Tag Archives: sangrahalaya

कविता : प्राकृतिकको खेल ,पानी

~पूर्णिमा पिम्मी~ साउनको झरीमा पहाडहरु भिजेछन डाँडा कान्ला रुखहरु निथुक्क भएछन झरी पर्दा सागर पनि शान्त हुनछ भिजेको तोहले आकाश पनि पुरै ढाकिन्छबादलको गुच्छालेपहाडहरु पनि सेताम्मे हुन्छ कपासले घुम्टो हाले जस्तै बिस्तारै हावाको

Posted in कविता | Tagged | Leave a comment

गीत : भाग्य पर्‍यो चिरा

~उषा शेरचन~ यता पर्‍यो मायाको घर उता पर्‍यो हीरा दुबैैलाई टिप्न खोज्दा भाग्य पर्‍यो चिरा कहिले जान्छ घरमा पहिरो कहिले जान्छ मनमा मेरो सधैं घाउ दुखिरहन्छ कलेजीको छेउमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : वधु शिक्षा

~भानुभक्त आचार्य~ प्रस्तावना एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति । तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।। सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै । भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर

~म. बि. बि. शाह~ बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर त्यो घरको मान्छे हातमा लौरो हल्लाई ओर्लेर फुकाई दाम्ली आउन थाल्यो पनेरो ताकेर हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

Posted in नेपाली गीत, स्वदेश गान | Tagged , | Leave a comment

कविता : लड बीरबहादुर ! तिमी लड !!

~विकास गोतामे~ म तिम्रो आवाजमा आफ्नो आवाज थप्न चाहन्छु म तिम्रो मुठ्ठीमा अर्को मुठ्ठी उठाउन चाहन्छु बाँच्नुलाई म मर्नु चाहन्छु मेरो प्यारो साथी बीरबहादुर ! म पनि तिमी जस्तै लड्न चाहन्छु ! गालीले पाकेको तिम्रो कानसम्मलाई मेरो आवाज पुग्न सकोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शीतद्वन्द्व

~रमेशजङ्ग थापा~ बत्ती झ्याप्प निभ्यो । कोठा चकमन्न अन्धकार र दुवै निःशब्द चुपचाप । खोक्दै ढाड कन्याएको अजीव आवाज । अनि निष्पन्द स्वरमा शब्द फुटछ, “बिहानदेखि सञ्चो नै छैन … के भाको के ? म त दिक्क भइसकेँ र सारा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मानिसको भाषा

~धनराज गिरी~ बारुद र गोली भयो मानिसको भाषा देखिएन कतै पनि यौटा झिनो आशा आयो मृत्यु खेलाडी भै शान्त मैदानमा प्राणै हर्ने खेलखेल्दै फ्याँकेको छ पासा

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो खराब

~मनोज निर्जन~ अशान्ति र भय कस्तो खराब अहिलेको समय कस्तो खराब अरूलाई रोकेर आफू अघि बढ्ने मान्छेहरूको आशय कस्तो खराब

Posted in गजल | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~हरिप्रसाद भण्डारी~ दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वाणीपुत्र !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर । लगाई ताजको बाजी महाराणा बनी उठ्यो शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टुक्रा–टुक्रा जिन्दगीमा

~पूर्ण वैद्य~ कतिपय विचार व्यवहारमा साट्न नसकी आजकोबजारबाट जिन्दगी— म कैयौँपटक खोटोसाबित भई फर्केकोछु।

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई

~सुजन श्रेष्ठ~ न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई… ए व्हिस्की दिलमा सजाएँ तिमीलाई … त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो… त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो…

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : बिचरो चरो

~भागवत खनाल~ बिचरो वृद्ध चरो खुला आकाश हेर्दै सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ अवको भेट को संग कस्तासंग होला त्यहाँ कस्ता होलान पात्रहरु ? अवको बास कहाँ होला ? अज्ञात त्यो तिलस्मी दुनियामा के के होला नियतिले कस्तो कर्तव्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्न पनि पाइँदैन

~मनु ब्राजाकी~ बिर्सिएछु भन्न पनि पाइँदैन । यस्तो जाबो माया अब लाइँदैन । भोकसित साटिएको जुठोपुरा, अबदेखि मीठो मानी खाइँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनका धुन छान्नेलाई

~भुपेन्द्र महत~ आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

Posted in गजल | Tagged | Leave a comment

छेस्का : आजकालका छोराछोरी

~रमेश पल्लव~ स्कूल जाने झोला बोकी भित्र किताब छैन कहिले यता कहिले उता होमवर्क गर्ने हैन निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको फिलिमका र मीठा-मीठा कुरा कत्ति आको

Posted in छेस्का | Tagged | Leave a comment

नियात्रा : आरोहणको तयारीमा

~प्रतीक ढकाल~ “माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।” “को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो । “तिब्बती हो रै’छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : पूजा नाटकमा नारी शक्तिको महत्ता

~रामप्रकाश पुरी~ १. अदम्य नारी शक्ति : स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : आक्रिशित शहिदगेट

~सबिना सिन्धु~ आँगन भत्काएर चिहान खन्नू कसैको विरोध गरेर उप्काउनू रक्तरन्जित ज्वारभाटा बलि चढाएर कुनै मन्दिरमा घाँटी रगेड्नू उसको फुटाउनू उसको खप्पर च्यात्नू मस्तिष्क र गाड्नू उसका आँखाहरू सुकिला घामहरूका अगाडि कोदालो बोक्नू र खन्नू खाडल

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेश नै फर्कन मन लाग्यो

~बिनोद खड्का~ बन्दुक बोकेर रगतको होली खेल्ने हातहरुमा शान्तिका दूत सुन्दर परेवाहरु देख्दा दूई शव्द कोर्न मन लाग्यो । बलेका टाएरले

Posted in कविता | Tagged | Leave a comment

कथा : पश्चाताप

~कल्पना पौडेज “जिज्ञासु”~ जिन्दगी यस्तै हुँदो रहेछ । आफूले सोचे र चाहे जस्तो कहाँ हुन्थ्यो र ? आँशु, हाँसो, खुशी, दुःख, पीडा, वेदना, तनाव, अनि मिलन र विछोडको सँगालो भनौँ या भोगाइको दोस्रो नाम नै जिन्दगी रहेछ । यही जिन्दगीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्यको लडाइँ

~मिथुन “विवश”~ आमा ! हाम्रो लडाइँ सकिएको छैन किनकि अहिलेसम्म पनि सामन्तवादको अवशेषहरू अझै खतम भएको छैन यो देशको नेताहरूले जति भाषण गरे पनि घुस, भ्रष्टाचार, अन्याय, अत्याचार

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू

~स्पन्दन राजा~ १. ‘समकालीन’ शब्दको अभिप्राय ‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्ती’ शब्दको पनि प्रयोग पाइन्छ । समकालीनको तात्पर्य ‘समान, उही वा एकै समय, बेला वा बखतको’ भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार ‘समसामयिक’ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई

~ध्रुवरत्न तुलाधर~ डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई लालीगुराँस बनी फुलुँ लाग्छ मलाई तर्राईको फाँटभरि तोरी फुलेझैं असारको रोपाइमा दुःख भुलेझैं

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अपेक्षा तिमीसँग

~रीता खत्री~ आऊ जीवनको चिसो सिरेटो बराबर बाँडौं हामी र एउटा असमान अध्यायको पटाक्षेप गरौं । जहाँ नदेखिउन् असमानताका अप्ठयारा भीर आँसुको धमिलो नदी र परस्पर चिन्न नसकिने

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~मायामितु न्यौपाने~ सिङ्गो जिन्दगी उसले यसरी नै बिताएकी छे चुल्हो र पँधेरोले चिन्छ उसलाई घाँस र दाउराले डाक्छ उसलाई घर आँगन प्रतीक्षा गर्छ उसैको भत्किएको भित्तो र मझेरीले पर्खिराख्छ उसैगरी जसरी पर्खिराखेका हुन्छन् परिवार र पाहुनाहरू

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : एक फन्को कर्णालीको

~भक्तराज जोशी~ नेपालको सबभन्दा विकट मानिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको कर्णाली अञ्चल हेर्न जाने इच्छा हुँदाहुँदै पनि जान पाइएको थिएन ।  सौभाग्यवश एउटा अति विशिष्ट भ्रमणमा सहभागी भई त्यहाँ घुम्न पाइने प्रस्ताव आउँदा सहर्षस्वीकार गरी भ्रमणमा जान तयार भएँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : घुम्तीमा छेलिँदै जाने दृश्यहरू

~प्रवीण राई जुमेली~ पढिने ऋचाहरू आफ्नै थिए कञ्चनजङ्घाका त्यसको छहारीमा बित्ने समयभरि इतिहासका बग्रेल्ती अलिखित घुम्तीहरूमा दृश्यहरू छेलिँदै जान्थे छेलिँदै जान्छन् दृश्यहरू अझै पनि । किन होला, कञ्चनजङ्घाका ऋचाहरू अब त परिणत भए शोकगीतहरूमा

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली उपन्यासमा जनजाति सन्दर्भ

~डा. धनप्रसाद सुवेदी~ संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनि उपस्थिति हुन थाल्यो । यसपछिका उपन्यास जनजातीय … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

अनुभूति : डल्लेखोलाको रचनागर्भ

~परशु प्रधान~ लगभग १६ वर्षपछि मैले यसपालि आफ्नो कथा ‘डल्ले खोला’ पढेँ । म एकैपटक विगतमा पुगेँ अर्थात् पूर्वाञ्चलको यौटा पहाडी जिल्ला खोटाङ पुगेँ । मैले खोटाङ्ग छाड्दा जन्मिएका बच्चाले यस वर्ष एस.एल.सी दिन लागे । पञ्चायती व्यवस्था समाप्त भई … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

खोजपत्र : नेपालका प्रथम ज्ञात कवि अनुपरम

~कृष्णप्रकाश श्रेष्ठ~ नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको … Continue reading

Posted in खोजपत्र, स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : ऐतिहासिक उपन्यास र डायमनशमशेर राणा

~ज्ञानेन्द्र विवश~ नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको प्रारम्भ राणाकालीन समयमै भएको पाइन्छ । इतिहाससँग सम्बन्धित अथवा ऐतिहासिक कालखण्डका सेरोफेरोलाई समेटेर लेखिने उपन्यासको आगमन डायमनशमशेर राणाबाटै भएको हो । यसअघि टुकराज-पद्मराज मिश्रकृत रजबन्धकी -१९९६) र रामकृष्ण कुँवर राणा -१९९९) का दर्ुइवटा कृति प्रकाशित … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment