Tag Archives: nepali sahitya

कविता : वसन्त

~शम्भुप्रसाद ढुङ्गेल~ आंधीलाई चलाई अलि अलि अहिले आउँदो भो वसन्त झोंका ख्वाई उठायो घन गगनमहाँ गर्जिगर्जी अनन्त । सारा भो बन्द खिडकी चमचम विजुली चम्किचम्की करायो प्यारी टाढा हुनाले चररर मन भै आज मेरा डरायो ।।१।। कालो आकाश सेतो विजुलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनपेक्षित संयोगहरु

~गौतम ‘उदय’~ “हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्झना-१

~पदम गौतम~ गुड्दै गरेको रेलले छाड्दै जान्छ टाढा देखिने बस्तीहरू उड्दै गरेको जहाजबाट धमिला देखिन्छन् शहरका दृश्यसमेत बिस्तारै हराउँदै जान्छन् सबै सबै र, अदृश्य हुन्छन् आँखाबाट। तिम्रो सम्झनाले झरेको आँसु खाटा बनेर बस्छ भित्री मनमा

Posted in कविता | Tagged | Leave a comment

गजल : साथीहरु

~छविलाल कोपिला~ आफै लाउनु, अकल साथीहरु । अनि भन्नु यो, गजल साथीहरु । शील बन्दी खाम, जब लाग्छ खात, त्यही ठान्नु है, फसल साथीहरु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : काठमान्डौको आँखामा

~रुमानी राई~ तिमी त नाथे कबि न हौ ! एउटा झर्झराउँदो घाम काठमान्डौको आकासमा मलिन उदाउँछ र,बेखबर अस्ताउँछ ! सुदूर पूर्व

Posted in कविता | Tagged | Leave a comment

गीत : नछोई मलाई, छोएर गई

~सुमन पोखरेल~ ऊ मुस्काउँदै आई, र रोएर गई नछोई मलाई, छोएर गई ऊ बोलिरहेथी, म टोलाइरहेथेँ म सुनिरहेथेँ, म हराइरहेथेँ पोखिएका पीडा उठाएर गई नछोई मलाई, छोएर गई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बुद्धि-विनोद प्रश्न

~लेखनाथ पौडेल~ कहाँ थियो वास, अघी म को थिएँ, कसो हुँदा यो पिंजरा लिंदो भएँ । कहाँ छ जानू कुन साथ लीकन, तँलाई मालुम् छ कि यो कुरा भन ? १ कदापि कत्ती नलगाइ ठक्कर, ग्रहादिलाई दिनहुँ निरन्तर, घुमाउने को छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : असक्तता  र यौन

~मनोहर काफ्ले~ ‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी  र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : आगोको शहर

~प्रमोद ढुङ्गाना~ रहरहरु बढाउँछ शहर रहरहरु जलाउँछ शहर यो निर्दयी आगोको शहर जता हेर्‍यो मान्छे मान्छे तर सबै एक्ला-एक्लै

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मेरी भतिजी

~देबेन्द्र बस्याल~ सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरीरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलिको सुमधुर आवाज, शिशिरयामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँसु अड्केको हो जिन्दगी

~राजेन्द्र थापा~ आँसु पुछेपछि रुमालमा, आँसु अड्केको हो जिन्दगी, चैते खरबारीमा ठूटोले, आगो भड्केको हो जिन्दगी । के गर्ने, कसरी गर्ने, नजान्दा’नि गरिए जस्तो, पैलो मायाको कलेजो झैँ, बेताल धड्केको हो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी

~भिम बहादुर थापा~ यसको कारण होइन म कारक होइनौ तिमी, यसको म ज्ञाता होइन तिमी विज्ञ छैनौ, जहाँ- म जिम्मेवार छैन भने तिमी दोषी होइनौ भने, बिन्दास बाँच यो अविरल जिन्दगी बित्न देऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : मजाक जिन्दगी !

~राज आशातीत~ जम्मा जिन्दगी यत्ती त रहेछ! ताता स्वासहरुको स्पर्श, तिघ्राका कापमा बांचेको स्वार्थ, तिम्रो खुशी मेरो बोझ हुनेछ … मेरो रहर तिम्रो कुण्ठा हुनेछ …. यो सहर,

Posted in कविता | Tagged | Leave a comment

गजल : गगनको

~केदार श्रेष्ठ “गगन”~ तिमी पूणिर्माकै जून हौ गगनको गलामा सुहाउने सुन हौ गगनको । तिमी बिना अलिनो लाग्छ यो जीवन जीवन मीठो पार्ने नुन हौ गगनको ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रहेको क्यै न क्यै होला

~लक्ष्मीदत्त पन्त~ अघीदेखी गडेको प्रेम रहेको क्यै न क्यै होला न बोले भित्र मन्मा तुस् पसेको क्यै न क्यै होला ।। जुलुमी तेस नयन् तीर्को सही पीर् खान्छ चोट जस्ले । मजा प्रेम्‌को पनि तेस्ले लिएको क्यै न क्यै होला … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : दशैँ समाचार

~घनश्याम पथिक~ सप्तमीको दिन अक्षता र फूलपाती घर भित्र्याएर देवीको थानमा चढाउँदै गर्दा आकाश रुन थाल्यो सम्झेँ- दशैँ दशा त बन्दै छैन! र तिम्रो समाचार पढेँ -सुनसान बन्दै राजाधानी।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : माया नि गासौला

~दिलिप योन्जन~ माया नि गासौला, प्रिती नि साटौला जे ढुख परेनी, हाँसी खुँसी बाढौला मर्नु परे हामी, हाँसी हाँसी मरौला फुलै फुल्को बगैचामा, धेरै रुप ढेखे मुटुमा सजाई दिने, तिमी एउटै भेटे

Posted in गीति कविता | Tagged | Leave a comment

छन्द कविता : शहीदको आत्मालाप

~हुसैन खाँ~ छन्द : शार्दूलविक्रीडित भुल्छन् शासक मर्म-पिर जनको सत्ता चलाए पछि वाचा-वन्धन तोड्दछन् छिनछिनै नाच्छन् पताका सरी । रम्छन् शासक वर्ग स्वार्थ पथमा टेकेर अल्कापुरी उठ्छन् झुण्ड बनाइ शोषितहरू पड्कन्छ ज्वालामुखी ॥ आगो शोषणको बलेर कहिल्यै अन्याय मेटिन्न रे … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : कहिले लाली गुँरास भै

~बिस्नु प्रवा सापकोटा~ कहिले लाली गुँरास भै कहिले सुनाखरी फुलिदिनु तिमी मेरो दिलको वरिपरि खडेरिमा जिन्दगीको, बर्षा बनेर दुख्ख पिडा दर्द माझ, हर्स बनेर तिमी मेरो अधेरीमा, फुल्नु जुनसरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जाग जाग

~धरणीधर कोइराला~ जाग जाग अब जागन जाग । लाग उन्नतिविषे अब लाग ।। घोर नींद अब ता परित्याग । भो भयो अति सुत्यौ अब जागे ।। दाजुभाइहरु हो ! उठ जाग । लाग उन्नतिविषे अब लाग ।। धोउ धोउ मनको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र घाम

~उपेन्द्र सुब्बा~ अंकुसेले तानी झारेर घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम ओई घाम, अलिक चाँडो हिँड्! मलाई तेरो रापले भत्भती पोल्यो। बिहान उदायो बेलुका अस्तायो रातभर हरायो तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र?

Posted in कविता | Tagged | Leave a comment

कथा : दशैँ

~पुष्पा भण्डारी~ दशै आयो …..! खाउला पिउला …..! कहा पाउला ……! चोरि ल्याउला….! धट्ट् पापि छूट्टै बसौला ….! (आँगनमा बिस्कुन् सुकायेको छ, बचचाहरु पिडीमा खेलिरहेका छन्, धने बारिमा गोरु जोतेर थकित् भयेर आइपुग्यो ) “बाबा बाबा दशैको नया लुगा किन्न कैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : सजाय

~सजना गुरुङ~ परिधिभित्र जीवन सुन्दर र सुरक्षित हुन्छ भन्ने ठान्छन् हाम्रा मै हुँ भन्ने अर्धचेतन , अल्पज्ञानी सस्कारी सम्राटहरु , जो आफनै नजरमा र आफ्नै निर्णयमा आफैद्वारा सम्राट घोषित गरिएका छन् | सस्कार उनीहरुको निम्ति केवल नारीहरुलाई आफ्नो कब्जामा लिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जब कलमले अक्षर बोल्छ

~रुमन न्यौपाने ‘अमन्त’~ सफलताहरु नक्षत्रमा टलपलाई रहँदा । म धर्तिमा एउटा त्यस्तो उचाई देख्छु । जहाँ भुभागहरु अत्यन्त समथर छन् । जहाँ गहीराईहरु बेमिसाल छन् । पिडा÷भोगाईका अनुप्रस्थ माध्यम भएर ह्ृदयमा ठोकीँदा शब्दहरुले,

Posted in कविता | Tagged | Leave a comment

कविता : कुखुरो

~लक्ष्मी प्रसाद देवकोटा~ रातले रोइरहिथिन् लाखन जलदाना, मैले कनिका जस्ता मानी टिपी निलेँ ती नाना ! पुछेँ गगनको छाती— बालेँ दीप प्रभाती ! तारानलको अन्तर ज्वलनले म भएँ रातो—

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~रवि प्राञ्जल~ तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्रकथा : माइतीको पत्र

~शर्मिला खड्का दाहाल~ आदरणीय दिदी भेनाजु नमस्कार सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु । खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

समीक्षा : प्रेमपिण्ड : वस्तुयोजना

~वंशीधर कट्टेल~ पूर्वीय र पाश्चात्य साहित्यमा नाटकको स्थान सर्वोपरि छ । नाटक अभिनेय काव्य भएकाले श्रव्य काव्यको तुलनामा यसको सर्वोपरि स्थान रहेको छ । नाटक वस्तुपरक विधा हो र यसमा लोक जीवनको अनुकरण हुन्छ । ज्ञान विज्ञान कला संस्कृत सबै … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : सिलिगुडि, मेरो तनाव र सुधा !

~राजिव घिमिरे~ काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने एउटा माइक्रोवेभ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : अस्तित्व

~कुमार काफ्ले~ -जेठाले भन्यो,म मधेशमा बस्छु,म मधेसी हुँ,मधेस मेरो हो। -माइलाले भन्यो,म पहाडमा बस्छु,म पहाडी हुँ,पहाड मेरो हो। -कान्छीले भनी,म हिमालमा बस्छु,म हिमाली हुँ,हिमाल मेरो हो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : समान अन्तर

~उपेन्द्र सुब्बा~ बाउले नपढेर दुख पाए मैले पढेर दुख पाएँ । गाउँमा- बाउ हलो जोतिराछन् म सहरमा टाउको जोतिराछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी

~प्रवीण खालिङ~ छाता भुलेछु तिमीसितै ओतिन्छु तिमी आधा भिज म आधा नभिजेको आधा आधा एक हुन्छ यो झरीले कति मन छुन्छ। बाँच्नलाई निहुँ चाहिन्छ त्यसैले झरीमा छाता भुल्छु

Posted in कविता | Tagged | Leave a comment