Tag Archives: sangrahalaya

कविता : भोकानांगा भाइ भाइ

~युद्धप्रसाद मिश्र~ रगत चुसेका छाती खोल्दै भोका नांगा लागे उठ्न आम दलितको पीडाबाट लाग्यो दिनदिन प्रतिभा फुट्न झुपडीले अब आँखा खोल्यो बोल्दै धावा अब जनमत गम्क्यो कदम कदमका आतुर गतिमा

Posted in कविता | Tagged | Leave a comment

कथा : सप्तरङ्गी बिहानीको उदय

~डा. गोबिन्दसिंह रावत~ विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~ घुमाइरहेछन टाउकोहरु माथि बडेमानको जातो र पिसिरहेछन हाम्रा सुन्दर सपनाहरु । हाम्रै छातिमा खेल्छन परेड हाम्रै काध चडेर उक्लिरहन्छन सताको कुर्शी र पुगेर घुमाउन थाल्छन यामानको तेही जातो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : उफ्

~कृष्ण प्र. पाण्डे~ हेर्दैमा तिमीले मनभरिको त्यो खलबली उफ् चियो पो कसैले गर्दै त छैन त्यो जगजगी उफ् आखिर सुस्तरी जब तिमीले मलाई छोयौ रोकिए झैँ लाग्यो तब समय त्यो गडबडी उफ्

Posted in गजल | Tagged | Leave a comment

नेवारी कविता : थ्व खःजिगु देश

~सौरभ शाक्य~ म्हगस, म्हगसया फैन्टेसिइ थनया नेता,थनया जनता थःत गुलि हाकुतिनाबिइ सुयांगु बोलिइ, सुयांगु धापय् सुयांगु भरे कि-थम्हं सार्बभौम त्वफ्यूगु चाइमखु मात्र ल्यनाच्वनि वाउँ भटूया लिसा लिसा काःगु खँग्वः ल्युनय् त्वताःधकि बिम्बः,शिल्प,क्वँय् मदुगु मेया अलंकार जि छु कथं च्वये कबिता … Continue reading

Posted in नेवारी कविता | Tagged | Leave a comment

अनूदित कथा : देशद्रोहीकी आमा

~म्याक्सिम गोर्की~ अनु : ईश्वर राई आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन । कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : दुर्घटना र घटना

~इन्दिरा प्रसाई~ दुर्घटना घट्नै पर्ने थियो, सायद। घटयो पनि त्यसैले। तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन। दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : देवताहरू

~युहान वल्फगन वोन गेटे~ अनु : सूर्य चापागाईं ओसिला बादलले तिम्रो फराकिलो स्वर्ग छोप, जिउस अनि पहाडका टाकुराले र ओकका रूखहरूले ढाक थिसल्स फूलको टाउको निमोठ्ने बच्चाले जस्तै मनलाग्दो गर अझै मेरो पृथ्वी तिमीले फिर्ता दिनुपर्छ मेरो झुप्रो पनि जुन … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : बिर्खे घर्तीपछिको म बिर्खे

~खगेन्द्र संग्रौला~ बिर्खे घर्ती ! म जन्मी हुर्केको मेरो गाउँको पुछारमा हुनहुनिदै कत्ति न टाढा पुगुँला भनेर अविराम बगिरहने तमोर नदीमा ऊबेलादेखि अहिलेसम्म कति कति पानी बगिसक्यो ! तैपनि बिर्खे घर्ती मेरो सम्झनाको दर्पणमा समयको यति लामो दूरीबाट पनि टड्कारै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

बाल कविता : बानर

~युद्धप्रसाद मिश्र~ चोर्ने चिन्तन गर्दछ खाली मानिसहरूका हरिया बाली फेरि कसैको पनि फुल-बारी देख्नै नसकी दिन्छ उजारी अग्लो रुखमा उसको डेरा मान्दछ मीठो अम्बा, केरा निर्धा आए जाई लाग्छ

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : बा

~नीरा शर्मा~ मैले धेरै पढेँ  आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिना बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरू धेरैपटक कविले आमाकै तारिफमा कविता कोरें आमाकै गीत–सङ्गीत भरें आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे ।

Posted in कविता | Tagged | 2 Comments

व्यङ्ग्य निबन्ध : मेरी बुढीको भुँडी पूजा

~लेखनाथ गौतम~ कहिलेकाही आँखा लगाउछु आफु जन्मेको साल तिर । जन्मेको ठाउँको सम्झना गर्छु । त्यो जमाना अर्कै थियो । लाग्छ त्यो अचम्मको समय र ठाउँ थियो । त्यो अती रोमन्चक ठाउँ थियो । तर पनि आफुमा केही कमी भए … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मैले त दोबाटो भेंटे

~ललिजन रावल~ कतातिर लाग्ने होला मैले त दोबाटो भेंटे काटिएका खुट्टा सँगै आफुलाई लाटो भेंटे बिहानसँगै निक्लेका हौं कता कता पुग्यो साँझ रातलाई च्यात्न पनि आफैमा नै फाटो देंखे

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : साहित्यकार मोहनराज शर्मा

~सुकुम शर्मा~ १. प्रवेश नेपाली भाषा साहित्यका क्षेत्रमा मोहनराज शर्मा सुपरिचित नाम हो । साहित्य सिर्जना, समालोचना, साहित्य, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माको सम्पादक व्यक्तित्व पनि विर्सन मिल्दैन । लामो समयसम्म प्राध्यापन पेसामा सङ्लग्न शर्मा भाषा साहित्यका गहन … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सिंहदरबारबाट कोसौं टाढा

~देवकी अभिलाषी~ म टाढा छु सिंहदरबारबाट कोसौँ टाढा थाहा छैन मलाई यो देशमा नागरिक हुनुको मापदण्ड के हो ? कसको पक्षमा लेखियो संविधान ? यो पनि थाहा छैन म त टाढा छु अग्ला–अग्ला पहाडको गहिराइतिर

Posted in कविता | Tagged | Leave a comment

कथा : पुरुष

~दिनमान गुर्मछान~ ऊ कोठाभित्र छिर्‍यो । आज पनि ऊ थकित देखिन्थ्यो । अनुहार निचोरिएको झैं थियो । उसको उदास र मलीन अनुहारले म झन् निराश भएँ । केही सोध्नै सकिनँ । ऊ सरासर आएर खाटमा पल्टियो । पल्टिनासाथ निदायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : सय थरी बाजा एउटै ताल

~दुर्गालाल श्रेष्ठ~ सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल मेची काली सिँगै ढिको साझा हाम्रो जान नेपाल सय थरी नै हो जाती र जात नाच्छौँ यसरी एकै साथ झुक्छ जसरी लसरी पसरी एउटै रूखका सयथरी पात

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : जिन्दगी

~गौरी मल्ल~ जिन्दगी , तँ क्रुर छस स्वार्थी छस , तैँले कसैलाई केही दिईनस ! फगत लिन जानेको छस , लिँदैछस् …! असिम् विश्वाशले मानिसहरु तँलाइ हुर्काउँछन , अहोरात्र .. तेरै गुण गाउँछन ! … तेरो बिखालो बिभत्स अस्तित्वको पूजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : पुलिस र कविता

~विमल निभा~ पुलिसले कविता पढ्यो र भन्यो राम्रो छ पुलिसले कवितालाई राम्रो भन्यो कवितामा लेखिएको थियो के लेखिएको थियो कवितामा पुलिसलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसारलाई हेर्न देऊ

~तुलसी पान्डे~ निर्दोष यी नयनले संसार, हेर्न देऊ, नारीलाई दमन गर्ने नीति फेर्न देऊ। कालो निमय कानुनलाई च्याति फाल्न देऊ, नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ। क्रान्तिकारी पदहरु अघि बढ्न देऊ, यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,।

Posted in कविता | Tagged | Leave a comment

गजल : मनको प्यास बढ्यो हेर

~आचार्य प्रभा~ तिम्रो आगमनले मनको प्यास बढ्यो हेर तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर । अन्जान र खाली थियो मनको सँघार मेरो आकासको सुन्दर महल कस्तो गरी ठड्यो हेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालो

~मदन राई ‘लामाखुले’~ मिर्मिरे उज्यालोलाई कुल्चनेहरू , अनन्त अनन्त सम्मका सुन्दर सम्भावनाहरूलाई, फोहरमा फाल्नेहरू , उत्साहित फूलका बगैँचाहरूमा बिहान बिहान पातमा टल्किने शीतका थोपाहरू, झुल्के घाममा टल्कँदा आफ्नै आँखामा नलुकाएर निर्मम् खस्न दियौ भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको फ्रेमबाहिर

~महेश रेग्मी~ प्रार्थनासभामा प्रार्थना गर्दा सोच्थेँ – जीवनको समय सच्याउन पाए हुन्थ्यो । कपडा बदलेजस्तो समय बदल्न पाए देश र इतिहासको समय सच्याउनु हुन्थ्यो । समयलाई जित्न नसकेपछि सबै-सबै हारिँदोरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बह्मपुत्रको सम्झना

~देवी नेपाल~ अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो । कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : न्याहूलको विरह र हुचीलको अकर्मण्यता

~प्रकाश के.सी.~ एकादेशको घना र अदाप्य जंगलभित्र एउटा हुचीलको परिवार थियो । त्यस परिवारका मूली हुचीलले आफ्नो महाकम्प आवाजको हुँकार र कडक उर्दीले जंगलै थर्कमान पारेर राखेको थियो । पहिले पहिले त आवाजको अदपपन र हुँकार नै उसको परिचय थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मोनालिसा र मार्च ८

~उमेश राई ‘अकिञ्चन’~ ओ ! इन्द्रेणी नायिका सदियौ कुजिएर एउटा फोटो फ्रेममा कति कुरीरहन्छौ घाम र पानीको आगमन म दिन चाहान्छु तिमीलाई नीलो आकाशमा उडदै गरेको चरा तिमीले पोत्नुपर्छ मुस्कान समयको तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~आयाम फुयाल~ म एउटा खोक्रो पाना ममा छन् अनगिन्ती सपना मसँग छन् अपार शब्द तर, म आफैँ कोरिन सक्दिनँ म आफै केही बोल्न सक्दिनँ किनकि म देख्दछु- ‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मको नाममा

~ईन्द्र नारथुङ्गे~ छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर… एउटा ढुङ्गालाई थपना राख्छ मान्छे र, सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै धर्म गरें भनी मख्ख पर्छ । आफू झैं मृत्यु पर्खिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली भाषा विकास र विस्तारको इतिहास

~यादव देवकोटा~ हामीले नेपाली भाषाको रुपमा चिनेको भाषाले निकै लामो यात्रा पार गरेर आजको स्वरुपमा हामी सामु उपस्थित छ । नेपाली भाषाको विकास र निर्माण–विर्निमाणबारे पछिल्लो समय केही बौद्धिक बिर्मशहरु चलेका छन् । भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : सांसद् पत्नी

~रामनाथ खनाल~ गाउँको बीच भागमा सानो फुसको घर छ । घरभित्र पिलपिल बलिरहेको टुकी अँध्यारो चिर्न खोजिरहेको छ । वर्तन सिद्धिएको दियो जस्तै धिपधिप गरी निभूँलाझैं गर्छ । च्याँsss अचानक बच्चीको चर्को आवाजले वातावरणमा कोलाहलता छाउँछ । रातको सन्नटा चिर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : पपेट

~अज्ञात~ अनु : सञ्जु बजगाईं मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए। “मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्। साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : भूतपूर्व कवि जी सँग

~बिष्णु सुवेदी ‘दोलखे’~ ओ भूतपूर्व कवि जी आङ्गमा घाम सुकाएर निधारमा चिट चिट पसिना उमारेर के सोचिरहनु भएको यो अभावग्रस्त मौसममा एक छाक भात कि एउटा पीडायुक्त कविता ? जीवन भर कलमलाई घोडा बनाएर कत्ति डुल्नु भो गाँउ वस्तीहरु

Posted in कविता | Tagged | Leave a comment