Tag Archives: sangrahalaya

कथा : कालेको जीवन

~गोपाल नेपाली~ एकाबस्तीमा काले मङ्गली वि.क.को कोखबाट जन्मेका थिए । कालेको बुबा भारतको कोठीमा काम गर्दागर्दै हर्ट अट्याकको बिरामीको कारण मृत्यु भइसकेको थियो । उसको बा मर्नेबेला काले ५ वर्षको थियो । आमा मङ्गलीले दुईछोरी र एक छोराको जीवनमा खर्च … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली लोककथा : नागसँग राजकुमारीको बिहे

~सङ्कलन : माधवी कर्ण~ एकादेशमा एक राजा, जसका तीन रानीहरु थिए। तर, उनका सन्तान भने थिएनन्। राजा धर्म–कर्म, पूजा–पाठ, दान–धर्ममा खुबै रुची राख्थे। प्रजाको सुखका लागि जे गर्न पनि तयार। एकदिन उनले आफ्ना नगरवासीहरुलाई अन्न, लत्ताकपडा दान गर्ने मनसायका साथ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : बनाउँदिन ठुलो घर

~रेम राना~ माफ गर आमा मैले ठुलो घर बनाउँदिन किनकि मलाई ठूलो घरको भुतले सताउँछ मेरो सानै घर भए औकात अनुसार जे खाए पनि जे लाए पनि सुहाउँछ देवकोटाका कविता गुन्छु “साग र सिस्नु खाएको बेस आनन्दी मनले”

Posted in कविता | Tagged | Leave a comment

कविता : उजाडिएको मान्छे

~अपत्य शर्मा~ घरजग्गा जमिन सबैबाट विमुख खुला आकाशमुनि धुलो र फोहोरको प्रतिमूर्ति रोग, भोक, शोक र घृणाको मूर्ति त्यो उजाडिएको मान्छे काम र मामको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दशगजा टाढाका मित्रहरु

~डि.एल. भन्डारी~ ध्वंसका केही खेतालाहरुलाई नचाउन सिपालु दशगजा टाढाका मित्रहरु साम्यवादको मृत्युको हल्ला गर्दै दुनियाँका साम्राज्यवादी लुटाहाहरु क्यूवाको तागत हेर्न नसकि संसारलाई जकटने प्रतिक्रियावादीहरु

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : खोनाया सः

~दिव्या ताम्राकार~ जि खोना जि द्वलंद्वः दँ पुलांम्ह खःसां जिगु सुन्दरता नच्चाम्ह ल्यासेया थें जिगु रुप स्वयेत तापाकं तापाकंनिसें मनूत वइ जिगु वाउँगु मुलय् म्हिती

Posted in नेवारी कविता | Tagged | Leave a comment

समीक्षा : “पूजा” नाटकमा विचारको प्रभाकारिता

~रामप्रकाश पुरी~ १. “पूजा” नाटकको राजनीतिक सङ्घर्षसम्बन्धी दृष्टिकोण नाटककार जीवन शर्माले मुक्तिकामी जनताको वर्तमान सङ्घर्षलाई राजनीतिक रूपले अग्रभागमा ल्याइदिएका छन् । राजनीतिक चेतना विना मुक्तिको आन्दोलन चल्न सक्दैन । जुन वर्ग अपेक्षित रूपमा चेतनाबाट जागृत छैन, आफ्नो शोषणको कारणलाई बुझ्न … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : धुन

~प्रकाश थापा मगर~ स्वाँ.. स्वाँ… गर्दै “यो उकालो कति लामो होला ?” भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिएँ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नेता छलेर हिड्दैछन्

~निर्मला अवस्थी~ थप्पड खाने डरले नेता छलेर हिड्दैछन् खानेले खाए नपाउने चाही जलेर हिड्दैछन्।। देशको पीर केही छैन तिनलाई लुटेर खानु छ भातको साटो पिउँछन् रक्सी ढलेर हिड्दैछन्।।

Posted in गजल | Tagged | Leave a comment

गजल : बस्ती छ यहाँ

~नविन बस्याल~ महङ्गो महलभित्र सुत्नेहरुको बस्ती छ यहाँ चिल्लो कारमा सडक कुद्नेको बस्ती छ यहाँ त्रिपाल नपाउने गरिब दुःखी नै रहे देशमा राष्ट्रलाई जुवा खेल्न जुट्नेको बस्ती छ यहाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : के खोजिरहेछ आँखाले

~निर्मला अर्याल~ के के खोजिरहेछ आँखाले उसलाई आफै थाहा छैन के के सोचिरहेछ मनले उसलाई त्यो पनि थाह छैन । कुराकानी गर्न खोज्छे ऊ तर जान्दिन कुरा पुर्याउन

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : मामा भाञ्जाबीचको अन्तरसंवाद

~गिरीप्रसाद बुढा~ मामा : के हो भाञ्जा, आज त पुस्तकमा पो घोरिनु भएको छ त । खै खै यो कुन पुस्तक पढ्न थाल्नुभयो ? भाञ्जा : ओ हो मामा नमस्कार घ् ढुङ्गा खोज्दा देउता मिल्यो भने झै आज त खोजेकै … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

Translated Poem : Soldier

~Dinesh Adhikari~ Translation: Robin Sharma Wait! Don’t break the bangles on your wrist The rhododendron on your plaited locks So much suits your youthfulness Washing your vermilion – Stop ! Don’t ruin your looks By tearing strings of beads

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : नेपाल आमाको पुकार

~रामकृष्ण घिमिरे~ छोराछोरी पाल्दा मैले साह्रै गरेँ दुःख बुढो हुँदा सहारा चाहि“दा बल्ल थला परेँ छोरो भयो मुग्लानिया छोरीज्वाइँको घर आपतबिपत् दुःख पर्दा पर्ने कसको भर

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर बन कविता

~मनु वि.क.~ ए कविता मैले बोलाएँ उसले सुनेको नसुने झैँ गर्‍यो समयका हरेक पलमा मुटका प्रत्येक चालमा म ऊसित खेल्न चाहेँ प्रत्येक उपमा, अनुप्रास र लयमा कवितालाई मलजल गरी

Posted in कविता | Tagged | Leave a comment

कथा : कोर्टमार्सल

~सरल सहयात्री पौडेल~ गाउँभरी सनसनी फैलिएको थियो । झुलथुंगेको भञ्ज्याङ्ग, पीपलडाँडाको चौतारी र सुन्तलीको चिया पसल जताततै हिजो भएको घटनाको विषयमा चर्चा चलिरहेको थियो । सुन्तलीको पसलमा चिया खानेमध्ये एकजना अर्धवैंशे किसानले बोले, ‘साँच्चै यी सेनाले त आफ्नो र अरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हँ ! केही हरायो कि ?

~उदय निरौला~ यो रूख, यो मान्छे, यो चौतारो यो धारो, यो पँधेरो, यो पाठशाला अहिले सबै–सबै, त्यो–त्यो, जस्तै–जस्तै छन् घुर्मैलो, पनेलो, ओझेल जस्तै–जस्तै छन् आँखामा मोतीबिन्दु बसेको जस्तो अथवा आफैले आफैलाई बिराएको हराएको वा भुलेको जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : जनतासँग भिक्षा

~खुमीराम रिजाल~ बाँसुरीको धुन अनि सारङ्गीको तारसँग देश जोगाउन भीक्षा माग्छौँ जनतासँग साथ पाउँ हात पाउँ, लागौँ एउटै बाटोमा विदेशीले किल्ला गाड्न थाले देशको माटोमा दीनदुखी सर्वहारा जनताको बोली बोलौँ हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : समयले कोल्टो फेर्दा

~जयबहादुर श्रेष्ठ “सहयात्री”~ समयले कोल्टो फेर्दा आज को को के के भए हिजो जंगल बस्ने मानिस आज शहर पस्न गए क्रान्तिका नाममा जंगलबाटै बेमौसमी बाजा बजे गरिबका दुःखी दिन अझै उस्तै रहिरहे कोही मान्छे शहीद हुँदा आफन्त चाहिं रोइरहे

Posted in कविता | Tagged | Leave a comment

कथा : तुवाँलो

~यकिना अगाध~ रातोपुलको छेवैमा एकजना साथीलाई कुर्नुपर्ने भयो । रातोपुलबाट सिफलचौर छिर्ने गल्लीछेवैको पसलको पेटीमा उभिरहेको थिए । एकजना बुढा त्यहाँ बसिरहेको थियो । हुन त यो बाटो आउँदा जाँदा बुढो र मेरो कैयौंपटक देखभेट हुन्थ्यो । बोलचाल चाहिँ आजसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : वर्षायामका गीतहरूमा सौन्दर्य

~जीवन शर्मा~ अरू विधालाई जस्तै बर्षा यामका गीतहरूलाई पनि सौन्दर्यशास्त्रीय आँखाले राम्रोसँग नियाँल्न सकिन्छ । यस्ता गीतहरूमा सौन्दर्य कसरी छिपेको हुन्छ भन्ने कुरा बुझ्न सौन्दर्यशास्त्रका आधारभूत मान्यता, सिद्धान्त र नियमको ज्ञान हुनु आवश्यक छ । यी गीतहरूको वर्गीय स्वरूपको ठीकसँग … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : आमा, उद्देश्य बदल्नुस् !

~हेमराज आश्रम~ आमा, हजुरको चाहना बदल्नुस् हजुरको एक मात्र छोरा भएर कठोर यो जिन्दगीमा हजुरको इच्छा पूरा गर्न असम्भव छ त्यसैले अमा हजुरको चाहना बदल्नुस् । हजुरको इच्छा त म लाहुरे होस् भन्ने छ

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : छन्द र लय

~लक्ष्मीप्रसाद देवकोटा~ मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन, न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी संस्कृत र नेपालीमा कविता लेख्नु हुन्थ्यो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

महानन्द ढकालका तीन मुक्तकहरु

~महानन्द ढकाल~ जब सरकार उज्यालो हुनेछ, भन्सार उज्यालो हुनेछ । बाटा–घाटा उज्याला हुनेछन्, धन्सार उज्यालो हुनेछ । आऊ एक कदम माथि उठौं मनको मैलो पखालेर घरवार उज्यालो हुनेछ, यो संसार उज्यालो हुनेछ ।

Posted in मुक्तक | Tagged | Leave a comment

पत्र कथा : परदेशी दाजुलाई चिठी

~दुर्गा शर्मा~ आदरणीय दाजु, सादर नमस्कार आराम छु आरामै हुनुहोला भन्ने आसा गर्दछु । दाजु, हजुर परदेश गएको पनि लामो समय भैसकेको छ । घरमा कहिले फर्किने हो भन्ने कुनै ठेगान छैन । भनिन्छ, “परदेश गएको व्यक्तिलाई दुःख र वेदनाका … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

नियात्रा : इलाम यात्रा

~उत्तम न्यौपाने~ प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । प्रकृतिको काखमा घण्टौँ समय बसेर मान्छे आनन्दित हुन पाउँदा समय बितेको पत्तै पाउँदैन । आजको व्यस्त अनि थकित उकुसमुकुस जिन्दगी, अनि धुवाँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौँ समय बिताउन चाहन्छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : काली !

~शेखर ‘अस्तित्व’~ रूप भनेको अनुहारको सुन्दरता मात्रै हुँदैन ! रूप भनेको छालाको रंग मात्रै हुँदैन ! रूप भनेको आकर्षक फिगर मात्रै हुँदैन ! रूप भनेको

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भानू गरिमा

~चक्रदेव भट्ट~ छन्द : शार्दूलविक्रीडित साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा। भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा। बाजे श्रीकृष्ण हुन् पिता धनन्जयै, धर्मावती मातृ हुन्। अक्षर् लेख्न सिकाउने प्रिय गुरू, बाजे ति श्रीकृष्ण हुन्। १ रामायण् अनुवाद् गरे … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

समालोचना : मुनामदन खण्डकाव्य

~उपप्रा. कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

लघुकथा : रचना

~कात्यायन~ – ‘थाहा छ छोरी मूर्ख कालिदास कसरी महाकवि कालिदास भए ?’ – ‘थाहा छ मामु |’ – ‘थाहा छ छोरा कसरी व्याधा रत्नाकर संस्कृतका आदिकवि बाल्मीकि भए ?’

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : युद्धका सिपाही हामी

~प्रकाश सुनुवार ‘निराकार’~ युद्धका सिपाही हामी युद्धभुमिमा होम्मिन बिदाई हुँदैछौं बिदाईको समय बुद्धको पुजा गरेका छौं देबिमाताको चरणमा फुल चढाएका छौं अल्लाहको नाममा ढोगेका छौं जिससको क्रस अघि प्रार्थना गरेका छौं आफु बिजय हुन सकुं भनेर भएभरका सबैखाले आस्थाका धरोहरलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गधा

~यकिना अगाध~ कारखाना मालिकले आफ्नो एकजना मजदुरलाई गाली गर्दे हकार्यो– ‘साला ! गधा । तेरो बुद्धि छैन ?’ ढाडमा भारी बोकिरहेको मजदुर मालिकको गाली नसकिन्जेल केहीक्षण त्यही ठाउमा मेशिनझैं यन्त्रवत उभिइरह्यो । भारी बोकेर यही बाटो भएर आइरहेको एउटा गधाले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment