Tag Archives: nepali sahitya

कविता : पानीबादल र आत्मा

~रुमन न्यौपाने ‘अमन्त’~ क्षणीका, चम्किएर आँगनमा पोखिएको बेला र्बषातको र्शबत चाख्न पुग्छु । पानी बादल जब र्तकिएर मेरो आँत भिज्न पुग्छ म मन भित्र बाट मन चिह्याउँछु् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार नुन पठाइदिनु होला

~लोक राज भट्ट~ सरकार तम्रो हड्तालको क्रान्ती चलिरहेका बखत गाउमा सारै महङ्गिएको छ नुन, बलाई छ , तम्रा सहरले दिएका कागजले हाम्रो पहुँचमा सपनाहरु सिचाँउदैन, त्यो आश्वासन, सहरमै बाँडिचुँडी खाईबक्सेला। हामिले त तम्रा क्रान्तिका घाउले

Posted in कविता | Tagged | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~ ऊ नेपाल फर्कने निर्णय गर्छ आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शिलान्यास

~अतित मुखिया~ आउ तिम्रा दुर्गम हातहरुले छातिका पटाङ्गीमा मनको सुन्दर भवन निर्माणार्थ भावनाका शिला राखेर शिलान्यास गर म परेलीका हत्केलाले ताली वजाउला माटो मुच्छन, सकेजती आशु र पसिना निचोरुला । उद्वेगमा विरानी तिर अलिकती खुसी फुल्यो त के फुल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारीको अर्थशास्त्र

~बासु थापा पुलामी~ सपनामा मेलोहरू लश्कर लागेर आउँछन् अनि बुन्छन् अनेक थरीका सपनाहरू चियाबारीले। बिहान झिसमिसेमा उठ्छन् परिवारको एकमुठ्ठी जाँगरिला सपनाहरू लिएर उनी। हप्ताभरिको खर्चबाट उसले घरको अर्थशास्त्र सञ्चालन गर्नुपर्छ। तल्लो गाउँमा मरौ परेको छ। त्यहाँ पनि नपुगी हुँदैन।

Posted in कविता | Tagged | Leave a comment

गजल : गरी सके मैले

~अनिल बराल ‘गरीब चिराग अछुत’~ जीबनको अन्त्य गरी सके मैले धर्तीमा छैन म मारी सके मैले | मेरो नाम निसाना नखोज्नु अब मृत्युको जीबन सागर तरी सके मैले |

Posted in गजल | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~ आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उत्तरआधुनिक मान्छे !

~शिव प्रकाश~ मान्छेजस्तो देखिने विनम्रताविहीन मान्छे भकभकाउँछ एक्लै, बक्बकाउँछ, सग्लै छन् खुट्टा टेकिँदैन सीधा बङ्ग्याएर हिँड्छ दुरुस्त मान्छेकै जीउडाल कक्रक्क कक्र्याएको छ मैमत्ता, घमण्ड, अहङ्कार मान्छेको नयाँ संस्करण उत्तरआधुनिक मान्छे एउटा नौलो परिचय बाँडेर हिँडेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाहा ट्राफिक

~उमेश राई~ प्रदुषित सहरको धुवाँ र धुलोले जब बेस्मारी सताउँछ मध्यान्नको तातो घामले बेस्मारी बेस्मारी तताउँछ अनि बेलाबेलामा चोकको त्यो ट्राफिक पुलिस बौलाउँछ यहि बाटोमा बुलेट बाईक चढेर जमिनै भत्किलाझैँ आवाज गर्दै दोस्रो लटको जवानी सम्हाल्दै सोर्ह बर्षे नवयौवना चिप्काएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सङ्केतको कविता संग्रह

~होम सुनुवार~ सबै साहित्यिक मनहरुमा समर्पण गरी लेखिएको ‘सङ्केतका कविता’ नामक दोस्रो कविता संग्रह सम्झना स्वरुप मेरो हात पर्दा म अचम्भित र खुशीको सम्मिश्रणमा एकछिन टोलाएँ । किनकि लेखकका अन्य साहित्यिक कृतिहरु पैँयूका फूलहरु, हाईकु संग्रह र यात्रा स्पर्श, यात्रा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : देवकोटा तिमी प्रसाद हौ

~आचार्य प्रभा~ देवकोटा, तिम्रा अमानुषी श्रीजनाका किरणहरुले अझै जग्मगिएको छ साहित्य जगत तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ नेपाली बाङ्मय अझ सहज, तिमी अपरिमेय छौ तिम्रा श्रीजना अमेय छन। हाँसी रहेछौ तिमी अटल सूर्य बनेर नेपाली साहित्यकाशमा , बाँची रहेछौ तिमी”मुना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : र फेरि

~राजव~ उताबाट आउने फोनको कुनै निश्चित समय छैन। तर, बार निश्चित छ– आइतबार वा शनिबार। अरू बार फोन आएको रेकर्ड छैन। यी बार कुनै पनि समय उसको फोन बजेको हुन्छ। त्यसकारण ऊ आइतबार र शनिबारका दिन फोन हातमै लिएर हिंड्छे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे खोजिरहेछ यती

~ध्रुवसत्य परियार~ मेरा अनेकौं इच्छाहरूमध्ये अग्र र उग्र इच्छा- सपनामै मरुँ, हिउँदमा घाम तापेका दिनहरूभन्दा अरू बढी न्याना र उज्याला लाग्छन् मलाई सपना ओडेका रातहरू मेरा अनेकौं इच्छाहरूमध्ये अग्र र उग्र इच्छा- सपनामै मरुँ । म सपना ओडेर जागेको बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भर्खर गाल्न तयार छु

~कमल प्रकाश पौडेल ~ सून हुन्छ भने पित्तल, भर्खर गाल्न तयार छु जति लाग्छ लागोस् पाप, सब पखाल्न तयार छु ।। तिम्रो माया दिन्छ्यौ भने, पर्दैन भो केही खान भोकै पेट दिन रात, गिट्टी चाल्न तयार छु ।।

Posted in गजल | Tagged | Leave a comment

जय सिंह महराका दुई हाईकु

~जय सिंह महरा~ रसिला आँखा बादल भित्र जून अँध्यारो मन ´´´´´´´´´´´´´´´´

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~सौरभ कार्की~ दश गजाले छुट्टयाएझै यत्ति मेरो बाँकी तेरो एउटा सानो धर्सो कोरिएको मानचित्र बर्लिनको पर्खालझै झन्डै–झन्डै निषेधित क्षेत्र झै वाह ! महोदय तिमीले त आफ्नै कलङ्कित बिचारहरुजस्तै विभाजित गर्ने भएछौ नि

Posted in कविता | Tagged | Leave a comment

भवानी न्यौपाने ‘भावना’का केही हाइकुहरु

~भवानी न्यौपाने ‘भावना’~ कल्पना भरी स्निग्ध प्रेम सागर स्वप्न सन्सार । अञ्जान यात्रा निर्दोष कन्यादान कुहिरो लाग्दा ।

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~दिवाकर स्वप्नील~ “अरे?हजुर अफिस गइसेको होइन?” “अँ।तर जानै सकिनँ।” “किन?” “बाटो भरिका जुलुसले गाडी अगाडी बढाउन सकिएन।” मैले श्रीमतिको प्रश्नको जवाफ मात्र दिएँ।मन त्यसै भारी भएको थियो।त्यस्तो नीच कुकृत्य कसले गर्यो?त्यो भीडभित्र अपराधको दण्ड तोकिएका मान्छेहरुको अनुहार जो अपराध बिरुद्ध … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यौनको सम्मान

~निर्भीक र्रार्इ~ ब्ढ्यौलीले गलाएको, यौन दुबलताले शिथिल बनाएको, दर्रि्रताले भक्रान्त पारेको, धार्मिक अन्धताले ग्रसित भएको र असभ्य मान्छेले नै यौनलाई घिनाउने, खिसी गर्ने हेला गर्ने र यौनसँग लजाउने । नत्र त्यसो गर्ने किन, त्यति प्यारो यौनलाई – ओहो हो हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्युःरा

~कोइँचबु काःतिच ‘उत्तम’~ यति रिस उठी रा छ कि अहिले – चोक, गल्ली, चिया पसल र चौतारीमा देश बनाउने सुन्दर सपना बुन्न अविरल बौद्धिक वेश्यवृत्ति गर्नुहुने श्रद्धेय महानुभावहरुसँग । रिङ–ने दा, यति रिश उठी रा छ कि अहिले यति रिस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका मान्छे

~विश्वम्भर चन्चल~ आजभोलि मान्छे सस्तो छ पशुुभन्दा पैसा सस्तो छ संवेदना, दया–माया र प्रेमभन्दा स्वार्थ प्यारो छ देशभक्ति र राष्ट्रवादभन्दा बाबु पठाउँछ छोराछोरीलाई बन्दुकको नालमा होमिन

Posted in कविता | Tagged | Leave a comment

कविता : हिप्पोक्रिट संवेदनशीलता

~सुधीर छेत्री~ “साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।” -शङ्कर लामिछाने एब्स्ट्र्याक्ट चिन्तन प्याज कार्निभल चल्दैछ। कार्निभल। समुद्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एरिस्टोक्र्याटहरू

~जीवन क्षेत्री~ खाली खुट्टा आधा ढाकिएको शरीर एक सुकुम्बासी बर्बराइरहेछ– थूः निर्लज्ज एरिस्टोक्र्याटहरू । तिम्रो शान्ति भर्सेला परोस् एक्लो काठमाण्डुलाई ‘नेपाल’ मानने ए एरिस्टोक्र्याटहरू । हिम्मत छ भने सार्वजनिक बस चढेर पश्चिम सीमा पुगेर त हेर बन्दुकको खेती, बारुदको मलजल

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : घान्द्रुकको-यात्रा

~अमोल आचार्य~ १० अक्टोबर, शनिवार, बिहान नै उठेर, पदयात्राकै लागि भनेर किनेको ‘ट्रेकिङग् ब्याग’ बोकें। पदयात्रा जाने जोशले होला ब्यागमा कोची-कोची राखिएका कपडाहरु, साबुन-स्याम्पुहरु केहीको पनि तौल थाहा भएन। विहान ७:०० बजे जमल पुगेर ‘टुरिष्ट’ बसमा चढेर पोखरा जाने निधो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : म साँचो नेपाली भई मरी दिन्छु

~ज्ञानेन्द्र गुरुङ्~ मेरो राष्ट्रिय चन्द्र, सुर्य अंकित ध्वजा, अनन्त सम्म फहराउन खोज्दा खोज्दै… म डुब्ने बेलाको घाम भएछु भने म प्रेषक बिनाको खाम भएछु भने सुन्दर हिमाल हाँसेको हेर्ने दुई आँखा चिम्ली… औशिको रातमा जुनकिरसंगै हराएछु भने, म साँचो नेपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरी बागमती !

~कलाधर काफ्ले~ हिउँदभरि, जब बागमती दर्ुगन्धित लेदोमा परिणत हुँदै फोहोरैफोहोरको डङ्गुरभित्र रुमलिँदै घिस्रिरहेकी हुन्छिन् । बागमती बचाउ अभियानका मै हुँ भन्ने नाइकेहरू बर्खाका च्याउभै Fm उम्रेका र दर्जनौँ सङ्घसंस्थाहरू बागमती सभ्यताका हिमायतीहरू सिङ्गो नेपाल सरकार अनि

Posted in कविता | Tagged | Leave a comment

गजल : बाचा गरी रुवाएर गयौ

~बालकृष्ण भट्टराई~ सँगै जिउने बाचा गरी रुवाएर गयौ। तिमी हाँस्यौ मेरो आँशु चुहाएर गयौ।। तिम्रो माया स्वार्थी रै’छ विश्वाश गरे मैले, सोझो देख्यौ उल्टै कसम खुवाएर गयौ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कसो खेर गइएन

~नारायण तिवारी~ ठूलो हुरी बोकेको थिए कसो शहीद भइएन ठीकै भएछ– कसो खेर गइएन …. । कहाँ भइरहेछ इमानको पूजा खोइ फेरिएको छ संस्कार । अहिले पनि उस्तै–उस्तै उत्पातहरू छन् उस्तै–उस्तै आघातहरू छन् मोटाउने मोटाएकै छन् कसलाई छ चासो

Posted in कविता | Tagged | Leave a comment

कविता : विचलित मान्छे

~रमेशजङ्ग सिजापति~ त्यही मान्छे हो वर्तमानमा देखिएको विगतको पहिचान हराएको बोली वचन र आस्थामा विचलनपछि देखिएको यथार्थ रूपलाई भन्न करै लाग्यो स्वयम् आफैंँमा विचलन आएको मान्छे । यसरी नै क्रमशः भूत, वर्तमान र भविष्यमा पनि कर्तव्यबाट चुक्दै जाने हो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्वबोध

~सुबेश घिमिरे~ मेरो अस्तित्वको अविर्भावसँगै जननीसँग मैले गर्भको राप माँगे ममतामयी काख माँगे आन्द्राको प्यास मेट्न छातीको धार माँगे॥ बिस्तारै बामे सर्दै बाबासँग मैले

Posted in कविता | Tagged | Leave a comment

कथा : उपहार मौनताको

~तिलक खत्री~ दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फर्किन्छु गाँऊ फेरी

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँऊ घर उजाड भएछ कठै सबै शहर पसे पछी घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडे पछी गाई गोठ कडकुरो थर्कु याँहा सबै ढली सकेछन् घरको खाँबा डाँडा भाटाहरू सबै गली सकेछन् सुन्दर फूल फूल्ने बँगैचा आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment