Tag Archives: sangrahalaya

कविता : माटो चोर

~गोविन्दप्रसाद आचार्य~ लाग्दो होला मानिसलाई माटो किन चोर्ने माटो हैन अन्न जस्तै भकारीमा भर्ने नत खाउँला सातु जस्तै फाँको मारी मारी न त लाउँला नाकमा फुली न त मुन्द्रि ढुंग्री

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रोटी

~यकिना अगाध~ सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । दिनभरीको ज्यालामजदुरीबाट आएको रकमले छोरा र आफूलाई एकगासको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : हल्लुँडको पोस्टमोर्डम र रिपोर्टहरू

~सङ्गीत नेम्वाङ~ सम्बन्धित पुकार:- म बार्हौ श्रेणीमा पढ्थे। अर्थात् भर्खर-भर्खर साहित्यतिर रूची राख्दै गरेको समय। फेसबुकमा कविताहरू पढ्दै गरेको समय। अनुकरणीय प्रेमिल कविता लेख्दै गरेको समय। हिमालय दर्पणको साहित्यिक पृष्ट पढ्दै गरेको समय। यस्तै समयमा एकदिन दर्पणको साहित्यिक पृष्टमा भेटेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : म बालकृष्ण ढुंगेल

~सुरेश गौतम~ आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल। जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका

Posted in कविता | Tagged | Leave a comment

कविता : लाचार

~शान्ता लिम्बु~ मैले टेक्ने जमिन खस्कँदैछ मैले स्वास फेर्ने हावा बाक्लो हुँदैछ मेरो आँखा अघि एउटा जीवन बिस्तारै बिस्तारै समाप्त हुँदैछ उदाङ्गो आँखा वरिपरि चलचित्रका दृश्य झैँ

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो मन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ तिम्रो मन कस्तो कस्तो छैन मेरो जस्तो, यस्तो लाग्छ बजारमा भए साह्रै सस्तो । मुस्कान छोड्न नपाउदै छुटाउथ्यौ हासो, लठि्ठएछु हासो बन्यो जीवनको पासो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : बाघसत्ता र बिरालो

~हेमबहादुर गन्धर्व~ कुनै एउटा जंगलमा चार वटा ठूला बाघहरू बस्दथे । बाघहरूबीचको स्वभाव, रंग र आकारमा भने फरक फरक थिए । बाघहरू कहिले मिलेर बस्दथ्यो भने कहिले लड्दथे । ती आपसमा लडिरहने बाघहरूले शक्ति सन्तुलनलाई कायम राख्ने यस्तो षडयन्त्रकारी गोप्य … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नेपाल आमालाई बचाऔं

~रेवतीप्रसाद शर्मा~ नेपाल आमाको त्यो मुहारमा, आज मुस्कान छैन आमाको आँखाबाट बलिन्द्र धारा आँशु बगिरहेको छ किनकि नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आज विदेशीको इसारामा फुटाउने कोसिस हुँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~आविष्कार कला~ हे आमा हे आमा तिमी नेपाल आमा किन आमा तिम्रो क्षेत्रफल घट्दै छ तिमी त सगरमाथा जस्तो चुलिन पर्ने होइन र ?

Posted in कविता | Tagged | Leave a comment

गजल : कष्टकर जीवन चल्छ

~कल्पना पौडेल ‘जिज्ञासु’~ प्रवासको गुलामीमा कष्टकर जीवन चल्छ । पचपन्न डिग्री घामले बालुवामा आगो बल्छ ।। कौडीको भाउमा युवा श्रम त्यहाँ बेचिरा’छन् । सुन्दा पनि तिनका पीडा मुटु भतभत जल्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : चौबाटो

~दुर्गा कार्की~ झरी पछी उदाएको इन्द्रेणी पो हो कि ? पुर्णिमाको जून हो कि, औँसीको जुनाकिरी ? हुन्न हुन्न भन्ने कुरा, गरुँ गरुँ लाग्छ अडिन्न मन एकै ठाउँँ, जता पनि भाग्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शर्त

~साधना लामिछाने~ ओ….। प्रिय मान्छे मेरो दिलसम्म आउने बाटोमा जिम्मेवारीको पहाड ठडिएको छ दुःखको सगरमाथा छाती फुलाएर बसेको छ दरिद्रता लम्पसार परेको छ आवश्यकताहरु अनसन बसेका छन् सपनाहरु आँशुको खहरे बगाउँदै छन् प्रेमिल गन्तव्य भेट्टाउने मोहमा के सक्छौ तिमी उठाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र सिगरेग

~अनुष्कर पुष्कर गुरुङ~ बुंग बुंग तानेको सिगरेटको धुवा सरह मानव जिन्दगी रहेछ सिगरेटको समय क्षनरमा उड़ेर जाने र समय पनि बिस्तार बिस्तार बितेर जान्छ सिगरेट र समय के हो त सिगरेटको समय मानव जिवन हो जसरी सिगरेटको धुवा बल्दै जान्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धर्म

~लक्ष्मी प्रसाद देवकोटा~ क. सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले क्या फीँज निकाले ! किरण छरी दी तब कल्पनाले ! लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले ! ख. पुजारी डर भो, औ भक्त भो, अज्ञातलाई अज्ञेय पारी रचेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाको मोड

~महेशविक्रम शाह~ उसले अपहरण गरी ल्याएको बालक अर्काे खटियामा सुतिरहेको थियो । बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन । घरमा आमाबाबुको न्यानो अँगालोमा सुतेको भन्दा फरक थिएन उसको यो सुताइ ।ऊ बालकलाई हेर्दै तनावग्रस्त बनिरहेको थियो । उसले यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : हिजो-आज

~कृष्ण वस्ती~ छन्द : शार्दूलविक्रीडित हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : तिम्रो इच्छा

~शशीकला थापा सुब्बा~ म त डुब्ने घाम थिएँ जून सँगै उदाइ दिएँ आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिएँ बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो आँखा रसाएर आँसु झर्न मात्र बाँकी थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

~प्रा. डा. बद्रीविशाल पोखरेल~ माक्र्स बाजे राता मान्छे हुनु असल मान्छे बन्नु हो भन्थे तिमी त कमसल लायक पनि ठहरिएनौ मदनले जनताको मन जित्ने कुरा गर्थे तिमी त आस्थाको आधार र धारमाथि आक्षेप बर्साउँछौ त्यसैले कमरेड सित मेरो केमिस्ट्री मिल्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म निर्दाेष छु

~‘अभिलाषी’ शारदा राई~ म निर्दाेष छु ईनिस्पेक्टर साहेब मैले केही बिराएकी छुईन मैले कसैलाई मारेकी छुईन अनि मैले कसैकाे हत्या गरेकी छुईन मैले त मेराे शरीर माथीकाे त्याे गिद्धे नजरलाई हटाएकी हुँ अनि नारी माथीकाे अपबित्र चरम त्याे फाेहाेरि ब्यबहारकाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : सुन मैयाँ ! म त जन्मँदै नोकर्नी

~भुवनहरि सिग्देल~ मेरा छोराछोरीले मलाई सधैं यही नामले सम्बोधन गरे । मेरो वास्तविक नाम भने रोमकुमारी हो । छाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा पनि त्यस्तै लाग्छ, मलाई । त्यो दुष्कर यात्रा … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कविता : गोल्ड मेडल

~विनोदविक्रम केसी~ सत्य ! ओलम्पिकमा त्यस्ता नाथे दुई-चार गोल्ड मेडल त हामी पनि ल्याउँथ्यौं हामी जेमा छौं सिपालु जेमा छौं च्याम्पियन ती खेल राखून् न ओलम्पिकमा अनि देखाइदिनेछौं दुनियाँलाई नेपाल कत्तिको लायक देश हो

Posted in कविता | Tagged | Leave a comment

गीत : आगो ले के पोल्छ र

~बसन्त थापा ~ तिम्रो याद ले पोल्छ) ३ (हेर मेरा आँखामा कथा आफै बोल्छ) २ आगो ले के पोल्छ र तिम्रो याद ले पोल्छ (बिर्सिएर सम्झन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नमज्जा लाग्छ

~दीपा ढकाल~ म सँग लुकाउछ दुःख पीर नमज्जा लाग्छ ऊ आफ्नै मान्छे हो आखिर नमज्जा लाग्छ रहरहरू छुन नपाउदै टुक्रा टुक्रा हुन्छन् सीसा जस्तै भयो तक्दिर नमज्जा लाग्छ

Posted in गजल | Tagged | Leave a comment

येसु गिरीका पाँच मुक्तकहरु

~येसु गिरी~ मित्र त्यस्तो हुनु जो भरोषा गर्न सकियोस नाता त्यस्तो जोडनु जो संस्कार कुलको होस आजकाल कलि युग भनेर बिल्ला बनाउछ्न उ त्यस्तै छ मेरो लागी साथी त उ जस्तै होस दिएर फाईदा खोज्नेसंग सहयोग कहिले नलिनु

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : त्यता के–के हुँदै छ, यता बाढी पसेर

~सङ्गीत श्रोता~ त्यता के–के हुँदै छ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु–कलेजा हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार चरी लैजा समाचार, हामी भयौँ बेघरबार !

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बहादुर सिंह

~क्रान्ति शिखर~ सिंहदरबार तिमीहरू त बहादुर सिंह चौरासी ब्यञ्जनका लागि मलजल गर कुर्सीको तिमी हामी आटो र गुन्द्रुकका लागि मलजल गर्छौ किनकि यो अर्गानिक हुन्छ सिंहदरबार तिमीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, त्यसैले त म धोती तिमी नेपाली

~केपी अनमोल~ तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश म भन्छु हामी सबै एक यस मै समानता खोजौ हो, त्यसैले त म धोती, तिमी नेपाली । तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : साउनको मेलम्ची खोला

~सुवास राई~ केटा : सुसाउन थाल्यो साउनको मेलम्ची खोला सुटुक्कै भन्देऊ तिमीले माया कसलाई लाउने होला केटी : ढुङ्गामा बसी जलारी दाईले जाल बुन्दै होला नजिस्काऊ दाजुु ख्याल – ख्यालैमा झेल पर्ला

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : सारंगी हुँ म

~प्रकाश सुनुवार ‘निराकार’~ सारंगी हुँ म सजाएर नराख बैठक कोठामा सजाएर राख्नुको सट्टा मलाई बेस्सरी रेट ताकी उत्पिडनका तरङहरुको ज्वालामुखी फुटोस् र एउटा तेस्तो बेग लियोस् जसले पिडकहरुको शैलीलाई परिवर्तन गरोस् अनी दमनको शृंखलाहरु रोकियोस् जसले पिडितहरुलाई चट्टान जस्तै कठोर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जब जब आउँछ आँखा सामु

~किरण खरेल~ जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू केही भुल गरेझैँ लाग्छ मलाई केही पाप गरेझैँ लाग्छ मलाई जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : तान चलाउनु चर्खा कात्नु

~श्यामदास वैष्णव~ अरुको भरमा पर्नु हुँदैन आफ्नै भरमा ज्युनु दर्बिलो खुट्टा टेकी सबले गर्बिलो आँखा पार्नु रैतिहरुमा सिप बढ्यो भने देशको नशिव खुल्छ हिमचुलिको सुन्तले घामझै हाम्रो देश यो बन्छ तान चलाउनु चर्खा कात्नु

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कथा : प्रेम कि युद्ध

~सङ्गीत नेम्वाङ~ दुई दाजु-भाई आँगनमा खेलिरहेको छन् गट्टा। ती नानीहरूको आमा रूपमती भान्सा गर्नलाई चिसो दाउरा हाल्दै फुकिरहेको छ चुल्हो। बलेको छैन चुल्हो। बरू उल्टो दन्किरहेको छ विकराल धुवाँ। र बगिरहेको छ आँसु। तर उसलाई थाहा छैन बगिरहेको आँसुको इतिहास? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment