Tag Archives: sangrahalaya

कथा : मीठा जहरहरू

~शिव प्रकाश~ “हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।” अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो। “तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियती

~ज्ञानमणि नेपाल~ केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँच जना छोरीहरु दिनदिनै हुर्किदै थिए । तिनीहरुको लालन –पालन र शिक्षा–दिक्षा , अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : संविधान चाहन्छु !

~खोजराज गोले तामाङ~ म त नयाँ संविधान चाहन्छु ! आफ्नै प्यारो पहिचान चाहन्छु !! भूपडी नै पाए छाएर बस्थेँ नि ! भन्दिनँ म आलिशान चाहन्छु !!

Posted in गजल | Tagged | Leave a comment

तामाङ गजल : ङ दास दोसी टिआखाम

~हिक्मत वाइबा तामाङ~ तसाम ङ सिला ख्रेन्बासे , ङ दास दोसी टिआखाम . ङई म्हईला साई घेला , ङ लास दोसी टिआखाम.. रेगे ले या यारी थोसि गीक ज्याबामान्बा . यो ङयासे रेदाङसेन ,ङ आश दोसी टिआखाम ..

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : अब गर्नु छ

~दीपक चापागाई~ देशभक्तिहरूको एउटै माला बनाएर सहिदहरूको सपनाताई पहिर्याई दिनु छ । राष्ट्रघाती देशद्रोहीहरूको चिहान बनाउन एउटा भयानक आधुनिक मिसाइल बनाउनु छ राष्ट्र–राष्ट्रियतामा सधै आघात पुर्याउने लाई गाँउ, बस्ती अनी शहर बाट सधैलाई लखेट्नुछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रुखको घोषणा गर्यो

~आभास~ चिलाउनेको रूखले घोषणा गर्यो अब सबै रूख चिलाउने बन्नु पर्छ र फैलाउनु पर्छ आफ्नो अस्तित्व अर्थात् हामी सबै चिलाउने बन्नु पर्छ श्रीखण्डको रूखले इन्कार गर्यो र भन्यो–

Posted in कविता | Tagged | Leave a comment

गीत : बिर्सिए झैँ

~राम भट्टराई~ बिर्सिए झैँ ठान्यौ होला सम्झिरहेछु म त तिम्रै मायाको बन्दी भएछु तिम्रो यादले कतै जानै दिएन यो मुटुले अरू कुनै नामै लिएन एकान्तमा के के कुरा गम्दीरहेछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : भूपीसँगका ती दिन

~श्यामल~ मैले पहिलोपटक कवि भूपी शेरचनलाई एकेडेमीमा भेटेको थिएँ । यद्यपि म उनलाई भेट्न निकै आतुर थिएँ, तर त्यसअघि म नेपालगन्जमा भएकाले उनीसँग भेट्ने कुनै तारतम्य मिलेको थिएन । ‘हामी’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘हो चि मिन्हलाई चिठी’ जस्ता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लोक कथा : सिकर्मीको व्यथा

~नोवल निरौला~ दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि। एकादेशमा एक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : लक्ष्मण अर्याल आकाशमा ताराहरू चमचमाइरहेका थिए | ”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो | ”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कथा : मनको कागजमा प्रेमको चित्र

~शोभा शर्मा~ ‘ऊ त्यो भीरमाथिको ढुंगामा बसेर मलाई तिम्रो चित्र बनाउन मन छ,’ मैले भनिदिएँ । वरिपरि कोही छैन । खोला मात्रै सुसाएको छ । यो निर्जन बाटो एक्लै बोल्दै म कहाँ हिँडिरहेकी छु, थाहै छैन । ‘ल हिँड, म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : याङे दाइ

~टि पी मिश्र~ याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बद्लिँदैछ

~कृष्ण प्र. पाण्डे~ अनायास प्रेयसीको सवाल बद्लिँदैछ बिना मेसै मेरो पनि जवाफ बद्लिँदैछ कहाँ बसुँ दोधार भो आँखामा या मुटुमा आँखा स-यो मुटुतिर विभाग बद्लिँदैछ

Posted in गजल | Tagged | Leave a comment

युगल गीत : तिमी देख्दा रहर होला

~नगेन्द्र थापा~ …. केटा – तिमी देख्दा रहर होला लागेर आउँछ त्यसै त्यसै जिन्दगि मेरो जागेर आउँछ केटि – तिमी देख्दा न भै नाडी ओर्लेर आउँछ छाती भरि लाजै लाजले भरेर आउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गरिबी

~मुक्ता सापकोटा~ एउटा गरिब केटी थिई बिरामि भै ओछ्यान परी औषधिमूलो केहि पाइन एक दिन ऊ तेसै मरी उनको थियो एउटा बच्चा तोते बोल्ने मनको सच्चा भयो त्यो बिचरा टुहुरा कसले दिने उसलाई सहारा

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँहरु हास्न छोडेपछी

~बिष्णु सुबेदी दोलखे~ अचेल गाउँहरु हास्न छोडेका छन गाउँहरु हास्न छोडे पछी को पो निर्धक्क हास्न सक्छ र ? गाउँको मुटुपारी डाँडा थुम्कोमा बन्धुकको घोडा चडेर ………. मृत्‍युहरु टुक्रन्छन हेर्दा हेर्दै क्षण भरमा सिङो बस्ती खरानी बन्छ गाउँलेहरु खरानीको थुप्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जसमीन

~लेखनाथ काफ्ले~ मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी। मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रगत

~विक्रम सुब्बा~ रगतको आफ्नै मगज हुँदैन दिमागका हरेक रेसामा रगत नपुगे वुद्धि मर्ला र समाज बदल्ने संघर्षको मार्गचित्र केले सोच्ने ? रगतको आफ्नो आँखा हुँदैन आँखाका नानीले रगत खान नपाए दुनिया हेर्ने दृष्टि मर्ला र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जिउनै पर्यो जिन्दगी

~उमा गौतम~ अस्तित्वको पहिचान ढल्यो जिउनै पर्यो जिन्दगी नसा – नसा गल्छन यसै जिउनै पर्यो जिन्दगी बलात्कृत आमा रोइन झेलभित्र बाबु ढले द्वन्द्वरुपी आगो बल्यो जिउनै पर्यो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी जाग्नु पर्छ

~महिन्दो वाइबा तामाङ~ उठ जनता विहानि भयो अब हामी जाग्नु पर्छ हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ । अधिकारको लडाइमा अब सबैको आँखा लागोस जनजन को समर्थन अब हामी माग्नु पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : नेपाली टुरिस्टहरुको गोसाईकुण्ड यात्रा

~जे.बी. शेर्पा ~ हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल र सरसामान हरुले भने मेरो मनै कताकता पुरयाई दिन्थ्यो र … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : माया जताउँछ

~बिना तामाङ’सुनगाभा’~ घरि आँखा सन्काउँछ घरि माया जताउँछ साँच्चै माया गर्छु भनि ईशाराले बताउँछ जता जान्छु उतै आई मर्छु भनि घुर्क्याउँछ अघिपछि लाग्दै उ निक्कै मलाई सताउँछ

Posted in गजल | Tagged | Leave a comment

कथा : ऊ अचानक आयो, अचानक गयो

~प्रमिशा केसी~ उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सधै आउनु सानु

~नवराज भुजेल “राज”~ तिमि मेरो निदरि मा, सधै आउनु सानु, सपनिको सँसार मा, तिमि छाउनु सानु ! एक्लो बनि नैरास्य ले, सताउदा मलाइ, साधनाको सँगीतमा, गीत गाउनु सानु !!

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी त मरिसकेछौ

~हिरामान बल तामाङ~ अझै पनि याद आइरहेको छ तेमालमा डम्फूको तालसँगै डोल्मोसित नाच्दै रम्दै गाएको ती दिनहरूको ।। हो मलाई अझैसम्म याद छ आमाले पठाउनु भएको मकै चपाउँदै घट्टामा डोल्मोसँग जिस्केको ।।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कर्णालीसँग जिस्किँदा

~केपी अनमोल~ उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बाँदर र शहर

~महेश बराल~ आज, बिहान के भएको थियो बाँदरको चकचकीले सारा शहर आक्रान्त बनायो । एउटा आयो, बच्चो चड्कायो, अर्को आयो, मिठाई चप्कायो । एक पछि अर्को, अनि अर्को पछि अर्को, आयो, उपद्रोले वस्ति थर्कायो । आज,

Posted in कविता | Tagged | Leave a comment

कविता : हेरुँला, कसले कसलाई लुट्दो रहेछ

~मुक्तान थेबा~ हिलो लत्पत्तिएको यो जिन्दगी हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ के लाग्छ तिम्लाई? के म यत्तिकैमा सिद्धिन्छु ? सम्भव छैन त्यसो हुन कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म तिम्ले थापेको ढडिया प्वाल पारेर उम्किन जनेकी छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : थाहा छ ?

~डा. रविन्द्र समीर~ ‘तपाईं के काम गर्नुहुन्छ ?’ सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’ डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मंगल ग्रहमा देवकोटाको सालिक

~कृष्ण बजगाईं~ साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए । ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे । ‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नलेख गीत अब

~राज थापा~ नलेख गीत अब सबैलाई रूवाउछ बेदनाका भेल बगी बदन रूझाउछ भाबनाका फूल टिपी माला उन्छौरे झरनाका झँकारनै सँगीत दिन्छौरे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म अनि मेरा बस्तीहरु

~तीर्थ संगम राई~ सुन्दैछु पि्रयसीका एकाध बस्तीहरुमा दोहोरी गीत नगाएको धेरै भो रे रोधीघर पनि नधाएको धेरै भो रे त्यहि भएर होला सायद यु्वाहरु बिदेशीएको मात्र देख्छु मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥ अफसोच मेरो बिकट तर निकट बस्तीहरुमा बिरह र … Continue reading

Posted in कविता | Tagged | Leave a comment