Tag Archives: nepali sahitya

नियात्रा : ५४१६ मिटर

~भीष्म उप्रेती~ बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : वेश्या माया

~राजेश बुढाथोकी~ त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ । म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविताको हत्या

~बीजे विद्रोही राई~ कविता ! कविता !! कविता !!! के कविता ? कस्तो कविता ?? किन कविता ?? म मेरो कविताको हत्या गर्न चाहन्छु म मेरो कवितालाई उखेलेर फाल्न चाहन्छु जो हृदयको वृन्दावनमा उम्रेर पनि देउराली भञ्ज्याङमा उम्रन सकेन पोर्नस्टार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले साथ पाए

~एन पी भावी~ मध्येरात एकान्तमा जुनको मैले साथ पाए पीडाबीच टहलिदा उनको मैले साथ पाए । समाजको पर्दाबीच ऐना मैले हेर्दै गर्दा बेकम्मा रास भित्र घुनको मैले साथ पाए ।

Posted in गजल | Tagged | Leave a comment

गीत : माया

~केशब आचार्य ~ कहाँ हुनछ कस्तो हुन्छ नदेखिने माया छात्तीभित्र मुटुसँग समेटिन्छ माया — आसुँ बनी आँखाबाट बगिदिन्छ माया हाँशो बनी ओँठबाट हांसी दिन्छ माया —

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कमरेड ! तिमी कतापट्टीको ? कमाउ कि गुमाउ ?

~बलराम तिमिल्सिना~ कमरेड कमाउ हँसिलो छ अचेल रसिला कुरा गर्छ प्राय सवैसँग उसको लागि यही पार्टी महान छ महान छन प्राय सवै नेताहरू ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ प्राय सुट टाईमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मुनामदनको बज्जिका भाषामा अनुवाद गर्दा

~सञ्जय साह मित्र~ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वोत्तम कृति मुनामदन खण्डकाव्यको लोकप्रियता देशविदेशमा व्याप्त छ । अन्यान्य विकसित भाषाका कवि तथा समालोचकको बीचमा पनि महाकविको अमर कृतिको सुनाम पैmलिएको छ । स्वच्छन्दतावादी धाराको अनमोल कृतिको रूपमा रहेको मुनामदन खण्डकाव्य … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीति कविता : ओखरबोटे कान्छी

~कृष्ण वस्ती~ हिजोसम्म मेलापात, बजार सँगै जान्थी । आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।। तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती । पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।। आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : शून्यको परिधि

~केदार वाशिष्ठ~ एक दिनको समयको जोड एक दिनको आयु घटाउ भावनाहरुको गुणामा पीडाहरुको भागफल हात लाग्यो शून्य ! आउँदैनन् कुनै अङ्कहरु

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रहस्य

~जयन्ती ‘स्पन्दन’~ टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्‍यो। “ओहो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

यात्रा संस्मरण : आफ्नै आँखाले आफ्नै देश हेर्दा

~अजम्बरध्वज खाती~ केही महिनाअगाडि नै थाहा भएको थियो नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १० औं राष्ट्रिय सम्मेलन कैलालीमा हुँदैछ भनी जुनबेला थाहा पाएँ, त्यसैबेलादेखि मलाई पनि त्यो सम्मेलनमा जान मन भएको कुरा शंकर भण्डारी, राम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : त्यो तिमी हौ

~लक्ष्मण श्रेष्ठ~ मध्यान्हको चर्को घाममा निधारबाट टप्किरहेका पसिनाका थोपाहरूलाई उत्साही हत्केलाले पुछ्दै, बिहानीको झण्डा बोकेर नव युगको आह्वान गरिरहेको त्यो तिम्रो खबर हो त्यो तीम्रो आकृति हो त्यो तिमी हौ। थाहा छ मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : म भक्तपुर हुँ !

~न्हुछेरत्न बुद्धाचार्य~ चौवीस सय वर्षअघि देखि म ख्वप्रिङ्ग नामले प्रसिद्ध थिएँ सबैको आस्थामा थिएँ, हृदयमा थिएँ भक्तपुर नामले मलाई परिचित गराउने आनन्द मल्ल ! इँट बोकेर पाँचतले मन्दिर निर्माण गर्ने श्रमको इतिहास सिर्जना गरेर

Posted in कविता | Tagged | Leave a comment

गजल : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~ अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है ति नयनमा अश्रुधारा , छुटाएँ भने माफ गर है कै’ले काँही आँफैलाईनी, छल्नु पर्दो रै’छ सानु बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है

Posted in गजल | Tagged | Leave a comment

कविता : भो देख्दिन सपना

~किरण थेबे लिम्बू~ मैले साँचेको सपनालाई विपनाले भाँचे पछि भो, देख्तिन, अरु झुटा सपनाहरु म, विपनामै ठगिए पछि, म हिँडेको समयलाई विगतले टेके पछि भो, फकिन्र्न त्यो बुढो अतीतमा मैले भोलिको बिहानी पाए पछि,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आधुनिक सङ्कल्प

~भैरव अर्याल~ प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ । हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ऊ

~बिक्रम ज्ञवाली उ लड्यो , देशको निम्ति भनेर क्रान्ति मा लाग्यो , बन्दुक समातेर हिड्यो उ , भोक प्यास नभनेर सोच्थ्यो उ, एक दिन अधिकार पाउछु भनेर

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बनाऊँ आफ्नै देश

~शारदा पुडासैनी~ नेताहरुको बुद्धि छैन बिगारे नि देश कैले आउने होला बुद्धि फुलिसक्यो केश सात पुस्तालाई थुपारेर जालान् नर्क तिर कहिल्यै तिनको सन्तानको हुन्न ठाडो शीर । नेपालको थिति कस्तो वाक्क दिक्क लाग्छ बताएर साध्य छैन बरु मुखै थाक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : होडबाजी सडकमा

~होम सुनुवार~ सवारी साधनका होडबाजी सडकमा अरुभन्दा आफू अगाडि कट्ने अवसरमा ठूला गाडीले बाटो छोड्नै मान्दैनन् साना साधनहरु सही बाटोमा हिँड्दैनन् महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन् साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन् बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~भिम बहादुर थापा~ यो त बग्दो समय विचित्र समय बिगत खोल्छ समय बर्तमान बोल्छ समय विछोड कोर्छ समय मिलन जोर्छ समय। ** यो त बित्दो समय एकोहोरो समय फेरो पक्डिन्छ समय मेहेरो मर्किन्छ समय संवेदना घोल्छ समय

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो भो जिन्दगी

~गणेश पुर्बछाने मगर~ कुन मोडमा चालेछु नि पाइला मैले एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन अन्जानैमा कस्तो खाले रोजेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सुरेन्द्र महर्जन ‘अमर’का दुई हाइकुहरु

~सुरेन्द्र महर्जन ‘अमर’~ हल्लायो धर्ती भागाभाग मानव भूकम्प गयो ! फुलेको फूल

Posted in हाइकु | Tagged | Leave a comment

गीत : यो सम्झिने मन छ

~दिनेश अधिकारी~ यो सम्झिने मन छ, म बिर्सुं कसरि तिमि नै भनी देउ, ए जाने निस्ठुरी यी औंला तिनै हुन तिमिले चुमेका परेली यिनै हुन तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बूढीकन्या

~यमुना अर्याल~ आज किन मलिन मिनु ? डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्। ‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो। किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : विश्वास

~भूधरा उपाध्याय~ – गोपालले आफ्नी प्रेमिकाको रुप र यौवनको खूबै तारिफ गर्यो। कुरैकुरामा उनका कमजोरी पनि सुनायो। – उसले हरिलाई फूर्ति लाउँदै आफ्नी सुन्दर प्रेमिकासँग परिचय गरायो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : रङ्गीचङ्गी फूलहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ फूलहरु फुलेर मुस्कानको दियो छरिदिदाँ बगौचाको धाइमा पराई रापमा सेकि रहि फूलहरुको रङ्गीचङ्गी मुस्कान पातलिदै छ आफ्नै बगैँचाको मुस्कान, धिपि धिपिमा

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्याल्गर बस स्टप

~सीता अर्याल~ बसन्त ऋतु, सिरसिरे मन्द पवनको सुगन्धित झोक्काले मलाई यथार्थको धरातलमा ल्याइदिन्छ । हो, म त बस पो कुरिरहेको छु । म कुनै अर्कै संसारमा हराएको बेला बस हुँइकिइसकेको भए मेरो हालत के हुन्थ्यो होला ? एकाध सेकेन्डमा नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पक्षघातले पीडित मेरो देश

~आचार्य प्रभा~ अचेल मेरो देश … पक्षघातले पीडित छ पोख्त डक्टरहरुको अभावमा असम्भव छ यो रोगको निराकरण हुन किन कि, यहाँ डक्टरहरुको माथिङ्गल नै स्वार्थ र पद्लोलुपताको होड्बाजिमा भौतारिरहेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छाडी जाने लाई

~अभिसेक ढुङ्गाना~ छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है, म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है , पछि फर्की नहेर्नु है | गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे , तिम्रो झुटो दिलासा को सदै भरि आस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : अपाङ्गको पीडा बुझौं

~प्रेम प्रसाद पौडेल~ अपाङ्गको पीडा बुझौं, सहयोग् गरौं आजैदेखि चारैतिर ढाकिराछ बादल्ले उनीहरूलाई छेकी छेकी ….. उनीहरूलाई छेकी छेकी अपाङ्गलाई गर्नुपर्छ दिलैदेखि सारै माया अघि बढ्न मद्धत पुग्छ हिँड्न सक्छन् दाँया बाँया । नबोल्नेलाई बोल्न सक्ने बनाउनुछ आजैदेखि व्यवहारिक् बनाउनुछ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : सम्बन्धभित्रका खोटहरू

~राम अप्रिय~ * नवीन र शर्मिलाको चिनजान भएपछि बिस्तारै बोलचाल हुन थाल्यो, भेट्घाट हुनथल्यो । * आपसमा हासखेल रमाइलो ठट्टा गर्दै सुखदुःख बाँडिन थाल्यो । * आफूभित्रका आन्तरिक कुराहरू आपसमा साटिन थाले ।

Posted in सूत्रकथा | Tagged | Leave a comment