Tag Archives: nepali sahitya

चलचित्र गीत : साँची राखु जस्तो लाग्छ

~कुसुम गजमेर~ साँची राखु जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधी राखु जस्तो लाग्छ प्रितभरि तिमीलाई डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने थाहै नपाई पराईको भई दिन्छौ भन्ने सपनी मै पाए हुन्थ्यो निन्द भरी तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हत्केलाले घाम छेक्छु

~शङ्कर ‘प्रेरणा’~ हत्केलाले घाम छेक्छु किन छेकिएन अँध्यारोमा पाइला चाल्यो बाटो भेटिएन उडिरहने कुहिरो पनि मैमाथि खसेछ बिर्सिदिऊँ भने पनि नसकिंदो रहेछ एकैछिनको पर्खाइ पनि वर्षौं जस्तो लाग्छ आफ्नै मनको वस्तीभित्र तुवाँलोले ढाक्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

बहरबद्ध गजल : के पोखौं म

~जीवराज बुढाथोकी~ भन्ने कुरा छन धेर खै, के पोखौं म । सुन्ने न भै त्यस्तो कतै, के पोखौं म । टाढै भए मुग्लानिया, छोरा नाति, पीडा रुँदै पर्देश गै के, पोखौं म ।

Posted in गजल | Tagged | Leave a comment

कथा : कठपुतली

~पुण्य कार्की~ “थुइक्क साला ! यस्तो पनि जागिर हो ?” भित्रबाटै घृणा र थकथकीको थुक सोहोरिएर ओठसम्म आउँछ, पिच्रिक्क थुकेर ओठका जुँगा मुसार्छ हल्दार टलक बहादुर । उसलाई आजभोलि सपना हो कि विपना हो, छुट्याउन गाह्रो परिरहेछ । उसलाई आजभोलि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कराउन थाले मान्छे

~मनु ब्राजाकी~ ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे मसानमा बसे बरू ढुक्क होला घरबाटै हराउन थाले मान्छे

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ढुकुर र कौवा

~हरिप्रसाद भण्डारी~ जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरुङ्गीहरू बस्थे । वर्षा सुरु हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धु्रत थियो । अन्य चराचुरुङ्गीहरू चारो खोज्न गएको मौका पारेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वदनाम युवती

~राजेन्द्र ज्ञवाली~ ‘मेरो वारेमा केही सुनेका थियौ ?’ उसको प्रश्नले मलाई दुविधामा पा¥यो । हो उसको वारेमा मैले गाँइगँुई सुनेकै हो । कसै वारे हुने गाँइगुँईको अर्थ प्राय चरित्रसँग जोडिएको हुन्छ । हो त्यही अर्थमा मैले उसका वारेमा सुनेको थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जसरी बादलसँगै रहन्छ पानी

~गीता त्रिपाठी~ यसरी नै रहन देऊ यसरी नै…। मलाई जसरी बादलसँगै रहन्छ पानी घामसँगै रहन्छ छाया र निद्रासँगै रहन्छ सपना

Posted in कविता | Tagged | Leave a comment

गजल : अझै घुर्का ऊँ छौ तिमी

~भुपेन्द्र महत~ झर्को फर्को तिम्रै ठुलो, अझै घुर्का ऊँ छौ तिमी सानोतिनो कुरामा नि ,आशु तुर्काऊँछौ तिमी मन सफा भए गंगा, लोटामा पनि अटछ शंका पाली लंका खाने, कुरा हुर्काऊँछौ तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : मिलेर अघि बढौँ

~पल्पसा~ घाटा र नाफाको हिसाब छोडी मिलेर अघि बढौं देशलाई खाने डढेलो निभाई शान्तिको बिउ छरौं कत्तिले गुमाए घरबार सबै

Posted in कविता | Tagged | Leave a comment

गजल : दिन सक्दिन म

~महानन्द ढकाल~ मेरा झन्डा रङ्ग्याउने रातो दिन सक्दिन म ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म रगत र पसिनाले लेखिएको इतिहासको जतन गर्न नसक्नेलाई पातो दिन सक्दिन म

Posted in गजल | Tagged | Leave a comment

कथा : आँखा र आँखाहरू

~सुमित्रा न्यौपाने~ सुन्दर बगैंचाको वरिपरि विभिन्न किसिमका चराहरू चिरविर चिरविर गर्दै रमाइरहेका थिए । बगैंचाको छेउमा आफ्नो फरक लाली रुप रंग बोकेको गुलाव बोल्न खोजिरहेजस्तो गरी हल्लिरहेको थियो । मखमली, हजारी, सूर्यमुखी लगायतका सबै फूलहरूले आफ्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अँध्यारो पनि उज्यालो लाग्छ

~कृष्णचन्द्रसिंह प्रधान~ सारा आप्तवचनलाई डस्टविनमा हालिदिउँ कि जस्तो झोँक चल्छ कहिले । आगो लगाएर सल्काइदिउँ कि जस्तो पनि जङ चल्न थाल्छ कहिले । हो म कहिलेकाहीँको कुरा गर्दैछु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ । उन्नाइसौँ शताब्दीका एकजना … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : आमा ! तिमीसँग मेरो एउटै पुकारा छ

~कलानिधि दाहाल~ अलिकति आस्थाले अलिकति विश्वासले अलिकति जीवन दृष्टिकोण र जम्मै मानवीय अन्तरङ्ग पराग घोलेर मैले उसलाई मेरै ढकमक्क फुलेको बगैँचामा सजाउन खोजेथेँ, सजाएथेँ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रजनीगन्धाको पीड़ा

~उदय थुलुङ~ अहिले म़ञ्चमा देखिँदैगरेको हरि सरको सौम्य अनुहार, त्यसमा टाँसिएका दुइ काला – काला अक्षरहरूजस्ता आँखाहरूलाई हेर्नसकेकी छैन निरमायाले। भुइँतिर हेरेर उसले आवाजलाई मात्रै सुन्दैछ हरिसरको। ‘न आको भा पनि हुन्थेछ।’ निरमायालाई लाग्दैछ। ‘बित्थाको भजन।’ उसले ठान्दैछ। रजनीगन्धाको सुगन्धसित … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : लुक्नुहुन्न अब नारी

~निर्मला अवस्थी~ सक्दिन म गर्न भनी लुक्नुहुन्न अब नारी अधिकार लिनलाई चुक्नुहुन्न अब नारी।। सिर्जनामा रमाउँछौं पौरखमा जुटिरन्छौं सहयोग माग्दै बाटो ढुक्नुहुन्न अब नारी।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अन्तत

~यकिना अगाध~ ‘चाडबाड आयो ।’ घरका सबै पाल्तु जनावरहरुलाई खुकुराले बास्दै सचेत गरायो । ‘ए है !’ कान ठाठाडा पार्दै राँगा भैसीले चनाखा देखाए । ‘आ जे होला होला… ।’ भवितव्य भइ नहाल्लान भन्ने मुडमा बोका बाख्राहरु देखिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : घाम र नून

~कात्यायन~ – जेठ महिनाको टन्टलापुरमा सौर्य-स्नान गरिरहेको उसले विचार्यो – आज घाम लाग्ने छैन | – बन्दको जत्थालाई रुख्खा खकार थुक्यो / सुक्खा गर्दन मैलो गंजीले पुछ्यो र घर हिंड्यो | भर्न बाँकी घैंटो घाँटीभित्र नै छिराउँला झैं गर्यो प्यास … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : साहित्यकार कमला आँसु ग्रन्थ

~डा. कविता लामा~ कमला आँसुसित मेरो पहिलो भेट साहित्यिक कार्यक्रममै भएको हो।दुई तीनचोटिको भेट पछि हामी निकै नजिक भयौँ,साथी सम्बोधन गर्थ्यौँ एकाअर्कालाई।उमेरले मभन्दा ठुली तर विचार, रुचि, मनले हामी एकै उमेरमा पुगेर कुराकानी गर्थ्यौं।गान्तोकमा आयोजित विभिन्न कार्यक्रममा मेरो उपस्थिति रहेको छ, सुन्नसाथ उनी र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : सिंह र मुसा

~कालूसिंह रनपहेंली~ यसपल्ट म जङ्गल पसें- आधा मगज भएर होइन यसो रे रहेछ जङ्गलतिर भनेर बुझ्नु, जान्नुलाई। लाटपञ्चर मुनिको त्यो गुफाटारतिर गएँ। उहिले यो गुफाटार थियो जङ्गल अनकण्टर। अहिले गुफाटार गोइन गफाटार भएको रहेछ। अहिले यहाँ कोही गुफा बस्दैन, मान्छेहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो बक्तब्य

~बिमल गुरुङ~ ढुंगा फोर्नुपर्छ भने फोर्छु जनताको लागि भोगिरहन्छु कष्ट नसम्झियोस यस्लाई भ्यागुता । जनताको आँसु मेरो आँखामा आँसु हो चाहन्छु म देख्न जनताको ओंठमा बिजयपूर्ण मुस्कुराहट ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नव सापकोटाको कवित्व

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय सन् १९४८ जनवरी २५ असम, गुवाहाटीको बडगाउँ, देवकोटा नगरमा जन्मिएका नव सापकोटाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । असमको साहित्यिक, सांस्कृतिक, जातीय र भाषिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने नव सापकोटाको सेवा, पेसा र संलग्नता यसप्रकार … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : पूर्ण राईको जय-बिजय कथा

~अज्ञात~ जय-बिजय कथाको कथाकन :- जय-विजय पूर्ण राईद्वारा लिखित मनोवैज्ञानिक कथा हो ! यस कथाका प्रमुख पात्र लामाबाबु अनि सहायक पात्र कान्छा पिउन हुन्छ ! यो कथा लात्तेभकुण्डो खेललिएर संरचना गरिएको छ ! खेल मैदानको विचमा खेलाड़ीहरु खेलको निम्ति तयारी … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

स्रष्टा परिचय : डा. शान्ति थापा

पूर्वोत्तर भारतकी नेपालीभाषी महिला हस्ताक्षर नेपालबाहिर सबैभन्दा धेरै नेपाली साहित्य विकसित भएको भूमि भारतनै हो। दार्जीलिङबाहेक असम, मणिपुरतिर पनि नेपाली साहित्यका कामहरू भइरहेका छन्। यसमा दार्जीलिङले सबैभन्दा अगाड़ि बढ़ेर काम गरेको छ भन्दा अत्युक्ति नहोला। असमले पनि नेपाली साहित्यमा ठूलो … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

छन्द कविता : बीपी : एक शब्दचित्र

~कृष्णप्रसाद भण्डारी~ नेपाली गरिमा बढाई बीपीले साहित्यमा चिन्तन राखे विश्वभरि नवीन युगको राष्ट्रियता कीर्तन । स्रष्टा हुन् पथका प्रभाती रवि हुन् ‘हिट्लर यहूदी’ कथा ‘मोदिआइन’ ‘सुम्निमा’ रचयिता हुन् फ्रायडीयी व्यथा ।। राणाशासनको विरुद्ध जसले हङ्कुार गर्थ्यो ठुलो नेता मात्र नभै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

मुक्तक : संसारको ऋत

~सौगात लम्साल~ आफ्नै आँगनीमा रुवाबासी भयो भने आफ्नै मुटु छोराको अन्त सास भयो भने जन्म मृत्‍यु

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : टोलाईरहेको क्षितिज

~केशर थुलुङ~ धेरै पर देख्छु म देखि धेरैपर कल्पनाले पनि भ्याउन नसक्ने तर, म तिर टोलाइरहेछ त्यो क्षितिज जब म मिर्मिरे विहानीसँगै उठ्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : मनका राजा नबनाउ

~बिक्रम चेतनशील राई~ मलाई फेरि तिम्रो मनका राजा नबनाउ बेमौसमा मङसिरको पाजा नबनाउ आस्थाको फूलबारीमा एउटै फूल रोपेको छु नशाभित्र तिमी यसलाई गाजा नबनाउ

Posted in गजल | Tagged | Leave a comment

गीत : पानी सुनकोशी सुन

~ईन्द्र नारथुङ्गे~ दुध कोशीको दुधै पानी सुनकोशी सुन उमेर भन्दा महंगो भो मदेशको नुन अग्लो भन्नु टेम्के डाँडो सेल्मे हाराहारी ढाक्रे दाइको तोक्मा भन्छ कहाँ बिसाउँ भारी छोरानाती जन्मे हुर्के, अहिले लाखापाखा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पुरानो नेपालमा

~भोगेन एक्ले~ पुरानो नेपालमा रुनुपर्नेहरु खित्का छाडिरहेका छन् हाँस्नु पर्नेहरु सुक्सुकाइरहेका छन् सुन्नु पर्नेहरु बेफवाक बक्बकाइरहेका छन् बोल्नु पर्नेहरु चुपचाप सुनिरहेका छन् पुरानो नेपालमा हलो र कोदालोले अड्काएका बाहेक सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक कतै बहानामा त कतै तीब्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : फर्किएन खोला

~किशोर चाम्लिङ~ मेरो माया बगाइलाने फर्किएन खोला बगर भई कर्दाकुर्दै बित्यो थुङ्गे चोला ।। सम्झनाले पोलिर’न्छ दिलको दाँया बाँया बगिजाने मायालुमै रह्यो गाढा माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाहुरे दाईले

~प्रभुराम राई~ वेलायतमा लाहुरे दाईले थोत्रे धर किने उसको भने घुरेनबारी बनमाराले छिने घरमा आमा रुंदैहोली तिमीलाई छैन वच्पनमा आमासंगै तिमी बस्थेउ होइन

Posted in कविता | Tagged | Leave a comment