Tag Archives: sangrahalaya

कविता : म मेरो बाँसुरी फुकेर

~आभास~ म मेरो बाँसुरी फुकेर देह शान्त पारिरहिछु मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर मलाई मन पर्ने मेरो गीत मेरो ओठसम्म चुम्न आइरहेछ म मेरो बाँसुरी फुकेर दुःख र पीर पोखिरहिछु मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर मेरो खुसी मेरो ओठसम्म चुम्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चौघेरा

~विश्व राज भेटुवाल~ चारैतिर हुस्सुले ढाकेर क्षितिज ओर सरेको बेला बाक्लो हुस्सु बिचमा आफ्नो चौघेरा भित्र पस्ने बाँदर कुर्न कुनै उज्यालो प्रकाशको सहयोग लीई हुस्सु सँग घोलियको म । बाँदर बाँदर नै हो सारा बिगरे पनि यस्लाई चेत आउँदैन कमजोर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~शकुन्तला जोशी~ तिनीहरूले भनेपछि ‘गीतावचन’ ठानेर हामी लुरुलुरु पछि लाग्यौँ दायाँ घुम भने- घुम्यौँ बायाँ फर्की भने- फर्क्यौँ अघि बढ् भने- बढ्यौँ पछि हट् भने- हट्यौँ घोप्टो पर् भने- घुँडा टेक्यौँ टाउको थाप् भने- निहुरिदियौँ

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : नाकाबन्दी

~यमुना पराजुली अधिकारी~ राकेश मण्डल र श्याम भट्टराई साथी हुन् । उनीहरू दुवै ५ कक्षामा पढ्छन् । श्यामको घर रामेछाप हो । उनका बुबा नेपाल प्रहरीमा जागिर खान्छन् । त्यही भएर श्याम पनि बुबासँगै सर्लाहीमा बसेका छन् । डेढ वर्ष … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

मगर भाषी कविता : मगराँट लाके ङाराहाङ

~रुद्र बहादुर श्रीस मगर~ मगराँट लाके ङाराहाङ ठूप्रई डूख पाहाम वार्च जडीक रीक्म मगरकॊके काट ठोवाआङ झोरोक्म परीस्ठाङ बन्नूक ढरी फोडोक्म ङा मगराँट लाके ङाराहाङ ईमाङ लेच लाम ओल्च ज्याट ज्याम माओल्ढीङ ड डी गाम

Posted in मगर कविता | Tagged | Leave a comment

छोक : आडम्बर

~ज्ञानेन्द्र स्थापित~ मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ एक लाश माथि, एक अभागी माथि, किन कि मसानले देखि रहेकै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तिमीले भनेका सारा देव छोएर

~डा. विश्वम्भर प्याकुरेल~ कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो । उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल । ‘ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने ?’ ऊ मलाई ‘बाजे’ भनेर जिस्क्याउँथ्यो। म ‘नागो’ भनेर चिढ्याउँथेँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जमघट हुन्छ

~दिनेश ज्ञवाली~ तपाईँले त पाइला मात्रै टेके पनि जमघट हुन्छ हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ । हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन

~केशव भट्टराई~ अचेल छोरा मसँग झर्किएर भन्छ :- “ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन । ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन । यो भूगोल मिलाउनु पर्‍यो । यो इतिहास सच्याउनु पर्‍यो ।” उसलाई लागेको छ, भूगोलले हामीलाई धोका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति र आनन्दको आयु

~अमर नेम्बाङ लिम्बू~ एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको त्यो सानो खोलोसँग सँगै मनमा आएका पीर वेदनाहरूलाई पोख्दै घन्टौँसम्म हिँडिरहेँ म । हिँड्दाहिँदै टाढा कतैतिरबाट कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो, केही कुराले मेरो दाउराको फेरमा

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई भुल्दा

~कञ्चन पुडासैनी~ तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झें, तिमी साथ आयौ कुनै चिज मिठो म खोजिरहेथें म सोचीरहेथें, तिमी याद आयौ २ उज्यालो बढे झैँ भयो आज झन् झन् २ उज्यालो त मुस्कानले बढ्छ भन्छन की मैलाई सम्झी तिमी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहृदय वेश्याको प्रेममा

~अभय श्रेष्ठ~ मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ- मेरुदण्ड दान गर्ने दधिचिझैा यो देशको हरेक परिवर्तनमा आफ्नो रगतको एक अंश दान गरेको साधारण मानिस हुँ म जिन्दगीका सहस्र घुच्चीका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : जतिको माया मेचीलाई

~चेतन कार्की~ जतिको माया मेचीलाई, उति महाकालीलाई मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : काठमाडौं र नयाँ पासवर्ड

~स्वप्निल स्मृति~ विलक्षण कला छ बादलसँग यो बर्ख काठमाडौँको आकाशमा उसको अभूतपूर्व चित्रमेला छ । ल, हेर्नोस् लक्ष्मीमाता गाईको चित्र अफसोस तुरुन्तै त्यो गौहत्यामा कैद च्याङ्बा रुम्बामा बदलिएछ, बौद्धको ठीक माथि आकाशमा एक थुप्रो ध्यानातीत बुद्ध

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो आँखालाई राख्ने

~हरिभक्त कटुवाल~ मेरो आँखालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखुँ की २ मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो विश्वासमा राखुँ की पहाड भन की मधेस भन घुमेको मै पनि बैसाख भन की पानीको रिमझिम रुझेकै मै पनि जसरि पनि जीबन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मेरो जोबन लैजाऊ

~गोपाल योञ्जन~ केटा – मेरो जोबन लैजाऊ केटि – पर्दैन त्यो दुइ दिनको केटा – मेरो ज्यान लैजाऊ केटि – चाहिंदैन त्यो माटोको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बिग ब्रदर

~भूपिन~ भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हिँड्न जाने

~रश्मिला कवाङ~ हिँड्न जाने राम्ररी बाटो कतिकति जिन्दगीमा घाउको खाटो कतिकति आँसुमा तैरिएका मनका ती आशाहरु चिन्नसके खुसिको पाटो कतिकति अकबरे बिश्वासलाई ढाल्न त्यसै हुन्न

Posted in गजल | Tagged | Leave a comment

गीत : फूललाई सोधेँ कहाँ गयो

~नरदेन रुम्बा~ फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले वनलाई सोधेँ कहाँ भाग्यो बादल सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो मेरो तन रुझाएर पानीले बैमानीले मेरो मन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सौता

~रामप्रसाद दाहाल~ मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बेकार छ

~विष्णु विभु घिमिरे~ आँखा राम्रो भएर मात्र के गर्नू! जब ती आँखाले कसैको पीडामा आँसु रसाउँदैन भने अोठ राम्रा भएर के गर्नू? जब ती अोठले अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने सलक्क मिलेको नाक भएर मात्र के गर्नू? जब त्यो नाकले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~गोपालप्रसाद रिमाल~ म अहिल्यै त नमरुँ, नमरुँ ! मेरो यही एउटा इच्छा, यही एउट पुकार एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो एउटै पीर- म नमरुँ, अहिल्यै नमरुँ ! मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ- मेरा यी पाखुरामा कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको असरलता

~शिरीष~ हिमालको चुचुरामा बसेका उनि प्रकृतिको त्यो दृश्य जब हेर्दछन यस सरलताको रहस्य बुझ्ने प्रयत्न उनी गर्दछन् । तपस्या उनको जीवनको यही उत्तरको खोजी हो तर्क बितर्क गर्दै उनि मग्न ध्यानमा पर्दछन् ।। प्रचन्ड रविको किरण जब पर्दछ एक कोमल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी टाढिदै छौ अरे

~नवराज दाहाल~ पर देखें तिमीलाई तिम्रै बाटो तर्फ झरें, समिप पुग्दा नपुग्दै सुन्छु तिमी टाढिदै छौ अरे। सहयात्री अर्कै हुँदा तिम्रो यो यात्रारुपी जीवनमा, तिमी, अनी मात्र तिमी रहिरहनेछौ मेरा यादहरुमा।…….

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समाचार

~कृष्ण बजगाईं~ प्रमुख समाचार – केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो । – शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो । – धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विसंगत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ विसंगत सपनाहरुको संभोग म के संगत ! बोझिल पहाडको छाती चरक्क चिरेर निस्कन्छन् खोलाहरु खोलाहरु सँगै केही पिसाचहरु केही रहस्यहरु चुपचाप ! चुपचाप !! केही खुँखार मसानहरु नारायणहिटी/हनुमान ढोका हनुमान ढोका/नारायणहिटी

Posted in कविता | Tagged | Leave a comment

श्रृङ्गारिक गजल : यता तिर नहेर्नु घरीघरी

~निशा प्रतीक्षित~ यतातिर नहेर्नु घरिघरि, मैले भनिदिएकी छु गर्न पाउनेछैनौ मनपरी, मैले भनिदिएकी छु अलिकति ठाउँ खाली हुँदा छेउमै बस्न आइपुग्यौ केही गर्न दिन्न नजिक सरि, मैले भनिदिएकी छु

Posted in गजल | Tagged | Leave a comment

गजल : ति पर्दा उठायो

~विजय योजीत~ उठायो कसैले ति पर्दा उठायो यि आँखा रसाएर झर्दा उठायो ! सँधै टेकिराख्थ्यो दबाएर गोडा रमायो कि वैरी म मर्दा उठायो !

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : सिंहदरबारको साँढे

~महेश थापा~ सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो। “ए आयो, आयो!” मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ। “त्यसका साँढे यो भूकम्प … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~ अनु : केशव सिग्देल गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन् गाँउ तल गहिरो छाँयामा अवस्थित छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : जिन्दगी पर्खिरहेकी लाहुरेनी

ज्योति जङगल~ केही दिन अँगालेर जवान वसन्तलाई त्यो लाहुरे आँधीजस्तै परदेसियो, मनभरि शरीरभरि प्रतिक्षा लिएर ऊ उभिइरही । आँसु बोकेका ओसिला रुमालहरु प्रत्येक झरीमा कुहिएर माटो भए,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : फ्रयांकर्फटको ट्राम

~यज्ञश~ फ्रयांकर्फटको सपिङ एरनिामा मलाई छाडेर कुमार पन्तजी हिँडे। ‘के-के किन्ने हो किन्नूस्, सकिएपछि मलाई फोन गर्नूस्, म लिन आउँछु’ भनेर उनी मिटिङका लागि गए। मेरा अगाडि अब प|mयांकर्फटको ठूलो सपिङ एरयिा थियो, जसमा अनेकथरी लुगाफाटा, गहना र सौन्दर्य प्रसाधनका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment