Tag Archives: sangrahalaya

गजल : टाली राख्या छु

~मोहन लम्साल~ फाटेको यो दिललाई टाली राख्या छु तिम्रै लागि आफूलाई पाली राख्या छु दिन ढल्यो, चाँद छैन, औसिको रात सम्झनाको दिपलाई बालि राख्या छु

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसनको इतिवृत्त

~लोकरञ्जन पराजुली~ केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मैथिली कविता : कोरो आ पाढि

~विनीत ठाकुर~ गरीब छोरि कऽ के बुझतै गरीबीके मारि । ओ तऽ पेटे लेल जरबै छै कोरो आ पाढि़ ।। भेल छै स्वार्थी सब नेता अपने स्वार्थे में चूर । छिनलकै जे सपना सुख भऽ गेलैक कोसो दूर ।।

Posted in मैथिली कविता | Tagged | Leave a comment

कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~ उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हजुरहरु

~अल्पविराम~ सम्बोधनमा उसले मलाई हजुर भन्यो हजुर शब्द इन्जेक्सन जस्तै नशा नशामा फैलिएर दार्हा नंग्रा पलाएको अनुभूति गरेँ आफुले आफैलाई बाघ देखें आफुले आफैलाई सामन्ती सम्झें कता हो कता मेरो अन्तरमनको सुक्ष्म मान्छे

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेमको सुन्दर शहर देउ

~खगेन्द्र रिजाल~ अब कसम भन्दिन भो प्रेमको सुन्दर शहर देउ तिमीसँग दुःख सुख साटी बाँच्ने रहर देउ दरार छन् जहाँ सुकै जिन्दगीका गारेटोमा गन्तव्य नै छैन अब, भन्दिन म कहर देउ

Posted in गजल | Tagged | Leave a comment

समालोचना : कविता अर्थात् हलो

~गनेस पौडेल~ एक : नेपाली कविताको स्वाद जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

बाल कथा : रमाइलो तीज

~गङ्गा कर्माचार्य पौडेल~ ‘तीजको रहर आयो बरिल,’ चौतारीमा छम छमी नाच्छु बरीलै…’ उषा गीत गुन गुनाउँदै घरी भित्र घरी बाहिर गरेको देखी आमाले सोधिन् ‘छोरी निकै खुसी देखिन्छ्यौ नि ? हिजोको दरले राम्रै काम गरे जस्तो छ कि कसो ?’ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : बिपना उर्फ श्रीमती

~बिबश बिप्र~ बोकेर नसकेको एक बिटो सुकेको खर जस्तो सपना आज त लगिसकेछ – कोहि कसैले कतै ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – भोलिपल्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नोट अफ डीसेन्ट !

~दिल निशानी मगर~ प्यारो सपना ! कारगील बाट फ्र्कीएको एक हूल, सीपाही लाई फेरी तीमीले, कारागार मा कैद गर्यौ र ताल्चा लगायौ स्पात झै-छाती मा त्यो बीरासत ! अनी, काठमान्डौ र कारगील मानौ, काठमान्डौ ले एकाबीहानै बीरालो समात्यो र भन्यो

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : कुच्चा छै

~धिरेन्द्र प्रेमर्षि~ शासनके लोडहीतर लोक बनल कुच्चा छै लोडहपर हाथ जकर अगबे सब लुच्चा छै कहने छल जत्ते छै खधिया हम पाटि देब वैषम्यक ठाढ मुदा पर्वत समुच्चा छै

Posted in मैथिली गजल | Tagged | Leave a comment

कथा : सहर कोलाज

~अशोक सिलवाल~ रातको ११ बजे। अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या! तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि। तर, यो निर्णय लागु हुन्छ भन्नेमा विश्वस्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

देउडा गीत : तोरियाँ लाग्या झुल

~प्रकाश जे धामी~ घोगा पाक्या सोणा भरी,तोरियाँ लाग्या झुल । परदेशी सम्झि बैरागी हुन्या,,,आँसु धारा मुल ।। धान पागी सिराउली हुन्ना,कठै सकाईल सेरा । जिन्दगी पराय ठाउँ बित्यो,धन्या भाग्य मेरा ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : धेरै भयो सम्झनामा

~दिप्स शाह~ धेरै भयो सम्झनामा तिमी नआएको हृदयको सुनाखरी फुल्न नपाएको घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो मनको बागमा परिरैछ हरदम तुषारो झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : घर

~स्वेच्छा राउत~ सबैले फतौरी आमा भनेर चिन्ने सुशीला आमा फेरि आइन् फोटोसपले टिलिक्क पारेको अर्को एउटा फोटो बोकेर। मैले अनुहार खुम्चाएको देख्नासाथ मुस्कुराउँदै आएकी फतौरी आमा एक्कासी रुपको रङ फेर्दै कराइन्, “यो पटक त तँ हेरेको हेरै हुन्छेस्।” म ओठ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भूकम्प/प्रेमकम्प

~भावना शर्मा~ किन काप्यो धर्ती किन फाट्यो आकाश जब भेटियौ हामी छितिजमा…. तिम्रो ओठमा म फुल्दा तिम्रा आँखाहरुमा छल्किदा मेरो आँशु किन रोयो बादल त्यो किन फुट्यो धर्तीको बाँध र त काप्यो त्यसको मुटु के हाम्रो धड्कनमा येति कम्पन थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो त्यो रङ्गीन पल

~सुमन पछाई~ ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुनर्जन्म !

~समाश्री राउत~ मायाको भाषा हुँदैन मायाको परिभाषा हुँदैन आँखा प्रयुक्त भएर सोचको आकार र रंगहरु नाक प्रयुक्त भएर तृष्णाको गन्ध र वासना पृथक भाव पृथक सोच पृथक बिम्ब मस्तिष्कमा माया खण्डिकृत गरिए पछि सुविधा अनुसार परिभाषित भए पछि बिस्तारलाई संकुचित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सुक्दै गयो सागर

~आवाज शर्मा~ सुक्दै गयो सागर र पो के हो बगर थाहा भयो । के खोजियो के भेटियो आफ्नो रहर थाहा भयो ।। प्रत्येक दिन मन्दिर पुगी ढुङ्गो पुजेँ भाकल गरेँ । ढोकै अघि माग्ने जुलुश देखेँ असर थाहा भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आगो

~नेत्र तिमिल्सिना~ जोगाउनु छ आगो जलोस् जे जल्छ सरोकार किन? चल्न देऊ जे चल्दैछ साँचो झूठोको आधार किन? सक्नेकै बाहुबलमा छ,पाप वा पूण्य सबथोक यहाँ कोही लुटियोस् वा मारियोस निर्बल हारगुहार किन?

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : पारिजात दिदीसँगका सम्झनाहरू खोतल्दा

~कुन्द टण्डन~ प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्ममा ३, ४ पटक फोनमा कुरा भैरहन्थ्यो । कहिलेकाहीँ फोन गर्न अलिकति ढिलो भयो भने पारिजात दिदीले भनिहाल्नुहुन्थ्यो– के हो … फोन गर्ने बेला यही हो ? अघिदेखि फोन पर्खिराखेको ⁄ जतिपटक फोनको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : फुल चुम्न

~कृष्ण प्र. पाण्डे~ दिल दुख्न यहाँ आँसु झर्नु पर्ने। फुल चुम्न झनै काँढा टेक्नु पर्ने। सब्को मन बुझ्न सकिंदैन सधैं। बुझ्थें होला शायद हुन्थें भने म झैं ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : खर्दारबाजे !

