Tag Archives: nepali sahitya

समीक्षा : अमर त्यागीको ‘मातृत्व’ सूत्रकथाको विश्लेषण

~कुमार काफ्ले~ नेपाली साहित्यको प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी मूलत: सूत्रसृजनाका क्षेत्रमा प्रतिष्ठित छन् । नेपाली कविता, गजल,तांका,हाइकू,मुक्तक, सेदोका,निबन्ध, समालोचना आदि विविध विधागत लेखनमा आफ्नो महिमाशाली पहिचान स्थापित गरेका त्यागीको विशेषत: नेपाली गजल,सूत्रकविता र सूत्रकथाको समुन्नयनमा विशिष्टता रहेको छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम

~दिपक विहिन~ प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-“साहित्यलाई पनि … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : त्यो एक रात !

~पदम काफ्ले ~ जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट निरीह जनता पक्रन थाल्यो । “ अस्तिको जुलुसमा भाग लिएको हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वधपर्व

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरी आमा

~अभागी कान्छा गाउँले~ मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा ! सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !! कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

Posted in गजल | Tagged | Leave a comment

कविता : पारिलो किरणका ओसिला रेखाहरु

~रश्मिला कवाङ ‘रश्मि’~ पारिलो किरणका ओसिला रेखाहरु झिस्मिसे उज्यालो संगै काला मडारिएका सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका तिम्रा आशाका सुनौला दिपशिखाहरु पक्कै पनि सपनाका सुन्दर संवाहक होलान् अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चुम्न पाए हुन्थ्यो

~दिपेन्द्र खड्का~ बास्ना रुपी तिम्रो अधर चुम्न पाए हुन्थ्यो तिम्रो नयनको वरीपरि घुम्न पाए हुन्थ्यो लैबरीको भाका अनि झ्याउरे लोक गीतमा दौरा सुरुवाल टोपी लगाई झुम्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : परदेशी

~बाबुराम पन्थी ‘गुल्मेली’~ हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि टंक वनेम, साँघुरी र बुढासुब्बा

~मुलीवीर राई~ “रेक्रुट पढ्नुको दुःखले भर्ती भएर आइस् परिस् मेरो फेला ।” मेरो साख्खै गुरुजी जसले मलाई १५ वर्ष अगाडि बन्दुक चलाउनुमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउँनुभएको थियो । बँच्न बाँच्न र मार्न सिकाउँनुभएको थियो । उनी नै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : रित्तिएछु

~बिनिता रिमाल~ जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु, केही ल्याउने आशा थिएन तर म त रित्तिएछु, कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ, यात्रा कस्तो भयो कुन्नी कस्ले भनिदेला यहाँ, पुगेर पनि फर्किसके सम्झिदा त झस्किएछु,

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : २१ मसान्त चार

~लोकेन्द्रबहादुर चन्द~ रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केहि मिठा पल……

~अर्चना श्रेष्ठ~ तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नववर्ष

~प्रतिमान सिवा~ परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै, रजस्वलामा आमैले बोकेको टाटा झै, दिन प्रतिदिन गर्दै मनका पानामा उब्जेका कलुषित भावनाहरु, बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु लत्पतिएर पोतिएका दागहरु मेटाउँदा मेटाउँदै

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कमल–मणि–मुक्तावली

~अज्ञात~ नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित छन् । उनको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । त्यसैले, कदीलाई प्रभाव अनुसार कतिले ‘आधुनिक मोतीराम … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : मेरो शहर

~दिलिप योन्जन~ सागुरो बाटोमा भब्य-भब्य घर छ नपाइने केही छैन, सबै पाइन्छ पैसामा मात्रै………………….? असख्य निस्सहाय छन् भोक र रोगले तड्पेका छन् वेदना र पीडा बोकी बाँचेका छन् धर्ती ओछ्यान आकास सिरक बनाएका छन् बाँच्ने आसमा माग्दै हिडेका छन्

Posted in कविता | Tagged | Leave a comment

गीत : सुन्नेलाई सुनको माला

~आनन्द अधिकारी~ सुन्नेलाई सुनको माला, भन्दिनेलाई फूलको माला धोका दिए हाम्रो माया विरानो नै भै कहाँ जाला मरिजाला झरिजाला हेर्दा हेर्दै बिलाई जाला सुकी जाला हिउँदमा खहरे सुके झैं

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाबा ! भन्नुस न कहिले अाउनु हुन्छ ?

~प्रद्मुम्न जोशी~ कसैले पनि तिम्राे बाबा कहिले अाउनुहुन्छ भनेर नसाेधिदिए हुन्थ्याे हरेक दिन हरेक पल म याे प्रश्न अाफैसंग साेधीरहेकाे हुन्छु अनि, जवाफमा अाँसु बाहेक मसंग कुनै उत्तर हुँदैन, बाबा खाेज्न हामी कुन निकायमा पुगेनाै कुन कायर्लयकाे ढाेका ढकढक्याएनाैँ सहयाेग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : जे छ नाममै छ

~नगेन्द्रराज रेग्मी~ विश्वका असङ्ख्य अनुहारहरूका बीचमा आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्नो वास्तविक नामलाई लुकाएर, गोप्य राखेर उपनाम, छद्मनाम, लामा र छोटा नामहरू प्रयोग गर्ने गर्दछन् । राजनीति र साहित्यिक क्षेत्रमा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : आमा

~डा. दीनबन्धु शर्मा~ जब साउनमा झम्म बर्खे बादल बर्सियो धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ

Posted in कविता | Tagged | Leave a comment

गजल : भुक्नु हुन्न साथी

~कृष्ण पौड्याल~ गल्ती गर्दैमा भुक्नु हुन्न साथी। चुमेर शँख फुक्नु हुन्न साथी॥ दोषिले भुल स्विकार्छ भने यदी। सच्चाउनु पर्छ हुक्नु हुन्न साथी॥

Posted in गजल | Tagged | Leave a comment

बाबुराम लामिछानेका अठार मुक्तकहरु

~बाबुराम लामिछाने~ केही हैन भन्दै छाडेको परिप्रेक्ष्यमै म रमाइरहेको छु जस्तो भए पनि आफ्नै झालपात म समाइरहेको छु । आशाको लहरोमा जिन्दगीको फूल कतै झुन्डिएकै छ जे होला, जरामा आस्थाको मलजल म चढाइरहेको छु ।। म त्यहाँसम्म आउने बाटो खोजिरहेको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

सूत्रकथा : औसत स्थिति

~दिलीप आचार्य~ शहरको एउटा छापाखानामा उनीहरू दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : स्याङ्जाली लोकगीत अन्तर्गत आँधीखोले लोकगीत

~तुलसी प्रवास~ हरेक मुलुकका आ—आफ्नै संस्कृति अनुसार लोकगीतहरू हुन्छन् । नेपालका पनि पचहत्तरै जिल्लाका लोकगीतहरूको समष्टि स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको फेद एउटै छ र इतिहास पनि । मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य विशेषताहरू बटुलेर नेपाली लोकगीतहरूको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~ एक स्वर्णिम दिन, म खुशी थिएँ मृत्युबोधले रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव। नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य कलिलो दीप खोज्दैथियो बैँश छर्न! उसलाइ मार्न छुट छ र कसैलाइ ? पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म ! ठीक तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ऊ बेश्या होइन

~सुमन काले~ “दाइ, ” एउटा अपरचित नारी आवाज, मेरो कानमा गुन्जियो । म बिस्तारै पछाडी फर्केर हेरें! एउटा त्यस्तै २४-२५ जतिकी केटी खिस्स हाँसी । केटी बोली : “दाइ जाने हो?” म बेसुर मै बोलें, “जाने हो साथी आएपछि । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, पैसा र बूढीआमा

~अशोक अधिकारी~ ‘जाने क्युँ लोक दोस्तको भूल जाते हे, सायद लोक सचही केहे ती हे सागर मिल्ने पर लोक बारिस भूल जाते हे । खाली तिम्रो यादले सताउँछ, आई डन्ट नो, ह्वाई ?’ गएको बुधबार मैले धेरैपछि आफ्नो दैनिकी लेख्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक कविका अनेक कथा

~शार्दूल भट्टराई~ कणाद महर्षि मूलत: कवि हुन् । तर, उनको लेखन विधा कविता मात्र होइन । उनी राम्रा कथाकार पनि हुन् । कविता सँगसँगै उनले कथाहरू पनि लेखेका छन् । तापनि उनको चर्चा भने कविकै रूपमा मात्र हुने गरेको छ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : किरन्टोकी

~कात्यायन~ – हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ | – मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यपत्र : २०६० को दशकमा नेपाली कथा

~घनश्याम घिमिरे~ सारसङ्क्षेप             (प्रस्तुत “वि.सं. २०६० को दशकमा नेपाली कथा” शीर्षकको कार्यपत्र २०६० सालदेखि २०६९ सालसम्म प्रकाशनमा रहेका नेपाली कथामा केन्द्रित छ । कथाको सामान्य परिचय र नेपाली कथाको इतिहासका बारे सङ्केत गरी नेपाली … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : नेपाली पर्दामा बुद्ध

~मीना बज्राचार्य~ चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको “पटाचारा” … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मसित रात, बिताई हेर !

~मबि सिंह~ केही त होला, चिताई हेर ! मसित रात, बिताई हेर ! भेटछौ हरा’को, तिम्रो आक्रिती मसँग आँखा, जुधाई हेर !

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानक हराएपछि

~वियोगी बुढाथोकी~ हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेिख मानिस आफैँ डराएपछि

Posted in गजल | Tagged | Leave a comment