Tag Archives: sangrahalaya

गजल : उपहार हो मान्छे

~उमा गौतम~ इस्वरको बर्दान अनी उपहार हो मान्छे जन्मी संसारमा यसै बिलिने भो मान्छे अस्मितालाई फिजाएर धर्तिसग जुद्दाजुद्दै शैतान भन्दा पनि तल खस्यो यो मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नो प्यारो जन्मभूमी

~कोमल प्रसाद भट्ट~ आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै देउरालीमा चोखो ढुङ्गो,नभेटेको धेरै भयो

Posted in गजल | Tagged | Leave a comment

कथा : नराम्री ऊ

~दुर्गा कार्की~ कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ। ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यहाँ कहाँ आइपुगें म

~जे बी शेर्पा~ कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर ! कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै ! जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ ! कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भुइँचालो थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट … घामसँगै लडिझर्छन् उज्यालाहरु दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : टुकी

~आभास~ म मेरो देहको रस सुकाएर बल्ने गर्छु मेरो जलनसँगै तिम्रो खुशी आँखाका नानी चम्काउने गरी तिमी सामु आउँछ र मोहित पार्छ तिमीलाई म मेरो देहको रस रित्याएर बल्ने गर्छु मेरो पीडासँगै

Posted in कविता | Tagged | Leave a comment

गजल : बिस्वास नगर्नु

~आजाद अजनवी~ हो जुनसुकै खोलाको बिस्वास नगर्नु र च्यातिएको झोलाको बिस्वास नगर्नु खुकुरीधार टल्कँदैमा त्यो हाँसेको हैन यी मान्छे, बम गोलाको बिस्वास नगर्नु सुन्दरतामाथि प्रेम होला प्रेमभित्र पिडा

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : आधा घण्टाको यात्रा

~गिरीप्रसाद बुढा मगर~ एक ठाउँमा एउटा रहर लाग्दो, कलकलाउँदो जिउ भएको नव युवा भेटियो। अपरिचित भएता पनि उसको शिष्ट बोलीवचन तथा व्यवहारको कारण उक्त नव युवालाई मैले निकै मन पराएँ। उसँग आधा घण्टा सँगै यात्रा गर्नु पर्ने भयो। परिचयको क्रममा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~ अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो सीमा यो नाघ्नैथ्यो भने चक्चक् नगरे हुन्थ्यो मान्छेको वेश्यावृत्तिले पर्खाल भत्काइसक्यो कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो रहेन सीमा देशको जिम्मा सरेर जाला

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी मायालु

~निश्चल के.सी~ मेरी मायालु तिमी । कति राम्री रहिछौं । तिमीलाई देख्दा दंग परे म पनि । तिमी आउ या नआउ । ओछयाउँछु मेरो आँखा । तिमी आउने बाटोभरी ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित निबन्ध : निबन्धहरु : तेस्रो काँटाका विषयमा

~लु सुन~ यता तीन वर्षमा कला र साहित्यबारे निक्कै नै थोरै छलफलहरू भएका छन् । वामपन्थी मुखुन्डो लाएर माक्र्सवादमा कलाको स्वतन्त्रताका लागि र लेनिनवादमा कम्युनिस्ट डाँकाहरूलाई मार्नका लागि तर्कहरू खोज्ने खुकुरीबाट जोगाइएका केही व्यक्तिहरूले बाहेक व्यावहारिक रूपमा अरू कसैले पनि … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

बाल कथा : फुच्चे रोबोट

~नारायण तिवारी~ जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : यक्ष प्रश्न

~भरत बागलुङे~ हाम्रो घरमा रोग छ भोक र शोक छ तिम्रो घरमा पनि यस्तै भए तिमी के गथ्र्यौ ? हाम्री आमाको बुढो धोती फाटेर लाज असरल्ल पोखिएको छ बा को इज्जत लगौंटीले रोक्न सक्दैन हाम्रो कुरै नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यको फुटबल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।। खेल्नै हो अब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य बगिरहनुको अभिलाषामा

~गीता त्रिपाठी~ ओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : त्यो पुरानो स्टोभ

~अनमोल मणि~ मकोठामा छिर्दा शेरबहादुर विश्वकर्मा खिया लागेको पुरानो स्टोभमा घोप्टो परेर दम दिँदै थियो । दमको बेगले स्टोभले बर्नेटबाट मट्टितेलको सिर्का माथि फ्याँक्यो । त्यसपछि ढिलो नगरी उसले पेच खोलेर हावा खुस्कायो, सलाई कोर्यो र स्टोभमा झोस्यो । अघि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : भो भो नसोध

~रत्न शमशेर थापा~ भो भो नसोध अब केहि मलाई रुकेमा छ बुझ तिम्रै भलाई, लौ है चाँदनी रात निलो आकाश छर्छन् जहीं यहीं सुबास जानु नजानु यो दिल दुखाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : क्रान्तिकारी बाहुनहरु

~राजव~ ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो, “किन डराएको ?” ऊ झन् डरायो। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डाइनोसोर

~सुधीर ख्वबि~ आजभोली शिर ठड्याउँदै मस्तिष्कभित्र सल्बलाउँदैछ डाइनोसोरको वंशाणु मानिस भित्रभित्रै । बिस्तारै बिस्तारै मानिस दिनहुँ आफ्नो रंग बदल्दै छेपारो बन्दै , छेपारोबाट क्रमश: डाइनोसोरमा प्रतिविम्बित हुँदैछ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई जिन्दगि यो

~ईश्वर बल्लभ~ मलाई जिन्दगि यो लाग्दछ, तिमि भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन्, तिमि भन्दछौ यो प्यार हो मलाई जिन्दगि यो…. बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु खाली भएर शुन्य झैँ, यहाँ खण्डहर झैँ जिउंदछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी

~टीका भण्डारी~ तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे #. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी ) # लोलाएका ती तिम्रा (पुरानो मेलोडी ) ‪# ‎हामीलाई‬ छाडी … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : आयो !!

~श्रीबाबु कार्की ‘उदास’~ उद्ग्घाटन भन्दा पनि भ्रस्टचारमा नाम आयो त्येसैले त अख्तियार को बडालामो खाम आयो !! सबै कुरा ठिकै थियो केबल भुँडी बढेको हो सुत्केरिको भत्ता खादा अती धेरै दाम आयो !!

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : मान्छेको माया यहाँ

~राम मान “तृषित”~ केटा: मान्छेको माया यहाँ, खोलाको पनि जस्तो किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो केटि: मान्छेको माया यहाँ, आँखाको नानि जस्तो यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : उल्झन

~मुक्ता सापकोटा~ दोभान भनी सोचेको थिए दोधार पो रहेछ एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकको केटी

~नबराज बजगाई~ मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सबै नेपाली जनको जय जय होस्

~लोकराज अधिकारी~ विगतका तीतापीरा कुरा बिर्सिएर द्धन्दका घाउहरु पुरा बिर्सिएर हिमाल,पहाड,मधेस,तराई मिलेको बिशाल बन्छ पक्कै हामी मिले समृद्ध नेपाल सबै नेपाली जनको जय जय होस् सबै नेपाली मनको जय जय होस् | नेपाल हाम्री आमा हुन रुन दिनु हुन्न भाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे मरुभूमि होइन

~पारिजात~ सास छउञ्जेल आश हुन्छ भन्छ खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ जतिसुकै डढेलो लगाउन् अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन् आलो चिहानलाई आलो सम्झनालाई विस्मृतिका झारपातहरुले भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा फुल्छन् सक्रियताका फूलहरुे मान्छे मरुभूमि होइन ए 164 … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भात्किएकै हो त ?

~डा तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सामन्तीले खान्छ किन

~कमला क्षत्री~ गरिबको श्रम, सीप सामन्तीले खान्छ किन श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन

Posted in गजल | Tagged | Leave a comment

कविता : लेखक

~गोविन्दप्रसाद आचार्य~ फ्याँकिएका रचना पढिरहेछु रछानबाट वटुली रहेछु मेरो भन्दै माया गरिरहेछु रछानमा रोइरहेको रचना मैले पालिरहेछु म त्यो रचनाको वावु खोजिरहेछु म त्यो वावु आमाको रचना होइन् त्यसको वीना नाम नजुराएको होइन त्यसले आमाको दुध नखाएको होइन त्यसले वावुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नानाभाँती हुँदै गयो

~सुशिल एकीकृत~ आज देश दुनियाँमा नानाभाँती हुँदै गयो मान्छेबाट मानवता कुन्निकता रुँदै गयो मान्छे मान्छे बीच देख्यौं कस्तो कस्तो लिला भयो मानवीय अनुशासन पूरै हराउँदै गयो हामी देख्यौं अपराधी ठूला पार्टी खोज्दै जान्छ

Posted in गजल | Tagged | Leave a comment