Tag Archives: nepali sahitya

पुस्तक समीक्षा : सम्भावनाको ढोका खोल्ने उपन्यास

~हरि अधिकारी~ युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मोहभंग

~सुषमा मानन्धर~ दिलप्रसाद पचास दशकको, त्यस्तै पचपन्नको हाराहारीका मान्छे। तिल-चामल कपाल अनि भरिलो जिउ। केही वर्ष भयो उसले अहिलेको प्रोजेक्टमा काम गर्न थालेको। यो भन्दा अघि ऊ एउटा स्कूलमा मास्टरी गर्थ्यो। निकै भनसुनपछि उसले प्रोजेक्टमा काम पाएको हो, मान्छे चिनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मौन छु आँशु पिई

~रत्न शमशेर थापा~ मौन छु आँसु पिई, पिर जब ओर्लिन्छ तिमीले साँची साँची नयन किन गर्दिन २ आज थाकी थाकी पाइला सर्दै सर्दैन २ हाँसो खुसी र चैन सबै मलाई चाहिन्न अनि देऊ पछि यही गुनासो म सुन्दिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : आदर्शको ढाल हो

~वामदेव पण्डित~ सत्सठ्ठी अब छैन त्यो विगत भो ख्वाएर तीता कुरा । अठ्सठ्ठी अब आउँदै छ बलियो देखाउँदै पाखुरा ।। पक्कै आउँछ संविधान रसिलो मिल्ने छ मीठो रस । सारा वर्ग खुसी हुने छ सबको प्यारो मणि पारस ।।१।। हाम्रो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक सपना देख्याँ

~रामेश्वर राउत ‘मातृदास’~ बीस वर्षका उमेरमा गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ जता हेर्योँ उतै लड्याका, भत्क्याका दारुण अवस्था देख्याँ टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या र सुन्दर शान्त विशाल देश बनाउन्याँ एक सपना देख्याँ ।।१।। गोरखनाथ बाबाको आशीर्वाद औ गजवीर–भाइभारदार र दुनियाँदारको

Posted in कविता | Tagged | Leave a comment

छोक : अनुभूति

~महेश रेग्मी~ प्रकृति यात्रामा मौन पहाडलाई सुम्सुम्याएर हिडेँ अनुभूतिको आकाशलाई टोलाएर/बोलाएर हिडेँ साम्राज्यको सूर्यलाई हेरेँ पहाडहरूको प्रतिक्रिया खलबलिरहेछ हेर्दै-हिँड्दै जाँदा

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्खाइ

~नीलम कार्की निहारिका ~ प्यारा  छोरा/ बुहारी /नाति शुभ आशिष् ! आजआज भोलभोलि भर्दाभन्दै वर्षौं भयो हाम्रो भेट हुन सकेन । तिमीलाई भेट्ने हजारौँ मन हुँदाहुँदै तिमीलाई आऊ भन्न  सकिनँ /अहिले तिमि एक सन्तानको बाबु हौ, तिमी राम्रै अनुमान लाउन  … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : आत्महत्या

~अरुणबहादुर खत्री “नदी”~ लक्ष्य पूरा हुन नसक्दा मैले आत्महत्या गरेको भए म कसैको पति बन्ने थिइन मेरो बिहे हुनुप¥यो भन्दै भतेर खोज्नेहरुको इच्छा नै भताभुंग हुने थियो उनीहरुको बधाई मैले थाप्न पाउने थिइनँ

Posted in कविता | Tagged | Leave a comment

गीत : दार्जिलिङ सहर

~नरदेन रुम्बा~ हरर बरर ढ्वाङ् तानूँ सरर जानू छ हामीलाई दार्जिलिङ सहर ए है मन फरर  हरर बरर ढ्वाङ् तानूँ सरर यो बाटो हामीसँगै हिंड्छ मोटर ए है बेनी बगर तेलैमा खोज्नु दहमा दह एक सेर ए लै लै तोरीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखामा केही आस थियो

~धनेन्द्र विमल~ आँखामा केही आस थियो मुटुमा केही सास थियो सायद तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो सपनापछि सपना देख्ने निरन्तर यही क्रम रह्यो मैले माया लाएँ कि लाइन मनमा सधैं भ्रम भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो कान्छीको आँसु हो कि

~आनन्द अधिकारी~ यो कान्छीको आँसु हो कि फेवातालको पानी रात बित्यो तिमीजस्तै केले भिज्यो छाती मनभित्र गढ्यो काँडा खिल गढे जस्तै बिहानीमा एक्लो भेटें माछापुच्छ्रे जस्तै

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : देशको माया

~सुरेन्द्र महर्जन ‘अमर’~ मुटुभित्र पनि देश भेट्छु परेलीमा झन सँधैभरी नेपाली हुँ त्यसैले होला देश दुख्दा पीडा वरिपरि । मान्छेसँग देशको माया होस यस्तै चाहन्छु मुटु आफ्नो धड्कन देशको बन्न चाहन्छु, हिमाल झैं अटल माटोको शान बनु सँधैभरी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रविन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

राजेन्द्र थापाका चार छोटा कविताहरु

~राजेन्द्र थापा~ बाघ राजनीति यौटा बाघ मर्छ – खबर बन्छ त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन थुक्क राजनीति ! सडक बन्द सडक बन्द भन्छ मान्छे, तर सडक बन्द हुँंदैन, मान्छे मात्र बन्द हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाग्छ मलाई मीठो मधुपर्क

~कृष्णप्रसाद पराजुली~ किन-किन लाग्छ मलाई मीठो मधुपर्क फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क ! जीवनमा रस घोल्दा मान्छे बाँच्न सक्छ नीरस जीवन राम्रो होइन अन्त्य हुन पुग्छ……….

Posted in कविता | Tagged | Leave a comment

गीत : साँची राखुँ जस्तो लाग्छ

~हरिभक्त कटुवाल~ साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई। डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने थाहै नपाई पराइको भइदिन्छ्यौ भन्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : अतितको बिस्कुनका अनिल

~खिमानन्द पोखरेल~ साहित्य पढ्ने बुझ्ने र मनन गर्ने मान्छेले अनिल पौडेललाई पक्का पक्की चिनेकै हुनु पर्छ । साहित्यमा लगनशिल भएर लाग्नु उनको लागि धर्म वनिसकेको छ । वास्तविक रुपले उनको मुल्याँङ्कन गर्नै परे उनलाई साहित्यका प्रमुख योद्धा एवम् शक्तिशाली कवि … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बहुसत्य असत्यहरू

~उज्ज्वल जी.सी.~ औँसी पोतिएको छातीका कुना कन्दराहरूमा स्निग्ध मित्रता खोज्न मैले हार्दिकताको अनमोल समय खर्चिएँ तर देखिन विश्वासका पीपलहरू आत्मीयताका दुबोहरू ऊ भित्र मेरो यात्रा

Posted in कविता | Tagged | Leave a comment

गजल : जून खोज दुखी

~क्षेत्र प्रताप अधिकारी~ अँधेरोमा एउटा जून खोज दुखी अलिनोमा थोरै नून खोज दुखी सामन्तहरू बैगुनी हुन्छन् बैगुनीमा कतै गुन खोज दुखी

Posted in गजल | Tagged | Leave a comment

गीत : म जिन्दगीभर हिंडिरहें

~यादव खरेल~ म जिन्दगीभर हिंडिरहें, तर कहीं पनि पुगिनछु आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें म हुरी भई हिडें, बतास भई हिडें कति पटक निरासामा हतास भई हिडे म पहाडमा हिडें, भीरैभीरमा हिडें म सफलताको तिरतिरमा हिडें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : काँश ख्वाइनेछ

~लोक राज भट्ट~ कुश ख्वाइनेछ ,अनी काँश ख्वाइनेछ, अब बाघलाइ बाँधेर ,घाँस ख्वाइनेछ। अर्थ मन्त्रालय मुर्दाबाद, नभने सम्म, गोबरको चट्नी बनाइ गरीबलाइ, गास ख्वाइनेछ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बाटो उस्तै अनि गाउहरु

~नाइलु क्याबचा~ बाटो उस्तै अनी गल्लीहरु दाँया बाँया लद्बदिदै हिनेको म यात्रा अबिरल अनी अनिस्चित हुँदा हुँदै पनि चाल्न खोजी रहेथे पाउहरु, आकाश उस्तै अनी धर्तीहरु थकाईको पिडा वस्ता नगरि त्यो धर्ती माको माया बोक्दै

Posted in कविता | Tagged | Leave a comment

कथा : फर्कनभन्दा मर्न निको मान्नेहरू

~गुमनाम सापकोटा~ अस्ताउँदै गरेको घामको पछिल्लो किरण थेम्सको धमिलो पानीमा मिसियो। एक हुल चराले नदीको किनारलाई छोडे र बस्तीतिर हानिए। उसले लन्डन ब्रिजमा उभिएर आकाशमा फट्फटाइरहेका चराका पखेटाहरू परसम्म हेरिरही। चराहरू अग्ला घरहरूले होच्याउँदै गरेको सन्नाटाभित्र कतै छेलिए र उसका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जलपरी

~मनोज दाहाल~ ओहो! केके पो गर्न भ्याउँछे जलपरी। समाजसेवा गर्छे। नाटक खेल्छे। चित्र बनाउँछे।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जन्म दिन- एक अनुभूती

~सोम खनाल~ शुभेछ्याका सगुन-अम्रीतहरू पियेको छु हरेक बर्ष हार्दै जाने छ समयले, म झन जवान हुदै जाने छु । बर्षहरु त खुट्किला पो हुन् मेरो जीवन सींढीका, म ओर्लने छैन शीखरहरू छुदै जाने छु । यी हत्केलाका बक्र रेखाहरूले छेकिन्न, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : दुल्लुको दौड र पञ्चकोशी–दर्शन

~वासुदेव गुरागाईं~ हेमन्तको उत्तराद्र्ध । बिहानको पारिलो घाम । कर्णालीको कञ्चन पानी । वारिपट्टि पाउमा दैलेख, पारिपट्टि आँखाभरि अछाम । दुवै उत्तिकै रमाएका छन् । आञ्चलिक हिसाबले वारि भेरी, पारि सेती । त्यति मात्र हो र ! वारि मध्यपश्चिमाञ्चल, पारि … Continue reading

Posted in नियात्रा | Tagged , | Leave a comment

कविता : नयाँ सडकमा एकाएक भुइचालो गएको दिन

~डा. दुबसु क्षेत्री~ अबिरल बग्दै गरेको इन्द्राबती टक्क अडिएको दिन सातै सूर्यको एकैचोटि ज्योति गुमेको दिन लाहुरे भैंसी तुहेत्रो गएको दिन नयाँ सडकमा एकाएक भुइचालो गएको दिन बुद्धका अर्ध मुद्रित आँखाहरू अचानक बन्द भएको दिन अर्थात रामेश्वर शर्मा चालिसेको चोला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देहात टाइम्स १

~चन्द्र घिमिरे~ मान्छेले कुल्चेरै औलो भगाएको देहाततिर मीनपचासमा पुग्दा कालाज्वरले जामुन झैं नीला–काला र पाटाखाडीमा पटुवा झैं गनाएका मामाहरू घमौराले चिलेको म भान्जाबाबुलाई सियाल ओताउँदै देहात चिनाउँथे । कट्टु नअडिने छोटुसँग माछालाई बल्छी थाप्थ्यौं अनुहार न दनुहारको भ्यागुतो पथ्र्यो हिलोबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : पर्खाई

~कात्यायन~ पर्खंदै तिम्रा पाईलाहरू चाँदनी सिउर सिउरी सकें, या – शीतले रंगाई दिएँ, केश सबै फुलाउंदै मिलन कहिँ होला कि भन्ने आशा बढाउंदै सपनीको घुम्टो ओढ्दै कति रात तिमी आइदियौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : नेपथ्यको पर्दामा दृश्यान्तर

~प्रकाश सायमी~ सर्पिलो पीच फैलिएको थियो, उकालोतिर । यो उकालोको नाउँ के हो ? साथमा पैदलयात्रा गरिरहेका साथी स्पेन्सर केही भन्न खोज्दैथिए, अचानक हामी दुईछेउ भयौँ, थ्रीह्विलर आएकाले । बम्बईको हँकाइ यस्तै हो । हामी दुई एउटै समयका पागल सिनेप्रेमी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : आसपासमै छु म

~मिथिला प्याकुरेल~ कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म । छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो शहरमा विरामी फूल !

~दीपेन्द्र के.सी.~ शंका छैन यो शहरमा सँधै हतारमा कुदाउने हुलका हुल स्कूटरहरुका चालकहरु नेपाली नै हुन् नभए बँगाली, पाकिस्तानी वा भारतीय हुन् वा पक्कै अरवीहरु हुन् । यो माइनस डिग्रीको चिसो हुस्सुमा फैलिएको आहट ! प्रर्याप्त छ परिचयलाई ।

Posted in कविता | Tagged | Leave a comment