : दशैंमा छुट्टी पाए

~राकेश कार्की~ दशैंमा छुट्टी पाए पक्कै जान्थें होला सवभन्दा सस्तो टिकट छान्थें होला घरां एक्लै बा आमा बाटो हेर्दा हुन् एकचोटी भेट्न पाए धन्य ठान्थें होला

Posted in गजल | Tagged | Leave a comment

कविता : म कुन वर्गको मान्छे?

~भुपेन्द्र वीर विक्रम लामा~ बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा भक्कुमार गोदाई खाएको छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा छोरालाई नै साहुको गोठालो बनाएको चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा सुकुम्बासी भएको जमिन्दारको कमारो बनेको अहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हेरेर तिमीलाई

~दिप्स शाह~ हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ घुर्क्याउँदै तिमीलाई सताउने म,बहानागरी फकाउँछौ जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी उसरी छिनछिन हराएर, यो प्यासीलाई छकाउँछौ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हुतिहारा

~डा रवीन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : माइक्रोबसमा् सोनाम

~शान्ति वाइवा~ ‘लौ लगनखेल …. लगनखेल …. लगनखेल १’ खलासी सोनामले माइक्रोबसको ढोकैमा ढ्याप–ढ्याम हाने। वरिपरिकाहरूले उसैलाई हेरिरहेका थिए। ओठ निचोर्दा दूध आउलाजस्तो सोनामको अबोध अनुहार देखेर यात्रुहरू पनि छक्कै परे। सोनामका मसिना र नरम औंलाहरू पनि रातै बनेका थिए। … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : दुई ‘ओल्ड म्यान’

~पिटर जे कार्थक~ सन् १९६० तिर दार्जीलिङमा अम्बर सर (गुरुङ) को एकाडेमी अफ आर्ट नामक संस्था थियो । हो, म त्यही एकाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन् जितेन्द्र बर्देवा, इन्द्र थपलिया, गोपाल योन्जन, शरण प्रधान, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मन को ब्यथा

~कुमार फुँयाल~ जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा। गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥ स्वपहिचान बनाउने संघर्समा होमिए पछि बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।

Posted in कविता | Tagged | Leave a comment

सफल घिमिरेका ३ मुक्तकहरु

~सफल घिमिरे~ (१) रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छ नसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई

~सुदर्शन अर्याल~ यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको । आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : देख्छु, देख्दिन !

~शिशिर पराजुली~ यसपाली मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिङ्ग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि शहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर विस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो ।

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी

~सुमन पछाई~ मेरी काली ! एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : असोज ४ गते

~हाङयुग अज्ञात~ सोचेको थिएँ असोज ४ गते ब्युँझिदा मनमा खुशी र उमङ्ग छाउनेछ नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ तर फेरि उही निराशा, अशान्ति र हिंसाले एकाबिहानै स्वागत गर्‍यो कि दसौं हजार शहीदको बलिदानले एकाबिहानै सरापेर गयो सोचेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्ध सपनाहरु

~सुदीप पाख्रिन~ जब जब घरमुनिको नरिवलको बोटको हाँगामा बसेर एक हुल कागहरु दिक्कै लागुन्जेल ‘काग काग’ कराउँथे -एका बिहान बिहानैदेखि तब तब मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु पर बाटोको उपल्लो छेउसम्म परदेशीएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो अनि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सडककी पत्रीका पसले

~आचार्य प्रभा~ रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ। “ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु”यसो भुइँमा नजर दौडाएँ। एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : आज गाउँमै भएको

~केदार श्रेष्ठ ‘गगन’~ सपनीमा देखें आज गाउँमै भएको कान्छी संगै घाँस दाउरा मेला गएको आगनभरि मखमली वेली फूलेको लहलह धानको बेला खेतमा झुलेको साँदेको गुन्द्रुक मकै भटमास मोही खाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नालायक

~भुपेन~ बिरभानका घरमा अस्ति राति एक टुक्रा जून खस्यो । र, त्यस दिनयता आज बिरभानकी बुहारीलाई बिहान ढोका लिप्दै गर्दा कत्ति अल्छी लागेन । भित्ताहरुको धूलो टक्टक्याउँदै गर्दा उसले आफ्नो खुसी पनि लिपपोत गरेकीले हो कि घर झनै चिटिक्क देखियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : यो काठेघर फाल्नुपर्‍यो

~धिरेन्द्र प्रेमर्षि~ मूलै खामो मक्केको यो काठेघर फाल्नुपर्‍यो इँटैइँटको नयाँ घर बनाउन लौ थाल्नुपर्‍यो ।। सबै दाजुभाइका लागि बेग्लाबेग्लै कोठा एकै छतमुनि हुनेगरी जग हाल्नुपर्‍यो ।।

Posted in गजल | Tagged | Leave a comment

लिम्बू कविता : आदाङ्बे

~सुजन सेलिङ~ आदाङ्बे ! तुरा ओ नु हारा नुखेआङ फेरेओ, हिन्जाहा:रे खेनेरक केम्गोताङ आघ्रे मेभेन्दु । पप्पा थेयाङ मेदानेन ग? लरिक सेकेम्लाप । पप्पा आकतङ्ब पोखेयी लरिक

Posted in लिम्बू कविता | Tagged | Leave a comment

Children’s Story : The White Crow

~Binay Kasajoo~ It was a hot summer day. Luse, a crow, was resting on the branch of a dense tree. He was about to fall asleep when he felt some liquid falling on his body. His body became drenched with … Continue reading

Posted in Story, बाल कथा | Tagged | Leave a comment

कविता : मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्

~प्रकट पगेनी ‘शिव’~ ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन् बिहान कोमल हुन्छ फूल जस्तै ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन् बिहान सरल हुन्छ मन जस्तै र, सबै सबैले भन्ने गर्छन् बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ यसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Focus on The Good

~Swami Subash Chandra~ Focus on the good inside Where darkness always seeks to hide From words, the daggers fly in hate And envy, malice cannot be sate.

Posted in Poem | Tagged | Leave a comment

गजल : भन्ने चाहन्छौ

~सागर ‘अजनबि’~ आसुँ दिएर तिमी हाँसोस भन्ने चाहन्छौ जिवनमा खुशीले बाँचोस भन्ने चाहन्छौ आज देखि तिमी त अर्काकी बन्दै छौ रे तिम्रो विवाहमा नै नाचोस भन्ने चाहन्छौ

Posted in गजल | Tagged | Leave a comment

कविता : दलित र मन्दिरका पूजारी

~तिलक अधिकारी~ कलो ढुक्ने बानी परेको कुकुरलाई मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन् रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ मान्छेको चाल पायो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : थरुनी

~दिल महरा~ ‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कृत गजल : कवितायां सुधा नास्ति

~नरेन्द्र पराशर~ नास्ति छन्द : कला नास्ति नास्ति लालित्यमेव च कवितायां सुधा नास्ति पश्यातङ्कं भयावहम् । अलङ्कारोपमा नास्ति नास्ति काव्यस्य चेतना कवितायामुषा नास्ति पश्य ध्वान्तं भयावहम् ।

Posted in संस्कृत गजल | Tagged | Leave a comment

बान्तावा कविता : अनङ्वा नेपाला

~पदम राई~ अनङ्वा नेपाला नि यङसा पात नमेत्ताङ तान नमेत्ताङ लुङ वेन नमेत्ताङ लाम छेक नमेत्ताङ नेपाला छेक नमेत्ताङ । द्या नलुवाङ खुवाङा काङसाङ उङका बुया-बुया लाम तित्ताङ खोचि देङदा कसा-कसा मकोला

Posted in बान्तावा कविता | Tagged , , | Leave a comment

कथा : आत्मघाती गोल

~वसन्त प्रकाश~ जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई ‘हट लेमन विथ हनी’ खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब नपाइरहेका क्याप्टेन चौधरी आज निक्कै उत्साही, दंग र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वृद्धा आश्रममा मेरो ऑशु

~बिपिन खनाल~ चाहुरी परेका गाला हिउं भन्दा सेतो केश आंखाको द्वार आधा खोल्दै काम्दै गरेका ओठबाट कम्पित स्वर निकाल्दै एक बुढि आमा एक बुढा बा बिस्तारै लौरी टेक्दै स्वास जोरले फ्याक्दै अड्कि अड्कि म आश्रममा पस्न साथ

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अभिभावकलाई…तोत्तो–चान

~सिपी अर्याल~ जापानमा दोस्रो विश्वयुद्धताका स्थापित तोमोए स्कुल अनौठो थियो । त्यो स्कुल कस्तो थियो ? त्यसबारेको चर्चाअघि यी केही समाचार शीर्षक पढौँ, जो नेपाली सञ्चारमाध्यममा प्राय: पढ्न पाइन्छ : – ‘शिक्षकको पिटाइले विद्यार्थीको आँखा फुट्यो’ – ‘होमवर्क नगर्दाको सजायले बच्चाको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

संस्मरण : विद्रोहको पहिलो पाइला!

~उषा शेरचन~ काठमाडौंको रत्नराज्य कलेजबाट आइए सकेर बिए पढ्न फेरि आफ्नै जन्मथलो पोखरा फर्किएँ म। त्यति बेला पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्ने छात्राहरू खासै हुन्थेनन्। हदै पढे एसएलसीसम्म पढ्थे अनि पछि बिहे बन्धनमा बाँधिन्थे। छिट्टै बिहे गरिदिएर आफ्नो टाउकोमा रहेको छोरीको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : चोट

~सन्तोष पौड्याल~ “आजभोलि निदाउन पनि सक्दिन, सपना देखि डर लाग्छ | कुनै दिन दिउसै सपना देख्थे |सपना मेरो जिउने बाटो थियो| मलाई यो समयले कहाँ पुर्याएर छाडिदियो?” साकारले आफैलाई प्रश्न गर्छ | “तिमीलाई समयले होइन संवरले छाडिदियो | जव मनुष्यमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment