Tag Archives: sangrahalaya

कथा : मेटिएको सीमारेखा

~केशरमान बिसी~ एकाबिहानै कतै टाढै मानवको जस्तै कारुणिक क्रन्दन उमेशको कानमा ठोक्किन पुग्छ । धर्तीमाता काली रातलाई बिदा गरेर नवप्रभातलाई स्वागत गर्ने तरखरमा थिइन् । त्यही नै झिसमिसेमा आएको वेदनापूर्ण कलहले उमेश झस्किएर निन्द्राबाट ब्यूँझन्छ । एकैछिन ध्यानमग्न भएर त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मजदुर

~लक्षिराम आचार्य ‘अविरल’~ मलाई थाहा छ जारशाहीको सत्ता कसरी ढ्ल्यो भनेर मलाई याद छ उसको टाउको कसरी गिँडियो भनेर । मैले पढ्ेको छु, दुनियाँको इतिहास कसरी निर्माण भयो भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति यात्रा

~योगेन्द्र काउचा~ छेलिएँ सकेसम्म छेलिएँ माटोका अनगिन्ती ढिस्काहरूमा चट्टानका अजिव चुचुराहरूमा कैयौं वृक्षका छायाँहरूमा जहाँ जहाँ रीप पर्दछ ।

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : सुनाखरी

~सुबिसुधा आचार्य~ सुनाखरी | नेपाली उपन्यास | सुबिसुधा आचार्य भाग एक दिन आधाभन्दा बढि नै ढल्केको छ ,अझै भन्नु पर्दा एक चौथाइ दिन मात्र बाँकी छ । “पुष फासफुस” बुढापाकाहरु यसै भन्छन् । गत वर्षको तुलनामा यो वर्ष जाडो अलि … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | 3 Comments

कविता : असारे जीवन

~रमेश भट्टराई ‘सहृदयी’~ मानोलाई खाई उब्जाऊँ मुरी किसान भन्दछन् असारभर पसिना बगाई मङ्सिरलाई गन्दछन् झ्याउँकिरी बास्यो खेतालो नाच्यो भ्यागुतो करायो लौ मेलो छोडौँ बालबच्चा रोए उज्यालो हरायो

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आँखा र मनमा – म जयमायाको सन्तान

~जे. एन. दाहाल~ म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु। विषय प्रवेश: म … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : बादलका टाटा हेर

~बाबुराम आचार्य~ आकाशमा देखिएका बादलका टाटा हेर धरतीमा बल्झिएका घाउका खाटा हेर । कति छर्छौ खोक्रा आडम्बरी सपनाहरू कृषि अनि अर्थतन्त्रमा आएको घाटा हेर ।

Posted in गजल | Tagged | Leave a comment

किराँती लोक कथा : तोयामा-खियामा र हेचाकुप्पा

~सङ्कलन : रामविक्रम थापा~ माझकिराँतको नामले चिनिने खोटाङ जिल्ला र आसपासका धामी-बिजुवाहरू आफ्नो रिसिया (मुद्धुम) फलाक्दै तोयामा- खियामा र हेचाकुप्पा (रैछाकुले वा खोचेलिपा) को नामोच्चारण गर्छन् । किराँतीहरूको आदिम संस्कृतिको ऐतिहासिक सन्दर्भमा खोटाङ जिल्लाको ‘मलायाथुम्की’ (तोयामा-खियामा अथवा तुवाचुङ-जायजुङ) डाँडाको विशेष … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : ए साथी

~डिल्लीराम रेग्मी~ तिमी कलमको टुप्पो तिखार्दै जाउ म सङ्गीनको धार तिखार्छु तिमी मुक्तिको बाटो खन्दै जाउ मा बाधा बनेका झाडी निखार्छु तिम्रो र मेरो पसिना झर्ने एउटै सुन्दर जगत मिल्या’छ…

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी परिवर्तन हौ

~रेशम वि.सी.~ तिमी परिवर्तन हौ नारी तिमी परिवर्तन हौ बिहानीको लाल किरणसँगै उदाउने तिमी प्रभात हौ अँधेरी रातमा तिमी पूर्णिमाको जुन हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कथा

~तितेपाती~ एक शोडषी सुन्दरी बजारमा निर्बन्ध घुम्दै थिइन् निर्वस्त्र हरमा मात्र थियो एक हाते रूमाल गुप्ताङ्गको पहरेदार भएर अनुहारमा किरिङमिरिङ रेखा बायाँ काँध वरपर घाउका खाटा उनी यद्यपि स्लिपनट रहिछन् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : रिक्सावाला बाबु

~शुशिला प्रधानाङ~ रातको १० बजिसकेको थियो । कालरात्रीको जस्तै डरलाग्दो अन्धकार थियो । त्यो अन्धकारलाई अझै भयानक बनाउन पानी आफ्नै बेगले बर्सिरहेको थियो । कतै सवारी साधनहरूको आवागमन थिएन । त्यस्तो परिस्थितिमा पनि पूर्णिमालाई जसरी पनि अस्पताल पुग्नु थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो धरती बाँचिरहोस्

~कुन्ता शर्मा~ उर्लिरहेको विशाल सृष्टिसिन्धुको एउटा सुक्ष्म विन्दु म सुन्दर फोका भएर हराऊँ लहर तरङ्गहरूमा या बिलाउँ बालुवाका विराट व्यूहहरूमा म नरहे पनि युगले मेरो कथा कहे पनि नकहे पनि मानव सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि मोहन कोइराला र घाइते युग

~तिलक अधिकारी~ नेपाली कविताको आधुनिक काल वि. सं १९७५ सालबाट शुरु भई परिस्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हँुदै समसामयिक धाराको निरन्तरतामा अघि बढिरहेको छ । नेपाली साहित्यलाई आजको अवस्थासम्म आइपुग्न तथा नेपाली साहित्यलाई निश्चित उचाइमा पुर्‍याउन विभिन्न भाषिक आन्दोलनहरुले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

थारू भाषी लोक कथा : म्वार ठिउन् जाई बाजी रहल् ठाऊ मन्जोरी !

~सोम डेमनडौरा~ “अरी, सिंगहान छोट्की बेढ्ढक पैसा पठैठिन् जे हो ।” “कहाँ से हो?” “अइ हो जन्ल नि हुइटो नी? नेपालगंज से ट काहुँ । सारिसा ट उहँ रठिन् जे । लर्का व ठर्वा यिहँ रठिन् । कबुकाल केल ट … Continue reading

Posted in थारू कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : माइली

~राजेन्द्र ज्ञवाली~ नेपालको कुनै गाउँ घरतीर भएको भए उसको वोलाउने नाम माइली हुन सक्थ्यो । यो जरुरी त थिएन, तर उसको घरमा पुगेपछि मेरो मनमा यही विचार आएको थियो । थ्याङ्क्स गिभिङ डेमा उसैको निमन्त्रणामा गएपछि उसको परिवारको वारेमा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : बेलायती नेपाली साहित्य : नोष्टाल्जियादेखि चिन्तनसम्म

~मिजास तेम्ब~ परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजनसँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य मान्यो भने बेलायत पनि नेपाली … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : रेल र देश

~हेमबहादुर गन्धर्व~ एउटा क्षितिजबाट अर्को क्षितिज छुने इन्द्रेणी जस्तै लामो रेल कोठैकोठा र, बेडै–बेडहरूले भरिएको विशाल हस्पिटल जस्तै रेल तब, त्यो लामो र विशाल रेल चल्न

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी, कुर्सी, कुर्सी

~शिशिर शर्मा~ कुर्सी, कुर्सी, कुर्सी किन चाहियो सबलाई कुर्सी ? के छ आखिर कुर्सीमा ? कुर्सीमा धेरै चीज छ, कुर्सी छ त धन छ, कुर्सी छ त आलिशान महल छ, कुुर्सी छ त “पावर” छ,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सालिक

~हरिप्रसाद भण्डारी~ पुरानो सामन्ती सत्ता ढालेपछि आन्दोलनकारी जनताले चौबाटोको बीचमा रहेका पुराना शासकका सालिकहरू पनि ढाल्न सुरु गरे । नायकले आफूसँग भएका सबै हतियारहरू सालिकमाथि प्रहार गर्न आदेश जारी ग¥यो । सालिकहरू ढालिए । सडकमा लम्पसार परेका सालिकहरूलाई टुक्राटुक्रा पार्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : विदेशबाट ल्याएको संघीयताले

~नारायण शर्मा~ संविधान बनाउने मेसै पाएनन नेताले विदेशबाट ल्याएको संघीयताले चार–चार वर्ष बेकारमा फाले हाम्रा नेताले विदेशबाट ल्याएको संघीयताले

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : नेताहरू

~कल्पना पौडेल ‘जिज्ञास’~ जुलुस जम्मा पार्दै भाषण छाँट्छन् नेताहरू चिप्ला कुरा गर्दै दिमाख चाट्छन् नेताहरू नौलो क्रान्ति ल्याउँछौं देशमा अब भनेर

Posted in गजल | Tagged | Leave a comment

गजल : लोग्ने को हो?

~मनु ब्राजाकी~ स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो? जन्म दिने तिम्रो आमा भोग्ने को हो? लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे, स्वास्नीलाई मान्छे हुन रोक्ने को हो?

Posted in गजल | Tagged | Leave a comment

कविता : कविता लेख्न देऊ

~पवन भन्डारी “किरण”~ बेपत्ता र मृत्युका होइन मलाई जीवन्त कविता लेख्न देऊ । सुन्दर सूर्र्योदयको मुस्कान हरियो आँगनसरी सिंगारिएको शान्त धर्ती

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको अनुरोध

~गोविन्दप्रसाद आचार्य~ यो नदीमा पानी सुक्यो मरिसक्या छु थोरै थोरै पाउँ भनी विन्ति ग¥या छु तड्पिएर सानो सानो रह खोज्या छु विन्ति हजुर हात जोडेर पानी माग्या छु

Posted in कविता | Tagged | Leave a comment

कथा : जंगबहादुरको पैसा

~विमल पोखरेल~ यो ती जंगबहादुरको कथा होइन, जसले नेपालमा राणाशासनको सुरूआत गरे र करिब ३० वर्षसम्म आफैंले श्री तीन महाराजको रूपमा शासन गरे, उनले सुरू गरेको शासन १ सय ४ वर्षसम्म निरन्तर कायम रह्यो । राणाशासनको अन्त्यतिर पश्चिम पहाडी क्षेत्रको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाल आमाको आह्वान

~सानु शर्मा~ हेर, तिमीहरूको लागि म चट्टान भएर उभिएकी छु। आऊ, त्यो अग्लो पर्वतमा चढेर हेर, तिमीहरूका आँखाले देखेजति त्यो सबै तिमीहरूकै हो। मलाई तिमीहरूको खाँचो छ, तिमीहरूको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

~हेमन्त श्रेष्ठ~ खुमप्रकाश वाग्ले जसको पवित्र बाहुलीबाट बडेबडे सामाजिक संस्था र पाठशालाहरुको समुद्घाटन भएको छ जसले गरेको उद्घाटन पछि मात्रै   

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता भित्रको अङ्कगणित

~गोबिन्दसिंह रावत~ सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन् सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन् किनभने ब्ाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ बाहिर वर्षा बाढी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न लाज भो

~भुपेन्द्र महत~ स्वाभिमानलाई बन्धकी राखी हाँस्न लाज भो आत्मसम्मान यो उधारोमा टाँस्न लाज भो बेसुरा लौ कती धेरै बिना गुदीका टाउका हल्लाको यो खेती भित्र विश्वाश गाँस्न लाज भो

Posted in गजल | Tagged | Leave a comment

कथा : निउरी

~हरिमाया भेटवाल~ रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

~धनराज भट्टराई~ नेपाली साहित्यलाई समयानुकूल, गतिशील तथा जीवन्त बनाउनका लागि समयसमयमा नयाँनयाँ चिन्तन एवं विचारधाराहरूको प्रादुर्भाव हुँदैआएको पाइन्छ । समयको प्रवाहमा जब सामाजिक-सांस्कृतिक मूल्यमा परिवर्तन आउँछ अनि विश्वसाहित्यमा आएको परिवर्तनको प्रभाव अकाट्य बन्न पुग्दछ । परिणामस्वरूप विभिन्न साहित्यिक आन्दोलन र … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment