Tag Archives: nepali sahitya

नेपाली प्यारोडी गीत : ॐ जय लक्ष्मी माता !

~विजय खरेल~ लय : लक्ष्मीको आरति ॐ जय लक्ष्मी माता ! न त कहिल्यै हाकिम मन्त्री हुन पाता न त भन्सार करमा कहिल्यै छुन पाता न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता यसो यताउति मिलाई दिए तिम्रो के जाता ? … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : सुन्नेलाई सुनको माला

~शान्तिराम ढकाल~ बाले जमानामा जंगलामुलुक फांडेर ओरालो भिरालो, सम्म जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नु भएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्याहा दाजुभाइलाइ हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना | शत्रु … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

कविता : भो, अब छेपारो नबन

~अशोक थापा~ भो अब छेपारो नबन इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए सपानामाथि धावा बोले जनताका विचारा ! विकासका मुनाहरू, अब तिम्रो अभिमान बन्द गर किनकी घोचो पनि मक्किएको छ अब

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँझैँ आयौ हिउँझै गयो

~कृष्ण जोशी~ हिँड्दा हिँड्दै विष्फोट फाटेर दोबाटोले तिमीलाई निलेको देख्थेँ कहिले फेरि अनजान मान्छेले जबर्जस्ती अनजान ठाउँतिर लगेको पनि देख्थेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको सम्झना……

~लिला बल्लभ नेपाल~ सपनीमा तर्सिएर नब्युँझिएको रात छैन उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।। सम्झनाको बाढी आउँदा मत बाढी पीडित भाछु उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।।

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : ट्याम्केकी देवी

~सङ्कलन : रामविक्रम थापा~ पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये ‘ट्याम्के’ सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~ उत्तरमा हिमाल छ सधै हिउ पर्छ नेपालीको हरेक रात अन्धकारमै टर्छ !! बोल्न पनि कति सक्या झुट माथि झुट बाहिर चाही सहमति भित्र कुटाकुट मौका यही हो ६०१ सके जति लुट !! १७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रक्स्याहाहरू

~खेम बतास~ अबदेखि मलाई रक्स्याहा फकिर भन्ने अधिकार छैन कसैलाई यो पृथ्वीले समेत रक्सी पिएको समयमा हामीले रक्सी पिउन सिकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबिम्ब बोल्छ

~दीपा राई पुन~ जीवन अनुभूतको पाइलामा भेटे जति सबै -सबै एउटा भिन्न कविता रहेछ पढ्छु-बुझ्छु ,भन्दा -भन्दै धमिलिएर हराई जाने कहिले त्यसै भित्र डुबेर आँफैलाई खोज्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उनी आइनन् त….

~कमल खतिवडा~ गाउँमा वसी सक्नु थिएन । युवाहरु घर छोडेर कोही शहर पसे कोही विदेश हिडें । हामी सर्वहारा वर्गको उन्मुक्तिका लागि लड्दैछौ अव तपाइहरुले पनि सहयोग गर्नु पर्छ भन्थे । उनीहरु धन वा जन चाहन्थे । नदिनेलाइ जवरजस्ति पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिन्दुको गाइनोएक्जाइल

~प्रवीण राई जुमेली~ त्यस दिन बिन्दु सुटुक्कै नै ड-सित पसेकी थिई – फुड-कोर्टमा । ढ भने कता छाडियो, त्यो अहिलेको उसको चासो भएन। भनूँ अहिलेको यो क्षण उसले ड-लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ-को कल घरि-घरि आइरहेथ्यो जसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश्वर पनि छैन जस्तो लाग्छ

~ललिता कार्की~ आँखाभरि आसुँ झारी आइज काल भन्छ मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ । हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु

~राकेश कार्की~ गाउँदेखि सदरमुकामसम्म शहरदेखि राजधानीसम्म हिमालदेखि तराईसम्म वारीदेखि सीमा पारीसम्म नाबालक अनि निर्बललाई तिं पर घारीसम्म ओछ्यान परेकालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनले बोधि प्राप्त गरुन्

~बिभोर बराल~ जंगलसँगको मेरो सम्बन्ध निकै पुरानो हो आदिकालमा मेरा पुर्खा जंगलमै बस्थे पछि बिस्तारै उनीहरुले गाउँ, बस्ती हुँदै शहर बसाले तर जङ्गलसँगको तिनको सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : मुस्कान छैन

~अच्युतरमण अधिकारी~ धेरै छन् कुरा ! छट्पटी छ, वेदना छ तर मुस्कान छैन । मुस्काउन मुस्किल पर्छ नि त ! कसैले भनेर भएन, कसैले जानेर भएन ! आफ्नु मुस्कान त आफैँसँग छ, यहीँ हुन्छ- त्यो कसलाई पो थाहा हुन्छ र … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

छन्द कविता : मित्रता

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी सयौँ छन्दे रानी कमलनयनाले मन हरे तिनैका आभामा मगमग सुधासागर तरेँ डिका कोर्दै भर्दै मृदुल लयमा गाउन हुने तिनैका छातीमा व्यथित मन टाँसी रुन हुने ।। “परी” मन्दाक्रान्ता अति सरसिली यौवनवती तिखा आँखा गाडी कर-कलम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : उर्वर समय

~बिपिन शर्मा~ मेरो लागि संसार उस्तै हुन्थ्यो। हो कुनै कुनै कुराहरु बदलन्थे तर परिवर्तन पनि त आफैंमा निश्‍चित थियो। म केहि अनुमान गर्न सक्थें परिवर्तनको पनि। भोली यस्तो होला……. साँच्चै हुन्थ्यो,…. वा अलिकति फरक हुन्थ्यो। म विहान सधैं आफूलाई ऐनामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भलाकुसारी : म गम्भिर किसिमको मान्छे छु – मदनकृष्ण श्रेष्ठ

आजकल दिन कसरी बिताइराख्नुभएको छ? दिन आफैं बितिराखेको छ, हामीले केहि गर्नै पर्दैन। हामी चाहिं दिनसँगसँगै हिड्ने प्रयास गरिराखेका छौं। बिहान सवेरै उठ्छु नुहाइधुवाइ गर्छु। बिहान ठिक ७-४० तिर घरवाट निस्कन्छु। महसंञ्चार अहिले बाँसबारीमा सारेका छौं । त्यसैले २० मेनट … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कार्यपत्र : डायमनशमशेरको औपन्यासिक सफलता

~कुमारप्रसाद कोइराला~ विषयप्रवेशः- नेपाली उपन्यासको इतिहास त्यति लामो छैन । वि.सं. १८२७ देखि औपन्यासिक रचनाहरू लेखिन थालिए तापनि नेपालीमा पहिलो मौलिक उपन्यास भने वि.सं. १९५६ मा लेखिएको, वि.सं. १९६० मा प्रकाशित वीरचरित्र नै हो । त्यसबेला यो कृति अत्यन्त लोकप्रिय भयो । लोकप्रियता … Continue reading

Posted in कार्यपत्र | Tagged , , | Leave a comment

स्रष्टा परिचय : नेपाली साहित्याकाशका चम्किला तारा वासु शशी

~प्रद्युम्न जोशी~ जीवन बुझ्न कविता बुझ्नपर्छ, कविता नै जीवन बुझ्ने सुन्दरतम् साधना हो, -बासु शशी प्रसिद्ध कवि एवं नाटककार वासु शशीको जन्म वि.सं. १९९३ चैत १३ गते पशुपतिको जयवागेश्वरीमा भएको थियो । नेपाली भाषा साहित्यमा उनले निरन्तर दिएको योगदान सधैँ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : सिड्नी शेल्डनका लागि भोलि कहिल्यै आएन

~उद्धव उपाध्याय~ विश्वमा साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरी साहित्य साधनामा तल्लिन रहेका धेरै लेखकहरू छन् तर सबैले सान, सम्मान र सम्पत्ति आर्जन गर्न सकेका छैनन् । इज्जत प्रतिष्ठा सँगैसँगै पैसा कमाउने आधुनिक उपन्यासकारहरूमा ८९ वर्षो उमेरमा भरखरै दिवङ्गत हुनुभएका अमेरिकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ खोलाको पानी निष्ठुरी भइदिँदा लोड सेडिङ । जमरा हत्या बडादसैँको रङ संस्कृतिसँग । अँध्यारो रात

Posted in हाइकु | Tagged | Leave a comment

कविता : अँध्यारोले भाग्नैपर्छ

~राधेश्याम लेकाली~ उठेर अब अवरोध बनेका पहाडहरू भत्काउँदै म पानी बगिरहनेछु बाटो रोक्नलाई बनाइएका बाँधहरू भत्काउँदै म पानी निरन्तर बगिरहनेछु छेक्न नखोज मेरा बाटाहरू म सबै अवरोधहरू भत्काउन सक्दछु छेक्न खोज्ने त्रि्रा हरेक प्रयासहरू म विफल बनाउन सक्दछु ।

Posted in कविता | Tagged | Leave a comment

गीत : होसियार यस बखत समयको

~अम्बर गुरुङ~ होसियार यस बखत समयको मूल्यलाई चिन वरिपरिका भिडमा पहिले आफूलाई चिन होसियार चिन्नै त पर्छ आफैलाई चिन्दैनौ आहिले नै किन बितेपछि बित्यो बित्यो पाइन्न फेरी त्यो लिन होसियार यो बेला यस्तो बेला हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गह भरी आँसु बगि रहेछ

~पूर्णिमा पिम्मी~ गह भरी आँसु बगिरहेछ थाम्नै नसक्ने गरी ब्यथा झन बढि रहेछ पिडा लुकाउल खोज पनि मलाई यस संसारमा तिमिले एकलै पारी

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : क्वालालम्पुरमा वेतिनीको सपना

~जीवनाथ धमला~ दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

स्वदेश गान : सन्तान थरीथरीका

~म. बि. बि. शाह~ गर्छिन् पुकार आमा रोई कराई जोडले हैन मेरो भन्छिन् सन्तान थरीथरीका कोही धनी असाध्य कोही गरीब माग्ने सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका

Posted in स्वदेश गान | Tagged , | Leave a comment

छोक : दरिद्र स्वभाव

~सुवास राई~ मनभित्र तिरस्कारको भाला बनाएर, सार्वजनिक स्थलमा प्रज्जवलनशील प्रकाशलाई कर्कश वचन प्रहार गर्ने,

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँसिरहने मेराे हिमाल

~‘अभिलाषी’ शारदा राई~ शिरमा फिस्स हाँसिरहने मेराे हिमाल सुन्दर,शान्त छ अहाे! हेर देश नेपाल ! जात,धर्म,भाषा र भेष अाफ्नै अाफ्नै छुट्टा छुट्टै कर्म अनि अाफ्नै बाेल चाल !

Posted in गजल | Tagged | Leave a comment

वीरकालीन कविता : बाबा नरभूपाल साहकि दुहाई

~पृथ्वीनारायण शाह~ आज मेरा सपनामा येक चंद देष्याँ २ हातिका चाल लसक् ३ घोडाका चाल बुरुक् ३ ।। ऐसा त खुपू सुंदरी जल जमुनाका नीर तीर मैं कानका लोती तरक् ३ ।। ऐसा त खुपू चूनरि पामरि फरक् ३।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

संस्कृति : दोस्रो विवाह–गवना

~उमाशङ्कर द्विवेदी~ तराईमा विवाह दुईपटक हुन्छ भन्ने सुनेर जनसाधारणलाई आश्चर्य लाग्न सक्छ । केटा–केटीको विवाह भनेको त जीवनमा एकचोटि हुने हो, विवाह जस्तो धार्मिक प्रक्रिया दुईपटक कसरी हुन सक्छ ? तराईबाहेक अन्य भेगका मानिसहरूका बीचमा यो निश्चयत: कौतुहलको विषय हुन … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

गजल : पारि जाउँला घटेपछि

~धीरेन्द्र प्रेमर्षि~ खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि ऐले बाबै ज्यान जोगाउने, बाँच्ने सङ्कट हटेपछि ‘लगनी’ को भाका हाल्दै गाउँछे बिर्खी बुढिया कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि !

Posted in गजल | Tagged | Leave a comment