Tag Archives: sangrahalaya

कथा : प्रतिरुप

~प्रकाश अविनाश~ म चढ्ने बित्तिकै बस हुँइक्याइहालेकोले आफ्नो सन्तुलन मिलाउन सकिनँ , त्यसैले म हुत्तिएर पछाडि पुगें। हुत्याइएको सन्तुलन मिलाउन मैले जुन सिटको डण्डी समात्‍न पुगेँ, त्यसको ठीक पछाडिको सिटमा एकजना प्रौढ महिला र एकजना हुर्क्यौली किशोरी बसेकी थिइन्। निमेष … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुस्कान

~निशा खनाल अर्याल~ चकमन्न टनटला पुर घाम एक्कासी टंग टंग गर्दै बाहिरको गेटको चुकुल तलमाथि खोलेको झैँ आवाज आयो ।,मैले आफ्नो ध्यान एक छिनको लागी त्यो आवाज पट्टि केन्द्रित गरे । किन कि म आफ्नो कोठामा बसेर लेख्न मस्त थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यौटै फूल

~हरिहर तिमिल्सिना~ यौटै फूल कैले पाउमा कैले शिरमा कैले फुल्छ खुसीमा त कैले पीरमा कैले चढ्छ देउतामा कैले लाशमा कैले बोटमै सुकिजान्छ आशैआशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य कथा : यमलोकमा जिउँदो मान्छे

~अविरल यात्री~ एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई  अचम्म  लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे ––  मेरो  पर्सनालिटी अनुसार  यसको  ज्यान  पनि  छ । निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए  हात्ती ! तँ  यति ठूलो भएर पनि कसरी मान्छेको दास  भइस् ?  ती  मुला  झ्यासहरूलाई  त  तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?” हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म  बबुरो  के   गर्न  सक्थेँ  र !”

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : भालेम् टाइम् दे भोलेपोथीको भजन

~“गाउँले” बलदेव~ लय : खैँजडी भजन/बालन भजन १) रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो ! चुस लौ, चुम्बन क्या मीठो ! नारायण ! = हरिहरि ! २) भए आफ्नो गोरो देऊ, अरूको कालो लेऊ ।

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : आश्वासन

~कृष्ण बजगाईं~ “लौन यसका बाबुलाई बेपत्ता बनाए । आमा पोइल गई । यसो सरसहयोग गर्नु पयो ।” दयालु दाताहरुले आफ्ना नानीहरुको गाँस काटेर यथासक्य सहयोग गरे । केही दिनपछि उसका छोराछोरीले राम्रा लुगा लगाएर स्कूल गएको देखियो । ० ० … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रतीक्षाका लागि एक कविता

~प्रवीण राई जुमेली~ अगणित ‘फेरि’ हरूको शृङ्खला छ जीवनमा जसरी : फेरि बर्खालाग्छ फेरि मकै पाक्छ/काटिन्छ फेरि अदुवा रोपिन्छ/खनिन्छ फेरि हिउँदसित धूलो र जाडो पनि आउँछ फेरि रूखहरूबाट पातहरू खस्छन् फेरि आँखाहरू बाटैभरि बिछिन्छन्

Posted in कविता | Tagged | Leave a comment

Poem : Mandatory ! !

~Shah Pravinchandra Kasturchand~ Yesterday I composed a poem. To-day I cancelled it all, A to Z. Again today I compose it again. So that I can rub it tomorrow. I learned this exercise from Sun.

Posted in Poem | Tagged | Leave a comment

गीत : गैह्री धारा सुकिसक्यो

~एकु घिमिरे~ गैह्री धारा सुकिसक्यो , देवी कुवा सुक्यो खर्क ढाक्ने निलो ताल कता लुक्यो-लुक्यो। न बेंसीमा पयौं फुल्यो , न लेकमा गुराँस समयले हामीलाई पार्न थाल्यो निरास न बेलामा पानी पर्छ , न त हिउँ झर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिम्रो हाँसोको लागी

~अमृत सिङ थिङ~ हजार चोट स्विकारे थें तिम्रो हाँसोको लागी आफ्नो भारी घटाएँ थोरै तिम्रो नासोको लागी अँध्यारोमा साथ खोज्दै भुतारिएँ चारै तिर हरेक अंग पल्टाई दिए तिम्रो चासोको लागी

Posted in गजल | Tagged | Leave a comment

थामी भाषी गजल : ‎निथेको नेम जुक्को

~अनुपम ‘नवोदित’~ दु:खा बोझ चिसाकाई बुबु कादाई रानान आट्ठे दु:खा खालाम्तोले स्युन्दुरी उनी थानान च्यूरी नेमको तलाङिनी रोस्तानाले बुबु लोङ्से दुङ्को गारेपाली बल्ला बल्ला जानान

Posted in थामी गजल | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~यकिना अगाध~ बिरालोले सानो स्वरमा म्याउ म्याउ गर्यो र मालिकको वरीपरि घुम्यो । मालिकको खुट्टामा गएर पुच्छर ठाडो पार्दै जिउ दलेर लाडे पल्टियो । मालिकमा दयाभाव जाग्यो । उसले बिरालोको खाने भाडोमा दुध हालिदिदैं भन्यो– ‘ला ला मोरो घिच ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : खेल मैदान

~छविरमण सिलवाल~ मैदान उहि छ मात्र फेरिए खेलाडीहरु खेल उहि छ छक्याउँने र कुम्ल्याउँने अवाक बनेका छन् दर्शकहरु बोल्यौ कि पोल्यो अभाव असुरक्षाका काला बादलहरु मडारीरहेका छन् चारैतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट गाथा

~श्यामल~ ध्यानमुद्रामा जसले देख्न सक्छ बलात्कारको सपना र मन्दिरको देवतासामु उभिएर जसले वर माग्न सक्छ आफ्नो दीर्घायुको जसलाई थाहा छ— कतै छैन ईश्वर तर जसले किरिया खान्छ ईश्वरका नाममा सयौँ पटक जसको महलको जगमा छन् करोडौँ मानिसका

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस र देश

~सैलेन्द्र साकार~ ९५ वर्षमा मर्न भन्दा पहिले चित्रकार मकबुल फिदा हुस्सेन देश भित्र फर्कन चाहन्थे आफू जन्मेको ठाउँमा मर्न चाहन्थे आखिर भारतीय ,कतारी र ब्रिटिस भएर उनी मरे /

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य मुटुको धड्कनभित्र

~सुमन पोखरेल~ यो कस्तो शून्य भयो ! मुटुले पनि पोल्यो आँखाले पनि पोल्यो केवल आगोले पोलेन यो चुरोटले पोलेन । मायाले पोल्यो आरिसले पोल्यो, हिजो हरायो आज शून्य भो’ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~उपेन्द्र सुब्बा~ छोरीले मिठाइ माग्न छाडी विरक्तिएको छ मन हिजोआज उहिले जस्तो रोईकराई, चिच्याई छोरीले मिठाइ मागे हुन्थ्यो – “पापा एउटा मिठाइ किनिदिनु न !”

Posted in कविता | Tagged | Leave a comment

तामाङ लोककथा : वनझाँक्री र युवक

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो। टन्टलापुर … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : नजन्माइएका सन्तानहरुको आवाज

~अल्पविराम~ हामी जन्मन नपाएर के भो र बा-आमाको आँखाहरुबाट संसार हेरिरहेका छौं मष्तिस्कहरुबाट सोंचीरहेका छौं फरक यति न हो दाइ दिदी अथवा दुई दाइ अथवा दुई दिदी मात्र जन्माएर

Posted in कविता | Tagged | Leave a comment

गीत : आमाको ममता

~ज्ञानेन्द्र गदाल~ कसको छ बाँच्नुमा श्रेय, सोचिहेर त गम्भीर भै आमाको ममता भन्दा, छैन माथि अरु कुनै | हिजो हामी कहाँ थियौं, हाम्रो अस्तित्व के थियो ! हिंड्दै जाँदा यात्राभरी, केके कुराले ठाउँ लियो !!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म कवि

~हरिभक्त कटुवाल~ आफैँलाई खोजिरहनुको उत्सुकताको पछि गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु खै आज कविता सोच्नै मान्दैन सायद त्यसैले होला सुनगाभा ! तिम्रो मुस्कानभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : जानु भन्दा पहिला ।।

~जयराम तिमल्सिना~ गौथलीको गुँडजस्तै मेरा मनहरु आकासमा टाँसिएकाछन् । मेरो खाने खोस्रने ठाउँहरुमा बादल पोखिएको छ । हेर्ने दृष्यहरुमा सिमाना कोरिएको छ । मेरा सडकहरु पर्खालमुनी पुगेर फर्कन्छन ।

Posted in कविता | Tagged | Leave a comment

गजल : हो साथी

~केशव गाहा ‘पाल्पाली’~ देशका निम्ति सङ्घीयता घातक हो साथी । देश टुक्रा टुक्रा हुनु हानिकारक हो साथी ।। अखण्ड हाम्रो देशलाई खण्ड खण्ड पारी । सुशासन हुन्छ भन्नु एक नाटक हो साथी ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~दीपा राई पुन~ तिमी जान अगाडि श्रद्धान्जलीको फूल गुच्छा हातमा थमाई दिएथ्यौ र थाह भयो आफ्नै मृत्युको सौन्दर्य उत्सव मुटु टुक्रिदै टुक्रिदै प्रेमको चट्टान छात्तिमा सालिक भएको जीवनको घागोहरू फुत्कदै

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई पनि घाऊ लागेपछि

~गोवर्धन पूजा~ दुख्छ नि हो मलाई पनि घाऊ लागेपछि चढ़ाएको फूलमाथि पाऊ लागेपछि कति गरि जोडे कोथ्ये विश्वासको वाग झर्यो आंशु माली दाईको भाऊलागेपछि

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : कृष्ण बजगाईँको लघुकथा सग्रह रोडम्याप

~छविरमण सिलवाल~ आधुनिक आख्यान सिद्धान्तकै कथा सिद्धान्तको मान्यता अनुसार लघुकथाको अवधारणा विकसित भएको पाइन्छ । छोटो समयमै आजका मान्छेको कथात्मक सन्तुष्टि दिने उद्देश्य राखेर लघु आकारका कथानै लेख्ने भनेर लेखिएका छोटा मिठा कथाहरुलाई नै लघुकथा भनिन्छ । यस विधाको सिर्जना … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोकगीत र यसका विशेषता

~रवि प्राञ्जल~ विश्वमा साहित्यिक वा सृजनात्मक रचनाको आरम्भ पद्य वा गेयात्मक रचनाबाटै भएको  पाईन्छ । पश्चिममा होमरको इलियड, ओडिसी देखि पूर्वीय संस्कृतको आदि ग्रन्थ ऋग्वेद पनि पद्यात्मक नै छ । ऋग्वेदबाटै सामवेदको उत्पत्ति भएको मानिन्छ भने सामवेदकै विकसित रुपमा चार … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बाटाहरू

~डा. संगीता स्वेच्छा~ आउँदा र जाँदाका बाटाहरू उही निरस भाकामा लोलाउँदै, टोलाउँदै हेर्ने र भन्ने गर्छ मेरो जस्तो तिम्रो पनि कतै व्यथा छन् कि ? स्वाभाविक, सरल त्यो प्रश्न कुन्नी, कुन कुनामा छिर्छ घोच्छ, दुखाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको शिकार बनी ऊ

~बिपना ढुङ्गाना~ त्यो कालो दिन तिखा शब्दहरूको प्रहारले छेडिँदै थियो उसको मन, गलत बुझाइको शिकार बन्न गए उसका ती निर्दोष सा-साना खुसी यसैकारण, आत्मविश्वास कुँडिएर फितलो बनिदियो जब उसको समय उसै सँग टाढा भईदियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको मोल

~गोविन्दप्रसाद आचार्य~ मान्छेको मोल पैसामा देशका बनिया गरे बनियाहरूका आँखा रसिलो फाँटमा परे हलिका घर खोसेर बसेका हुन् दलालले रसिलो फाँट देखेर रोजेका हुन् दलालले सर्वहारा भिजेका हुन् राम्रो फाँट रसाउन पसिनाले भिजेको छ मिठो थान बसाउन

Posted in कविता | Tagged | Leave a comment

Poem : I Believe

~Arjun Dahal~ I believe, as a religious, God will return the favor. I believe, as a spiritualist, Karma will pays the bills off. I believe, as an atheist,

Posted in Poem | Tagged | Leave a comment

कविता : समानताको राज

~अर्जुन शर्मा~ प्राकृतिक घटना परिघटना सदैब आई नै रहन्छन् भुइँचालो कहिले ज्वालामुखी हावाहुरी गई नै रहन्छन् प्राकृतिक विपत्तिले हाम्रा संस्कार फेरिएका हुन्नन् क्षणिक सद्भाव रहला दाग चरित्र मेटिएका हुन्नन्

Posted in कविता | Tagged | Leave a comment