Tag Archives: nepali sahitya

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि। आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्। गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।। गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी। ‘गौरी’ प्रेम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : जन्मेर कोखमा कसैको

~तुलसी घिमिरे~ जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो कस्ले छोडेको कस्तो नासो हो जिन्दगीको अनौठो नाता को हो आफ्नो को हो विरानो के होला यो रगतको नाता

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली भजन : भगवान तिम्रो शरणमा आएँ

~पुष्पा खनाल~ न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार

Posted in नेपाली भजन | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : रगतको महत्व

~बिमल गुरुङ~ दिएका बलिदानहरु इतिहासमा अमर रहन्छन् बगाएका रगतका फाल्सा फाल्साहरु दानवहरुले पिएर पिउन सक्दौनन् किनकि

Posted in कविता | Tagged | Leave a comment

कविता : मृतशय्याको राष्ट्रियता

~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~ म शिथिल भएको छु लामो समयदेखि, केवल सासमात्र बाँकी छ उपचार त अब आशमात्र । हे मेरा प्राणपुत्रहरू, सुसारेहरू ! तिमीलाई भय छैन मातृत्वको – जुन समाप्त हुने खतरामा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~ एउटा दह्रो रेखा छ त्यसलाई टेकेर निस्किएको छ उ रावनबाट ज्ञान थाप्नु शरीरमोह च्वाट्ट चुट्टिएको छ उसको जीवनको गुड्डीबाट। खेल्नु त हो जीवन खेलौं।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोफसल र काठमाण्डौ

~प्रकाश सुनुवार ‘निराकार’~ काठमाण्डौं र मोफसलहरु आपसमा टेलफोनले जोडिए हवाइमार्गले जोडिए इन्टरनेटले र इमेलले जोडिए नजिक अनि झनझन नजिक भए । लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ

Posted in कविता | Tagged | Leave a comment

गीत : हेरिरहुँ जस्ती

~रुमानी राई~ देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती न्यानाे न्यानाे अंगालाेमा बेरिरहुँ जस्ती । जून जस्तै खुलेकी फूल जस्तै फुलेकी याे मन लठ्ठै पार्ने सुन्दरताले चुलेकी याे अाँखाकी रानी ितमी धरतीकी परी

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : तथाकथित

~रन्जु ‘मार्ग’~ धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो | +’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो | उसले आँखा रसिलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~ तस्वीर खिच पत्रकार हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान् तिम्रा बिकाउका सामान बन्नेछन् सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ – ……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ ….. रेडियो नेपाल तिमी केही हिन्दी गीत सङ्गीत र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~ उहिले, मेरा बा कमाउँनु हुन्थ्यो घरमा उहाँकै हुकुम चल्थ्यो पछि म कमाउँन थालेँ मेरो हुकुम चल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~ बितेको बर्ष स्नातक-पत्र थापेर आफुलाई अब्बल बेकारी प्रमाण गरेको त्यो एतिहासिक दिन छोडिराखेको हुनुपर्छ हामीले बर्चहिलको बाटो । बर्चहिलको खस्रो माटोमा खिइएर गएको दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आत्मकथाको टेकोमा इतिहासको अभिलेखीकरण

~राजेन्द्र पराजुली~ ‘आ फ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्छन्। शब्दको ख्याल गर, किनभने ती कार्य बन्छन्। कार्यको ख्याल गर, किनभने ती बानी बन्छन्। बानीको ख्याल गर, किनभने ती चरित्र बन्छन्। चरित्रको ख्याल गर, किनभने ती भाग्य बन्छन्। र, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन् सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन् जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।। मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन् फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन् यो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

जेनन नेपालका केही हाइकुहरु

~जेनन नेपाल~ महल बन्यो अग्लियो धरातल म भुँइ खोज्छु *** हेर्दै बाँच्नुछ

Posted in हाइकु | Tagged | Leave a comment

मुक्तक : रङ्गियो

~चित्र लक्ष्मी~ बार रङ्गाई त्यो मोरी कालीले गाउँ रङ्गाए ती साला सालीले ए लाटो केरा

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : याे बिहान

~अकेला यात्री~ एउटा बिहान ल्याएर दिएकाे थिएँ तिमीले कुल्चिएर फालिदियाै । अर्काे बिहान ल्याएर दिएँ मनाेमानी गरेर छाडिदियाै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~ मेरो देश एउटा स्टुडियम बनेकोछ जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन केही बुख्याचाहरु गरिबिको तार निर्ममता पुर्बक झट्काएर बजाइ रहेछन गितार केही बुख्याचाहरु भोको देशको खोक्रो भुँडीमा रेटि रहेछन भ्वाइलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका रंगहरु

~निश्चल काउचा~ चपस्टिकले दुई गास भात निल्दै एक मुठी सास झुण्डयाउदै सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु म यतै -कतै गाई गोठहरुमा बंगुर खोरहरुमा टनेल हाउसहरुमा मन्द बिष युक्त कारखानाहरुमा घाम निदाए पछि संबेदनाहिन निष्पट अँध्यारो रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नातिको एउटा विन्ती: भानु बाजेलाई

~छोगेल मोक्तान~ हे बाजे….! आऊ तिमी पूर्वमा रक्तिम लालिमा फैलाउँदै सुसुप्त तिम्रा सन्तानलाई चेतनाको नयाँ सन्देश सुनाउँदै निशि अन्धकारको पर्दा हटाउँदै दिव्य शिक्षाको प्रकाश छर्दै आऊ । हे बाजे….! च्यातिसके रामायणका बहुमूल्य पानाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलापहरू

~प्रविण अर्याल~ एकोहोरो फलाकीएका प्रलापहरू । दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।। खल्ला खल्ला तीता र टर्रा छन् । खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै । बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।। निरर्थक निस्सार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संध्या

~लक्ष्मी प्रसाद देवकोटा~ ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो मन्त्रियो कस्तो कमाल ! सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ ! वाष्प–मरमर माथि लाल ! वसन्त–महलमा आदिकालीन पश्चिमा भो आँखीझ्याल ! चन्द्रागिरि माथि विशाल ! जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका

~मोहनराज शर्मा~ १. विषयप्रवेश : सांस्कृतिक रूपान्तरणको आवश्यकता यस युगको वर्तमान समयमा पनि डरलाग्दो आतङ्कवादको बिगबिगी कायमै छ । जहींतहीं अवाञ्छित हमला, हिंसा र युद्धको कालो छाया फिंजिएको छ । वातावरणमा आणविक तथा जैविक शस्त्रास्त्रको सन्त्रास व्याप्त छ । उर्लदो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : कथाकी पात्रा

~रामप्रसाद ढुंगेल~ नेपालमा सुसारे, खाडीमा खदामा, इजरायलमा चाहिँ केयर गिभर । पदलाई जहाँ जसरी परिभाषित गरे पनि उस्तै हो काम, उस्तै हुन् पेलान, उस्तै हुन् बाध्यता अनि उस्तैै हुन् दर्दभरे कहानीहरु । तर, कमाइका दृष्टिले उत्तम थियो इजरायल ऊबेला । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फालेको मान्छे म त

~भोला सिवाकोटी ‘पुरानाघरे’~ गुटबन्दीले सिमा कटार्इ फालेको मान्छे म त किच्ला भनी डराएर ढालेको मान्छे म त लडेका छन मुर्दाहरू इतिहासको आयाै सुती इतिहासले पाइला नयाँ चालेको मान्छे म त

Posted in गजल | Tagged | Leave a comment

कथा : हैसियत नभएकाहरुको हतियार

~सन्तोष चिमरिया~ “उसलाई सामान्य सोधपुछ होला भन्ने ठानेको थिए । तर प्रहरीहरु बडो क्रूर र आक्रमक भएर भोको सिकारी झै प्रस्तुत भए । बिना पक्राउ पुर्जी र सामन्य सोधपुछ सम्म नगरी उसको हात पछाडी बाँधियो र एकैपटक क्याफेको मार्बल टेबलमा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हात थमाए जस्तो

~मसान उपासक~ प्रेम भए जस्ताे हात थमाए जस्तो के हुदैछ यहाँ बित्थामा रमाए जस्तो चिच्याएछु तिमी साथ छाै भनेर चिच्याएछु लाग्दाे हाे यी रुखलाई पनि बर्बराए जस्तो

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रेमोपहार

~साधना तामाङ~ “हे भगवान तिमीले मलाई कस्तो जीन्दगी दियौ ? न त चाहेरै बाँच्न सक्छु न त मार्न नै सक्छु केवल, केवल नतमस्तक भएर नाटकीय रुपमा र दृश्यमा हेर्न बाध्य छु, कठपुतलीझैँ अरुको इशारामा नचाँउन, तिरस्कृत र व्यङग्यको पात्र बन्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुद्ध बोल्दैछ

~दीपक जडित~ सुन् ए , ईश्वर ! कस्तो भ्रम फैलाईछस् तैंले आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई दौडिरहेछन् तँलाई भेट्न म सम्झन्छु त्यो दिन अझै भनेको थिएँ मैले ‘प्राणीहरु माझ रहने प्रेम नै एक मात्र धर्म हो । ‘ चाहन्थेँ म

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्तर बढेको

~सुशीला देउजा~ लामो समयपछि विदेशबाट आएका रमेश गाउँ पुगे । चारैतिर हेर्दै रमाइलो मानी उनी घरतिर जाँदै थिए । खलोमा धान त्यतिकै थुपारिएको थियो । धान उठाउने त्यहाँ कोही थिएनन । धेरै जसो घरमा ताल्चा मारिएको थिएन । आँगनमा झेका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : रेग्नेरक

~खोर्खे लुई बोर्खेज~ स्वप्नभित्र बिम्ब, कलरिजले लेखे, ती उद्वेगहरूका निरूपण हुन्, जुन हाम्रो बुझाइले स्वप्नका परिणाम हुन् : हामी कुनै स्फिन्क्सको प्रकट हुनुको आशङ्काबाट आतङ्कित बोध गर्दैनौँ; ता कि जुन आतङ्कलाई बोध गर्दछौँ, त्यसलाई दृष्टान्तबाट बुझौँ । यदि यस्तो भए … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment