Tag Archives: nepali sahitya

कविता : महोत्सव

~युद्धप्रसाद मिश्र~ अशान्तिको धरित्रिमा छ आज दन्केको चिता उखाडिनु छ दुर्दशा हुँदै प्रभुत्ववादिता मिटाउने गरीवका रगत् निचोरने प्रथा उदीयमान छन् हुँदै मनुष्यमा मनुष्यता

Posted in कविता | Tagged | Leave a comment

छोक : इच्छा

~आभास~ तिम्रो मन सागर भैदिए म त्यहाँ पौडने थिएँ माछाको जुनी बाँच्ने थिएँ तिमीले स्वीकृति दिइदिए तिमीभित्रै हराउने थिएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : रुन्छौ रे किन हो

~भिम बहादुर थापा~ म छँदै व्यर्थैमा रुन्छौ रे किन हो अनुहार आँसुले धुन्छौ रे किन हो ** रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ नौरङ्गी सपना बुन्छौ रे किन हो

Posted in गजल | Tagged | Leave a comment

कविता : बने मै आफु अन्जानी

~गणेश पुर्बछाने मगर~ हिड्दा हिड्दै जीवन को यो गोरेटो मा धेरै ठाउमा ठक्कर खाइयो प्रियसी को आस जवानी को जोश मा दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ आज हो या भोलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आगोमा फुल्छु

~बाजुराम पौडेल~ आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~बिना तामाङ ‘सुनगाभा’~ हो उ आदिम मान्छे जान्दैन थियो हिड्न क्याटवाक खाँदैन थियो अर्काको श्रम लाउँदैन थियो विकनी तर, एउटा युुग चपाएर आएपछि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : शृङ्गार

~प्रभा बराल~ काम गर्दा गीताको निधारको रातो टीका कतै खसेछ, सासुले देखिहालिन । ‘गीता निधार किन खाली राखेकी …..जाऊ, टीका लगाइहाल ।’ ‘हवस आमा,’ गीता गरिरहेको काम छोडेर आफ्नो कोठामा गइन । एक दिन लुगा धँुदै गर्दा गीताको हातको चुरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : धुलो टक्टकाउँदै उठिरहेको छु

~गोबिन्द छन्त्याल~ पढाईरह्यौ तिमीले इतिहास हिजोदेखि आजसम्मको दपर्ण राजा, महाराजा एउटै नश्लीय शासकको एकलकाँटे, एकलव्य र एकमना । खुनी इतिहासका पानाहरू पल्टिरहे इन्द्रेणी समाजको मुख जबर्जस्त थुनिरह्यौ तर, सास्वत सत्य परिवर्तनशिलता र गतिशिलताले

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनाकै बात मिठो

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ सपनाको भेटघाट सपनाकै बात मिठो तिम्रो याद बल्झाइ दिने घटनाकै बात मिठो . उर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ पहाड माँझ झर-झर झर्ने झरनाकै बात मिठो

Posted in गजल | Tagged | Leave a comment

कथा : छठ

~श्याम साह~ यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनैले नपत्याइदिएपछि उसलाई झोँक पनि नचलेको होइन । तर, भर्खरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : चरी भरर…..

~डा तारानाथ शर्मा~ आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको “प्राधानिकं रहस्यम्”मा अङ्कितै छ: “सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी” अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, २, पालनपोषण र रक्षा, ३, शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गज्जबको र’छ सोच

~सागर कार्की~ सोच्दछु म केही पृथक अनि बिल्कुल युवा सोच । सोच सुन्दर हुन्छ, सोच बलवान हुन्छ, अनि, बार्दलीबाट आकाशमा उदाउदै गरेको सुन देखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : धन कमाएका छोराहरु

~डा. हिरण्यलाल ज्ञवाली~ छोराछोरीले धेरै धन कमाए आफ्नै आर्जनले घर बनाए सामान सजाए ÷ मान्छेलाई कजाए जो उनका आमाबाबुले गर्न सकेका थिएनन त्यसैले सम्पन्न छोराछोरीले आफ्नो आर्जनको घरमा आमाबाबुलाई बास दिएनन

Posted in कविता | Tagged | Leave a comment

कविता : पिखुवा

~हेमन यात्री~ हतुवागढी! नपछ्याउनू मलाई निदहरूमा मलाई भेटेको दिन मैलेजस्तो एक्लै बग्नुपर्नेछ तिमीले। तिम्रो आाखाजस्तै त हुा म नहेर्नु किनारमा आएर नखेल्नु बगरमा आएर कुनै बेला उर्लन सक्छु म

Posted in कविता | Tagged | Leave a comment

लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त

~कमल प्रकाश पौडेल ~ खण्ड – क परिच्छेद–एक – सिर्जना परिचय १.१ सिर्जनाको परिचय सिर्जना शब्द आफँैमा चामत्कारिक शब्द हो । जो, जहाँ, जसरी रहेको हुन्छ त्यसरी नै सिर्जनाको अध्याय पूरा गरेको हुन्छ । संयोग सबैलाई मिल्दैैन; अर्थात् सिर्जना भन्ने … Continue reading

Posted in लेख | Tagged | Leave a comment

छोक : मान्छेको चरित्र

~आभा शर्मा~ उताको यता, यताको उता तलको माथि, माथिको तल जुन जता नाचे पनि ठीक जुन जता राखे पनि ठीक मान्छेको चरित्र सके दाब्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : सोध्न मनलाग्छ

~गीता थापा ‘दोषी’~ प्रचन्ड गर्मीको तातो राप औशीको कालो रात त्यो सब प्रवाह नगरी काख रित्तो बनाइ सिउँदोको सिन्दुर पुछी भित्र्याएको गणतन्त्र आज सत्ता र भत्ताको सम्मोहनमा परेको देख्दा सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ मार्ने र मर्ने खेल ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लो र होचो

~बिनोद प्रधान~ अग्लोले होचो नहुनु भन्छ होचोले अग्लो नहुनु भन्छ कुर्कुचादेखी टाउकोसम्म्को उचाइमा छौ यहाँभन्दा माथि अझ कत्ती अग्लन्छौ ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फूलमतीको रातो सारी

~गोविन्द गिरी प्रेरणा~ फूलमतीको लोग्नेको मृत्युको खबरले उसका साथीसँगतीहरू दुःखी भए। उनीहरू फूलमतीलाई समवेदना दिन घर पुगे। तर आश्चर्य ! फूलमती रातो सारी, रातो चोलो, गलाभरि गहना, हातभरि चुरा र सिउँदोभरि सिँदुरसहित पत्रकारहरूसँग कुराकानीमा व्यस्त थिई। एउटा पत्रकारले सोध्यो- विधवा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~मातृका पोखरेल~ यो माटोमा तिमी सँगसँगै मैले पनि भेटेको छु मेरा पुर्खाहरुको पसिनाको गन्ध । तिम्रै जिजुहरुले सुनाएका कथा हाम्रै हजुरबाले सुनाएको कथा हामीले सँगसँगै सुनेका थियौँ तिमीले बिर्सियौ कि के हो ? तिमीलाई याद हनु पर्छ अगेनाको डिलमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चुपचाप

~प्रवीण खालिङ~ स्सस्स्स्स्स…… हल्ला नगर अहिले सबैको मन सुतेको छ तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना चेतना ब्युँझियो भने यसले के के विगार्छ थाहा हुँदैन के के ढाल्नसक्छ पैह्रो जान सक्छ, आसन जानसक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जेल

~कृष्णसेन ईच्छुक~ म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु तिमी पहरा बाहिर छौ म यातना गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पऱ्यो र ? मित्र, अर्काको मुट्ठीभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोष्ट र मेरो कमेन्ट

~डिल्ली मल्ल~ मलाई विश्वास छैन– आज म नयाँ कविता लेखिरहेछु र, भोलि कुनै अखबारको साहित्यिक पेजमा वा कुनै साहित्यिक अनलाइनको पृष्ठमा वा कुनै साहित्यिक फेसबुकको भित्तामा मेरो फोटोसहित यी पंक्तिहरु झुण्डिनेछन् कविको परिचय खोज्दै र, दुनियाँले घोषणा गर्नेछन् नेपाली साहित्यको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ओलीको बोली

~बिस्नुप्रवा सापकोटा~ २०५७ सालमा म कक्षा १० मा पढ्थें। त्यही वर्ष हाम्रो घरमा पहिलोपल्ट माओवादी आएका थिए। जेठको मध्यतिर घाम आकाशको आधा भागबाट पश्चिमतिर सर्दै थियो। तल कतै टिमुरखोला गुनगुनाइरहेको थियो। बिट फाटेको थोत्रो गुन्द्रीमा बसेर कमेरो पोतेजस्तो हजुरआमाको सेतो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : होसियार बुद्धिको मान्छेसँग !

~उदय निरौला~ रूखका पातलाई सडक पेटीलाई गुमनाम मान्छेलाई स्पर्श गरिरहेछ लगातार गुमनाम प्राणलाई थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह थाहा भयो फगत हिंसा क्रोध, घृणा र दुर्गन्ध । ियहाँ यस्तै हुन्छ आकाशमा बादल लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोड्नु अघि

~बिष्णु सुबेदी~ गाउँ छोड्नुअघि, सोचें– घरैमाथिको देउराली र सोचें सहरमा देउराली छ कि छैन होला ! सम्झिरहें गाउँमुनिको माने थामी र सम्झिरहें सहरमा अर्को माने छ कि छैन होला ! रातभर गम खाइरहें

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदकी पत्नी

~नारायण तिवारी~ शहीदकी पत्नी गहभरि आँसु बोकेर भन्छिन् – ख्वै तिमी त अन्धकार चिर्न गएको भन्थ्यौ तिमी त– अलविदा प्रिय † म फर्केर आउन्न होला तर त्यो बिहान तिम्रो आँगनमा आउनेछ तिमीलाई सुम्सुम्याउन, भन्थ्यौ ख्वै तिमी त हुरी बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचारका मुना

~महादेव अधिकारी~ हिड्दछौ जति तिमिले मेरो जीवनमा जलाई बिचारका मेरा कलिला मूना आउछन् पलाई चाहान्छौ तिमी मलाइ दिन औँसी अन्धकार जलेर आफै पार्दिन्छु मत झलल संसार

Posted in कविता | Tagged | Leave a comment

कविता : यो माया तिम्रै

~डम्बर पौडेल~ धेरै बिन्ति गरे नि , तिमी नबोल्ने भित्र भित्रै गाठो पारी , केहि नखोल्ने | चौतारीमा भेट हुदा , सुक्क सुक्क रुने आशु पुछ्दै धारामा गई , रुमाल मात्रै धुने |

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अर्की आइमाई : अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा

~डा. गोबिन्दसिंह रावत~ प्राक्कथन : निलम कार्की निहारिकाको  अर्की आइमाई पढेपछि भारतीय मूलकी क्यानेडियन निर्देशिका दीपा मेहताको हेबेन अन अर्थ चलचित्रको सम्झना आयो । यस चलचित्रमा पनि एकजना पंजाबीले नायिका प्रिटी जिन्टालाई पंजाबबाट बिहे गरेर क्यानाडा ल्याएर दासी बनाएको कथाव्यथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : कहाँ छु र ?

~विक्रम तिमिल्सिना~ काँडै हुँ म फूल बनी फुलेकै पो कहाँ छु र ?! सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?! तिम्रै मातमा मेरा चाह जगाउँछु भन्छौ अरे, नशानशा मलाई नै बगाउँछु भन्छौ अरे, तिमीसँग त्यती धेरै घुलेकै पो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : के म बौलाएकै हो त

~सिम्पल केटा~ आज ऐठनले बिहानै उठेँ अनि अनिँदोमै पत्रिका पढेँ तर पचेन किनकि कतै राजनिति भेटिन ॥ लौ बर्बाद! सायेद म बौलाएछु कि ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment