Tag Archives: sangrahalaya

कविता : पुग्दो हो मृत्युसम्म युद्ध

~पूर्ण विराम~ लुट्नका लागि उनीहरूका निम्ति निश्चय पनि हाम्रो पसिना छ र उनीहरूको बेजाब्तालाई रोक्न निश्चय पनि हामीसँग अविरल बग्ने रगतको नदी छ । र यसबाटै बज्ने गरिरहेछ सदियौँदेखि द्वन्द्वको नगरा मानिसका टाउकाहरू बोकेर धेरै अगाडिदेखि मिनारमा बस्छन् माउसुलीहरू र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नायिका

~कञ्चन पुडासैनी~ उपमा पनि हिँडिछ उपमा उसको नाउँ थियो तर, यस शब्दले उसको आकारप्रकार ल्यायो आँखासहित अनुहार ल्यायो नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो मानौँ सुने न जानेको कोही परदेशी शब्द जसको कुनै नागरिकता छैन र कुनै माइती-मावली छैन गोठ छैन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मरें भनौं जिउँदै छु

~भोगेन एक्ले~ जिन्दगी सारै झुरपट्याँस भो । थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो घर छाडी हिंडेको म, महलको तलासमा जाहै, आज कुटीको बास भो ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : स्वप्न बगैँचा

~अभय कुमार~ अनु : किशोर नेपाल पोखरीमा तैरिइरहेका सुनौला माछा आकाशमा तैरिइरहेको अन्तरिक्ष यान जस्तो ताजा फूलका सुगन्धहरू प्रेमचरीको निश्वाससँग घोलिएर फैलिए जस्तो धनकी देवी लक्ष्मी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : आजै र राती

~माधव घिमिरे~ आजै र राती के देखें सपना, मै मरी गएको २ बतास बिना हाँगाको फूल, झैँ झरी गएको २ मर्स्यांग्दी नदि नरमाइलो सुसाइरहेको २ कहाँ हो कहाँ बादल भित्र, म रोइरहेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म तिम्रो योग्य छैन

~रामनाथ घिमिरे~ म आमाले घाँसको भारी बिसाउन नपाउँदै मलखादमा जन्मीएको मान्छे । मैले जन्मीने साथै माटो स्पर्स गरे तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल मेरो शाल घाँस काट्ने हसिँयाले काटियो तिम्रो धार युक्त पत्तिले

Posted in कविता | Tagged | Leave a comment

गजल : अटल हुन्छ हुन्न

~विजय योजीत~ भनेकै हुँ माया अटल हुन्छ हुन्न रसाएर आँखा तरल हुन्छ हुन्न ! नकारेर झुप्रो गयौ आज छोडी छ यो हेर्नु भोली महल हुन्छ हुन्न !

Posted in गजल | Tagged | Leave a comment

कथा : धुवाँ

~मातृका पोखरेल~ ‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पहाड र आकाश

~मञ्जुल~ पहाड चढ्दै गयो भने मानिसको आँसु पनि भेटिन्छ हाँसो पनि भेटिन्छ । पहाड नभएको मानिस संसारमा कुनै पनि ठाउँमा कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म सेती गहिरो बग्छु

~दिपा एवाई राई~ यहाँ ताल भएर जम्न पहाड झै अटल धेरै उचाईको हिम शिखर बन्नुसँगको औचित्यमा ठट्टा लागेर सबै सबैका अगाडिबाट रहस्यमय बिल्कुल स्वतन्त्र तर भासमा गहिरीएर म सेती बगी रहेछु,

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा मान्छु अलिकति

~ललिजन रावल~ भैगो अब तिम्रा कुरा मान्छु अलिकति आजलाई वाचा-कसम खान्छु अलिकति जति रिस उठे पनि मन दुखे पनि ढुङ्गा होइन फूलले फेरि हान्छु अलिकति

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सत्यजितको संसार

~प्रकाश सायमी~ बम्बई आजको मुम्बई होइन । त्यहीँ मैले पहिलोपटक भेटेको थिएँ, नवेन्दु दा । पूरा नामथर नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रूपान्तरित गर्थे तर धीमा स्वरमा साना–साना कुरा भन्थे, जुन बुझ्दा ठूलो लाग्थ्यो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : बदनाम भएँ म

~खुमानन्द गौतम~ बदनाम भएँ म तिम्रै कारणले बरबाद भएँ म तिम्रै कारणले तिमी म नयाँ नमान धोकेवाज पागल हुँदैछु म तिम्रै कारणले यौवनको आवेगमा आएर आवेशमा बेहोस बेहोस भै अँगाल्यौ तिमीले होमिएँ बत्ति म पुतली बनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कति बोलेर पछुताउँछन्

~कृष्णहरि बराल~ कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ खोल्नै पर्ने मनका कुरा नखोलेर पछुताएँ भन्छन् चोर्नु हुन्न केही एउटा मन सिवाय चोर्न मिल्ने मन पनि नचोरेर पछुताएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तुवाँलो भित्र को म…..

~ज्ञानेन्द्र स्थापित~ समुन्द्रका छाल झैँ उद्वेलित् मेरो यो मन अग्लिएर पनि होचींदै गएका मेरा भाबनाहरु धरतीमा होइन आकाशमा टेक्न पुग्छ यथार्थ छोडेर सपनामा बाँच्न खोज्छ ! प्रत्येक लहरसंगै जन्मिने मेरा आकांक्षाहरु यथार्थ र भाबनाको थिचाईमा बल्झीदिन्छ, निसासिन्छ अनि समयको जाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : माटोको पर्खाल

~जिडि माजिया~ अनु : केशव सिग्देल टाढाबाट हेर्दा लाग्छ सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ मेरो चेतनाको गहिराइमा बारम्बार दोहोरिने बिम्ब आखिर नोसुको त्यही माटोको पर्खाल नै

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : बलात् सेन्टर

~तिलकप्रसाद सापकोटा~ गंगा, चटक्क परेर आइछौ त ? जस्तोसुकै हुँ के चासो ? प्रशंसा गर्दा पनि रिसाउनुपर्छ ? जिस्काएको पनि कहीं प्रशंसा हुन्छ ? कहिलेकाहीं जिस्किनु स्वाभाविकै हो । अझ एउटै शाखामा बसेर सँगै काम गर्दा माया पनि लाग्छ नि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बाँच्नु पर्छ सहेर नै

~स्वामी सुभाष चन्द्र~ अचानो न हो जिन्दगी , बाँच्नु पर्छ सहेर नै खुकुरीका चोटहरू , खप्नु पर्छ मरेर नै भाउजुको फरिया टुप्पोमा , दाजु पोका पर्दैछ भाइहरू ओखलमा , नाच्नु पर्छ थिचेर नै

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्धो छ ईश्वर आज पनि !

~शिव प्रकाश~ बाँचिरहेछन् शकुनीहरु मान्छेभित्र फैलाउँदै पासापञ्जा कुटीलताका लेखिरहेछन् झूठो कथा महाभारतको मरेका छैनन् दूर्योधन-दुशासनहरु चिथोर्दै द्रौपदीहरु हाँसिरहेछन् भारी सभामा बनाउँदै लक्षागृहहरु मान्छेका वस्तीमा गर्जिरहेछन् आज पनि ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो अनुभूतिमा ‘सत्य’

~प्रकाश के.सी.~ समयले, मानिसको बाँच्ने समयलाई मात्रै परिभाषित गर्दैन, उक्त अवधिमा मानिसले भोगेको भोगलाई पनि परिभाषित गर्दछ । तर यो अर्को कुरा हो कि, जीवनमा वर्षहरु थपिँदै जाँदा भने मानिसका अनुभवले बनाएको अनेकौँ विद्धताहरुमा परिभाषाले तदनुरुप नै विविधता लिने गर्दछ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सत्ताका किनाराहरू

~तिर्थराज अधिकारी~ तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी । तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ फक्री फुल्ने अधरभरिका मन्दमुस्कान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : नोटमा राजा

~विमल भौकाजी~ राजा ! श्रीपेच पहिरेका राजा नोटहरूमा छापिएका छन्, यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू, – कोही संसद् भवनमा उफ्रिरहेका, – कोही सिंहदरबारका मेचमा मच्चिरहेका, – कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 2 Comments

गीत : एक युग भयो

~भिमदर्शन रोका~ एक युग भयो, छाडेर घर म यात्री गर्न एक्लै सफर हिँडिरहेछु साथी ! म हिँडिरहेछु आरम्भ छाडि अन्तदेखि वेखबर ! एक युग भयो . . . सधैँ विहान हिँड्न थाल्दछु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : जादूको छडी

~विष्णुकुमार पौडेल~ रातको समय थियो । शालु आफ्नो बिस्तारामा पल्टिएकी थिई । अचानक झ्यालमा बिजुली चम्केजस्तो भयो । कोठा धपक्कै बल्यो ।‘आम्माम्मा…के को उज्यालो हो यो ?’ खाटबाट उठ्दै शालुले भनी ।‘के भएको होला ? कसरी उज्यालो आयो ?’ ऊ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : लक्षुमनीया !

~शकुन्तला जोशी~ साझको जून टिपेर आखामा अभावको घोप्टेभिर नाघ्दै तिमी फूल्ने फाटतिर म झरेको रात चमेलीका फूल सिउरेर टाउकाभरि कस्तरी फक्रिएकी थियौ तिमी जूनेली भएर सेताम्य फाटभरि लक्षुमनीया ! म सम्झिरहेछु । साहूको भारी बोकेर किचिएका मेरो थाप्लोमा गिरत्को खलिहानका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी भनु……….

~निहारिका~ कहाँ ल्याई पुरयायौ मलाई एस्तो चारैतिर फुल र माया छ विश्वाश छैन भनेर कसरी भनु मनभरी विश्वाश जब तिम्रै छ तर केको डर बस्यो मनमा आँखाभरी पानीले किन भरिएछ माया छैन भनेर कसरी भनु मुटुमा नअटने माया जब तिम्रै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रा पाउहरूमा

~चाँदनी शाह~ तिम्रा पाउहरूमा म सँधै झुकिरहन्छु तिमी उठाइरहू माया र आषिस थपी तिमी भरिरहू सिउँदो म नुहिरहन्छु नटुटोस् अब सिलसिला कहिले पनि सगरमाथालाई छुने उषाको लाली झैँ तिम्रो मायाको सृङ्गार सँधै सजिरहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सम्बोधन

~योगेन्द्र काउचा~ ए खहरे बेफुर्सदी मान्छे तँ मौसमी राग त उराल्नै पर्‍यो आफू भित्र हेर्नु छैन अरूलाई टेर्नु छैन बाटो किन चिन्नु पर्‍यो जता जता सोंर्‍याक पर्‍यो उतैउतै दौडे भैगो किन आँखा खोल्नु पर्‍यो अन्धो को हात्ती भए पुगिहाल्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठा कुरा गर्नेहरु

~राजेश नेपाली~ ठूला ठूला सपनाका मीठा कुरा गर्नेहरु किनार कहाँ पुग्दा रहेछन् सबै नदी तर्नेहरु लाखौं कोशिश गरे पनि मनको कालो लुकाउन मनको बारी किन हेर्थे धनको बारी चर्नेहरु कोमल फुल संझयो मुटु माझ राखे पनि

Posted in गजल | Tagged | Leave a comment

अनूदित निबन्ध : सुश्री लिउ हो–छनको सम्झनामा

~लु सुन~ गणतन्त्रको स्थापनापछिको पन्ध्रौं वर्षको मार्च २५ का दिन (अर्थात् १९२६ मार्च २५ का दिन) राष्ट्रिय पेकिङ महिला नर्मल महाविद्यालयले त्वान चि–चिउको सरकारी भवन अघिल्तिर (मार्चको) १८ औं दिनमा, मारिएका लिउ हो–छन् र याङ तेह–चनुको सम्झना दिवस मनायो। म … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

कविता : भेडेटारको पिक्निक

~उपेन्द्र सुब्बा~ हजुरको भक्तिप्रताप… प्रचण्ड गर्मी छ भानुचोकमा सडक तातेको छ, नारा–जुलुसले उफ ! घाँटी सुकेर हैरान छ, पानी छैन । चिसो बियरले तालु छम्काउँदै रामायणले मुख हम्काउँदै कति बस्नुहुन्छ यो चोकमा ? छोड्नोस् बाजे भक्ति–शक्ति ! जाऊँ आज पिक्निक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : हट्ने हैन डटी लड्ने गणेश रसिक

~टीका भण्डारी~ हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, हे वीर हिँड अघि सरी, आमा भएर बोकी हेर सन्तानका पिरहरू, सुन नेपाली हो नेपालमा जन्मदै नेपाली हुनेहरू, जय जय काली जय जय गोरख, बाँच्न … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment