Tag Archives: nepali sahitya

कविता : जरुर पुग्नेछु आमा

~ए.पी. सुमन~ जगदीश घिमिरेको अन्र्तमनको यात्रा गर्दागर्दै, ब्रजेश खनालको यायावर झैँ तरुणी प्रसाद कोइरालाको अग्निबाटिका हुँदै म विपिको यस्तो घुम्तीमा आइपुगेको छु आमा, जहाँ सञ्जीव उप्रेतीका घनचक्करहरु दौलत विक्रम विष्टका चपाइएका अनुहारहरु बोकेर मेरा मुस्कानहरुलाई मध्यरातमा टक्कर दिन तम्तयार भएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~शीतल कादम्बिनी~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वैज्ञानिकको नियात्रा

~आनन्द पी राई~ झापा टटुवामारीको एउटा खम्बू (राई) केटो जीव–विज्ञानमा स्नातकोत्तर गरेर पढाउन थाल्छ । विद्यावारिधिका लागि उभयचर र सरीसृपको नमुना सङ्कलन गर्दै झपाको केचनाकलन र सोलुखुम्बुको खुम्जुङदेखि कर्णाली र बैतडीका भीरपाखा चहार्छ । पूर्वी पहाडमा अनुसन्धान गर्ने क्रममा २६ थरी किरात … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : तिम्रो यादमा

~केवल गंगा गुरुङ~ गोधुलीको माधुर्यतामा हरार्इ दिउँकी लाग्यो चोरेर तिम्रो तस्विर मनमा सजाई दिउँकी लाग्यो दिनमा त एकै पल्ट हेर्ने मन तिमीलाई तिमी नदेखे धर नहुने रोग कस्तो लाग्यो मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भन प्रिय

~पूर्ण धिताल~ तिमी सधैं कुर्चीतिर जान मन गर्ने। सधैंभरि सडकतिर हामी जानुपर्ने। कुर्ची छोड्ने सल्लाह दिंदा तिमी आँखा तर्ने। यस्तो बेला भन प्रिय मैले कसो गर्ने? तारे होटल रङ्गीन रात तिमीलाई जाँगर आउने। जोकिङ्ग गर्न भोटिङ्ग गर्न तिमी रिसोर्ट धाउने। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : समर-भूमि

~कात्यायन~ – आदिम स्पार्टाकसले छरेका स्वतन्त्रता-संग्रामको बीजहरू; लमतन्न कुरूक्षेत्र झैं माझमा समर-भूमि बनेर तेर्सिएका छन् | – पारि मृग-तृष्णामा छटपटाइरहेका पाण्डपहरू झैं मृगहरू छन् | – वारि मृग-रक्तपानमा हतासिरहेका कौरवहरू झैं ब्वाँसाहरू छन् |

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : सम्बोधन

~राबत~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा मलाई छोएर जाने हावाहरु थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा

Posted in कविता | Tagged | Leave a comment

कथा : एन्सिमाइनेन लाप्सी (पहिलो बच्चा)

~बिजेता~ ‘को हो र त्यो बच्चा?’ ‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’ ‘नेपालीको?’ ‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’ ‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’ ‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पीडा

~पुष्पा खनाल~ बाबु हराउनुको पीडा, आमा गुमाउनुको पीडा साथ सिद्धिनुको पीडा, काख रित्तिनुको पीडा दशैं आउँछ छोरो आउँदैन तिहार आउँछ भाइ आउँदैन मेरो आँगनमा कोइली गाउँदैन पीडा धेरै भो खुशी छाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~ यस्तै हुने रैछ क्यारे ! सन्तानका मायाहरु मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु यिनलाई चोट लाग्दा अझै, मलाई नै दुख्ने गर्छ नफर्कुन्जेल साँझ घर, आँखा बाटो ढुक्ने गर्छ मलाई मात्र यस्तो हो कि ? पोखुँ लाग्ने मायाहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुनगाभा, म हारेँ

~डा. रुपक श्रेष्ठ~ मेरो झ्यालको सानो गमलामा फुलिरह्यौ भर्भराउँदो भएर बाह्रैमास नरम सुन्दर सुकोमल पत्र पत्र फिँजाएर बिना पर्वाह कुनै ऋतुको बिना पर्वाह कुनै मौसमको बिना पर्वाह कुनै मलजलको फुलिरह्यौ सधैँ सधैँ न झ्यांगिएर कहिल्यै सेप पायौ

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पाउने कि नपाउने !

~बिकल आचार्य~ संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी खान छोडौँ भनी रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउनलाई पुरुषार्थ सम्झन्छन् भने कोही सम्भव … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : निक्लन नसकेका अनुभूतिहरु

~गोपिकृष्ण प्रसाई~ ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा धेरै इच्छाहरु आज कैद गरी बस्याछु तिमी रिसाए पनि प्रकृति म तिमीलाई कहिल्यै टाढा ठान्दिन आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन कठै ! यी घामहरु ऐठन भएका छन् राहु र केतुको झेल परेर हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : हाउस-हस्ब्यान्ड

~प्रमिशा केसी~ “मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भरोसा, गर्नै हुन्न भन्छन्

~जय सिंह महरा~ कलीका पुत्र नारी भरोसा, गर्नै हुन्न भन्छन्, बिचैमा धोका हुने जंघार, तर्नै हुन्न भन्छन् । रुपको मदमा मग्न भई बहकिएर, खै किन प्रेम जालमा, पर्नै हुन्न भन्छन् ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मासुको हल्ला र हाँसो

~क.दी.~ हिमाल मा यस वर्ष दशैँमा के विशेष गर्ने भन्ने विचार विमर्श भएछ । क–कल्ले के भने थाहा भएन तर अन्ततोगत्वा खानेकुरामा ‘सम्’ भएछ । मलाई सोधेको भए म बुढेसकाल या बुढ्यौलीबारे गरे हुन्न ? भन्ने थिएँ । मान्छेको स्वभावै हो कि क्या … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : बान्न चाहान्छु

~कृष्ण पौड्याल~ शत्रुलाई कारघारमा बान्न चाहान्छु। साच्चिनै उस्लाई मैले हान्न चाहान्छु॥ झुठो आरोप पाँउदा खटी नसक्नु भो। दोषी कसरी ठहरायो जान्न चाहान्छु॥

Posted in गजल | Tagged | Leave a comment

कविता : ए मान्छे !

~अमोद उलक~ मान्छेले आफ्नो जात बिर्सेको छ मान्छेले आफ्नो भाषा बिर्सेको छ। आफै बोल्दैनन् यी मान्छेहरु सुगाले रटेजस्तै रटेको छ नक्कलमात्र गर्न जानेको छ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लुटिएको वसन्त’ कवितासङ्ग्रहलाई नियाल्दा

~रामचन्द्र फुयाल~ नेपाली साहित्यको फाँटमा डा. युवराज सङ्ग्रौला नयाँ नाम होइन । शिशिरमा फुलेको गुराँश शीर्षक उपन्यास वि.सं. २०६४ मा प्रकाशित गरी साहित्य यात्राको शुभारम्भ गरेका सर्जक सङ्ग्रौला एउटा अर्को कोसेली लिएर फरक विधाबाट पुनः नेपाली साहित्यमा टुप्लुक्किएका छन् । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बहरबद्ध गजल : जगाएर आएँ !

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ नयाँ जोस तनमा जगाएर आएँ ! असल सोच मनमा बनाएर आएँ ! कुसंस्कार ढाली हटाएँ अँध्यारो दियो चेतनाको जलाएर आएँ !

Posted in गजल | Tagged | Leave a comment

कथा : फेसबुकमा भेटिएकी उनी

~सुन्दर खड्का~ ‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन । फेसबुक, सामाजिक सन्जाल, जनसंख्याको आधारमा विभाजन ग-यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँशु झार्दैमा हुन्न

~रामचन्द्र कार्की~ रोएर आँशु झार्दैमा हुन्न, आगो र पानी बार्दैमा हुन्न । सोचेर हेर गलत पो छ कि, बसाँइ मात्रै सार्दैमा हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु ढुकढुक हुन्छ

~शीतल कादम्बिनी~ देख्ने वित्तिकै मेरो मुटु ढुकढुक हुन्छ मसँग घाउ छ, तिमीसँग नुनचुक हुन्छ नखेल न मेरो मनसँग मनपरी तिमी नानी यो त, शिशा भन्दा पनि नाजुक हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सजाय

~सुष्मा मानन्धर~ समाजको आंँखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे नितान्त अर्कै परिचय । उसले एउटा हातले आफ्नी नाबालक छोरी डो¥याएकी थिई, अर्को हातमा हतकडी थियो । अगाडि सडककिनार र घरका झ्यालढोकाबाट थुप्रै मानिस उसैलाई हेरिरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो माया….

~ज्ञानेन्द्र स्थापित~ किन होला यस्तो माया, तिमि संग बस्न पुग्यो चालै नपाई मेरो मुटु, तिमि भित्र पस्न पुग्यो माया गर्नु हुन्न भन्थें, माया बाट भागी हिंड्थे कस्तो टुना तिमीले गर्यौ, तिमि संगै फस्न पुग्यो

Posted in गजल | Tagged | Leave a comment

गीत : अँध्यारोमा जुनकिरी

~आभास~ अँध्यारोमा जुनकिरीको साथ प्यारो लाग्यो शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो बाटोभरी कति भेटें, यात्री सहयात्री कति छुटे फेदीमा नै, कति चढे माथि नरोकिए दु:खमा म, नरोकिएं पीरमा कहिले पुगें देउरालीमा, कहिले पुगें भीरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी जुन रहरले

~दिनेश अधिकारी~ तिमी जुन रहरले म मा फुल्न आयौ सबै सुख हराए, संधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकौं व्यर्थै तिमीले मेरो हात समायौ बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आवाज

~छम गुरुङ~ आफैंभित्रको— रगत बगाइएको आवाज म सुन्न सक्दिनँ गिदी चलेको आवाज सुन्न सक्दिनँ लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ आँसु उम्लेको आवाज सुन्न सक्दिनँ वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने

Posted in कविता | Tagged | Leave a comment

गजल : ध्यान कहाँ छ

~नरेन्द्रकुमार नगरकोटी~ यी मान्छेहरुको ध्यान कहाँ छ ज्ञान कहाँ छ, विज्ञान कहाँ छ किताब पढिरहेको बालकलाई सघाउने अभियान कहाँ छ

Posted in गजल | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~ निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै, डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै, टिनिनि … टिनिनि … पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल, क्याच्च … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नागरिकता

~मीनबहादुर विष्ट~ तिनीहरूले – हाम्रा देख्ने आँखा खोसे सुन्ने कानहरू खोसे सोच्ने मस्तिष्कहरू खोसे त्यसको बदला

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् । नेत्रविहीन र दृष्टिविहीनहरू जब हात्तीविहीन वनमा हात्ती खोज्न थाल्छन् चट्टानको ढिस्कोलाई हात्ती सम्झेर

Posted in कविता | Tagged | Leave a comment