Tag Archives: sangrahalaya

गजल : अघि भर्खर यतै थियो

~सुवास श्रेष्ठ~ अघि भर्खर यतै थियो फेरी कता सर्नु भयो? एक्लै भएँ म त यहाँ लौन लाज मर्नु भयो। भन्नु हुन्थ्यो सँगै बसी मीठा मीठा कुरा गर्ने अन्तै जानु रैछ किन झूटो कुरा गर्नु भयो?

Posted in गजल | Tagged | Leave a comment

कविता : देश, दशैं र मन

~प्रतिमा के सी~ युद्ध र आन्दोलनले गलेको वेला भूकम्पको व्यथामा ढलिरहंदा राष्ट्रियता र स्वाभिमानको संजीवनी पिएर कतै सवल कतै दुर्बल वैशाखीहरुको साहारामा उठ्न खोज्दै छ तंग्रिन खोज्दै छ देश दक्षिणबाट बग्ने वेमौसमी हावा हिमालमा ठोकिइ पहाड बगेर तराइ डुवाउंदा

Posted in कविता | Tagged | Leave a comment

गीत : तुँवालो

~केदार सँकेत~ तुँवालो हो……।तुँवालो हो …॥ तुँवालो जस्तै उन्को त्यो मनमा किन मधुरो छु म कोशेली जस्तै त हो यो जीवन यात्रामा बोकेर हिड्दै छु म । कागजको टुक्रा सम्झेर मलाई कंैचिले टुक्राउदै हिड्छन् समुन्द्रहौ तिमी भन्छन् सबैले पौडीएर उनिहरुनै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जनताको आवाज

~हिरु सापकोटा~ नेपाल आमा रुवाएर ,पीडामा डुबाएर ,जनतालाई फसाएर! देशको रक्षा गर्छौ भन्नेहरु हो , आफु बहिस्कृत हुन सक्ने अवस्थाको ख्याल गर जनतालाई रोबट बनाएर बैज्ञानिक हुन खोज्नेहरु , जनता तिम्रा गुलाम छैनन् अत्याचार सहन गर्ने ! मानसिकता सँग खेलवाड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

आधुनिक गीत : म हुँ तिम्रो छुच्चो

~कृष्ण प्र. पाण्डे~ म हुँ तिम्रो छुच्चो तिमी मेरी छुच्ची मेरो पीर मेट्ने ती परेली कुची तिमी प्यार ,खुशी , हाँसो ,मनकी रानी मेरो श्वास तिमी , तिमी जिन्दगानी के के भनुँ अझै छ है लामो सुची

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : जर्मनीको दाँते

~विनय कसजु~ निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका थिए । ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो । बास्तवमा त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले नै गर्नुहुनेछ । निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा पनि … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : आशुँ लुकाउन सक्छु

~खहरे~ तिम्रो निम्ती सारा खुशी देखाउन सक्छु। भन्छेउ भने सबै आँशु लुकाउन सक्छु। आकाश हो पिरती यो,जहाँ पुगुँ आशा हुन्छ। निरासको रास भित्र मिठासको बास हुन्छ। तिम्रो निम्ती तिमी भित्रै हराउन सक्छु,

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~ २०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो डेड सी भ्रमण

~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : फिल

~राजव~ ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु। हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाङपाल आङबुहाङका ३ लिम्बू हाइकु

~हाङपाल आङबुहाङ~ -१ – यरिक तङ्बे खेने ए हङ्नेइल्ले फुङ्हा इसुरे -२-

Posted in लिम्बू हाइकु | Tagged | Leave a comment

कविता : प्रणवोपासना

~नरेन्द्र पराशर~ नादप्रणवको यात्रा दिव्ययात्रा पुरातन ज्योति-अन्तर्यको यात्रा दिव्यज्योति सनातन । आत्म-चैतन्यको आभा ”योग: कर्मसु कौशलम्” नित्य-जीवनको प्यासी ”ददामि ते सुधा जलम्” ।

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : चोख फार भेल छी

~धीरेन्द्र प्रेमर्षि~ घसाइत आ खिआइत चोख फार भेल छी गला-गला गात गजलकार भेल छी शब्दकेर महफामे भावक वर-कनियाँ लऽ सदिखन हम दुलकैत कहार भेल छी धधराक धाह मारऽ पोखरि खुनाएल अछि

Posted in मैथिली गजल | Tagged | Leave a comment

नेवारी कविता : मोहनि

~दुर्गालाल श्रेष्ठ~ बन्द नाकां छुं मव:सां धिकिहिँ वल रे मोहनी गय् थ्व न:लास्वां अरे रे गुलि पनि उली ह्व: खनि

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : म हुँ माइक्रो खलासी

~ईन्दिरा प्रयास~ आँखीझ्यालबाट छिरेको अलिकति उज्यालो काखी च्यापेर बडेमान महलका ती चेप चाप र सडक पेटीहरुमा बितेका सयौ रातहरु …… म बेवारिसे, जन्मदै फ्यालिएको, बेकामे झार झैँ समाज र परिवारबाट तिरस्कृत म , नाम, थर र पहिचान बिनाको, आमा-बाबा र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बि.सं. २२७१

~डा रवीन्द्र समीर~ विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो । एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेमौसमी फूल, समय र अकविता

~राम प्रसाद प्रसाईं~ भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र

Posted in कविता | Tagged | Leave a comment

कविता : सुक्ष्म संबेदना

~आचार्य प्रभा~ मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नारी

~सावित्रा रिमाल~ जञ्जिरले वाँधिएर वसेका ति अवोध गलाहरु अव हामीले खोल्नै पर्छ आउ हे नारीहरु हो एक जुट भई बोल्नै पर्छ स्वत्रन्त्रताका निमित्त बलेका दियोहरुमा अझै तेल थप्नु पर्छ उठ उठ हे नारी हो हातमाथि हात राख्नु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको समर्पण

~अनु शाह~ खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको। समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको। शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी? अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो

~कञ्चन अर्याल~ स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मृत्यु एक कविता हो

~समाश्री राउत~ आदि देखि अनादित्व बोकेर अनन्त बिद्यमान अटल अक्षुण सास्वत बज्र सत्य मृत्यु स्वर सप्तकमा तरंगीत हुँदै प्रत्येक श्वाशप्रश्वाशमा अजपा मन्त्र झैं अलापीत भईरहन्छ शव्दमा भय बिभत्स कठोर मृत्यु

Posted in कविता | Tagged | Leave a comment

बाल उपन्यास : मुस्ताङको गुफा

~विजय चालिसे~ यात्राको तयारीमा ”आमा…आमा….भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो । “ल…हेर…. त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ … Continue reading

Posted in बाल उपन्यास | Tagged | 1 Comment

Essay : The art of Internet!

~Swami Subash Chandra~ Strange things are going down. Millions of inconsequential things are happening every minute. A ‘celebrity’ does something and it’s a news breaking headline. A famous person’s ‘tweet’ sends shockwaves around the first world. Mobile game and ‘in-app’ … Continue reading

Posted in Essay | Tagged | 1 Comment

कथा : मर्डर स्टोरी

~लिलाराज खतिवडा~ उहिले एउटा डाँकु – रत्नाकर, कारणवश कवि हुनपुग्यो – वाल्मिकी। यहाँ एउटा कवि कारणवस डाँकु हुनपुगेको छ – सूर्या। कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल र मालिक

~धनबहादुर मगर~ चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ तिम्रो जुताले न थिचेको भए तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे । गमलाको फूल होइन म आहा ! त्याहा अटाउदिन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सानु

~मित्र सङ्ग्रौला~ सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ । किन सर ? दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ । रेखा चित्र बनायौ ? बनाएँ सर । खै हेरौँ त । नाई राम्रो छैन ! तिमी लजाउथ्यौ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एक्लै नाँच्न मन लाग्यो

~नवीन लामा `सुरेश`~ शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !! धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!

Posted in गजल | Tagged | Leave a comment

कविता : वीरता – कायरता

~डा लाल-श्याँकारेलु रापचा~ एमसी टर्नर साहिब ! गाेर्खाली वीरताको लहरे गाथामा विगतको थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट तपाईं यो पलमा स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि म ब्रेभेस्ट अव् द व्रेभ गोरखाू आज तपाईंसँग मनोसम्वाद गर्न ग्यालिपोलीको चिहानबाट कोलाबेलायत र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : भाग्यको अन्त्य

~भवानी तावा~ अनुवादक– थाम्सुहाङ् पुष्प सु्ब्बा उहिले नै– दशकहरु र युग अगावै मेरो बैंसमा– समय परिवर्तन भइरहँदा मेरी मायालु १ एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् । कतै संगै खान्थ्यौं कतै संगै वस्थ्यौं । समयान्तरमा बेला बखत भन्थी–

Posted in अनूदित कविता | Tagged , | Leave a comment