Tag Archives: nepali sahitya

कविता : नयाँ वर्षका मतहरू

~राम बिनय~ खोज्दै गन्तव्य शिखर बाढी मानिसको उर्लियो पहाड मैदानको सङ्गममा लागेको दाग मेटाउन निर्णायक आवाज बज्रियो । शान्त नदी विश्वासको प्रवाहमा ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : काठमाडौंदेखि कालीकोट–जुम्लासम्म

~केशव तमखू~ किताबमा पढेको र मिडियामा देखे–सुखेको नेपालसँग साक्षात्कार गर्ने भित्री मनको चाहना ज्यूँदै थियो। तापनि विभिन्न कारणले काठमाडौं नै सीमित हुनुपरेको यथार्थ तीतो सत्य थियो। भलै विद्यालय जीवनको पोखरा भ्रमण तातोपानी–दोलखा भ्रमणजस्ता सुगम र छोटो दूरीको यात्राले काठमाडौं बाहिरको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : नयाँ वर्ष- जून ओर्लिएको रात

~लारा राई~ रिपल्स वे, साउथ चाईना समुद्रको किनारमा भखर्र जूनको छाँया ओर्लिएको छ। नरिवलका पातजस्तै भएका वृक्षहरु अर्ध ढल्किएका छन् यो समुद्री किनारै, किनार। ती वृक्षहरुका लामा, लामा पातहरुसँग लुकामारी खेल्दै जूनको त्यो छाँया मेरो काखसम्म फैलिन आइपुग्यो। म औधी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रातो गुलाब

~छविलाल कोपिला~ यतिबेला, ग्रहण लागेको सूर्यको घाम ताप्न धोद्रो सिमलको रुखमुनि बसेर गिलास सोमरस पिइरहेछ । यता, मंसिर भित्र्याएर हँसिया र हटौडा चीर निन्द्रमा सुतिरहेछ भने, तिमी कालरात्रिको भजन गाइरहेछौ । ठीक यसैबेला,

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~श्वेता मैनाली~ सृष्टि सोच्थी, एक दिन यो सपना बिपनामा बदलिनेछ । हरेक रात सपनीमा एउटा संगीत साधक आउने गथ्र्यो । मायाका मीठामीठा कुरा गथ्र्यो । अनि मीठो गीत गाउने गथ्र्यो । सृष्टि मन्त्रमुघ्ध हुन्थी । संगीत साधकको नजिकै छातीमा अडेस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयाँ वर्ष र खुसी

~डा. कपिलदेव लामिछाने~ केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : धन्यबाद ! ग्लाभ्स्को ..

~रुमन न्यौपाने ‘अमन्त’~ The Jarvy Café को बार्दली बाट देखीएको एउटा अराजक सहर । म लामो कोरीडर हुदै उसको ढोका सम्म पुगेको थिए । डोर बेल थिचेपछी उ स्वागतार्थ ढोका छेउमा उभीन आईपुगेको थियो । छोटो छोटो दारी, कसीलो छाती, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तपार्इंको यो नयाँ वर्ष

~भैरव अर्याल~ मन्त्री राशिः– २०२७ साल तपाईंको लागि अशान्तिकारक तथा महत्वहीन वर्ष सिद्ध हुने लक्षण देखिन्छ, किनकी जन्मकुण्डलीका राज्यस्थानमा शनिको र मङ्गलको क्रुरदृष्टि परेकोले ज्यादा दौडधूप तथा अथक परिश्रम गरेता पनि आफ्नो सम्मानित ओहदाबाट ओरालो लाग्नुपर्नेछ । तर धन्दा नमान्नुहोस्, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : संझी कस्ले केर्दिन्छ र

~भिम बहादुर थापा~ आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र ** तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र

Posted in गजल | Tagged | Leave a comment

गजल : आगो भै बलौँ हामी

~आचार्य प्रभा~ अन्यायको बिरुद्द आगो भै बलौँ हामी देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी । सन्तान हौँ हामी सबै एउटै देश नेपालको आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

Posted in गजल | Tagged | Leave a comment

रोहन पृथकका पाँच हाइकुहरु

~रोहन पृथक~ १. गर्दा गुलामी झुण्डियो राष्ट्रियता काँचो धागोमा २.हुन्छ झगडा गिद्धझैं लुछाचुँडी अर्काको जुठो

Posted in हाइकु | Tagged | Leave a comment

छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ । जाँला लौ कुन लोकमा र पछि … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पाकेको फर्सी

~एकु घिमिरे~ भुइँमा राख्दा बिगि्रन्छ भनेर दलिनमा राखिन्छ पाकेको फर्सी हेर्दा राम्रो-चाम्रो हुन्छ, छाम्दा गिलित्तै राखेको फर्सी । कुहेछ, रछ्यानमा फ्याँकियो सहस्र उम्रन्छ, बढ्छ र फल्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : यो भुँडी

~नर बहादुर खत्री क्षेत्रि ~ एक पाईलो नहिँडी बाईक चढ्यो। तेसैको कृपाले आज भुँडी बढ्यो।। मन छनी घटाउन अछ्न्दिलो भुँडी। तरनहुने रहेछ सधैं बाइकमा गुडी।। सत्य जागिर नहुँदा सानैथियो भुँडी। जब खाइयो जागिरअनील्याइयो बुढी।। अनी तेस्काबाजे आफ्नै बढ्यो भुँडी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो घमण्ड

~अभिसेक ढुङ्गाना~ मैले सब्दलाई शास्त्र बनाए, कलमलाई आस्त्र बनाए, आफ्नै कृति लेख्न पुगी, झुटलाई आफ्नो बस्त्र बनाए | आफ्नै गुडगान गइ थकिना, अरुको खोइरो खनाए, एउटा एक्लो दरबार आफै राजा भै आफैलाई प्रजा बनाए |

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : सारी अनि दाह्री

~विशाल पौडेल ~ आमा मलाइ तिमीले लगाउने सारी मन पर्छ, आफ्नो हैसियत बिर्सेर बोक्ने भारी मन पर्छ, तिमीले बारम्बार कराउदा पनि काट्नै नमान्नुको कारण,

Posted in मुक्तक | Tagged | Leave a comment

छन्द कविता : नयाँ बर्ष

~डा. हेमनाथ घिमिरे~ रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले । पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥ हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा । नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥ हाम्रा यी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : अधुरो प्रेम

~सूचना घिमिरे~ सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : डाँडा माथिका जूनहरुको सात समुद्र पारीको यात्रा

~रितु कार्की~ छिमेकी दाइभाउजुकोमा ८४ वर्षीया आमा आउनुभएको थियो। आमाको अमेरिकाको यो भ्रमण पहिलो भने थिएन। आमाले बेलायत र थाइल्यान्डमा पनि केही समय बिताइसक्नु भएको थियो। तपाईँलाई लाग्दो हो बुढीलाई त मस्ती रहेछ। तर आमालाई भने हामीले सोचेको जस्तो मस्ती … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : व्यावहारिक व्याकरण कृति

~देवेन्द्र अर्याल ‘आँसु’~ नेपाली भाषाको व्याकरण लेखन परम्पराको फेहरिस्तमा बलदेव अधिकारी ‘गाउँले’ को एउटा अनुसन्धानात्मक गहन कृति थपिएको छ ‘मध्यस्थ व्याकरण ।’ यस ‘मध्यस्थ व्याकरण भाग-१’ मा नेपाली व्याकरणमा विद्यमान विविध पक्षलाई उठाइएको छ । जे.ए. एटनबाट सुरु भएको नेपाली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गीत : बाँच्न देउ

~गणेश कार्की~ तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ. मलाई बाच्न देउ तिम्रो वरिपरी मेरो हरेक यात्रामा हिउँ नापरिदेउ मा बस्ने चौतारीमा हुरी नचलाइदेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : ज्यान बोक्छन मान्छे

~भुपेन्द्र महत~ गाँस खोज्न हत्केलामा ज्यान बोक्छन मान्छे भेडा भाख्रा सरी आफ्नो भाउ जोख्छन मान्छे आकाश छुनेको भिडमा छाना नपाका माथा भोकमा जकडी आफ्नै ओठ टोक्छन मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : मानवता

~कल्पना किरण~ नारा बन्छन् यहाँ देखावटी समानताका लागि कस्तो समानता हुन्छ र? पति दमन भित्र… हामी बिना चुल्हो बल्दैन रजस्वलाको चार रात पनि सुख छैन हामीलाई भाडा मोल्छौ र सुकाउछौ आफ्नै जीन्दगी सुकेको पत्तै छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~सन्तोष लामिछाने~ कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी बुर्लुक्क उफ्रदै वयस्कले भन्यो भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

कविता : कर्णाली दख्खिन बग्दो छ

~दामोदर नेपाल~ एक टुक्रा जुनले निशा चिर्ने प्रयास गरिरहेको बेला सहयोगी हातहरु फैलाउँदै प्रकाशलाई परावर्तन गर्दै बस्तीमा उज्यालो छर्न उद्यत कर्णाली दख्खिन बग्दो छ । घरको गर्जो टार्न अनि गाउँलाई झलिमिलि पार्न दख्खिन झरेका र झारिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली हात

~निराजन राजालिम ‘बतास’~ हे मनुष्य, म तिमीलाई ईशारा गर्दै छु अमुक भाषामा यी कोमल हातहरुले तिमीलाई उपदेश दिदैछु; यो खुला पन्जाले जनाउछ म,तिमी अनी हामी सबै खाली हात यस् धर्तिमा आयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा शहिद बनिरहेछिन

~बसन्त थापा~ आफु देखी टाढा गएको सन्तानको चिरायुको कामना गर्दै प्रतेक दिन दियो जलाउन पल पल आमा आसु थपीरहेछिन दियो जलिरहेछ आमाको मन तड्पिरहेछ,एक मुठ्ठी उज्यालो सङ्गै उज्वल भबिस्यको आराधाना गर्दै आमा आफ्नो चाहना सन्तानको सुखको लागि जलाइरहेछिन

Posted in कविता | Tagged | Leave a comment

कविता : दिप आफै बल्छ

~मन्जील दिप सुब्बा ‘गरिब’~ कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ अन्धकार् कालो रात्रीहरुमा जुनकीरि झै ज्योति जोगाई दिप् आफै बल्छ भो बजार्न पर्दैन यहाँ अन्याय अत्याचारको बिरुद्द मा विशाल् चटाँन् बनि दिप् आफै बज्रन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : आशिष छ मेरो

~बिदुर अधिकारि~ जुग जुग बाँची रहु ,आशिष छ मेरो जन्म जन्म हाँसी रहु ,आशिष छ मेरो तिमीलाई काँडा बिझ्दा ,मलाई मात्र दुखोस् सधैं भरी हाँसी रहु ,आशिष छ मेरो

Posted in गजल | Tagged | Leave a comment

कविता : दिप

~पुरुशोत्तम बाबु~ मलाई तिमी लाग्छ माता पो हौकी ? त्यो छाती चुसी तृप्‍ति म छैन कत्ती तिमी बाल देख्दा अती मक्ख पर्ने तिमी ज्योति नाना बनी खेल भर्ने ********************** तिमीलाई प्यारो सुख त्याग लाग्ने हृदय जलाई तिमी मान भर्ने तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति भित्रको आभा

~ध्रुब प्रसाद दाहाल~ आयो रसिलो चाड तिहार घर घरमा जल्दै छ दियो । बल्दै छ आफु तर पनि मन्दैन कत्ती पिर यो ।। जली आफु अरुलाई दिने रोशनी जसरी । तिम्रो समर्पणभाबको महिमा गरौ म कसरी ।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~ छन्द : झ्याउरे हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा चाडमा पनि सकिन टेक्न नेपाली माटोमा पुजेर दियो हालेर तेल बालेर बस्दी हौ निराश हुँदै बनेर दुखी संघार पस्दी हौ अबिर हरु छरेर हेर जोरबत्ती बालेको फुलका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment