Tag Archives: nepali sahitya

गजल : कल्पना भण्डार हुन्छ

~कमल प्रकाश पौडेल ~ सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।। मान्छे भन्छन् सजिलो छ, सर्र कलम डुलाउन कोरेपछि यस्तो कोर्नू, बुझाई अपार हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : एक किलो जंगल

~बिमल गुरुङ~ अब मुद्दाको कविता लेख्न लागेको छु बर्षौं – बर्ष देखि आकाशतिर नियाल्दै आफ्नो शुरमा आफ्नै सुसाहट बोकेर बगिरहेकी बगिरहेकी दुधकोशीको तिरमा बसेर लेख्न लागेको छु, लेख्न बसेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मालकिंदी

~लक्ष्मी प्रसाद देवकोटा~ क. समय बराबर प्यारले फर्की, उल्टो छाल हान्छ कमाल ! किनकि अगाडि क्यै झल्केथ्यो, बेहोश वेगमा, स्वर्गको माल ! ख. सम्झनाले गिज्याइहिछ बोक्रालाई, निद्रालाई तन्द्रालाई, ऊँगलाई आत्माको !

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : स्काइपको टीका

~युवराज नयाँघरे~ हाङपाङ छोड्दा नन्दलालसँग आठ छोरा थिए। मधेश झरे उनी। पहाडमा खानलाउनकै दुःख थियो। झोडा फाँडेर उनी छाप्रो हाली बसे। त्यै छाप्रोमा अरु तीन भाइ जन्मे। एक रात बूढा पिसाब फेर्न पिढीँमा बसेका मात्र थिए – गोमनले ठुङेछ। ठाउँका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सागर, सगर र सतह

~डा.रुपक श्रेष्ठ~ वषौँसम्म पानी ओढेर सुतिराखेको मलाई भकभकी उम्लिरहेको मेरै गर्भका लाभा मेरै महासागर पिँंधबाट झकझक्याउँदै भन्छ मलाई उठ ! उठ !! हिमालझैं उठ सगरमाथाझैँ उठ

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध

~मुक्ति गौतम~ पानीको मूल थुनेर मूलबाटो छेकेर युद्ध हुदैन अब, ढुकेर स्कुल जाने बाटोमा झोला बोक्ने कलिला काँधहरुमा बन्दुकको भारी बोकाएर या कलिला मन मश्तिष्कमा व्दैष र घृणा भरेर युद्ध हुदैन अब, मारेर निर्दोष मान्छेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : दोबाटोमा छुटिँदा…

~अनुभव मञ्जरी~ दोबाटोमा छुटिँदा तिमीलाई रोक्न सकिनँ मूल बाटोमा सँगै हुँदा तिम्रो बातै सुनिनँ मनको यो ढोका भोटे ताल्चाले बन्द थियो खोल्ने चाबी नचिनेरै अलमल्लमा थियो

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : पक्षपात

~इप्सुल मगर~ जादै जान्न त्यो बाटो म दोबाटो भेटिने भए वीरहरुको रगतले कोरिएको सीमाना मेटिने भए आहुती दिन्छु यो सिनो म आफ्नो माटोको लागि

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : रात मा के छ त्यस्तो

~विवेक पाठक~ पिउन मन लाग्यो पिए बिहानै, रात मा के छ त्यस्तो जति पिए नि लाग्दैन यो मेरो, हात मा के छ त्यस्तो ? कति पिए पत्तै लाग्दैन, बेहोशी भएसी नशा चढेर एउटा मान्छे लाइ अर्कै बनाउने, मात मा के … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : जन्तीसँगैको नयाँ दुलही

~तेजिन्द्र राना मगर~ एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एस्तै हो माया भन्ने

~गणेश पुर्बछाने मगर~ टाढा टाढा उडी जाने त्यो पन्छी को हुन्छ के को भरोसा? छितिज पारि आफु लुकेर पारि जान्छ सबै आकाश सुन्य नै छोडी जाने निर्मोही प्रियसीको किन गर्छौ तिमि आसा?? मन भरि स्वार्थी माया बोकेर पार्छन प्रेम को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खुल्दै–खुल्दै जान्छौ

~विक्रम तिमिल्सिना~ गहिराइ चुमेँ लाग्छ, तिमी खुल्दै–खुल्दै जान्छौ अरू झर्छन् फुलेपछि, तिमी फुल्दै–फुल्दै जान्छौ होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट होलान् मलाई सम्झिएर सायद बाँकी भुल्दै–भुल्दै जान्छौ

Posted in गजल | Tagged | Leave a comment

कविता : मौन व्रत

~आभास~ म समयसित मौन वार्ता गरिरहेछु मेरी प्रियतमा तिमी मौनता भङ्ग नगर सौम्य छन् तिम्रा आँखा सागरमा पनि लहर छैन म समयसित सुस्तरी साउती खेलिरहेछु अहिले म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु शान्त सागरमा हराइरहेछु विन्ति प्रियतमा तिमी मौनता भङ्ग नगर

Posted in कविता | Tagged | Leave a comment

गजल : मजै बेग्लै

~सुमित सुबेदी ‘प्यासी’~ आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै । लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै। लजाएर तिमी नजिक, सर्दा खेरी मजै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना दशैको !!!

~रामु गैरे~ घर फोन गर्या थिए दशै आयो रे !!! कमेरोले घर पनि पोते होलान घरको पर्खालमा मखमली फुल पनि फुल्न लाग्या होलान ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान टिका नथापेको पनि सालौ भईसक्यो प्यारी श्रीमती अनी छोरा छोरीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उकालो यात्राका कुरा

~टीकाराम उदासी~ कहिल्यै नबिर्सनू र, सुन्नू ध्यान दिएर कि हामी अपर्ूव साहसका साथ हिडेरै आएका हौँ यहाँसम्म नपत्याए सोध्नू तिनीहरुलाई साक्षी छन् आकाशका जूनताराहरु त्यो अनन्त फैलिएको क्षितिज पनि साक्षी छ साक्षी छन् उस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले मलाई….

~चेतन कार्की~ केटि – तिमीले मलाई सम्झने छैनौ आज त नभन मलाई भने बढेर आउला पापीको माया झनझन केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली

~चट्याङ मास्टर~ आहा मेरी बुढीको कति मीठो बुढ्यौली अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली हिजो म चिटिक्क, चिटिक्कै परेर देखाइदिउँ शहरलाई म कस्तो भनेर हिँड्दा शहरमा नजर के लड्याथिए रंगिन पुतली मनमा उड्याथिए आइन् ती बाला मलाई हेरेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

झटारो गजल : पोइला जान्छु भन्छे

~दयामोहन आचार्य~ तिमीसित घरजम हुन्न, अब पोइला जान्छु भन्छे गहना गुरिया पोको पन्तो, सबै उतै लान्छु भन्छे नमूना नै परी मोरी, सुखै दिए जस्तो लाग्छ जति गर्दा पनि तर, उतै मिठो खान्छु भन्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : बुद्ध हुन

~अतित मुखिया~ जोकोही सक्छन यहाँ क्रुद्ध हुन सक्दैनन् किन कोही बुद्ध हुन को दिन्छ दृष्टि सबै बैरी देख्ने जिम्मेवार को आपसमै युद्ध हुन

Posted in गजल | Tagged | Leave a comment

कविता : पराइ देशको पिडा

~मणि वनवासी~ ठुला ठालु सधैं राम्रा, साना सधैं दास। दासताको पञ्जाबाट मुक्त हुने आस।। त्यही आसमा अल्झिएर छाडिहाले घर। सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।। अधुरा ति सपना सम्झी यहाँसम्म आको। आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।। कुरा बुझ्नु पहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भत्किएको रात

~प्रभात राउत~ गत रात म भत्किए भित्रसम्म . अस्तित्वको मायावी भूलले चौतारी झैँ बाचेको थिएँ बषौं-बर्ष स्तुतिका टुडालहरु मक्किए एउटा भित्तो जस्तै ,पर्खालजस्तो अग्लो म खण्डहर छियाछिया वार-पार भैदिए . सुम्सुम्याई रहन्थे म काखमा मृदु-नानीझैँ मेरा स्नेही आत्मविश्वासहरु

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : जिन्दगीमा फेसबूक

~कल्पना वान्तवा~ फेसबूके कुलीनहरू हाम्रा जतिसुकै महत्वका पोष्टलाई पनि बाल दिंदैनन्, अन्तरसंवाद गर्दैनन् र पनि हामी ‘म त यति ठूलो मानिसको साथी हुँ’ भन्ने आत्मरतिमा रमाउने स्वार्थले अपहेलना सहेरै साथी बनिरहन्छौं। फेसबूकको नेपाली ‘डेमोग्राफी’ मा उच्च वर्गका केही ठालुहरू उच्चै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अब दशै कहिले लाग्छ?

~रश्मिला कवाङ ‘रश्मि’~ आमा, अब दशै कहिले लाग्छ? बालापनका ती रहरलाग्दा दिनहरु ती निश्चल हाासो र उमंगहरु रोटेपिडमा मच्चिएका झट्काहरु मिठो खाने राम्रो लाउने निउका कर्कशहरु अनि त्यो अभावमय दशैको टिका र जमरा कालान्तरमा सम्झिन्छु म एकएक कलाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति ! शान्ति !! शान्ति !!!

~गणेश कार्की~ भोक लाग्यो, मैले भात माँगे तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ “शान्ति ! शान्ति !! शान्ति !!!” मसँग पाखुरी छ, मैले जमिन माँगे तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ “शान्ति ! शान्ति !! शान्ति !!!” म बिरामी छु,

Posted in कविता | Tagged | Leave a comment

गजल : मन पराउनु हुन्न साथी

~कृष्ण पौड्याल~ उद्धेश्य न बुझी मन पराउनु हुन्न साथी। माया प्रेम बाध्यतामा गराउनु हुन्न साथी॥ तिमी मेरो म तिम्रो स्विकारन बिन्ती। नाना भाती वकाल्दै कराउनु हुन्न साथी॥

Posted in गजल | Tagged | Leave a comment

कविता : कसी

~कोइँचबु काःतिच ‘उत्तम’~ यसो आफ्नै जिन्दगीलाई स्वस्थ परिक्षणको क्रममा एमआरआइ गरेर हेरेको त के भनौं, लाजै मर्दो रिपोर्ट पो देखा पर्‍यो, गाँठे ! कतै डाँडाकाँडा कतै खोल्साखोल्सी

Posted in कविता | Tagged | Leave a comment

कविता : बिस्थापित हामी

~आचार्य प्रभा~ प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर कहिले कमजोर बनेर ढल्न खोज्छ कहिले अस्थिर बनेर रम्न खोज्छ किन हो कुन्नी ?आमाको मोहले मोहित भएर होला शायद … आफ्नै आमाको काखको सिरानी रोज्छ । रहर हो कि बाधयता ? रणभुल्लमा छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जुन

~सागर कार्की~ निधारका पसिना पटुकीमा भिजाउदै आमाले छर्नुभएका पे्रमका बिउ जब टुसा बनेर आकाश चुम्न निस्कए मैले आमाको चेहेरामा जुन देखे र त्यो जुन मेरा आँखाका सपना बने । आमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडको बकपत्र

~डिल्ली मल्ल~ सपनाले देश सरेपछि विपनाले भेष फेरेपछि खैँ, के भयो-भयो हिजो संसारै लाग्ने गाउँबस्ती आज बिरानो-बिरानो भएझैँ लाग्छ हिजो मुटु नै लाग्ने साथी सङ्गी आज पराई-पराई भएझैँ लाग्छ हो कमरेड, देश हराएजस्तो न भेष हराएजस्तो यो सुनसान-सुनसान शहीद गाउँबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : साथी म यतिबेला एम्बुसमा छु

~सन्तोष काफ्ले ‘स्पन्दन’~ हो साथी म यतिबेला एम्बुसमा छु खुट्टा मुनि एम्बुस छ खुट्टा छोडे पडक्न्छ नछोडे समय घटिरहेको छ यधपी जिबनको लामो सास तानेर समयका रेखाहरु हेर्दै चारै तिरको बाताबरणमा हराऊछु जिबन कल्पना अनि मिठो सपना

Posted in कविता | Tagged | Leave a comment

कथा : शितको सुनामी

~सुमन क्षितिज~ कलेजमा मलाई ऊ जत्तिको राम्री कोही पनि लागेकै थिएन् । सुरुवाती दिन देखि नै उसमा नजर ठोक्किएको थियो । खासमा भन्नुपर्दा कलेजमा अधिकांश विवाहित थिए । पचास प्रतिशत बचेका मध्ये पच्चीस प्रतिशतको ब्वाईफ्रेण्ड कलेजभित्रै भेटिन्थ्ये । बाँकि पच्चीस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment