Tag Archives: sangrahalaya

कविता : साउनको डँडेलो

~एकु घिमिरे~ साउनको डँडेलोमा आधा डढेको गुराँस यसपालि पौषमै फुल्यो ढकमक्क झुक्कियो मौरी , पुतली अकमक्क ! ” तीन फुट असिना ” – सेल्फीको क्याप्सन ” पौषमा पसिना ”- हेडलाइन लेख्छन्

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई धेरै माया छ

~केशर देवकोटा~ तिमीलाई धेरै माया छ जीवन सुखले बितोस् । तिमीले जीवन दियौ तिमीलाई के भनूँ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आफन्तको भर हुँदैन

~अमृत सिङ थिङ~ गिट्टी बालुवा चाल्नेको घर हुँदैन आफ्नै भन्ने आफन्तको भर हुँदैन देशको माया खोज्न परदेश जानू सबै नेपाली तेरो मेरो थर हुँदैन

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो प्रेमी अनुहार

~ध्रुव थापा~ कति छ कति यो तिम्रो अनुहारमा प्रेमिल तातो र त पग्लदैछ मेरो प्रेमको हिमाल ओढिरहेछु मैले पनि त्यही अनुहारको बख्खु। मनसुनको बादल जस्तै

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : सिन्डिकेटले कष्ठकर यात्रा

~खडानन्द तिमलसिना~ २०७५ सालको असार महिनाको १ गते नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत इभेन परियोजना र बिश्व बैंकको सहयोगमा एल.वि मोर्डन इन्सीच्युटले तिनपाटन गाँउपालीकामा संचालन गरेको तिन महिने हाउस वाईरीङ तालिम र मोबाईल मर्मत तालिमको प्राविधिक शिक्षा तथा ब्यावसाहिक तालिम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : शत्रुलाई खुल्ला पत्र

~ऋतिक यादव~ जरुर म तिम्रो कालान्तरदेखिको प्रतिवादी एकपटक मेरो खुल्ला अपिल सम्झिदेऊ उपसंहारको पुण्य कदम उठाई तिमीले दृढताको परिष्कारवादलाई फालिदेऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाद

~विरही काइँला~ जब किलकिलेबाट थुक उछिटिन्छ बल्ल जिभ्रो चल्छ म कविता पढ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी पियारी

~दिल थापा~ मेरी पियारीलाई सम्झाउनु छ म परदेश छु भनेर मेरी पियारीलाई फोन गर्नु छ छोराछोरीलाई राम्रोसँग पढाऊ है भनेर मैले त मगरातभुमिमा पसिना बगाउन पाइन तिमीले भएनी बगाऊ है

Posted in कविता | Tagged | 1 Comment

गजल : आखिर मन मोड्नु रैछ

~निर्मला अवस्थी~ गर्छु धेरै माया भन्थ्यौ आखिर मन मोड्नु रैछ संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।। निसानामा पार्‍यौ मलाई ब्याधा बनी आयौ तिमी मिठो माया जालमा पारी आखिर बन्धन तोड्नु रैछ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : परिचय

~सिद्धिचरण श्रेष्ठ~ नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार, मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार। शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव दीक्ष यै हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : अष्टावक्र

~उमाशङ्कर द्विवेदी~ उद्यालक मुनिका कहोड नामले प्रसिद्ध एउटा शिष्य थिए । उनले आफ्नो गुरुदेवको बडो सेवा गरे । सेवाबाट अत्यन्त प्रसन्न भई गुरुले उनलाई जम्मै वेदको अध्ययन गराइदिएर आफ्नी सुजाता नामकी कन्यासित विवाह पनि गरिदिए । केही समय बितेपछि सुजाता … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : पाउनु

~भवानी भिक्षु~ मानवलाई उपलब्ध गर, कवि, मान्छेहरुका वनमा, बुद्धि र अंग प्रत्यंग, अहन्ता, दम्भ, स्वर्णका कणमा । रुक्ष प्राप्तिको मानिस नै हो हाम्रो बुद्धि-प्रतीक तर्क मात्रनै खाइरहेछ-ठीक यो कि बेठीक !’ हाम्रो सृजना आज–लडाई, दाउँ, पेच, प्रतिघात, उत्तेजना मात्र नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको हेर न मार्ग निराला

~गोपाल पाँडे~ सुन्दर कोमल बनस बिछ्याऊ, स्वागत-सूचक पुष्प सुँघाऊ, बस्तछ हा तर फङङ थलामा, सुँघ्दछ त्यसकै वास मजामा, हाँसोको त्यो लाउँछ माला, कविको हेरन मार्ग निराला । (१) राख गवैया र चरा खास, खूब गवाऊ कविका पास, झिकि झिकि राग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : A Common Love Story: Yours and Mine

~Uma Subedi~ Trans : Suman Pokharel You invited me to settle inside your heart. the delightful brilliance emerged from the pane of your heart the delightful brilliance emerged from the pane of your heart My heart wanted to swim on … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

चलचित्र गीत : मन यो मेरो हजुर

~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~ मन यो मेरो हजुर गर्दैछ कि कसुर लाग्छ अनौठो केहि धड्कनको तालमा चल्छ समय पनि गर्दै इशारा केहि खै कसको दोश हो कस्तो मदहोसी हो चल्दै छ जादु केहि

Posted in नेपाली गीत | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : विप्ल्याटो मनस्थितिका ए नेताजीहरु

~चन्द्र मादेन ‘आन्छन्’~ जनताको पसिना र रगत चुस्न सम्म चुस्यौ भोका नाङ्गा निरिह आसक्तहरुलाई डस्नसम्म डस्यौ बुद्धलाई भारतको मझेरिमा राखिरहेको छ उसैले देशको सिमानाको कद काटिरहेकोछ हत्या, हिँसा, महंगी, भष्ट्राचारले सिङ्गो देश कहालीलाग्दो भैरहेछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

थारु लोक कथा : गुरिया (गुरही) पर्व

~सङ्कलन : दिलबहादुर चोधरी~ पहिलो किम्बदन्ती : पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

समालोचना : बजगाईंको ‘रोडम्याप’ भित्रका लघुकथामा युगचेतनाका बिम्बहरु

~डा.लक्ष्मणप्रसाद गौतम~ १. आमुख : विषयप्रवेश नेपाली लघुकथा क्षेत्रमा पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण लघुकथाहरु देखिएका छन् । आजको वढ्दो प्रविधि संस्कृति(Technoculture)को प्रयोग, मान्छेको अतिशय व्यस्तता र छोटो छरितो रचना प्रतिको आजको पाठकको आकर्षण आदि विविध कारणले हिजोआज लघुकथा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : अन्तर संघर्ष

~अल्पविराम~ प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरुको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्ली पार्क आज झरी पछिको मनमोहक गोधुली साँझ बनेको छ / लभ्ली पार्क ,पोखरा नजिकैको थुम्को डांड़ो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाँउमा छुट्टै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नभन मलाई

~दीपा राई पुन~ आकास उही छ धर्ती उही छ म त्यहि छु तिमी छौ जहाँ नभन मलाई टाढा भयौ जीउने आधार तिमी नै हौ याद खस्छ झरणा जस्तै

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दिनचर्या आफ्नै स्मृतिकथाको

~प्रवीण राई जुमेली~ केही दिन झर्दिनँ उँधोतिर पनि पैयुँका फूलहरु टेक्दै धुम्तिको चप्लेटी ढुँगासम्म टेकाएर बीजगणितका केही प्रस्न घिच्रोमाथि हिंड्दछु मनले पछिल्तिरहरु गफका केही झिटीझाम्टी लिएर सिमलको बोट र त्यसको सियाँल ताप्न जाँदिनँ बितेका केही उत्सव भएर चुहिन जाँदिनँ समृतिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्की माउन्टेन

~मणि वाङदेल~ कुन अक्षरहरु टिपेर शब्द फुलाउ उन्नलाई माला कविताको जहा फक्रिन सकोस सौन्दरियता यो रक्की माउन्टेनको कति मनहरु चिरिएर रसाउने लव ल्यान्डको मायालु याक्साहरुमा असिम माया छछल्किएर पोखिने गोधुंली साँझको

Posted in कविता | Tagged | Leave a comment

कविता : घरकाे कथा

~रुमानी राई~ अाखिर….. घर जस्ताे नभएपछि घर घर जस्ताे नहुँदोरहेछ घर र,घर जस्ताे घर हुनलाई घर जस्ताे घर हुनै पर्दाेरहेछ । अाकार मात्र हाेइन रहेछ अस्तित्व घरकाे ेरुपरङ्ग मात्र पनि हाेइनरहेछ घरकाे पहिचान

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : इमान्दारी

~कृष्ण वस्ती~ दिन्छु भनेका जून-तारा नीलो आकाशमै छन् , खान्छु भनेका वाचा-खसम चिसो बतासमै छन्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उनीहरू जो अन्तै अस्ताए

~मुकुल दाहाल~ हिँड्ने बेलामा उनीहरूले ढोकामा सपनाका घडा राखेर साइतको रातो टीका मुछेर निधारमा गुराँस फुलाएका थिए घामले पिठ्यूँमा धाप पनि मारेको थियो । उनीहरू कालो पखेटामा बसेर उडेका पनि होइनन् जाने बेलामा देशको आकासमा उडिरहेका बादलहरू झस्किएका पनि होइनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Critic Essay : Nepali Poetry and the Globe

~Prabodh Devkota~ Experiment, lab, test-tuberefugee, blood, deaththe roaring of the bombthe upheaval of human lamentations and cries. Hello! Welcome to the world of modernity. I heard the sounds. I saw the people, but when I touched them, they turned out … Continue reading

Posted in Essay | Tagged | Leave a comment

कथा : नीलो गुलाब

~दिनमान गुर्मछान~ वास्तवमा उसलाई गुलाबको फूल दिने मेरो रहर थियो । भन्नुहोला- यो रहर त सबैको हुन्छ । रातो गुलाबको फूल त सबैले दिन्छन् नि ! म अलि फरक रङको दिन चाहन्थेँ । साथीभाइको सल्लाहअनुसार, मैले नीलो गुलाब दिने मनशाय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : अमेरिकामा नेपाली डायस्पोरा साहित्यको ईतिहास र न्यू योर्कका नेपाली साइत्यकारहरुको डायस्पोरिक रचना

~अमर नेम्बाङ्ग~  नेपाली डायस्पोराको लहरहरुमधे पहिलो लहर- धेरै बर्षअघि पूर्व सिक्किम तथा भूटानतर्फ भएको, दोश्रो लहर- सन् १८१५ मा ब्रिटिश लाहुरेहरुको भर्ती शुरु भएपछि दक्षिण एशियामा अवकाशप्राप्त  व्यक्तिहरुको पुनर्वास भएको र तेश्रो लहर- सन् १९७० देखि यता विशेषत: जग्गा जमीनको … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : मेरो हजुरबुबा

~कमला प्रसाइ~ आज भोलि मलाई मेरा हजुर बुबाको निक्कै याद आउन थालेको छ, छड्के ढाका टोपी र दौरा सुरुवालमा उभिएर शनिश्चरे बजारको अर्जुनधारामा मलाई आशीर्वाद दिएको आजै जस्तो लाग्छ । दशैमा टीका लगाएर मेरो शिरमा जमरा राख्दै आशीर्वाद दिएको आजै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : To The Silence

~Arjun Dahal~ Silence, Silence……and silence, I see silence everywhere. Things happened in an order, ascended to the top, reached the paramount, and now, are descending back to the beginning.

Posted in Poem | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – १

~बिमल गुरुङ~ किन जलाउनु? किन मैले जलाउनु? के घाम उदाइसक्यो? के हामीले अन्तिम जीत प्राप्त गरिसक्यौं? मैले दियो जलाइन । म बार्षिक परिक्षा ६ महिनामा दिंदिन मैले दियो जलाइन

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : टिप यो जोबन उडे पछि

~अम्बर गुरुङ~ टिप यो जोबन उडे पछि बतास हो बाँध यो माया बगेपछि पानी हो लहै जोबन बगे पानी पानी हो सुन यो जोबन उडे पनि तिम्रै हो

Posted in नेपाली गीत | Tagged | Leave a comment