~विजय चालिसे~ “सर नमस्कार ! म शिशिर….।” मेरो अगाडि उभिएको आकर्षक युवकले अगाडिदेखि नै चिनेजानेको मानिसले जस्तै आप्mनो् परिचय दियो । मेरो अगाडिको त्यो युवक खाइहाल्दो देखिन्थ्यो । गलामा सुनको सिक्री, हातमा घुमाइरहेको गाडीको साँचो, मुखमा सन्तुष्टिको चमक ! देख्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लिम्बू कविता : लछा याक्थुँग आवैबारो

~रमेश नेम्बाङ~ मेन्चामा चाहा चामेम्बे मेन्थुँगमा थीहा थुँगमेम्बे मेन्चामा चाहा चामारे याँगकेशाबा आनी आबोखे मेन्थुँगमा थीहा थुँगमारे शेखाबा केबा आबोख्पे लाम मेन्दँग लाम्मे आगेँग्लो पान मेन्दँग पानेन्ले आमेक्लो

Posted in लिम्बू कविता | Tagged | Leave a comment

कथा : अफेयरगन्ज

~लेनिन बञ्जाडे ~ बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी । मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : हुनसक्छ, कौतूहल

~रवीन्द्र पुरी~ गौरवका साथ भन्न सकिन्छ, नेपाल खुला म्युजियम (संग्रहालय) हो । विदेशीले अबार्ंै रुपियाँ लगानी गरेर मात्र स्थापना गर्न सक्ने यस्ता म्युजियम हाम्रा टोलटोलमा छन्, जहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तु हेर्न रकम खर्चिनुपर्दैन । यस्ता सम्पदाले इतिहास बताउँछन्, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : बेपत्ता दरबारका कलाकृति

बेपत्ताः दरबारका कलाकृति नारायणहिटी दरबार संग्रहालय चहारेर बाहिर निस् िकसकेपछि चित्रकार विजय थापाको मनमा प्रश्न उब्जियो, खोइ कता गए दरबारका कलाकौशल ? कलाका सोखिन पूर्ववर्ती राजाहरू र तिनका सदस् यहरूले कला प्रदर्शनीताका खरदि गरेर यही दरबारमा झुन्ड्याएका बहुमूल्य अनगिन्ती चित्रहरूको फेहरस्ि त आयो, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

मेरी प्रेमिका

~छवि ज्ञवाली~ मेरी प्रेमिका – मलाई न आकासका जून तारा झार्न भन्छिन् न वल्लो भूगोलदेखि पल्लो भूगोल सार्न भन्छिन् जहिलेदखि प्रेम गरेँ– अटुट छ हाम्रो सम्बन्ध कसम त हामीले पनि खाएका छौँ बन्धनको बार त हामीले पनि लाएका छौँ घाम–पानी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी अस्मिता

~गङ्गा अभिलाषी~ नारी तिमी सौन्दर्यकी मात्र खानी होइनौ नारी मनोरञ्जन र सन्तान वृद्धि गर्ने साधन र स्रोत मात्र होइनौ अस्मिता लुटाएर जिउने तिमी कसैकी कठपुतली होइनौ नारी जीवन अनमोल छ नारी तिमी अदम्य, अटल साहस र विश्वासकी खानी हौ प्रतिभा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्गीत

~गोपीकृष्ण प्रसाई~ संसारको कुनै धरातलमा निक्लेको किन नहोस जहाँ बिरह र व्यथाको कहानी हुन्छ सृष्टिको सुन्दर बिहानी हुन्छ हाँसो र खुसीको सिरानी हुन्छ बसन्त वाटिकाहरुमा सुनिने चिरबिर चिरबिर चराका आवाजहरु झरना खोलाहरुका कल्कलाहट अनि स्निग्ध मनको मझेरीमा उडिरेका तिम्रा स्वप्निल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : साउनको व्रत

~उषा शेरचन~ कस्तो हुस्सु म ? कार्यक्रम पर्सी रहेछ आजै सम्झेर आइपुगेछु। यसो वरिपरि आँखा डुलाएँ। म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ। शंका लागेर त्यहाँको स्टाफलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : अन्तै सार्यौ किन

~नवीन लामा `सुरेश`~ मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ? मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ? मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई// चोखो हाम्रो नाता थियो आज … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment