Tag Archives: sangrahalaya

कविता : महा-भूकम्प जानै पर्छ

~कात्यायन~ भूइंचालो ! हो फेरि एकपल्ट तिमी आउनै पर्छ ! फूलहरू नझर्ने गरी फलफूलका चिचिंडाहरू नझार्ने गरी हो यहि ऋतुमा, जति सक्यो चांडो तिमी आउनै पर्छ ! पैरोले वस्ती नखस्ने गरी बाढीले बालीहरू नबिगार्ने गरी कलिला मनहरू नकठाँग्रिने गरी चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : डर

~यकिना अगाध~ सर्पले टोक्ने बित्तिकै उ बेहोस भएका कारण घरका मान्छेहरुले हतार हतार सर्पदंश उपचार केन्द्रमा पुर्यायो । केही समयको उपचारपछि निको भयो र घर फर्कियो । केही महिनापछि घरको पींडिमा बसेर सबैजना गफिरहेका थिए । त्यहीबेला अलिपर एउटा ठूलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बन्धन

~शान्ति प्रियवन्दना~ अगाडि बड्छन तर गन्तब्य नपुग्दै रोकिन्छन् मेरा कदमहरू जुट्दाजुट्दै तोडिन्छन् रङ्गीन बन्दाबन्दै हराउँछन् सधैजसो मेरा सपनाहरू अन्तरसंवादमै रूमलिन्छन् प्रत्येक पटक मेरा तन्द्राहरू ।

Posted in कविता | Tagged | Leave a comment

किराँती लोक कथा : हाङ्छा

~सङ्कलन : निराजन बतास~ सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पौराणिक बाल कथा : वणिक्पुत्र

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सागरदत्त नामको व्यापारी बस्दथ्यो । उसको छोराले बजारबाट एक सय रुपियाँ मोल पर्ने एउटा पुस्तक किनेर ल्यायो । त्यस पुस्तकमा लेखिएको थियो– प्राप्तव्यमर्थ लभते मनुष्यो, देवोऽपि तं लङघयितुं न शक्त: । तस्मान्न शोचामि न विस्मयो मे,यदस्मदीयं … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : ग्रामीण कृषी सडक

~एम सि सुमित~ गांपरिषदपछी स्काइभेटरले ग्रमीण कृषी सडक खन्दै भिरालो पहाडी गांउ छिया-छिया चिरेर सडक आयो। निर्दोस गांउमा राक्षेस जस्तो स्काइभेटर फुलिरहेको तोरी

Posted in कविता | Tagged | Leave a comment

गजल : खप्पिस मानिन्छन

~मौसमजी भण्डारी~ कोहि उल्टो बोलेर खप्पिस मानिन्छन रातदिन धोकेर खप्पिस मानिन्छन हुलमुलमा सद्दे देखिने नारद हरु कुरा बडा पोखेर खप्पिस मानिन्छन

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो आफ्नै कथा

~विनय रावल~ जाडोमा— आङमा— एक धरो लुगा नहुँदा पेटमा— एक मुठी अन्न नहुँदा बस्न— एउटा सानो ओढार नहुँदा एउटी स्त्री एउटा सानो बालकलाई काखमा गुटमुट्याएर आँखाबाट सधैँ–सधैँ बलिन्द्र आँसु झारिरहन्थी र, कहिलेकाहीँ

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो जिन्दगी ?

~लक्ष्मण नेवटिया~ चपाउनु मज्जाले दुई छाक ढुक्कसँग, कमाउनुमा लाग्नु नुन देखि सुन सम्म, श्वांसको उकालीओरालीमा अल्मलाउने, जीउलाई खाना पचाउने भाँडो बनाउने, के यही हो जिन्दगी? अल्झिने सांसारिक राप र तापमा, कहिले सुखदुखको प्राप्त अप्राप्तमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रपुर

~राजेन्द्र शलभ~ भद्रपुरमा अलिकति कारिन्दाहरू छन् त्यो भन्दा बढ्रता हाकिमहरू छन् अलिकता उद्योगधन्दाहरू छन् त्योभन्दा बढी नेताहरू छन् केही स्कूल र कलेजहरू छन् त्योभन्दा बढी भट्टी पसलहरू छन्

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Stone Age

~Shubhalaxmi Lamsal~ Trans : Suman Pokharel I live the Stone Age and seek the fire for living by striking the pair of palaeoliths. I get cactus to bloom, by carving my existence right on stone, and, I die a multiple … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : चुप

~बद्री पलिखे~ पख । नानु सुतेको छ हल्ला नगर— चुप । परीकथा, भूतप्रेत र दन्त्यकथा भन्दै थपथपाउँदै/गीत गुनगुनाउँदै लट्ठी र हाउगुजी देखाएर बल्ल–बल्ल नानुलाई सुताएकी छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाघ

~तीर्थ श्रेष्ठ~ एकदिन नातिले बाजेसँग सोध्नेछ – बाजे, बाघ भनेको कस्तो हुन्छ मान्छे जस्तो हुन्छ कि मान्छेभन्दा भयानकको हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~सोम खनाल~ ऐनाले त ‘मुहार पुछ’ नभनेको हैन तर मैले पुछिरहें सामुन्नेको ऐना अनुहारको दाग त्यसै त्यसै रहिरह्यो अाखिरमा सारा जीवन ‘दागी’ भइगयो । ऐना हो साथी, साथी हो ऐना

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको राजमार्गमा

~अमर गिरी ~ दौडिएँ जसरी दौडन्छन् गाडीहरू बजेँ जसरी बज्छन् हर्न अझै पनि चलिरहेछ यो जीवनको राजमार्गमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विचलित वर्तमान

~उषा शेरचन~ यो स्वर्गभन्दा सुन्दर नगरीमा यो स्वच्छ र शान्त उपवनमा कस्को आँखा लागेर हो रु कस्को सराप परेर हो रु अचेल जाई जूही र सुनाखरीहरू -फुल्नै छाडेका छन् अचेल लालुपाते र लालीगुराँसहरू -झुल्नै बिर्सेका छन् केही स-साना झुपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : बवाल

~दिल साहनी~ रातिको दस बजेको थियो । म कम्प्युटरमा बसेर कथा कोर्दै थिएँ । मैले पहिले पनि दुई-तीन चोटि मेरै घरमा देखिसकेकी एक जना महिला हुत्तिँदै ढोका खोलेर सरासर मेरो अगाडि आएर खडा भई । मैले उसका अनुहारमा नजर लगाएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म त जिउँदो मानिस

~माया पाण्डे~ आँखाले ठम्याउने संसार मेरो मुटुले भ्याउने भावना मेरो सिमाहिन आशाका किरण मेरो म त जिउँदो मानिस सम्पूर्ण मेरो

Posted in कविता | Tagged | Leave a comment

कथा : पिडादायी विजय

~बिभोर बराल~ विभाष निसन्देह एक महान वैज्ञानिक हो। उसले अनगिन्ति आविष्कारहरू गरेको छ। हरेक क्षेत्रमा उसका खोजहरूले नविन आयाम कायमगरेका छन्। अझ भनौ देशको वर्तमान सुदृढ अवस्था उसैको देन हो। ऊ नेपालमा मात्र होइन सम्पूर्ण विश्वमै प्रसिद्ध छ। सारा संसारले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : He

~Kamal Manandhar~ He is little taller than an ‘average’. Muscular body, smart & alert. His eyes twinkling & keen enough as if too wise. Little rough & sometimes fierce too. Altogether totally masculine. He mostly wants to stay closer to … Continue reading

Posted in Story | Tagged | Leave a comment

गजल : उसको काममा खटाउँछ

~गोवर्धन पूजा~ समयले हामीलाई उसको काममा खटाउँछ मन परेसम्म राख्छ नचाहदा हटाउँछ गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित सधै सधै यही कुरा पढाउछ रटाउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो याद

~राकेश कार्की~ तिम्रो यादले मात्र पनि साथ दिन्छ सम्झी सम्झी मुस्काउने मात दिन्छ मजा छ यहाँ एक्लै हराउनमा आफ्नै ठानी मन पराउनमा तिमीले साटेको मीठो स्मरण लहर बन्दै मलाई तैर्याउँछ बेरेर लगी फेरी समुन्द्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – २

~बिमल गुरुङ~ ‘प्रजातन्त्र’ आयो त्यसैले आज गोली चल्यो साथिले टोक्यो – तिमी दियो नजलाउने? म सक्सकाएँ म हिच्किचाहटले बांधिएँ । मलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झुटको खेती गर्नेहरु

~ललिता कार्की~ चोखो माया पिरतिमा झुटको खेती गर्नेहरु ! छाती चिरी घाइते बनाइ नुनचुक छर्नेहरु !! अरुलाई रित्तो बनाइ आफ्नो जीबन भर्नेहरु ! खेल ठानी जुत्तासरी मनमुटु फेर्नेहरु !! चोट दिंदै अरुको भावना सँग खेल्नेहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र घडीहरू

~नवराज सुब्बा~ छाया सँगै बसेको छ कि छाडेर अन्तै गएको छ हँ ॽ दुनियाँ ब्यूँझिएको बेला निदाएको स्वाङ गर्ने ए घडीहरू ! ब्यूँझ, हेर र भन यो दिनको बाह्रबजे हो या रातको बाह्रबजे हो ॽ… अहँ जवाफ आउँदैन कतैबाट दुनियाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : मैले बैगुनीलाई माया गरें

~उज्ज्वल ढुङ्गेल “दीप”~ (मैले बैगुनीलाई माया गरें बैगुनीले मलाई छल गरी )X2 (नगरोस् कसैले कसैलाई माया नगरोस् )X2 मैले यो मन दिएँ त्यो मन लिई माया साटेको मेरो लागि तिम्ले तिम्रो लागि मैले सपना बाँडेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुनैपनि पोलाइले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ नदुख्ने भो अब मलाई कुनैपनि पोलाइले, नथाम्ने भो कम्पन मेरो कुनैपनि छोपाइले । कल्पनाको संसारमा चन्द्रमा नै सम्झेपछि, नबुझ्ने भो चित मेरो कुनैपनि सोचाइले ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मनमाया

~रामकृष्ण पौडेल ‘अनायास’~ पुर्वको लाली र घामको क्षितिजले धर्तीलाई नचुम्दै रातभर नसुतेर बिहानै उठ्छे मनमाया , कम्मरमा पाँच फेरो पटुकी कस्दै दुई पसर मकै र भटमास गुन्युको टुप्पोमा बाँधेर

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गकी परीको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ स्वर्गकी परी हो मोदी मोदी राक्षस पनि हो रङ बदल्ने छेपारो हो मोदी तहसनहस भएको स्वर्गकी परी । अस्ति उ नै परी भएर आए मिठो भाषण गरे सुनौलो परेवा भएर आए भ्रम बाँडे र स्वर्गलाई चाहेको जति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : भाँडो

~रत्न प्रजापति~ ‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार । ‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन । ‘किन … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : युद्धमा हारेका बा

~दिपा धिताल~ आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छापामार नबनेर ठीकै गरेँ

~माधव ‘सयपत्री’~ मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment