Tag Archives: nepali sahitya

लघुकथा : सहयोग

~अरुणबहादुर खत्री “नदी”~ सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : कमैया र कवि

~निभा शाह~ ए! ज्यामीहरु तिम्रा बच्चाहरु भोकले मरुन् या कुपोषणले मरुन् या त तिनका आमाहरु भोकले सुकेर काँटा बनुन् हेर त, मैले यति भन्दा भन्दै भुइँमान्छेहरु चिसो सिरेटोले भकाभक मरे ए! ज्यामीहरु यही त गुलामी हो यही त दासता हो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बलेसीमा भिजेको पुतली

~मदन राई ‘लामाखुले’~ बच्चाहरूको मन मष्तिस्कमा असाध्यनै भिजेको कसैको पनि आँखामा प्यारो लाग्ने दिनभरि खेल्यो रमायो भाँडाकुटी खेल्यो सँगसँगै मिठो मिठो परिकार सजायो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अस्तित्व

~संकलक : गोपालप्रसाद पौडेल~ तह र तल्लाका कुरा हुन । तह भन्ना साथ एक अर्काका पुरक मानिन्छन । एक अर्काका सहयोग बिना कुनै पनि पक्षको अस्तित्व रहदैन । यस्तै एउटा काहानी हामी सबैलाई थाहा भएकै हो । त्यो कथा एउटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बौलाहा कवि

~नारायण पोखरेल~ हो म बौलाहा कवि हुँ , मेरा नशाना मा डौडिरहेका छन् बौलाहारुपी रगतहरु , आफै भित्र रमाउने मान्छे , अरुका ईच्छाहरु नबुझ्ने , हो म अन्तरमुखी बौलाहा हुँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : म बोक्सी होइन

~लेखनाथ काफ्ले ‘राजन’~ मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ …………………. मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : शिकारी, बँदेल र स्याल

~उमाशङ्कर द्विवेदी~ वनको एउटा कुनामा एउटा शिकारी बस्दथ्यो । एक दिन शिकारको लागि ऊ वनमा निस्केको थियो । हिंड्दै जाँदा उसले अत्यन्त विशाल तथा कालो वर्णको एउटा बँदेल फेला पार्‍यो । सामुन्ने त्यस्तो अदभूत शिकार देखेर शिकारीले तत्कालै धनुषको डोरी … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गजल : धन नै माथि भो प्रिया

~के.आर.बिबश राङ्खानी~ तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया मायामा के भिन्नता हुन्छ ? धनी र गरीबको भनी मन मेरो मारेर गयौ यो त आत्माघाती भो … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : आकाशबाट म उडी आउने

~शान्ति शाह~ आकाशबाट म उडी आउने थिएँ नभुली तिमीले मलाई प्रिती दिए एकफेर मात्रै डाकिदिए । एकलासे वन एक्लो छ मन जीवन बग्दो पानी टुट्दो एक कहानी अनि झर्दो जवानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक दृष्टिबाट कुमारी शोभा उपन्यासको विश्लेषण

~लीला लुइटेल~ १. प्रारम्भ : संस्कृतिको परिचय मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिसँग साहित्यको पनि निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा पनि कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : स्प्रीङ

~रुमानी राई~ स्प्रीङ्लाई, तिमी जती सक्छौ दबाउ दबिएसम्म दबाउ तिम्रो सक्तिले भ्याएसम्म दबाउ तर,एउटा कुरा याद राख, तिम्रो एकात्मक सत्ता तिम्रो शक्तिको पराकाष्ठा

Posted in कविता | Tagged | Leave a comment

गजल : राम्रै थियो क्या रे !

~दुर्गाप्रसाद ग्वालटारे~ बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे ! काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे ! धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो … Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सङ्घीयताको रूप

~प्रदीप नेपाल~ रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेपत्ता खोज्दै बेपत्ता

~लक्ष्मण नेवटिया~ बुबा तपाईंले म बेपत्ता छोरालाई खोज्दै इन्तु न किन्तु भएको कति भयो? मृतकको पीडा एकबारी- बेपत्ताको पीडा आजीवन मर्मान्तकारी” एकछिन सुत्न नपाइ रातभरि आँसु बगाएको कति भयो? ढोकाबाट आवाज आएको सुन्दै खोल्न दगुरेको कति भयो? आँखा भएर पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~एकदेव अधिकारी~ सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो। घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले। ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : झिलिमिली सितारा

~डिल्ली पौडेल~ को गन्न सक्छ र आकाशका झिलिमिली सितारा। उज्यालाे प्रकाश छाड्छ संसार जगत सारा। यो जिन्दगीको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दशै तिहार

~लब्ली राजन श्रेष्ठ~ शहर भन्दा गाउँ घरै घमाइलो । दशै भन्दा तिहारै रमाइलो । हिजो सम्म कलिला बढेछन ति मखमलि । औंसीको रातमा पनि जतासुकै बत्तीको झलमलि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धोकाको मायाजाल

~दीपक कुमार ज्ञवाली~ नहान पत्थरले यो कोमल हृदयमा अधरको मुस्कान थाम्न नसक्ने हृदयले पत्थरको प्रहारले झन् गराऊँनेछ आहात लोभ्याउएन मलाई अधरको मुस्कानले म घाइते भएको छु प्रेमवन्धन टुट्नाले भएन पे्रम अमर नियतीले बिछोडायो

Posted in कविता | Tagged | Leave a comment

कथा : सुनामी सन्देश

~रुमन न्यौपाने ‘अमन्त’~ एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर बसन्त नामका दुई राजकुमार थिए । रानी पनी परम सुन्दरी थिईन । राजा र जनता बिच परस्पर राम्रो सम्बन्ध थियो । देशमा खुसी थियो, शान्ती थियो । एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अवतरित उत्कर्ष

~शारदा शर्मा~ एकक्षणका लागि जाज्वल्यमान् भयो समय लाग्यो बाँकी रहेन कतै अपूर्णता अभाव बाँकी रहेन सपना देख्न आकाश बाँकी रहेन यसभन्दा माथि पाइला राख्न उचाइ बाँकी रहेन उत्कर्षको यो स्वर्णबिन्दु कल्पनाको अर्को शिखर निर्माण नहुँदासम्म त, स्वर्ग हुनुपर्ने थियो किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म पृथ्वीनारायण शाह

~विश्वविमोहन श्रेष्ठ~ जोडेर धेरै मनहरु फोडेर धेरै किल्लाहरु यो देश बनाउने अपराधी मै हुँ गुमनाम तिमीलाई नाम दिएर स्वाभिमान तुल्याउने अपराधी पनि मै हुँ जजस्ले आँखा लगाए यो माटोमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमी आफूजस्तै बनाऊ

~विनय रावल~ विसङ्गति हेरेर बस्नु यहाँको नियति भइसक्यो नराम्रो खबर सुनेर बस्नु यहाँको परम्परा नै भइसक्यो छातीभित्र आक्रोश थिचेर बस्नु यहाँको बाध्यता भइसक्यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेमसाहब सुइटर बुन्दैछ

~श्यामल~ म देखिरहेको छु धेरैलाई जाडोले खाइरहेछ र मेमसाहब सुइटर बुन्दैछ । मेमसाहब बुन्दैछ संविधानजस्तो सुइटर प्रत्येक पटक संशोधन हुने कानुन जस्तो सुइटर कलात्मक र मिहीन माकुराको जालोजस्तो सुइटरु माझीको कम्मरमा झुण्डिने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमपत्र

~विक्रम सुब्बा~ मानिसलाई कैद गर्ने फैसला लेखिरहेछ न्यायधीश चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ गीतकार भ्यात्ते कुर्सी बकस दिनेको नाममा गीत लेखिदिँदैछ बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ प्रोफेसर विषालु शोधपत्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्त आवाज

~हिरा आकाश~ जति–जति बर्साऊ सहर–बस्ती छाना–छानाभरि बमहरू जति–जति पड्काऊ छाती–छातीभरि बन्दुकहरू या कुल्च दाब्रैदाब्रा हुनेगरी

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्पहरू गीत सुन्दैनन्

~सैलेन्द्र साकार~ तिमी जतिसुकै पीडाले चिच्याऊ ईश्वरका विरुद्ध उभिएर सडकमा अथवा आनन्दले विभोर भएर जीवनको प्रशंसामा जतिसुकै गीतहरू गाऊ त्यसको केही मूल्य छैन तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौ कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौ सर्पझैँ आत्मरतिमा निमग्न भएकाहरू गीत सुन्दैनन्— तिम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो माग्ने

~सानुमति राई~ “बाजे ! कहाँ बस्छौ तिमी ! ” यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति, जसका दुःखी निधार र अनुहारमा दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना निकट-भावी मृत्युको ! “भिखारीको पनि” भन्न थाल्यो त्यो, “घर हुन्छ, नानी ! जसका आँगनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल

~डा. माधवप्रसाद पोखरेल~ विजय मल्लका कविता सङ्ग्रह (२०२८) मा बटुलिएका ६१ ओटा कवितालाई केलाउँदा उनको कविता लेख्‍ने छुट्टै प्रविधिको परिचय पाइन्छ । उनका कवितामा ‘अमूर्त कला’ मा जस्तो चित्रकारिता पाइन्छ । भन्नु पर्ने कुरालाई घुमाउरो पाराले ‘प्रतीक’ हरू प्रयोग गरेर … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लोक गीत : हरियो डाँडामाथि हलो जोत्ने साथी

~सङ्कलन : धर्मराज थापा~ हो है ह ह! हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो, हो हो तारे हो हो ह ह ह ह ह ह हो र! चाम्रोमाटो माथि बाल्दै मनको बाती डल्ला फर्काई‍ फर्काई ढाड … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

छन्द कविता : कन्याकुमारी

~विष्णुप्रसाद धिताल~ छन्द : झ्याउरे हिमाल छुने हिन्दुस्थानको समुद्रझैं फाँट यताउता सागर छुने स्वर्गगाको घाट; चारु चरा गान भर्छन्, ताल दिन्छन् ताल, नाचि-नाची घुँघुरिन्छन् सागरका छाल । कन्याकुमारीमा मेरो मनको धोको पुग्न पावैन र ? ।।१।। गण्डकीको डुबुल्कीमा एक जुनीको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : मलेसियन सपना

~सुन्दर मानन्धर~ सपना नदेख्नू भन्छन् तर मैले दिउसै सपना देखेँ– सपना देख्दा मेरा आँखाहरु ट्वाल्ल थिए, मनहरु निर्गूढ……..। सपनाको हुरीले हुत्याएर पुर्यायो मलाई मलेसिया । सपनाको आँधीले लत्याएर ल्यायो मलाई नेपाल । म अझैँ पनि सपनाबीच रल्लिएको रल्लिएै छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाटा

~टंक चौलागाई~ वादविवादको शीर्षक थियो, “बच्चा चाहिन्छ, बच्चा चाहिँदैन ।” पक्ष–विपक्षमा थिए बूढाबूढी । वादविवाद शृंखलाको अर्काे चरण सुरु भयो । यो चरणलाई टुंग्याउँदा प्राचीले कमलसँग पहिलो पटक हार मानी । ऊ ‘बच्चा चाहिँदैन’ भन्ने पक्षमा वादविवादमा उत्रिँदा कमल निकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment