Tag Archives: sangrahalaya

नेवारी गजल : विश्वास व भलसा

~शोभा महर्जन~ फल्चा व बल्चा मदुसां मनू सखे म्वाइ विश्वास व भल्सा मदुसा जीवन छखे लाइ । मतिनाय् दुःख मदुसा मिखा गनं प्याइ दुःख त्वःता बिस्युं वंसा निम्ह निखे बाइ ।

Posted in नेवारी गजल | Tagged , | Leave a comment

कविता : संविधान तिमी आऊ

~एस. दिवस~ भोका पेटहरूका निम्ति अनिकाल हैन सहकाल बनेर आऊ भोकै मर्न बाध्य हुनेहरूका लागि विष हैन पियुष बनेर आऊ भोका पेटहरूमा मुसा दौडिने गरी हैन माछा पौडिने गरी आऊ सविधान तिमी ¤ कोही भोको अनि कोही रो’को देख्नै नपर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : घरको पिर सम्झी सम्झी

~नारायण योगी~ घरको पिर सम्झी सम्झी दुख्छ मेरो घाउ पसिनाले दाम साटेर पठाएको छु दिल नदुखाउ कहिले डुल्छु रनवन कहिले भेँडी गोठ कहिले हुन्छु तातो हावामा मरूभूमिको फाँट

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दिक्क बनायो

~एम.एल. ओली~ भोको डकार झाङ्गिएर तन पलायो बाउको धन भाँगिएर मन गलायो साझा पाहुनो नाता जोडी ठिक्क बनायो भुँडीभित्र खहरे उर्ली दिक्क बनायो । मन्दिरभित्र सन्यासीले धुप जलायो पूजारीले धोती जलाई रूप पलायो

Posted in कविता | Tagged | Leave a comment

कविता : “तँ” भनिन्छन् “हजुर”हरू

~मित्रलाल पङ्ज्ञानी~ जो निजी बस्तु हैनन् तिनैलाई निजी भन्यो धर्तीमा युद्धबाट बाटो त्यै स्वार्थी अन्धले खन्यो व्यर्थैको दम्भले गर्दा तँभन्दा म ठूलो भनी इख्खियो हेपिने मान्छे मच्चियो झगडा अनि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : न्यायमूर्ति

~हेमबहादुर गन्धर्व~ “न्यायमूर्ति ढल्यो–न्यायमूर्ति ढल्यो” भन्दै शहरको बीचमा कोलाहल र कौतुहल मच्चिरहेको थियो । न्यायमूर्ति ढलेको हल्ला एकै छिनमा चैतको डढेलो जस्तै शहरका गल्ली गल्ली, चोकचोक हुँदै देशभरी फैलियो । न्यायमूर्ति ढलेको हल्ला सुनेर आश्चर्य चकित मान्दै गाउँदेखि शहरसम्मका हुलका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : उल्टो केस भाँड्नेहरू

~हिरारत्न श्री~ दोषीलाई कार्वाही गर्दा उल्टो केस भाँड्नेहरू मान्छेबाट गिरेका छन् जिउँदै मान्छे गाड्नेहरू आफै बोक्सी आफै झाँक्री भएका छन् नेता यहाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : जाऊ त्यहाँ इन्दिरा

~रेशम वी.सी.~ जनकविका कण्ठ स्वरबाट सुनिन्छन् कविता मनकविका मुखार्बिन्दुबाट सुनिन्छन् कविता मनकविका कविता बाहिर आउदैनन् सर्वदा बुझ नबुझ गएर बुझ जाउ त्यहाँ इन्दिरा कल्पनामा जनकविले गाउँदैछन् कविताहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : सगरमाथामा सिर छ

~कल्पना पौडेल जिज्ञाशु~ हाम्रो गौरव त्यो सगरमाथामा सिर छ तराईमा सम्मो फाँट, पहाडमा भीर छ लाली गुराँस धकमक्क फुल्ने बन पाखा मेचीकोसी सेती नदी गन्डकीको तिर छ

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : श्याम तमोटका गीत भित्र

~गोविन्दप्रसाद आचार्य~ एक जमाना यस्तो थियो, सङ्कल्प परिवार र बेदना परिवार साहित्य र संस्कृतिका क्षेत्रमा दरो प्रतिस्पर्धा गर्थे । तिनीहरूका गीत÷सङ्गीत र वैचारिक धरातल साहित्य, संस्कृतिका गतिविधिसमान थिए । यी दुई भिन्न रेखाका रूपमा देखा परे ३५÷३६ सालतिर । यिनीहरूको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

गजल : पार तर्न सकिएन

~हरिप्रसाद भण्डारी~ धेरै युद्ध भए यहाँ पार तर्न सकिएन यो देशको अभावमा भाव भर्न सकिएन । यो देशलाई धेरै माथि उठाउने मन थियो

Posted in गजल | Tagged | Leave a comment

कथा : परिवार

~राजेन्द्र ज्ञवाली~ उ अझै सुक्क सुक्क रुदै थिइ । म भने के गर्ने के नगर्ने भन्ने दुविधामा थिए । वाटो हिड्नेहरू मध्ये उसलाई देख्नेले आश्चार्य मान्दै थिए । अझ कोही कोही त केही वेर अडिएर वुझ्न खोजे जस्तो गर्दै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : निरीहको रगत नहोस

~भुपेन्द्र महत~ रातो अक्षतामा निरीहको रगत नहोस दिगो कामना शान्तिको,अब फगत नहोस पावन क्षण, महान पर्व, उल्लास र हर्ष दशै भोग्दा दशाको लामो लगत नहोस

Posted in गजल | Tagged | Leave a comment

कथा : म छुच्ची भएर तिमलाई के भो ?

~सविता सापकोटा~ सामसुङ मोबाइलको रिङ टोन बजिरहँदा सुतिरहेकी थिएँ । निन्द्रा लागेर होईन चिन्ता लागेर । केही कुराको चिन्ता लाग्यो भने दिनमै पनि सुत्ने नराम्रो बानी छ । कसैले नराम्रो भन्दा होस् या तनाव हुँदा सुतेर उठेपछि बल्ल समस्याको समाधान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतीक्षाभित्रको प्रेम उत्सर्ग

~पारसमणि शम~ त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूलको कथा

~भुवन निस्तेज~ जतनका साथ कुनै सुरक्षित बगैँचामा स्याहारिएन ऊ कुनै कर्तव्यनिष्ठ मालीद्वारा खडेरीमा सिँचिएन न पराल छ्यापेर ओभानो नै पार्‍यो कसैले उसलाई

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विद्या प्रभाव

~यकिना अगाध~ विवाह समारोह चल्दैथियो । उसकी श्रीमति उभिइ उभिइ आफन्तजनहरुसँग हाँसो ठट्टा गर्दैथिइन् । एक्कासी रुख ढलेझैं भुँइमा गल्र्याम्मा ढलिन् र मरिन् । आफन्तगण सबैले भन्यो कि यस गाउँको मान्छेको मरण आजसम्म यसरी भएको देखिएको छैन । पक्कै कुनै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आफ्नो लासमाथि आफ्नै टाउको

~कृष्ण जोशी~ अथाह समुद्रपारि पौडेर पुग्नुको रहर नीलो पानी समाएर हातभरि ठूलो माछा परेको बहाना रमाउनु रहेछ सपना टेकेर विपनीमा पुग्नु उज्यालो बिर्सिएर अँध्यारोलाई अँगाल्नुजस्तै मैले विपनासम्मको दूरी नाप्न सकिनँ सपना टेकेर हिँड्ने दुष्प्रयत्नमा

Posted in कविता | Tagged | Leave a comment

कविता : र महाजनहरू ठोकिरहेछन् ताली…

~शरद पोख्रेल~ कुनै एक भूगोलमा आफ्नै आयुबाट चोइटिएका गोलहरू सल्काउदै रातो बनाउदै फलाम ठोक्दै छन् अर्को फलामले आफ्नै जिन्दगी रातो रापमा राखेर पहिरोबाट आधा भिरसम्म झरेको रूख जस्तै डढेलोले आधा भन्दा धेरै जलाइसकेको

Posted in कविता | Tagged | Leave a comment

गजल : अडिने ठाउँ पाएको थिएँ

~उपेन्द्र पागल~ तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ आफ्नै देखायौ परेलीमा र पो तिमी तिरै धाएको थिएँ । हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी !! तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : थापूँजस्तो लाग्छ

~समुन्द्रा शर्मा~ पहिलो किरण अन्जुलीमै थापूँजस्तो लाग्छ । तिम्रो तस्बिर हृदयमै छापूँजस्तो लाग्छ । इन्द्रेणी यो मनको अब रङ बनी घुल्दा सारा रङ तिमीलाई नै छ्यापूँजस्तो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सामु आयौ किन ?

~मन्दिरा कोइराला ‘मधुश्री’~ — नआउनुपर्थ्यो सामु आयौ किन ? आइ त सक्यौ फेरि डरायौ किन ? मात्र एक झल्को चिहाउने बहानामा यी नजरमा ती नजर मिसायौ किन ?

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : नयाँ लोकतान्त्रिक जनगीत

~धीरेन्द्र प्रेमर्षि~ लय : गाउँ–गाउँबाट उठ गाउँ–गाउँबाट लुट बस्ती–बस्तीबाट लुट यो देशको मुहार बिगार्नलाई लुट श्रीमतीको अनुहार सिँगार्नलाई लुट राजतन्त्र यहाँ जाग्दाखेरि राजा बोकी लुट क्रान्तिको आगो दन्केपछि राजै ठोकी लुट

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : महत्त्वपूर्ण सम्पत्ति

~शर्मिला खडका दाहाल~ उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

भूषण ढुङ्गेलका दुई मुक्तकहरु

~भूषण ढुङ्गेल~ 1 तिम्रो अनुपम सौन्दर्यलाई फर्कीफर्की हेर्न कर लाग्छ तर, उत्ताउलो भन्छ्यौ कि भन्ने कताकता डर लाग्छ । यो मनजस्तै त्यो मन पनि भैदिए हुन्थ्यो तै पनि मनको धोको पुग्छ कि भन्ने अलिकति भर लाग्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

विचार : बहुनायकत्वको लीलाचेतः लीलालेखन

~कृष्ण धरावासी~ बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : ठाउँहरूमा खोज

~रीता ताम्राकार~ मेरो कथा शून्यशून्य ठाउँहरूमा खोज । मेरो व्यथा चह-याउने घाउहरूमा खोज । चुँडिएको चङ्गाझैँ म बेठेगान उडिरहेँ , मेरो ठेगाना निर्जननिर्जन गाउँहरूमा खोज ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा

~कमला प्रसाईँ ढकाल~ अस्तित्वविहीन छ यो यात्रा केही नपुगेजस्तो, केही हराएजस्तो हिँड्दाहिँड्दै थाकेजस्तो काम गर्दागर्दै रोकिएजस्तो कस्तो, के होला यो यात्रा ? जिन्दगीका उर्लिँदा भेलहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : भारी बिसाउनुपर्दा

~कृष्णभूषण बल~ टुङ्गा को लक्ष्य साधेर हिँडेको हुँ फेदीदेखि टाकुरासम्म निश्चिन्त कैयन् उकालीहरू नाघ्दै लम्केको हुँ आफ्नो ठेगानसम्म पारिजसो लक्ष्य बाँकी नै रह्यो पारिजसो पुग्नै नपाई यता घाम ओर्लिसक्यो । जसरी उकालो लागेको थिएँ म, आफूले खाम्न सक्ने एउटा भारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : We

~Bhupi Sherchan~ Translation by : Dr Tara Nath Sharma 1 However much we raise ourselves up, However much we run here and there, However loud we may roar However, we are merely drops of water, Impotent drops of water Which … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Butterfly

~Laxmi Prasad Devkota~ Translation : Dominik von Bohlen und Halbach I am the many coloured daughter of Spring, Born during the cuckoo’s calling, Adorned in the caterpillar’s dream; God gave to me my wings. Arrayed with countless casts of colour, … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

छेस्का : म

~विरही काइँला~ टाउको मेरो हो तर गिदी मेरो होइन छाती मेरो हो तर मुटु मेरो होइन मभित्रको चरित्र नायक म होइन

Posted in छेस्का | Tagged | Leave a comment