Tag Archives: nepali sahitya

कविता: आमा

~उत्सब प्रसाईं~ आमा तिमीले दुख कस्ट सहेर जन्मायौ हुर्कायौ बढायौ अनि पढायौ आमा तिमी जन्म दाता मात्र होइनौ खोइ के भनेर पुकारौ तिमीलाइ यो कविताले समेट्ला र आमाको महिमालाइ ? आमा म तिमीलाइ मन्दिरकी देवि मान्छु माता दुर्गा भवानी झै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : झरी परेका ती दिनहरु

~दुर्गा विनय~ मुकेश धेरै दिनपछि आज फेरि घाम लागेको थियो । सँधैसँधैको झरीले मान्छेहरू हिंड्न छाडिसकेका थिए । यहाँ “हिंड्न छाड्नु” भन्नुको मतलब “कम हिंड्नु” भन्नु हो । झरीले मान्छेहरूलाई काम गर्न अप्ठ्यारो बनाइरहेको थियो । कत्तिका दिनहरू सुतेरै बित्थे, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भड़ास

~शिवकुमार चौलागाई~ दे एउटा समय दे जसलाई राख्न सकु दे ठाउ दे जसलाई आफ्नै सम्झी टेकन सकु दे संसार दे जसमा हराउन बिलाउन सकु दे जवाफ दे म कॉहा छु र कॉहा हुन पर्ने हो मैले देख्न थालेको छु यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी

~मञ्जु काँचुली~ भूभागहरूलाई देशदर्शन गर्दै-गर्दै यस भूमिभित्र भित्रिएकी छु मलाई रथमा मर्ूर्तिवत् पार्दै चारैतिरबाट झ्याइँकुटी पारेर नैवेद्य-भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले सताइरहेकी छु जुन चीज म दिइरहेकी छु त्यो तिमीले लिन सकेका छैनौ, चाहँदैनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~भूमि भण्डारी~ जानेछु साथी एकदिन, यी रुमानी सपनाहरु छोडेर नखोलिएको प्रेमपत्र झैं अधुरा चाहनाहरु मसँगै जानेछन् एकदिन धुँवा भएर मेरो अनुपस्थितिमा यी डाँडाहरुमा के मेरा यादहरु गुञ्जिरहलान्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाम !

~शोभा शर्मा~ समय वृेदनामय हुँदा मेरो आर्तनादमा तिम्रो नाम थियो तिमीले सुन्यौ कि सुनेनौ? काँडा ओच्छ्याएको बाटोमा थिएँ पाईलाको आहटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात् छाया अवतार

~राधा कार्की~ ऊ अर्थात् छाया-अवतार थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो उसको बगैँचामा फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कथा : पहिरो

~जगदीश घिमिरे~ साने यो गाउँको औसत जन हो । अरूजस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा केही धन पायो, केही ऋण । धन जिन्सी पायो, ऋण नगदी । त्यस बाहेक केही सासका धन चौपाया पायो र केही अचल – ढुङ्गा माटाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान् !

~डा. टीकाराम पोखरेल~ ‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : म कहाँ भेट्न सक्छु

~रमेश भट्टराई ‘सहृदयी’~ त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु एकपछि पीडा अर्को न त म घचेट्न सक्छु जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : फेशन

~एम सि सुमित~ ओ माइ गड लौ हेरन क्या क्या आयो फेशन। ***** दिलमाया दिङकी रे पदमकला पिङकी रे कस्तो आयो जमाना

Posted in कविता | Tagged | Leave a comment

गीत : नशालु त्यो क्षणहरु

~शशीकला थापा सुब्बा~ जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुन्दरताको कुमारित्व

~प्रकाश सुनुवार ‘निराकार’~ कायरहरु सुन्दरताको बलात्कार गर्न चाहन्छन् कुरुप बनाएर छोड्न खोज्छन् तर पनि हामी अझै सबकासब सुन्दर छौं । हामी भित्र सुन्दरता छ सुन्दरता भित्र मन छ मनले मौनतालाई बांधेर राखेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्तमान मेरो प्रयास

~प्रकाश सुनुवार ‘निराकार’~ अहिले म समस्यामा छु आत्तिएको छु फाल्टो कुरोहरु सोच्न सकिरहेको छुइन आफ्नै ब्यबहारिकताको बन्दी भएको छु । मेरा विगतका सोचाइहरु गलत थियो भन्नेहरुले यतिखेर मलाई समस्यामा पारिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो केटो

~मञ्जुल~ ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो बालकलाई आफ्नो हातले समात्न चाह्यो मुठीभरि पार्न चाह्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : धना दिदी

~कुमुद अधिकारी~ २०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : बालकपना

~कविराज भट्ट ‘बिलौना’~ महाकाली मेची सलल गतिले बग्न नभुलेँ हिमालैका डाँफे मनक नलगी अन्त नडुलेँ तिमी नाँच्दै नाँच्दै मुजुर दिल चोर्नु हरघडी मिठा भाखा हाल्दै रनबन डुले तैँ बनचरी

Posted in कविता | Tagged | Leave a comment

नेपाली पप गीत : गाजलुले आँखै छोप्ने क्या राम्री

~द हिमालय ब्याण्ड~ (गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु वैशले चटक्क पारेकी) २ (बादलुलाई छुन खोज्ने जुनकिरी हुन खोज्ने अन्धेरीलाई जित्‍न खोज्ने) २ मायालुको बाटो हेर्दै पिरतीको माला बुनी पहिराउन कसरी जाने हो

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

गजल : घर भित्रै बलत्कारी हुन्छ

~चोमु शेर्पा “खुशी”~ सचेत बन्नुस् आजकल घर भित्रै बलत्कारी हुन्छ सजाय दिने कानुनको पनि पैसै सित साझेदारी हुन्छ ठुला विद्वानहरुबाट कथनमा त सुनेकी थिए त्यहीँ हुन्छ हत्या हिंसा जहाँ धेरै बेरोजगारी हुन्छ

Posted in गजल | Tagged | Leave a comment

चलचित्र गीत : गैरी खेतको शिरै हान्यो

~यादव खरेल~ गैरी खेतको शिरै हान्यो वर्षा यामको दरौंदीले नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले उसको रुपको करौंतीले मर्श्याँग्दीमा जालै हान्यो माझीदाईले आज बिहानीमा देखे उसलाई मात लाग्यो साँझ नौनी जस्तो मेरो मन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कार्यपत्र : हङकङेली नेपाली भाषा र साहित्य

~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : सपना

~अविनाश श्रेष्ठ~ सानो मान्छेका निम्ति बाँच्नु जत्तिकै जगजगी छ सपना देख्नु । ऐँठन बेहोर्नु जत्तिकै अप्ठ्यारो छ प्रेम गर्नु । सून जत्तिकै महंगा्े छ

Posted in कविता | Tagged | Leave a comment

कविता : छाप्रो को बास छ

~प्रतिमा पाण्डे~ चिसो थियो,बिहानपखमा हावा चलेको थियो छानामा,चौरमा चिनी छरेझै तुषारो जमेको थियो जाडो खुब थियो सबै पानी मा ऐना जमिरहेको थियो काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ टोपी सिर्फ नाम मात्र शिरमा जम्मै टुपि निस्कने कपडा जिर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको गति

~कृष्ण प्रधान~ ऐनामा हेर्दै छु जीवन व्यर्थै किन रोप्छौ काँचका टुक्राहरू मुटुमा फूलमा हेर्दै छु अनुहार

Posted in कविता | Tagged | Leave a comment

कथा : पारुको विवाहपछि…

~सविता सापकोटा~ जुन दिन अभयले सिउँदो रङ्गायो, गलामा पोते भिराइदियो त्यही दिनदेखि उसको बनी पारु । परम्परा अनुसार धुमधामसँग बिहे भयो उनीहरुको । जन्ती पनि धेरै आएका थिए । एक्ली छोरी धुमधामसँग अन्माइदिए बाआमाले । कोरिया गएर आएको केटो, अभय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म सक्दिन लुकाउन !

~प्रज्वल अधिकारी~ तिम्रो पो जिन्दगी ! जिन्दगी त लुकाउन सकिने पो हुनुपर्ने – तिम्रो जस्तै ! बढेसँगै उमेर तिम्ले झैं – उमेर नै लुकाउन मिल्ने भए पो ! तिमी बढेसँगै बढेका तिम्रा विभिन्न अंगहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : गुराँस

~शोभा शर्मा~ सपनामा, लालीगुराँसको थुँगा हाँगासहित झरेर मेरो हातैमा खसेको थियो के हुन्छ अब सपना पुरा हुन्छ प्रिय? पाखातिर गुँरास फूलेको होला

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाममा एक छिन

~मोहन बन्जाडे~ ऊ बेला उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि पहिरन फेरेर जासुसीका लागि नेपाल छिरेका जासुस जिलेस्पिले षडयन्त्र खुले पछि बेतिया पुगेर

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अनेक आयाम छन् किराँत चाडका

~अमर तुम्याहाङ~ अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भूपू कृषिमन्त्री हरिप्रसाद पराजुलीको मनोवाद

~सविन मिश्र~ पोहोर साल जीवनको आधा उमेर त कृषि क्षेत्रकै लागि बलिदान गरेर बिताएँ। पार्टीले मेरो क्षमता त बुझेकै हो। एमाले पार्टी फुटाउँदा काम्रेड वामदेवलाई मैले दिएको साथको गुणले काम गर्‍यो। पार्टी फुटाएर गएँ वामदेव काम्रेडसँग। त्यसको गुण तिर्न काम्रेडले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : रहरको खाँचो छ !

~शेखर ‘अस्तित्व’~ स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ ! गजलको लागि को भन्छ उर्दू बहरको खाँचो छ ? मुना-मदनको लयबद्धता त्यो को भन्दा कम छ र ? महाकविझैं हिमाल चुम्ने लहरको खाँचो छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : ड्रयाकुला

~बिमल गुरुङ~ अब आँधी आउँछ कसैले रोकेर रोकिन्न कोहि अत्तालिएर रोकिन्न छेपारोहरुले बांध बाँधेर रोकिन्न मच्छडहरुले अवरोध तेर्स्याएर रोकिन्न माकुराहरुले नाकाबन्दी कसेर रोकिन्न अब प्रचण्ड आंधी आउँछ हुरी आउँछ देश गडगडाउँदै चट्ट्याङ आउँछ टाइफन आउँछ

Posted in कविता | Tagged | Leave a comment